Monday, July 6News That Matters

Month: २ वर्ष अगाडि

पुष १ देखी ८ सम्म गाईघाटमा तेस्रो खानापरिकार मेला हुने

पुष १ देखी ८ सम्म गाईघाटमा तेस्रो खानापरिकार मेला हुने

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, ६ मंसिर । झिँगु नेवा पुँच उदयपुरले प्रत्येक दुई बर्षमा गर्दै आएको खाना परिकार मेला पुष १ देखी सुरु हुने भएको छ । मेला बारे बिहिबार पत्रकार सम्मेलन गराउँदै तेस्रो खाना परिकार मेला बारे आयोजक झिँगु नेवा पुँचले जानकारी गराएको छ । “कला, संस्कृति, संरक्षण आन्तिरिक पर्यटन प्रवद्र्धन, पहुँच पहिचान र परिकार स्वरोजगार समृद्धिको मुल आधार” भन्ने नारा सहित मेला आयोजना गर्न लागिएको हो । मेलामा बिबिन्न आदिवासी जनजातिहरुको खाना परिकार प्रदर्शन तथा बिक्रि वितरण सँगै सांस्कृतिक कार्यक्रमहरु झाँकी प्रदर्शन पनि गरिने छ । जस्मा लाखे जात्रा, साकेला, हुर्रा लगायतको जातिय सांस्कृति झाँकी पनि प्रदर्शन र नृत्यु प्रतियोगिता समेत हुने छ । मेलाकै अअसरमा छमछमी सिजन ४ पनि जोडेर नृत्यु प्रतियोगिता समेत गरिने आयोजकले जनाए । गाईघाट स्थित पिपलचोक देखी ट्राफिक चोक सम्म मेलाको लागि स्थान तयारी गरिएको छ । साम...
उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा बाबुको मृत्यु, दुई छोरा घाइते

उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा बाबुको मृत्यु, दुई छोरा घाइते

Breaking News 1, Breaking News 2, Breaking News 3
पूर्णपुष्टि, ५ मङ्सिर ।  उदयपुरमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा बाबुको मृत्यु भएको छ भने दुई छोरा घाइते भएका छन्। त्रियुगा नगरपालिका वडा नं. १३ असारी दनुवारी चोकबाट गाईघाट तर्फ आउँदै गरेको स १ त ५७४२ न. को ट्रयाक्टर र विपरीत दिशा तर्फ जादै गरेको प्र १-०५-००१ प ४२७३ न. को मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको हो । सोही मोटरसाईकल पछाडी सवार निजका दुई जना छोराहरु घाईते भएका छन् । मृत्यु हुनेमा त्रियुगा नगरपालिका वडा नं. १३ बस्ने वर्ष अ. ४५ को महादेव चौधरी रहेका छन भने सोही मोटरसाइकल पछाडि बस्ने निजका दुई छोराहरु वर्ष अ. १५ को दिवाकर चौधरी र वर्ष अ. १०  कृष्ण चौधरीलाई उपचार्थ तत्कालै जिल्ला अस्पताल उदयपुरमा ल्याईएको छ । उपचारका लागि अस्पताल लगिएको बुबाको मृत्यु भएको अस्पतालले घोषणा गरेको हो । मृतक महादेव चौधरीका दुबै छोराहरुलाई प्रारम्भिक उपचार पश्चात ...
स्वतन्त्र उम्मेदवार बजरङ्गी कुमार दासले पाए चापाकल चुनाव चिन्ह

स्वतन्त्र उम्मेदवार बजरङ्गी कुमार दासले पाए चापाकल चुनाव चिन्ह

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ५ मंसिर । त्रियुगा नगरपालिका वडा नं १२ मा यहि मंसिर १६ गते हुने उपनिर्वाचनमा एक मात्रै स्वतन्त्र उम्मेदवार परेको छ । डिएमेगट निवासी २६ बर्षिय बजरंङ्गी कुमार दासले वडा अध्यक्षका लागि हुने उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएको हो । दासलाई बुधबार मात्रै मुख्य निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिन्ह पनि प्रदान गरिसकेको छ । उनले शिक्षा, स्वास्थ्य, सरसफाई, खानेपानी सँगै विकासका पूर्वधारहरुलाई मुख्य जोड गरेको छ । खोनाला नियन्त्रण, वस्ती व्यवस्थापन, विद्यालय निर्माण जस्ता कुरालाई अघि सारेको छ । दास सँगै अन्य आठ दल पनि चुनावी मैदानमा छन् । कांग्रेस, एमाले, माओवादी लगायत प्रमुख दलहरु सँगै अन्य साना दलहरु पनि प्रतिस्पर्धामा छन । दासले १२ नं वडामा विद्यालय पनि खोल्ने जनाएको छ ।...
पहिचानवादीहरुको निर्णयक आन्दोलन : आम हड्तालदेखी तेस्रो जनआन्दोलन सम्म

