Monday, July 6News That Matters

Month: ३ वर्ष अगाडि

माओवादी नेता भिमबहादुर अधिकारी (अनिल) लाई अ.ने.की. उदयपुरद्धारा अभिनन्दन

माओवादी नेता भिमबहादुर अधिकारी (अनिल) लाई अ.ने.की. उदयपुरद्धारा अभिनन्दन

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, १३ पुष । माओवादी नेता भिम बहादर अधिकारी (अनिल) लाई अखिल नेपाल किसान महासंघ उदयपुरले अभिनन्दन गरेको छ । पार्टी र जनतालाई पुराएको योगदानको कदर सहित अधिकारीलाई जिल्लामा भव्य अभिनन्दन गरिएको हो । अधिकारी माओवादी केन्द्रका पुरानो सक्रिय नेता हुन् । जिल्लामा पार्टीको नेतृत्व सम्म सम्हाले र बिभिन्न ओहदामा पुगेका अधिकारीलाई अभिनन्द तथा सम्मान गरिएको  महासंघले जनाएको छ । पार्टीका केन्द्रीय सदस्य तथा इन्चार्ज केपी बरालले सम्मान पत्र प्रदान गर्दै सम्मान तथा अभिनन्दन गरेको हो । अधिकारी जनयुद्धका बेला ठुलो लडाईँहरु छिचौल्दै यो समय सम्म आईपुगेको जनाईएको छ । अधिकारीले सम्मान र अभिनन्द गर्ने अखिल नेपाल किसान महासंघलाई हार्दिक धन्यवाद दिए । उनले सम्मान कार्यत्रमले यो क्षण सम्म आईपुग्दा देश र जनतालाई दिलाएको योगदानहरुको कदर भएको अनुभव सुनाए । उनले पार्टी र जनता प्रति योगदान पुराउने कामम...
ब्राउन सुगर र प्रतिबन्धित औषधि सहित ३ जना पक्राउ

ब्राउन सुगर र प्रतिबन्धित औषधि सहित ३ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष १२ । मोरङको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुहबी– ९ का ३० बर्षीय मो.सहबाज र पछाडी सवार २७ बर्षीय मो.जावेद आलम र पथरीशनिश्चरे नगरपालिका– १० का ३६ बर्षीय नारायण राई रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार बुधबार बिराटनगर महानगरपालिका–१६ दरैया स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको को.१९ प ८६० नम्बरको मोटसाईकल चेकजाँच गर्ने क्रममा सहबाज र जावेदको साथबाट १ ग्राम ९ मिलिग्राम ब्राउनसुगर फेला पारेसँगै उनिहरुलाई नियन्त्रणमा लिएको हो । सोही दिन ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे नगरपालिका–१० स्थितमा राईलाई प्रतिबन्धित औषधि सहित नियन्त्रणमा लिएको...
स्रोत नखुलेको १९ लाख भन्दा बढी नगद सहित एक जना पक्राउ

स्रोत नखुलेको १९ लाख भन्दा बढी नगद सहित एक जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष १२ । मोरङमा स्रोत नखुलेको १९ लाख भन्दा बढी नगद सहित एक जना प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको देवानगंज गाउँपालिका–५ का ४९ बर्षीय सुरेन्द्र प्रसाद साह रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार बुधबार साझँ साढेँ ५ बजे केशलिया मार्गमा को.७ प ५२२१ नम्बरको मोटरसाईकल चालक साहलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको नेपाली रुपैँया १९ लाख ९० हजार नगद सहित पक्राउ गरेको हो । पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
ट्याक्टर भिरबाट खस्दा चालकको मृत्यु

