Monday, July 6News That Matters

Month: ३ वर्ष अगाडि

रौतामा अस्थायी प्रहरी पोष्ट संञ्चालन

रौतामा अस्थायी प्रहरी पोष्ट संञ्चालन

Breaking News 1, समाचार
पूर्णपुष्टि, २१ मंसिर । रौतामाई गाउँपालिकाको वडा नं ६ रौतामा स्थायी प्रहरी पोष्टको उद्घाटन भएको छ । उदयपुरकै प्रमुख पर्यटकीय तथा धार्मिक स्थलको रुपमा परिचित रौता पोखरीमा सुरक्षाको मध्यनजर गर्दै स्थायी प्रहरी पोष्ट संञ्चालनमा ल्याईएको हो । स्थायी प्रहरी पोष्टको उद्घाटन जिल्ला प्रमुख अधिकारी जनार्दन गौतमले गर्नुभयो । चौकीको उद्घाटन गर्दै अधिकारी गौतमले लामो समयको अथक प्रयास पछि रौतामा स्थायी प्रहरी पोष्ट निर्माण गर्न सकिएको जनाए । यसका लागि रौतामाई गाउँपालिका, स्थानीय, राजनितिक दल र जिल्ला सुरक्षा समितिले समेत ठुलो मेहनत गर्नु परेको जनाए । रौताको बिकास र पर्यटकको चाप सँगै शान्ति सुरक्षा अमन चयन निर्माण गर्न प्रहरी पोष्ट अत्यावश्यक रहेको गौतमको भनाई छ । यस्तै पालिका अध्यक्ष बिरेन्द्र कुमार मगरले रौतामा संञ्चालन आएको प्रहरी पोष्ट उद्घाटनलाई खुसी ब्यक्त गरे । रौताको सुरक्षा क्षेत्रको...
दमौटी शव प्रकरण : मृतकको श्रीमती निर कुमारीलार्ई  प्रहरीले पक्राउ गर्यो

दमौटी शव प्रकरण : मृतकको श्रीमती निर कुमारीलार्ई प्रहरीले पक्राउ गर्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि, १९ मंसिर । तिन दिन देखी बेपत्ता त्रियुगा नगरपालिका वडा नं ५ का श्याम राईको हत्यामा निजकै श्रीमती संलग्न भएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ । शनिवारदेखी बेपत्ता राईको शव गाउँ नजिकैको झाडिमा सेउलाले पुरेको अवस्थामा स्थानीयहरुले फेला पारेका थिए । प्रहरीका अनुसार श्रीमती निर कुमारी राईले सामान्य घरायसी झगडामा श्रीमानको हत्या गरेको स्वीकार गरेको छ । सोही आधारमा प्रहरीले घटना स्थलबाटै निर कुमारीलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । मृतक राई हराएको भन्ने खबर पछि स्थानीयहरु मिलेर खोज तलास गरिरहेका थिए । पछि नजिकैको झाडीमा संकास्पद देखिएपछि प्रहरीलाई खबर गराएको स्थानीयहरुले जनाए । मृतक राईको पोष्टमाटमका लागि जिल्ला अस्पताल उदयपुर ल्याईएको छ ।...
राजेश पायल राईले आज बसाहा तताउने

राजेश पायल राईले आज बसाहा तताउने

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, १९ मंसिर । चर्चित गायक तथा द भ्वाईस अफ नेपाल सिजन ५ का कोच राजेश पायल राईले आज उदयपुरको वसाहामा सांगितिक प्रस्तुति दिने भएको छ । राई सांगितिक कार्यक्रमका लागि बसाहा आईसकेको छ । राई बसाहा क्लवद्वारा आयोजित (बसाहा मिनी मेला) को निमन्त्रणामा सांगीतिक कार्यक्रमको लागि आएका हुन् । ‘राई इज किङ’को उपाधीसमेत पाएका गायक राईले आफ्नो चर्चित गीतहरु प्रस्तुत गरी दर्शकलाई मनोरञ्जन दिने आयोजकले जनाएका छन् । आज साँझ ८ बजेदेखि गायक राईले आफ्नो चर्चित तथा सुमधुर गीतहरु गाउनेछन् । गायक राई भनेपछि हुरुक्कै हुने फ्यानहरुको लागि यो अति उत्तम समय भएकोले आजको कार्यक्रम नछुटाउन आयोजकले सबैमा उपस्थितीको लागि आह्वानसमेत गरेका छन् ।...
खुकुरी प्रहारबाट बृद्धाको मृत्यु

