गाईघाटमा साकेला नाचेर मनाईयो उद्यौली, तस्विरमा हेर्नुहोस
पूर्णपुष्टि, १० पुष ।
भुमिपुत्र मुलवासी किरात समुदायहरुको महत्वपूर्ण चाँडको रुपमा रहेको उद्यौली पर्व साकेला नाच र पुजा आजा गरी गाईघाटमा भव्यताका साथ मनाईएको छ । उद्यौली पर्व किरात समुदायका राई, लिम्वु, याख्खा र सुनुवार जातिहरुले मनाउने गर्छ । राई समुदायहरुले साकेला नाचेर र लिम्वु र याख्खाले च्याबु्रङ नाचेर यस पर्वलाई मनाउने गरिन्छ ।
राई जातिमा बर्षको दुई पटक मनाईएने यो पर्व यस बर्ष पुष १० गते मंगलबार मनाईएको हो । यो चाँड मंसिरे पूर्णमामा उद्यौली र बैसाके पूर्णमामा उभौली गरी दुई समय मनाईन्छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरुहुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ भने उभौली वसन्त ऋतुमा वालीनाली राम्रो होस् सबैमा सुख शान्ति सूस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपक्तिहरू न...









