उदयपुरमा मदन भण्डारी राजमार्ग र सगरमाथा राजमार्ग ठप्प, जनजिवन प्रभावित
पूर्णपुष्टि, १ पुष ।
पहिचानवादीहरुले आह्वान गरेको बन्दले उदयपुर ठप्प भएको छ । जिल्लाको सगरमाथा राजमार्ग र मदन भण्डारी राजमार्ग बन्दकर्ताहरुले ठप्प पारेको छ । लामो दुरीको सवारी बन्द हुँदा यात्रुहरु अलपत्र परेको छ । आईतवार प्रारम्भीक बन्द गरेको पहिचानवादीहरुले आईतबारदेखी पूर्णतया बन्द सक्रिय बनाएको छ । जिल्लाको चौदण्डीगढी, बेलका, कटारी र सदरमुकाम गाईघाटमा यातायात बन्द गरिएको किरात राई यायोख्खा उदयपुरकी अध्यक्ष गंगा राईले बताईन् । उनले घुर्मि तथा हलेसी लगायत प्रदेश १ भरी पक्राउ गरेका गोपाल किराती सहितको नेता कार्यकर्ताहरुलाई बिना सर्त रिहाई नगरे बन्द थप शक्रिय बन्ने समेत चेतावनी दिए ।
पक्राउ परेका नेता कार्यकर्ता बिना सर्त तत्काल रिहाईको माग
पहिचानवादीहरुले पक्राउ परेका गोपाल किराती सहित पहिचानवादी नेता कार्यकर्ताहरुलाई तत्काल रिहाईको माग राखिएको छ । सोही माग अनुरुप प्रदेश नं १ भरीनै प...