खुकुरी प्रहारबाट बृद्धाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर १९ । सुनसरीमा खुकुरी प्रहारबाट एक बृद्धा महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईटहरी नगरपालिका–२ शान्तझोडा बस्ने ६५ बर्षीय मधुमाया पुरी रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी प्रवक्ता ऋषिराम कंडेलका अनुसार सोमबार दिउँसो २ बजे आफ्नै घर नजिक रहेको गाई गोठमा काम गर्दै गरेको अबस्थामा स्थानिय ४० बर्षीय सन्तोष राईले अचानक पछाडिबाट आई खुकुरीले टाउकोमा प्रहार गर्दा पुरी गम्भीर घाईते भएकी थिईन् । घाईते भएकी पुरीलाई उपचारको लागि तरहरा सामुदायिक हस्पिटल तरहरामा लगि सामान्य उपचार पश्चात थप उपचारको लागि धरान घोपा पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । घटनाको जानकारी पाए लगत्तै खटिएको प्रहरी टोलीले खुकुरी प्रहार गर्ने राईलाई नियन्त्रणमा लिएकोे प्रहरीले जनाएको छ । पक्राउ परेक...
त्रिनपा ५ दमौटीमा एक पुरुषको शव सेउलाले छोपेको अवस्थामा फेला, घटना स्थलमा पुग्यो प्रहरी

त्रिनपा ५ दमौटीमा एक पुरुषको शव सेउलाले छोपेको अवस्थामा फेला, घटना स्थलमा पुग्यो प्रहरी

Breaking News 1, समाचार
पूर्णपुष्टि, १९ मंसिर । त्रियुगा नगरपालिका वडा नं ५ दमौटीमा एक पुरुषको शव फेला परेको छ । अनुमानित ६० बर्षिय दमौटी कटुवारी टोलका श्याम राईको शव झाडीमा सामान्य सेउलाले छोपेको अवस्थामा फेला परेको स्थानीयहरुले जनाएको छ । राई ३÷४ दिन देखी हराईरहेको स्थानीयहरुको भनाई छ । घटनाबारे अनुसन्धानका लागि जिल्लाको प्रहरी टोली पनि घटना स्थलमा पुगिसकेको छ । स्थानीयहरुका अनुसार राईको श्रीमती सँग झगडा परेको बुझिएको छ । उक्त घटना बारे बिस्तृत जानकारी नआईसकेको प्रहरीले जनाएको छ । घटना स्थल पुगेर प्रहरीले अनुसन्धान गरिरहेको बुझिएको छ ।...
हुरेण्डेक उदयपुरद्धारा सामुहिक चुल्हो सहजकर्ताहरुलाई दुई दिने पुनर्ताजगी तालिम

हुरेण्डेक उदयपुरद्धारा सामुहिक चुल्हो सहजकर्ताहरुलाई दुई दिने पुनर्ताजगी तालिम

Breaking News 1, समाचार
पूर्णपुष्टि, १८ मंसिर । हुरेण्डेक उदयपुरले सकरात्मक झुकावका लागि सामुहिक चुल्हो सम्बन्धी २९ जनालाई दुई दिने पुनर्ताजगी तालिम दिएको छ । उक्त तालिम गाईघाट स्थित होटल कोहवरमा सोमवारबाट सुरु भएको हो । जिल्लाको त्रियुगा, कटारी, रौतामाई, ताप्ली र उदयपुरगढी गरी ५ पालिकाहरुमा कार्यरत सहकर्ताहरुलाई तालिम प्रदान गरिएको कार्यक्रम ब्यवस्थापक बिकल सुवेदीले जनाए । सुवेदीका अनुसार जिल्लामा कुपोषण भएका बालवालिकाहरुलाई सुधारोन्मुख र कुपोषणबाट अन्त्य गर्ने भन्दै हुरेण्डेक उदयपुरले यस सम्बन्धी सकरात्मक झुकावका लागि सामुहिक चुल्हो कार्यक्रमनै तयार पारेर संञ्चालन गरिरहेको छ । बिगतमा पनि यस प्रकारको तालिम प्रदान गर्दै आएका हुरेण्डेकले कार्यक्रमलाई थप प्रभावकारी र कार्यन्वनका लागि पुनर्ताजगी दिईएको सुवेदीको भनाई छ । सामुहिक चुल्हो कार्यक्रम पाँचै पालिकाहरुमा आमा, बच्चा र सहजकर्ताहरुको सामुहिक भेलामा स...
भत्किएको पुल मर्मत नगरेको भन्दै चौदण्डीगढी ५ मा नेताहरुलाई प्रवेश निषेध घोषणा

