Monday, April 20News That Matters

Month: १ वर्ष अगाडि

उदयपुरमा “राईड टु कोशी” सुरु

उदयपुरमा “राईड टु कोशी” सुरु

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १६ फागुन । उदयपुरमा दुई दिने “राईड टु कोशी” कार्यक्रम सुरु भएको छ । “स्वास्थ्यको लागि साईकल एकताको लागि सवारी” भन्ने मुल नाराका साथ उदयपुरमा राईड टु कोशी सुरु भएको हो । उदयपुर जिल्ला साईकल संघको आयोजनामा राईड टु कोशी सुरु गरिएको हो । उदयपुर जिल्लाको बिभिन्न पर्यटकिय स्थलहरुको प्रचार प्रसार र वातावरण प्रदुषण मुक्त अभियानको लागि शुक्रबार गाईघाट स्थित पिपलचोक बाट राईड टु कोशी सुरु भएको जनाईएको छ । उदयपुर जिल्लाका विभिन्न पर्यटकीय स्थलहरुको प्रचारप्रसार सँगै वातावरण प्रदुर्षण रोकथाम गर्ने उद्देश्यले राईईड टु कोशी सुरु भएको हो । बिहान गाईघाट बजार परिक्रमा सँगै मदन भण्डारी राजमार्गको पूर्व क्षेत्रहरु बहेडवा, बेल्टार, सुपाडे रामपुर हुँदै कोशी पुग्ने र शनिवार फर्केकर १८ नं बाहिनीमा यात्रा समापन गर्ने जिल्ला साईकल संघले जनाएको छ । कोशी टु राईडका लागि २ सय ३४ राईडर र ६६ जना भोलेन...
उदयपुरमा लागुऔषध सहित एक युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित एक युवक पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १६ । उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्से स्थितबाट लागुऔषध सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१२ का १९ बर्षीय दिलिप घिमिरे रहेको कोशि प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार मंगलबार जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलिले घिमिरेको साथबाट डाईजेपाम–६, फेनार्गन–६, आईपिपिएल–६ गरी जम्मा १८ एम्पुल बरामद गरेसँगै नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनको सम्बन्धमा जिल्ला प्रहरी कर्यालय उदयपुरबाट आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
लिम्चुङबुङकाे साताै स्थापना दिवसमा पालिका अध्यक्ष मेजरकुमार राईकाे सबैमा सन्देश

लिम्चुङबुङकाे साताै स्थापना दिवसमा पालिका अध्यक्ष मेजरकुमार राईकाे सबैमा सन्देश

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन १४ । उदयपुरकाे लिम्चुङबुङ गाउँपालिकाले आज साताै स्थापना दिवस मनाएकाे छ । पालिका अध्यक्ष मेजरकुमार राईले दिवसकाे अबसरमा सबैमा शुभकामना दिनु भएकाे छ । उहाँले पालिकाबासी तथा देशविदेशमा रहेका लिम्चुङ्बुङका शुभचिन्तकहरुलाई सम्मान र सम्झना रहेकाे  सन्देश दिनुभयाे । उहाँले आज लिम्चुङबुङबासीकाे विशेष एतिहासिक दिन भएकाे बताउनु भयाे । पालिका नमुना बनाउने चाैतर्फि अभियान चलिरहेकाे र पालिकाबासीका लागि एकसय एक उपहार पस्कदै आईरहदा अर्काे एक उपहारकाे रुपमा कबर्डहल उद्घाटन गरिएकाे बताउनु भयाे । याेसंगै खेलकुद क्षेत्र विस्तार र खेलकुल पर्यटन विकासमा जाेड दिने घाेषणासमेत गर्नुभयाे । आगामी वर्षकाे स्थापना दिवसमा  पहिलाे म्याराथन दाैड प्रतियाेगितासहितकाे मिनि ओलम्पिक खेलकुद कार्यक्रम गर्ने घाेषणा गर्नुभयाे । त्यसले लिम्चुङबुङलाई थप चिनाउने बताउनुभयाे । उहाँले पर्यटन क्षेत्रमा एभरेष्ट भ्...
लिम्चुङबुङ ब्याडमिन्टन प्रतियाेगितामा अमिन र गगनकाे जाेडी प्रथम