पहिचानवादीहरुको निर्णयक आन्दोलन : आम हड्तालदेखी तेस्रो जनआन्दोलन सम्म

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ५ मंसिर । पहिचानवादीहरुले पूर्वको १४ जिल्लामा फेरी आन्दोलन सुरु गरेको छ । पहिलो चरणको आन्दोलन पश्चात नयाँ चरणको आन्दोलनमा उत्रिएका पहिचानवादीहरुले आम हड्तालदेखी तेस्रो जनआन्दोलन समेत घोषणा गरेको छ । प्रदेश नं १ पून ः नामाङ्कन संघर्ष समितिले आईबार बिरोध प्रदर्शन गर्दै कोशी नाम खारेजीको माग गरेका थिए । सोही दिन देखी समितिले दोस्रो चरणको आन्दोलन सुरु गरेको हो । आन्दोलनमा ८२ प्रदेश सांसद सहित एमालेका केपि शर्मा ओली, महेश बस्नेत र योगश भट्टराई सहित थप तिन नेता गरी ८५ जनालाई सार्वजानिक कार्यक्रममा रोक लगाउने र कोशी लेखेको बोर्ड ब्यानर पनि हटाउने संघर्ष समितिले जनाए । प्रदेश नं १ लाई कोशी नामाकरण गरी पहिचानवादीहरुमाथी अन्याय गरेको भन्दै नाम सच्याएर पहिचानकै आधारमा राख्नु माग सहित पहिचानवादीहरुले आन्दोलन चर्काई रहेको अवस्था छ । एमाले कांग्रेस र माओवादी समेतको सहमतिमा राखिएको कोशी ...
नागरिकसित सम्बन्ध सुमधुर बनाउदै नेपाली सेनाले पैदलयात्रा गर्ने

नागरिकसित सम्बन्ध सुमधुर बनाउदै नेपाली सेनाले पैदलयात्रा गर्ने

Breaking News 1, Breaking News 2, समाचार
उदयपुर, मङ्सिर ४ । नेपाली सेना र नागरिकबीचको सम्बन्ध सुमधुर बनाउने उद्देश्यले उदयपुरको बोक्सेस्थित पशुपतिप्रसाद गणले उदयपुरगढीदेखि चौदण्डीगढीसम्मको ८५ किलोमिटर महाभारत श्रृङ्खलाको पदमार्गमा पैदययात्राको आयोजना गर्ने भएको छ । आगामी पुस २१ देखि २८ गतेसम्म एतिहासिक स्थल उदयपुरगढीदेखि अर्को एतिहासिक स्थल चौदण्डीगढीसम्मको यात्रा गर्ने भएको हो । यात्रामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय सरकार र सर्बसाधारणहरुको सहभागिता रहने गणपति शिवप्रसाद वाग्लेले जानकारी दिनुभयो । यसले पर्यटन प्रवर्धनसमेत हुनेछ । तयारी बै‌ठक तथा अन्तरक्रिया कार्तिक ३० गते गरी यात्राको क्रममा बाटोमा पर्ने गाउँबस्ती र विद्यालयहरुमा भेटघाट गर्दै जाने जानकारी दिइएकाे छ । यात्रा पुरा हुँदा उदयपुरगढी, रौतामाई, त्रियुगा र चौदण्डीगढी गरी चार पालिकाको भ्रमण हुनेछ । कार्यक्रमका लागि पालिका अध्यक्षहरु, गणपती, ह...
रेडक्रस उदयपुरमा भ्रष्टाचार र अराजकता रोक्न सरोकारवालासंग अपिल

रेडक्रस उदयपुरमा भ्रष्टाचार र अराजकता रोक्न सरोकारवालासंग अपिल

Breaking News 1, Breaking News 2, समाचार
उदयपुर, मंसिर ४ । नेपाल रेडक्रस सोसाइटी उदयपुर शाखामा भ्रष्ट र अराज समुहविरुद्ध लाग्न र संस्थालाई पारदर्शी र स्वचालित बनाउन सरोकारवालाहरुसंग अपिल गरिएको छ । मदनराज कटुवालको नेतृत्वको जिल्ला शाखा अन्तर्गतका नेपाल रेडक्रस सोसाइटी उपशाखा गाईघाट (क) र (ख) ले आज प्रेस विज्ञप्ती जारी गर्दै यस्तो अपिल गरेको हो । विज्ञप्तीमा कटुवाल नेतृत्वको समिति बैधानिक भएको दावी गर्दै शम्भु पौडेल नेतृत्वको समितिले भ्रष्टचारलाई संरक्षण दिदै अराजकता बढाएको आरोप इंगित छ । शम्भु पौडेल नेतृत्वको समितिले कार्तिक ११ गते बोक्सेस्थित रेडक्रस शाखा कार्यालयमा ताल्चा फोडेर कब्जा जमाएकोमा उच्च अदालत विराटनगरले कार्तिक ५ सम्म निर्वादरुपमा कटुवाल नेतृत्वको समितिलाई काम गर्न दिन आन्तरिम आदेश गरेको छ । २०४४ सालमा स्थापना भएको उदयपुर शाखामा विगत लामो समयदेखि संस्थागत सुशासनको अभाव रहँदै आएको विज्ञप्तिमा उल्लेख छ । तत्काली...
तीन महिनामा रेमिट्यान्स ११.५ प्रतिशतले बढ्यो

