Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

नेशनल एजुकेसन कलेज गाईघाटले ३ बर्षे डिप्लोमा कोर्ष पनि सुरु गर्यो

नेशनल एजुकेसन कलेज गाईघाटले ३ बर्षे डिप्लोमा कोर्ष पनि सुरु गर्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि, १७ मंसिर । नेशनल एजुकेशन कलेज गाईघाटले ३ बर्षे डिप्लोमा कोर्षको पनि पढाई सुरु गरेको छ । डिप्लोमा इन आयुर्वेद एचए र डिप्लोमा इन सर्टिफिकेट ल्याबोरेटरी टेक्नोलोजीको ३ बर्षे ढिप्लोमा सुरु गरेको हो। CTEVT र चिकित्सा सिक्षा आयोगबाट सम्बन्धन स्विकृति पाए सङ्गै नेशनल एजुकेशनले आईतबारबाट डिप्लोमा कोर्षको कक्षा सन्चालन गरेको हो । कलेजका प्रिन्सिपल राधारमण खतिवडाका अनुसार यस भन्दा पहिले प्रि डिप्लोमा कोर्ष मात्रै संञ्चालन रहेकोमा थप ३ बर्षे डिप्लोमा पनि समावेश गरिएको जनाए । प्राविधिक शिक्षाको आवश्यक र महत्व बढ्दै जाँदा बिद्यार्थीहरुको माग अनुसार कोर्ष थप गरी पढाई सुरु गरिएको खतिवडाले जनाए । ३ बर्षे कोर्ष थप भएसँगै विद्यार्थीहरुलाई सहज भएको विद्यालयले जनाएको छ । कोर्ष सँगै प्रयोगात्मक अनिवार्य रुपमा व्यवस्थीत गरेर पढाई सुरु गरिएको हो । डिप्लोमा कोर्ष अन्तर्गतको AHA शङ्काय पढाई सुर...
त्रिनपा १ जोगिदहले ५७ जनाको निशुल्क आँखा शल्यक्रिया गरिदिने

त्रिनपा १ जोगिदहले ५७ जनाको निशुल्क आँखा शल्यक्रिया गरिदिने

Breaking News 1
पूर्णपुष्टि, १६ मंसिर । त्रियुगा नगरपालिका १ जोगिदह बर्गाछी स्थित भएको एक दिने आँखा सिविरमा ४२० जनाले निशुल्क सेवा लिएको छ । १९८ जना विद्यार्थी सहित २३१ जना सर्वसाधरण वडावसीहरुले निशुल्क सेवा लिएको हो । शनिवार वडा कार्यालयको आयोजनामा संञ्चालित आँखा सिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लाहानका टोलीले उपचार गरेका थिए । अस्पतालका क्याम्प सुपरभाईजर राज कुमार यादवका अनुसार सिविरमा १२ विद्यार्थी सहित ५७ जनाको भने शल्यक्रियानै गर्नु पर्ने अवस्था आएको जनाए । सिविरमा सबैभन्दा बढी मोतिविन्दुको बिरामी फेला परेको यादवको भनाई छ । वडाअध्यक्ष मनोज कुमार चौधरीले शल्यक्रिया गर्नु पर्ने सबै आँखा रोगीहरुलाई वडाले निशुल्क उपचार गर्ने जनाएको छ । चौधरीले आँखा सिविरमा विद्यार्थीहरुलाई पनि प्राथामिकता दिईएको थियो । शल्यक्रिया गर्नुपर्नेहरुलाई तत्काल अस्पताल लगिने चौधरीको भनाई छ । उनिहरुलाई आते जाते खर्च र ख...
लागु औषाध प्रयोगकर्ताहरुलाई परामर्श सँगै निरन्तर निगरानी, अवस्था बुझन् प्रहरीको टोली घरघरमै

लागु औषाध प्रयोगकर्ताहरुलाई परामर्श सँगै निरन्तर निगरानी, अवस्था बुझन् प्रहरीको टोली घरघरमै

Breaking News 1, समाचार
पूर्णपुष्टि, १६ मंसिर उदयपुर प्रहरीले संञ्चालन गरेको लागु औषाध रोकथाम (एमडिआई) अभियान निकै प्रभावकारी देखिएको छ । जिल्लामा लागु औषाध प्रयोग रोक्न प्रहरीले हदै सम्मको प्रयास पहल गरिरहेको छ । एसपी रमेश थापा नेतृत्वको प्रहरी टोलीले उदयपुरमा अहिले सम्मकै नयाँ बिधि स्वरुप लागु औषाध नियन्त्रणको प्रयास गरिरहेको छ । एसपी थापाले जिल्लामा लागु औषाध प्रयोगकर्ता, डिलर जस्ता मुख्य क्षेत्रलाई नजिक बाट नियालेर नियन्त्रणको बिधिहरु अपनाएर अघि बढिरहेको अवस्था छ । जस अन्तर्गत एसपी थापाले लागु औषाध नियन्त्रण कार्वाही बाट मात्रै सम्भव नुहुने समेत जनाउँदै आएको छ । जस अलवा उनिहरुलाई बैचारिक ज्ञान र परामर्शको पनि उत्तिकै आवश्यक रहेको एसपी थपाको बुझाई छ । थापाका अनुसार सप्लाई गर्नेलाई भने मुद्धा चलाएर कार्वाही गर्नुूको बिकल्पै नरहने बताउँछन् । तर प्रयोगकर्ताहरुलाई भने लागु औषाध बाट टाढा राख्न मनोपरामर्श...
त्रियुगा नगरपालिकाले महसुल नतिरेपछि प्राधिकरणले काट्न थाल्यो सडक बत्तिको लाईन

त्रियुगा नगरपालिकाले महसुल नतिरेपछि प्राधिकरणले काट्न थाल्यो सडक बत्तिको लाईन

Breaking News 1, समाचार
पूर्णपुष्टि, १४ मंसिर । नेपाल बिद्युत प्राधिकरण उदयपुर बितरण केन्द्र गाईघाटले सडक बत्तिको लाईन काट्न सुरु गरेको छ । त्रियुगा नगरपालिकाले बुझाउनु पर्ने बिद्युत महसुलको बक्यौता नतिरेपछि प्राधिकरणले लाईन काट्न सुरु गरेको हो । प्राधिकरणका सहायक प्रशासकीय अधिकृत पुष्पक पौडेलले झण्डै डेढ बर्षको महसुल नगरपालिकाले नबुझाएको बताए । गत बर्षदेखी यो बर्षको भाद्र महिना सम्म सडक बत्तिको पैसा २ करोड, ५७ लाख ५६ हजार ५२४ रुपयाँ उठेको पौडेलले जनाए । त्रियुगा नगरपालिकाको १६ ओटै वडाहरुमा सडक बत्ति जडान गरिएको छ । जसमा १३९ ओटा सडक बत्तिको मिटर बक्स राखिएको प्राधिकरणको भनाई छ । नगरपालिकालाई सचेत गराउँदै शुक्रबार देखी प्राधिकरणले प्रारम्भीक लाईन काट्न सुरु गरेको हो । बक्यौता नतिरे सम्म यो अभियान जारी राख्ने प्राधिकरणको भनाई छ । नगरपालिकाले बत्तिको पैसा स्वरुप स्थानीयहरु सँग भने पैसा असुलि रहेको छ । नगरपाल...