Monday, July 6News That Matters

Month: २ वर्ष अगाडि

ऐन पालना नगरेका चौदण्ढिगढीका संस्थागत विद्यालयलाई नगरपालिकाले कार्वाही गर्ने

ऐन पालना नगरेका चौदण्ढिगढीका संस्थागत विद्यालयलाई नगरपालिकाले कार्वाही गर्ने

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, पुष ६ ।  उदयपुरको चौदण्ढिगढी नगरपालिकाले नगरभित्र सञ्चालित संस्थागत विद्यालयहरूलाई शिक्षक नियुक्ति, तलब भुक्तानी र छात्रवृत्ति सम्बन्धी पूर्व सहमति कार्यान्वयन नगरे कारबाही गर्ने चेतावनी दिएको छ । नगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गरी नगरका २१ वटा संस्थागत विद्यालयहरूले शिक्षकलाई नियुक्ति पत्र दिने, तलब भत्ता बैंक मार्फत भुक्तानी गर्ने र १० प्रतिशत छात्रवृत्ति दिने सम्बन्धी पटक-पटकको सहमति पालना नगरेको जनाएको छ । नगर प्रवक्ता प्रकाश राउतका अनुसार विद्यालयहरूले शिक्षा ऐनमा भएको व्यवस्था र नगरपालिकासँग गरेको सहमति कार्यान्वयन नगरेकाले कारबाहीको दायरामा ल्याइने भएको हो । प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठले धेरै विद्यालयहरूले सरकारले तोकेको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ नदिएको र शिक्षकहरू ठगिएको मौखिक उजुरी आएको बताए । शिक्षा शाखा प्रमुख रामेश्वर कुँवरका अन...
सुनिता ढंगोल आज गाईघाट आउँदै

सुनिता ढंगोल आज गाईघाट आउँदै

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ६ पुष । काठमाण्डौँ माहानगरपालिकाकी उपमेयर सुनिता ढंगोल आज गाईघाट आउने भएकी छिन् । उनि प्रदेश स्तरीय तेस्रो खाना परिकार महोत्सव संञ्चालनका आयोजक झिँगु नेवा पुँचको निम्तोमा गाईघाट आउने भएकी हुन् । महोत्सवको पाँचौ दिन शनिवार लाखे प्रतियोगिता पनि हुँदैछ । ढंगोल सोही प्रतियोगिताको प्रमुख अथितिको रुपमा गाईघाट आउनेछिन् । महोत्सवले प्रत्येक दिन आदिवासी जनजातिहरुको कला सांस्कृतिको प्रतियोगिता गराउँदै आएको छ । जसमा राईहरुको साकेला, चौधरीको थारु नाच, नेवारको लाखे नाच लगायत अन्य समुदायहरुका नाच प्रतियोगिता गराईएको छ ।...
राजश्व संकलन र विकास खर्च लक्ष्यभन्दा न्यून

राजश्व संकलन र विकास खर्च लक्ष्यभन्दा न्यून

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, पुष ६ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा अर्थतन्त्रका सबै सूचकहरू निराशाजनक देखिएका छन् । सरकारले राजश्व संकलन, पुँजीगत खर्च र विकास निर्माणमा राखेको लक्ष्य पूरा गर्न नसकेको हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार पाँच महिनामा १४ खर्ब १९ अर्बको लक्ष्यमा जम्मा ३ खर्ब ९९ अर्ब राजश्व संकलन भएको छ । यो लक्ष्यको २८ प्रतिशत मात्र हो। त्यस्तै ३ खर्ब ५२ अर्बको पुँजीगत बजेटमा मात्र ४० अर्ब ८० करोड (११.५८ प्रतिशत) खर्च भएको छ । व्यापार घाटा पनि चिन्ताजनक छ । भन्सार विभागका अनुसार साउन-कार्तिक अवधिमा मात्रै ४ खर्ब ६० अर्ब ७१ करोड व्यापार घाटा भएको छ । आयात-निर्यात अनुपात ३.८७ प्रतिशतले घटेको छ । यद्यपि विदेशी मुद्रा सञ्चिति भने २२ खर्ब ५५ अर्ब पुगेको छ । निजी क्षेत्रको लगानी पनि निकै कम छ । बैंकहरूमा ६ खर्बभन्दा बढी रकम तरलताको रूपमा थन्किएको छ । नेपाल उद्योग परिसंघका अ...
नेपाल टेलिकमले दिने भनिएको ५ हजार पुरस्कारको सूचना भ्रम, सचेत रहन अनुरोध