लिम्चुङबुङ ब्याडमिन्टन प्रतियाेगितामा अमिन र गगनकाे जाेडी प्रथम

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन १४ । साताैं लिम्चुङबुङ स्थापना दिवस तथा कभर्डहल उद्घाटन समाराेहकाे अबसरमा आज आयाेजित ब्याड्मिन्टन प्रतियाेगितामा पुरुष डबल्सतर्फ अमिन राई र गगन राईकाे जाेडी प्रथम भयाे । विपन राई र हेमन राईकाे जाेडी दाेस्राे भयाे भने ताराकिरण राई र दिलिप कुमार चाैधरीकाे जाेडी तृतीय भयाे । महिलातर्फ मनिषा राई र गिता विष्टकाे जाेडी प्रथम भयाे । ममताकुमारी ठकुरी र तुलसा बाेहराकाे जाेडी दाेस्राे भयाे भने रुपा राई र सरिता राईकाे जाेडा तृतीय भयाे । त्यस्तै दिवसकै अबसरमा आयाेजित टेबलटेनि बल प्रतियाेगितामा साेभित कामत प्रथम, ताराकिरण राई दाेस्राे र ढकबहादुर राई तेस्राे भए । बिजयी टिमहरुलाई पालिका अध्यक्ष मेजरकुमार राई र उपाध्यक्ष पुष्पलाल राईले पुरस्कार प्रदान गर्नुभयाे । पुरषतर्फ प्रथम, दाेस्राे र तेस्राे हुने बिजयी टिमहरुले  क्रमश : १० हजार, आठ हजार र छ हजार पुरस्कार प्राप्त गरे । महि...
सहिद परिवारलाई सेनाकाे सम्मान

सहिद परिवारलाई सेनाकाे सम्मान

Breaking News 3, समाचार
पूर्णपुष्टि,फागुन १४ । नेपाली सेनाकाे श्री पशुपति प्रसाद गणद्वारा महा शिवरात्री तथा २६२ औं सेना दिवस समाराेह आज भब्यरुपले आयाेजना भयाे । साे उपलक्ष्यमा गणका विगती प्राप्त सैनिक जावनहरुको सम्झना स्वरुप विर स्मारिकामा माल्यार्पण गरिएकाे छ । साथै विरगती प्राप्त सकलदर्जाहरुको परिवारहरुलाई सम्मान गरिएको गणले जनाएकाे छ ।  ...
लिम्चुङबुङ कभर्डहल उद्घाटन

लिम्चुङबुङ कभर्डहल उद्घाटन

Breaking News 1, Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन १४ । साताै लिम्चुङबुङ स्थापना दिवससंगै लिम्चुङबुङ कभर्डहलकाे आज उद्घाटन भएकाे छ । कभर्डहलकाे उद्घाटन प्रमुख अतिथि जिल्ला ब्याड्मिन्टन संघ, उदयपुरका अध्यक्ष कालिदास राई (किसन) ले गर्नुभयाे । गाउँपालिकाहरु मध्ये कभर्डहल उद्घाटन गर्नेमा लिम्चुङबुङ पहिलाे भएकाे छ । कभर्डहलकाे उद्घाटन गर्दै प्रमुख अतिथि राईले गाउँगाउसम्म कभर्डहल स्थापना भईरहेकाेमा खुसि ब्यक्त गर्नुभयाे । संघकाे तर्फबाट लिम्चुङबुङकाे ब्यड्मिन्टन लगायत अन्य खेलकुदमा सहयाेग गर्ने उहाँले प्रतिबद्धता ब्यक्त गर्नुभयाे । पालिका अध्यक्ष मेजरकुमार राईले लिम्चुङबुङ अन्य क्षेत्र जस्तै खेल क्षेत्रलाई अगाडि बढाएकाे बताउनु भयाे । पालिकालाई खेल पर्यटनकाे रुपमासमेत अगाडि बढाउने उहाँले बताउनुभयाे । ब्याडमिन्टन संघ पूर्व केन्द्रीय उपाध्यक्ष रमेश भट्टचनले लिम्चुङ्बुङले कबर्डहल निर्माण गर्नु आफैमा सिर्जनात्मक काम भएकाे बताउ...
नेकपा एस निकट अनेरास्ववियु, बरुवा क्याम्पसमा गठन