तीन महिनामा रेमिट्यान्स ११.५ प्रतिशतले बढ्यो

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, मंसिर ४ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपालमा रेमिट्यान्स आप्रवाह उल्लेख्य वृद्धि भएको छ । साउन, भदौ र असोज महिनामा विप्रेषणमार्फत ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.५ प्रतिशतले बढी हो । अमेरिकी डलरमा यो आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यो रकम २ अर्ब ७६ करोड डलर रहेको थियो । उल्लेखनीय रूपमा, २०८० असोज मसान्तसम्म रेमिट्यान्स आप्रवाह २५।८ प्रतिशतले बढेको थियो । यस अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा भने सामान्य गिरावट आएको छ । तीन महिनामा नयाँ श्रम स्वीकृति लिनेको संख्या १ लाख १० हजार ६ सय ५४ रहेको छ, जुन गत वर्षको तुलनामा करिब ३ हजारले कम हो । तर पुनः श्रम स्वीकृति लिनेको संख्या भने बढेर ५९ हजार ९ सय ३९ पुगेको छ, जुन गत वर्षको तुलनामा १० हजार बढी हो ।  ...
प्रधानमन्त्री ओलीविरुद्ध कीर्ते कागजात बनाएको आरोपमा प्रसाईं पक्राउ

प्रधानमन्त्री ओलीविरुद्ध कीर्ते कागजात बनाएको आरोपमा प्रसाईं पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, मंसिर ४ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कीर्ते कागजात प्रयोग गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरी लाजिम्पाटस्थित कार्यालयमा ल्याइएको हो । सीआईबी प्रमुख दीपक थापाका अनुसार, प्रसाईंले सोमबार सार्वजनिक गरेका सबै कागजात कीर्ते रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रसाईंले प्रधानमन्त्री ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिएटा टेलिकम कम्पनीमा २१ करोड अमेरिकी डलर लगानी रहेको भन्दै विभिन्न कागजात सार्वजनिक गरेका थिए । अनुसन्धानका क्रममा प्रसाईंले देखाएका कागजातमा भएको प्रधानमन्त्री ओलीको हस्ताक्षर फर्जी पाइएको छ । साथै, नागरिकतामा उल्लेखित केपी शर्मा (ओली) को नाम र सार्वजनिक कागजातमा लेखिएको अंग्रेजी नाम फरक रहेको पाइएको छ। प्रहरीले उनीमाथि कीर्ते र ...
स्थानीय तह उप-निर्वाचन : उम्मेदवारको नामावली आज प्रकाशन हुँदै

स्थानीय तह उप-निर्वाचन : उम्मेदवारको नामावली आज प्रकाशन हुँदै

Breaking News 2, समाचार
पूर्णपुष्टि, मंसिर ४ ।  स्थानीय तह उप-निर्वाचन अन्तर्गत आज उमेदवारहरूको नामावली प्रकाशन हुने भएको छ । निर्वाचन आयोगले जारी गरेको कार्यतालिका अनुसार आज साँझ ५ बजेदेखि ६ बजेसम्म उमेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिने छ । निर्वाचन कार्यतालिका अनुसार मंसिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उमेदवारले नाम फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ र दिउँसो ३ देखि ५ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ। मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुने कार्यक्रम रहेको छ । स्थानीय तह उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ८४ जनाको उमेदवारी परेको छ । जसमा ३५ महिला, ४८ पुरुष र एक अन्य रहेका छन् । गाउँपालिका र नगरपालिकाका वडाध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २९३ पुरु...
त्रियुगा १२ मा कुनै उम्मेदवारमाथी परेन उजुरी

त्रियुगा १२ मा कुनै उम्मेदवारमाथी परेन उजुरी

Breaking News 1, Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, ४ मंसिर । त्रियुगा नगरपालिका १२ मा हुने उपनिर्वाचनको उम्मेदवारमाथी कुनै पनि दावी विरोध नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उम्मदेवारी घोषणा सँगै २ गते मनोनयन दर्ता र ३ गते उम्मेदवार उपर दावी विरोध तथा उजुरुको कार्यक्रम रहेको थियो । दावी विरोध गर्ने समय अवधिभर कुनै पनि उम्मेदवार उपर उजुरी नपरेको कार्यालयले जनाएको छ । त्रियुगा १२ मा एक स्वतन्त्र उम्मेदवार र ८ दल गरी जम्मा ९ जना उम्मेदवारहरुले मनोनयन दर्ता गराएका थिए । उपनिर्वाचन कार्यक्रमका तालिका अनुसार ४ गते मनोनयन कागजपत्रको जाँच, उजुरी उपर निर्णय र उम्मेदवार नामावली प्रकाशनको कार्यक्रम रहेको छ । भोली ५ गते उम्मेदवारी फिर्ता, अन्तिम नामवली प्रकाशन तथा चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको कार्यालयले जनाएको हो ।...