नेपाल टेलिकमले दिने भनिएको ५ हजार पुरस्कारको सूचना भ्रम, सचेत रहन अनुरोध

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ४ पुष । नेपाल टेलिकमले क्रिस मसको अवसरमा ५ हजार सम्मको पुरस्कार दिने सूचनाबारे टेलिकमले भ्रमको सूचना रहेको जनाएको छ । टेलिकमको कुनै पनि अफर र पुरस्कार नरहेको भन्दै सामाजिक संञ्जालमा फैलिएको कुरा सबै भ्रम रहेको जनाए । आउँदै गरेको क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर रु। ५ हजार सम्मको नगद तथा उपहारको व्यवस्था गरेकोु भन्दै गरिएको प्रचार झुटो भएको नेपाल टेलिकमको भनाई छ । नेपाल टेलिकमको आधिकारिक लोगो समेत प्रयोग गरी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भइरहेको पाइएकोले यसप्रति सचेत रहन टेलिकमले सबैमा हार्दिक अनुरोध गरेको हो । ‘कम्पनीको आधिकारिक ब्लु टिकसहितको फेसबुक र एक्सलगायतका सामाजिक सञ्जालमा भएका सूचना तथा कम्पनीको आधिकारिक वेबसाइटलाई मात्र आधार मानेर कम्पनीका सेवा बारेमा अद्यावधिक हुन सम्पूर्ण ग्राहकवर्गमा अनुरोध छ,’ प्रवक...
त्रिवि जग्गा प्रकरण : ल्याब स्कुललाई भाडा तिर्न र जग्गा फिर्ता गर्न आयोगको सिफारिस

त्रिवि जग्गा प्रकरण : ल्याब स्कुललाई भाडा तिर्न र जग्गा फिर्ता गर्न आयोगको सिफारिस

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष ४ । जग्गा तथा सम्पत्ति खोजबिन आयोगले त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित १०८ रोपनी जग्गा अनधिकृत रूपमा प्रयोग गरिरहेको ल्याब स्कुललाई जग्गा फिर्ता गर्न र भाडा तिर्न सिफारिस गरेको छ । विद्यालयले २४ वर्षदेखि उक्त जग्गा प्रयोग गर्दै आएको छ । कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठ र पूर्वशिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ लगायतको समूहले गुठीअन्तर्गत सञ्चालन गरेको यो विद्यालयलाई शिक्षा मन्त्रालयले २०५७ सालमा १५ वर्षका लागि जग्गा दिएको थियो । तर सम्झौता अवधि सकिएपछि पनि त्रिविले पटक(पटक जग्गा खाली गर्न भन्दा विद्यालयले अटेरी गर्दै आएको पाइएको छ । आयोगका अनुसार विद्यालयले जग्गाधनीको मन्जुरीबिना कब्जा गरेर व्यापार(व्यवसाय सञ्चालन गरेको र त्रिविको जग्गा हत्याउन जालसाजीसमेत गरेको प्रमाण फेला परेको छ । यस प्रकरणमा आयोगले सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने दुवै पक्षमाथि अख्तियार दु...
शून्य खनजोत प्रविधिबाट मकैखेती शुरू

शून्य खनजोत प्रविधिबाट मकैखेती शुरू

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष ४ । झापाका तीन स्थानीय तहमा कृषि ज्ञान केन्द्रले शून्य खनजोत प्रविधिबाट मकैखेती गर्न थालेको छ । कृषि अनुसन्धान निर्देशनालय तरहराको प्राविधिक सहयोगमा बिर्तामोड नगरपालिका, कचनकवल र बाह्रदशी गाउँपालिकामा १०÷१० कट्ठा क्षेत्रफलमा यो प्रविधि प्रयोग गरिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टका अनुसार यो प्रविधिले धान काटेको खेतमा खनजोत नगरी एकै पटक मकैको बीउ र मल हाल्न सकिन्छ । यसले उत्पादन लागत घटाउनुका साथै माटोको गुणस्तर सुधार गर्ने बताइएको छ । गत वर्ष जिल्लामा ४४ हजार हेक्टरमा मकैखेती गरिएको र प्रतिहेक्टर सात टन उत्पादकत्व रहेको जनाइएको छ ।...
चितवन राष्ट्रिय निकुञ्जमा ५ महिनामै १० करोड राजस्व संकलन

चितवन राष्ट्रिय निकुञ्जमा ५ महिनामै १० करोड राजस्व संकलन

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष ४ । चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा ७२ हजार भन्दा बढी पर्यटक भ्रमणबाट १० करोड ६७ लाख भन्दा बढी राजस्व संकलन गरेको छ । निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार भ्रमण गर्ने पर्यटकहरूमध्ये ३३ हजार विदेशी, ३२ हजार नेपाली र करिब ६ हजार सार्क मुलुकका नागरिक रहेका छन् । यसैबीच, निकुञ्जले घडियाल प्रजनन केन्द्र कसरामा हुर्काएका ४१ घडियाललाई राप्ती नदीमा छाडेको छ । साथै, निकुञ्जको पश्चिम क्षेत्र नवलपुरमा रहेका गैँडाहरूलाई नारायणी नदीको बाढीले बगाएर भारततर्फ लैजानसक्ने जोखिम भएकाले पूर्वी क्षेत्रमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ । गैँडा स्थानान्तरणको पूर्वतयारीका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, स्थानीय जनप्रतिनिधि र सरोकारवालाबीच छलफल भएको छ ।...
खाना परिकार महोत्सव साकेला सिली प्रतियोगितामा कोवेईबुङ चाँप प्रथम