भत्किएको पुल मर्मत नगरेको भन्दै चौदण्डीगढी ५ मा नेताहरुलाई प्रवेश निषेध घोषणा

Breaking News 1, समाचार
पूर्णपुष्टि, १८ मंसिर । चौदण्डीगढी ५ मा रहेको बेल्ही सिवाई जोड्ने पुल भत्किएर अलपत्र अवस्थामा छ । भत्किएको पुल दर्दनाक अवस्थामा रहेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । भत्किएको १४ वर्षसम्म पनि अलपत्र पुलको निर्मामाणमा चासो नदेखाएको भन्दै स्थानीयहरुले जनप्रतिनिधि र केन्द्रीय नेताहरुलाई चौदण्डी ५ मा प्रवेश रोक लगाएको हो । वडा नं ५ का अध्यक्ष तुलसी ढकालकै नेतृत्वमा निषेध घोषणाको तयारी भएको छ । अध्यक्ष ढकालका अनुसार प्रदेश तथा संघिय सांसद, केन्द्रीय नेताहरु र सडक बिभाग माताहतका उच्च अधिकारी सहितलाई वडा प्रवेशमा निषेध गरिनेछ । अध्यक्ष ढकालले आफूले दुई पटक यस क्षेत्रका संघीय सांसद डा. नारायण खड्कालाई भेटेर पुलको मर्मत सम्भारकालागि अनुरोध गरेको जनाए । सँगै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा गत साउन १३ गते सर्वदलिय बैठक समेत गरेको थियो । हालसम्म पनि सुनुवाई नभएकोले बाध्य भएर सं...
उदयपुरमा वन र गाली बेईजती मुद्धाका २ जना फरार प्रतिवादी पक्राउ

उदयपुरमा वन र गाली बेईजती मुद्धाका २ जना फरार प्रतिवादी पक्राउ

Breaking News 1
पूर्णपुष्टि, मंसिर १८ । उदयपुरमा वन मुद्धा र गाली बेईजती मुद्धाका २ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका वडा नं १ हवेली टोल बस्ने काहिलाल चौधरी र त्रि.न.पा १ रुपनि बस्ने उर्मिला घिमिरे रेहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार जिल्ला अदालतले वन मुद्धामा चौधरीलाई ७ हजार ५ सय रुपैँया जरिबाना र गालि बेईजती मुद्धामा घिमिरेलाई १ सय २५ रुपैँया जरिवाना तोकेको थियो । अदालतबाट फैसला भएपनि फरार रहेका उनिहरुलाई प्रहरी चौकी जोगिदहबाट खटिएको प्रहरी टोलीले आईतबार पक्राउ गरेको डिएसपी चौधरीले बताए । पक्राउ परेका उनिहरुलाई फैसला कार्यान्वयनका लागी जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।...
गाईघाटमा सडक बत्तिको लाईन काँटीदा छायो अन्धकार

गाईघाटमा सडक बत्तिको लाईन काँटीदा छायो अन्धकार

Breaking News 1, समाचार
पूर्णपुष्टि, १७ मंसिर । नेपाल बिद्युत प्राधिकरण उदयपुर बितरण केन्द्रले शुक्रबारदेखी बजार आसपासको सडक बत्तिको लाईन काटेपछि अन्धकार छाएको छ । मुख्य सडकहरुमा सडक बत्ति नहुँदा रातको समय अन्धकारमय बनेको छ । ब्यपारी र सवारीको बत्तिले बजार संञ्चालीत छन् । त्रियुगा नगरपालिकाले २ करोड ५७ लाख ५६ हजार ५२४ रुपयाँ महसुल बक्यौता नतिरेपछि प्राधिकरण लाईन काट्न बाध्य बनेका थिए । पटक पटक नगरलाई ताकेता गर्दा पनि बेवस्ता गरेपछि केन्द्रको निर्देशनमा उदयपुर प्राधिकरणले लाईन काटेका थिए । गाईघाट बजार आसपास मदन भण्डारी राजमार्गको मेनचोक बाहेकका सडक बत्तिको लाईन पूर्ण रुपमा काटिएको छ । सडकमा बत्ति नबल्दा अस्तव्यस्त सडक र बजार पसलहरु बनेको छ ।  ...
३ बर्षदेखी थलिएको उदयपुरगढीका एक बिरामीलाई माओवादीले उद्धार गर्यो

३ बर्षदेखी थलिएको उदयपुरगढीका एक बिरामीलाई माओवादीले उद्धार गर्यो

Breaking News 1, Breaking News 2
पूर्णपुष्टि, १७ मंसिर । माओवादीले संञ्चालन गरेको बिषेश रुपान्तरण अभियानले बिरामीको उद्धार गरेको छ । उदयपुरगढी गाउँपालिका १ व्बाँसेका ४० बर्षिय नरजीत राईको उद्धार गरिएको हो । अभियानका प्रमुख तथा माओवादी केन्द्रका संघीय सदस्य मुकसामहाङ मेयाङबो ‘मुकेश’को नेतृत्व टोलीले एम्बुलेन्स व्यवस्था गरी बिरामी राईलाई धरान घोपा क्याम्प पठाएको छ । तीन वर्षपहिले आफ्नै श्रीमतीलाई टिबी रोग लागेर निको पारी घर ल्याएका राई पुनः उक्त रोग आफैमा देखिएपछि समस्यामा थिए । माओवादीको तीन महिने अभियानले रचनात्मक कार्यहरु गरिरहेको स्थानीयहरु बताउँछन् । त्यस्तै अभियानले उदयपुरगढी–१ गैइया स्थित पार्टीको टोल कमिटी, वाइसीएल नेपाल, रिटर्नी सेन्टर र अखिल नेपाल महिला सघ क्रान्तिकारीको टोल समिति गठन भएको छ । समितिका पदाधिकारीलाई संघीय सदस्य मेयाङवोले सपथ ग्रहण गराएका छन् ।...