भोलीबाट कोशी प्रदेश च्याम्पको अडिसन
पूर्णपुष्टि, १५ भदौ ।
भोली आईतबारदेखी कोशी प्रदेश स्तरीय डान्स च्याम्प प्रतियोगिताको लागि अडिसन सुरु हुने भएको छ । आयोजक भाईरस डान्स क्याम्पको प्रस्तुतीमा प्रतियोगिता हुने भएको हो । प्रतियोगिताका लागि प्रदेशका बिभिन्न जिल्लाहरुको बिभिन्न सहरहरुमा अडिसन हुने प्रतियोगिताका संयोजक कल्याण कार्कीले जनाए । कार्कीका अनुसार अडिसनको सुरुवात उदयपुरको रामपुरबाट हुने छ । कार्कीले भर्दौ १६ आईतबारका दिन रामपुरबाट प्रतियोगिताको अडिसन उद्घाटन हुने जनाए । त्यसैगरी १७ गते इटहरी, बिराटनगर र धरान, २० गते बेलवारी, उर्लावारी, २३ गते इलामको फिदिम र फिक्कल, २५ गते खोटाङको दिक्तेल, २२ गते झापाको बिर्तामोड र काकडभिट्टा, २७ गते उदयपुरको कटारी, २९ गते नेपालटार मुर्कुची, ३१ गते बेल्टार र असोज १ गते उदयपुरको बेल्टार बजारमा हुने आयोजक समितिले जनाए ।
भदौ १५ गतेबाट सुरु हुने भनिएको अडिसन प्राविधिक कारणबस एक दिन पछि सर...









