ट्राफिक प्रहरी उदयपुरको निश्कर्ष : अधिकांश दुर्घटना सडक मोड र तिव्रगती
पूर्णपुष्टि, २४ मंसिर ।
जिल्ला ट्राफिक प्रहरी र जिल्ला प्रहरी कार्यालयले उदयपुरका अधिकांश दुर्घटना सडककै प्राविधिक समस्या रहेको औँल्याएको छ । मापदण्ड अनुसारका सडक निर्माण नहुँदा अत्यादिक सडकको घुम्ती मोडहरुले दुर्घटना निम्तिएको उदयपुर प्रहरी र उदयपुर ट्राफिक प्रहरीको निष्कर्श छ ।
उदयपुर हुँदै गएको मदन भण्डारीमा पछिल्लो समय दैनिकी जसो दुर्घटना भैरहेको छ । यस राजमार्ग उदयपुर भित्र करिब ११७ किलोमिटर पर्न जान्छ । त्यस्तै सगरमाथा हाईवे ६९ किलो मिटर र सिद्धिचरण हाईवे ७६ किलो मिटर पर्छ । यी राजमार्गहरुमा दुर्घटनाहरु प्राय सडकले मोड लिएको स्थानहरुमा भैरहेको कार्यालयको भनाई छ । सडक मोड सँगै थप दुर्घटनाको अर्को मुख्य कारण भनेको चालकहरुको तिव्र सवारी गति रहेको ट्राफिक इन्चार्ज लोक बहादुर दियाली बताउँछन् ।
मदन भण्डारी हाईवेमा धेरै मोडहरु रहेको छ । प्राय उदयपुरगढी ७ अधेँरीमा रहेको मोडमा दुर्घटना...