ट्याक्टर भिरबाट खस्दा चालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुस १२ । संखुवासभामा ट्याक्टर भिरबाट खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकालु गाउँपालिका–५ का २७ बर्षीय तिर्थ बहादुर तामाङ रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार बुधबार दिउँसो ४ बजे मकालु गाउँपालिका– ५ स्थित वालुङको दिङसुमा भन्ने ठाँउमा ट्याक्टर भिरबाट खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो । मकालु–१ मा निर्माण भईरहेको पर्खालको लागि सिमेन्ट बोकी जाने क्रममा को. २ त ८२३९ नम्बरको ट्रयाक्टर अचानक भिरबाट अन्दाजि ३५ मिटर तल खसि दुर्घटना भएको उक्त कार्यालयले जनाएको छ । घटना स्थलमा प्रहरीको टोली खटिगई उक्त शवलाई सम्पूर्ण कानुनी प्रकृया पश्चात पोष्टमाटमको लागि जिल्ला अस्पताल खाँदबारी पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
उदयपुरको नयाँ सिडियो हरि प्रसाद घिमिरे भने, जिम्मेवारी बहन गर्न प्रतिबद्ध छु

उदयपुरको नयाँ सिडियो हरि प्रसाद घिमिरे भने, जिम्मेवारी बहन गर्न प्रतिबद्ध छु

Breaking News 1, समाचार
पूर्णपुष्टि, १२ पुष । उदयपुरमा नयाँ जिल्ला प्रमुख अधिकारीको रुपमा (सिडियो) हरि प्रसाद घिमिरेको आगमन भएको छ । उदयपुरको पुरानो सिडियो जनार्दन गौतमको सरुवा सँगै हरि प्रसाद घिमिरेको आगमन भएको हो । घिमिरेले गत हप्ता देखी मात्रै उदयपुरको प्रशासन सम्महालेका छन् । बिहिबार जिल्लाका संञ्चारकर्मीहरु सँगको भेटघाटमा आफु उदयपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा भर्खरै कार्यभार सम्हालेको जानकारी गराए । घिमिरे यो भन्दा पहिले भोजपुरमा सिडियोकै रुपमा रहेका थिए । उनि भोजपुरबाट सिधै उदयपुर सरुवा आएको हो । उदयपुरमा जिम्मेवारी सम्हाल्दै घिमिरेले भनेका छन्, म आफ्नो जिम्मेवारी प्रति प्रतिबद्ध छु । त्यसका लागि मालाई संञ्चार क्षेत्र लगायत सबैले सहयोग गर्नु पर्छ । उनले प्रमुख जिल्ला अधिकारीको क्षेत्रअधिकार भित्र रहेर जनतालाई दिनु पर्ने सेवाहरु चुस्त दुरुस्त राख्ने समेत जनाए । त्यसका लागि आफु माताहतका कर्मचारीहर...
सालकको खपेटा सहित १ जना पक्राउ

सालकको खपेटा सहित १ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष १२ । संखुवासभाको भोटखोला गाउँपालिका–२ चेम्ताङबाट सालकको खपेटा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ३५ बर्षीय छिरिङ भोटे रहेको छ भने अन्य ६ जना फरार रहेको प्रहरीले जनाएको छ ।६/७ जनाको समुहमा सेतो बोरा बोकेर आईरहेको उनिहरुलाई बुधबार साँझ ७ बजे प्रहरी चौकी चेपुवाबाट खटिएको गस्तीले फेला पारेका थिए । प्रहरी टोलीलाई देख्ने बितिकै बोरा फालेर भागेपछि पछ्याउदै जाने क्रममा उक्त बोराहरु खोलेर हेर्दा बोराभित्र सालकको खपेटा फेला परेको थियो । उक्त खपेटा प्रहरीले बरामद गरी पक्राउ परेका भोटेको सम्बन्धमा थप अनुसन्धान भईरहेको तथा फरार रहेका अन्य व्याक्तिहरुको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।...
उदयपुरमा गाली बेज्जती मुद्धाका २ जना फरार प्रतिवादी पक्राउ