खाना परिकार महोत्सव साकेला सिली प्रतियोगितामा कोवेईबुङ चाँप प्रथम

Breaking News 1, Breaking News 2, Breaking News 3, मनोरञ्जन
पूर्णपुष्टि, ३ पुष । झिँगु नेवा पुँचको आयोजनामा गाईघाटमा संञ्चाल तेस्रो प्रदेश स्तरीय खाना परिकार महोत्सव साकेला सिल्ली प्रतियोगितामा कोवेईबुङ साकेला समूह चाँप प्रथम भएको छ । महोत्सवको तेस्रो दिन आयोजित साकेला सिल्ली प्रतियोगितामा कोवेईबुङ समूहले पहिलो स्थान जमाएको हो । यस्तै मोतिगडा किरात चोक दिद्धिय र किरात समूह श्रीपुर ५ तृतिय बन्न सफल भएको छ । प्रतियोगितामा प्रथम, दिद्धिय र तृतियलाई क्रमश नगद पुरस्कार ७ हजार, ५ हजार र ३ हजार प्रदान गरिएको छ । पुष ८ गते सम्म संञ्चालन हुने महोत्सवमा बिभिन्न जात जातिको सांस्कृति नृत्यु प्रतियोगिता गराईरहेको छ । भोली अर्थात चौँथो दिन थारुहरुको नृत्य प्रतियोगिता संञ्चालन गरिने छ । प्रतियोगितामा मोतिगडा ३ किरात चोक, लालि गुँरास बोर्डिङ, किरात समूह श्रीपुर ५, पारुहाङ सुम्निमा किरात साकेला समूह बालुवाटार ३, बाल मन्दिर बोक्से र कोबैईबुङ साकेला समूह ३ गरी...
हरि राउतद्धारा आमा–बुबाको सम्झनामा ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप न्यानो कपडा वितरण

हरि राउतद्धारा आमा–बुबाको सम्झनामा ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप न्यानो कपडा वितरण

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष ३ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ९ निवासी हरि बहादुर राउतले आफ्ना आमा–बुबाको सम्झनामा १० जना ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप जाडोमा न्यानो कपडा वितरण गरेका छन् । बुधबार गाईघाट स्थित होटल टाउन हलमा राउतले वडा नं. ११ का १० जना वृद्ध–वृद्धालाई स्विटर, टोपी र बर्कि वितरण गरेका हुन् । त्रियुगाको १६ वटै वडाका ९० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई सम्मान स्वरुप न्यानो कपडा वितरण गर्न लागिएको राउतले जनाए ।...
६० लाख नेपाली श्रमिक विदेशमा, ८० प्रतिशत खाडी र मलेसियामा

६० लाख नेपाली श्रमिक विदेशमा, ८० प्रतिशत खाडी र मलेसियामा

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष ३ ।  एक दशकको अवधिमा नेपालबाट विभिन्न देशहरूमा ६० लाख ९८ हजार ८० श्रमिकहरू गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार, यी श्रमिकहरूमध्ये ५६ लाख ८१ हजार पुरुष र ४ लाख १६ हजार महिला रहेका छन् । कतार सबैभन्दा बढी गन्तव्य देश रहेको छ, जहाँ १६ लाख नेपाली श्रमिक पुगेका छन् । खाडी र मलेसियाका देशहरूमा ८० प्रतिशत नेपाली श्रमिक केन्द्रित छन् । श्रमिकहरूले विभिन्न चुनौतीहरूको सामना गर्नुपर्दै आएका छन्, जस्तै करार सम्बन्धी समस्या, पारिश्रमिक भुक्तानीमा कठिनाई र कार्यस्थल सुरक्षाको अभाव । एक अध्ययनअनुसार प्रतिवर्ष लगभग १ हजार श्रमिकको ज्यान जान्छ । केवल १.५ प्रतिशत श्रमिकले मात्र "फ्री भिसा, फ्री टिकट" पाउँछन् । श्रमविज्ञहरूले नेपालमा रोजगारीको अभाव र उत्पादनशील अवसरको कमीले युवाहरू वैदेशिक रोजगारीतर्फ बढिरहेको बताएका छन् । अन्तर्राष्ट्रिय श्रम संगठनको प्रतिवेदनअनुसार विश्वभरका आप्रवा...