उदयपुरमा गाली बेज्जती मुद्धाका २ जना फरार प्रतिवादी पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष ११ । उदयपुरमा गाली बेज्जती मुद्धाका २ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका–५ घुम्ने बस्ने ६२ बर्षीय डम्बर बहादुर कटुवाल र ५२ बर्षीय तिलक बहादुर कटुवाल रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उदयपुरका प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरीका अनुसार प्रचौ लालबजारबाट खटिएको प्रहरी टोलीले गाली बेज्जती मुद्धामा जिल्ला अदालतले रु.५–५ हजार जरिवाना तोकेका उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई फैसला कार्यन्वयनका लागी जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।...
उदयपुरमा दोस्रो त्रियुगा अन्तर मा.वि.मेयर रनिङ शिल्ड सुरु, तस्विर सहित

उदयपुरमा दोस्रो त्रियुगा अन्तर मा.वि.मेयर रनिङ शिल्ड सुरु, तस्विर सहित

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, पुष ११ । उदयपुरमा दोस्रो त्रियुगा अन्तर मा.वि.मेयर रनिङ शिल्ड प्रतियोगिता २०८० को उद्घाटन भएको छ । त्रियुगा नगरपालिका–११ स्थित थारुहट रंगशालामा बुधबार त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतले दोस्रो त्रियुगा अन्तर मा.वि.मेयर रनिङ शिल्डको उद्घाटन गरे सँगै प्रतियोगिता सुरु भएको हो ।जिल्ला खेलकुद विकास संघ उदयपुरको आयोजना र त्रियुगा नगरपालिकाको समन्वयमा ‘स्वास्थ्यको लागी खेलकुद, राष्ट्रको लागी खेलकुद’ भन्ने नाराका साथ प्रतियोगिता सुरु गरिएको छ । प्रतियोगितामा त्रियुगा नगरपालिका भित्रका सामुदायिक र संस्थागत गरी ३२ वटा विद्यालयहरुले सहभागिता जनाएको छ । यस प्रतियोगितामा ५ वटा विधा अन्तर्गत खेल खेलाईने र सम्बन्धित संघ संस्थाको नियम अनुसार खेलाईने आयोजक जिल्ला खेलकुद विकास समितिका सचिव किरण कार्कीले जानकारी दिए । पुष ११ गते देखी संचालन भएको प्रतियोगिता पुष १४ गतेसम्म हुनेछ...
भरुवा बन्दुक सहित दुई जना पक्राउ

भरुवा बन्दुक सहित दुई जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष ११ ।  ताप्लेजुङमा भरुवा बन्दुक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका–१ त्रिवेणीका २४ बर्षीय मौसम खिमदिम र समिर खिमदिम रहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बिशेष सुचनाको आधारमा मंगलवार साँझ साढे ७ बजे प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोलीले त्रिवेणी बनबाट भरुवा बन्दुक सहित उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनिहरुको साथबाट भरुवा बन्दुक–२ नाल, भरुवा बन्दुकमा प्रयोग हुने विभिन्न सामाग्रीहरु, खुकुरी–१ थान, गेटिस (गुलेली) १ थान, मारेको कालिज १ वटा र मोबाईल १ थान बराबद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका उनिहरुको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
भारतबाट नेपाल आउदैँ गरेका एक युवक ब्राउन सुगर सहित पक्राउ

भारतबाट नेपाल आउदैँ गरेका एक युवक ब्राउन सुगर सहित पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष ११ । भारतबाट नेपाल आउदैँ गरेका एक युवकलाई ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दिप्रुङ चुइचुम्मा गाउँपालिका– ४ खोटाङका २५ बर्षीय मिलन राई रहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मोरङको बिराटनगर महानगरपालिका–१५ ढाट स्थितमा मंगलबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री राईलाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो । राईमाथि शंका लागी चेकजाँच गर्दा उनको साथबाट ब्राउनसुगर ८६ मिलिग्राम फेला परेसँगै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानीबाट थपअनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।                ...