नेकपा एस निकट अनेरास्ववियु, बरुवा क्याम्पसमा गठन

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन ११ । गाईघाट नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू बरुवा क्याम्पस प्रारम्भिक कमिटी हिजाे गठन भएकाे छ । सन्दिप साेनि ईन्चार्थ तथा प्रदिप बुढाथाेकीकाे अध्यक्षतामा ५१ सदस्यीय कमिटि बनेकाे हाे । उपाध्यक्षमा सशिता चाैधरी र साेहेल अखतर, सचिव  रितु श्रेष्ठ, सहसचिव कविरा खनतुन र ज्याेती साह रहेका छन् भने काेषाध्यक्ष आरति साह रहेका छन् । नव गठित कमिटिलाई अनेरास्ववियू केन्द्रिय स्थायी कमिटी सदस्य सुरेश गुप्ता लगायत जिल्लाको विद्यार्थी नेताहरुले बधाई तथा शुभकामना दिए ।...
सेना दिवसमा बाेक्सेमा भब्य प्रदर्शनी

सेना दिवसमा बाेक्सेमा भब्य प्रदर्शनी

Breaking News 1, Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, फागुन ११ । उदयपुर महाशिवरात्रि तथा २६२ औ सेना दिवसकाे अवसरमा उदयपुरकाे बाेक्सेस्थित नेपाली सेनाकाे श्री पशुपति प्रसाद गण, बाेक्सेले वक्तृत्वकला प्रतियोगिता र फाेटाे तथा बृहत प्रदर्शनी आगामी १३ गते गर्ने भएकाे छ । सेनाले `बिश्व शान्ति स्थापनामा नेपाली सेनाको भूमिका´ विषयक अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता गर्ने र विभिन्न सेनाकाे गतिविधिसंग सम्बन्धित फाेटाे तथा बृहत प्रदर्शनी गर्ने भएकाे जनाएकाे छ । प्रदर्शनी सेना ब्यारेकभित्र नै हुने र प्रवेश निःशुल्क गरिएकाे जनाईएकाे छ ।...
मुर्कुचीमा रौतामाई शैक्षिक सम्मेलन सुरु

मुर्कुचीमा रौतामाई शैक्षिक सम्मेलन सुरु

Breaking News 2
पूर्णपुष्टि, फागुन १० । उदयपुरको रौतामाई गाउँपालिका–७ मुर्कुचीमा रौतामाई शैक्षिक सम्मेलन २०८१ सुरु भएको छ । शनिबार ‘शैक्षिक गुणस्तर सुधार, रौतामाईको अभियान’ भन्ने मुल नाराका साथ मुर्कुची स्थित सिटिहलमा रौतामाई गापाको आयोजना तथा श्री नमुना माध्यामिक विद्यालयको व्यवस्थापनमा दुई दिने शैक्षिक सम्मेलन सुरु गरिएको हो । रौतामाई गापाको वडा गत रुपमा रहेको विद्यालयहरुको शैक्षिक समस्या समाधान गर्ने प्रयासका निम्ति शैक्षिक सम्मेलन गरिएको श्री नमुना माविका प्रध्यानअध्यापक खड्ग बहादुर थापाले बताउनुभयो । शैक्षिक सम्मेलनमा रौतामाई गापा भरिका सामुदायिक विद्यालय र उदयपुुर जिल्लाको प्रतिनिधित्व गर्ने प्रमुख विद्यालयहरुले सहभागी जनाएको छ । सम्मेलनमा वडागत विद्यालयहरुको समस्या समाधानका लागी विज्ञहरुबाट सल्लाह सुझाव समेत लिईने प्रअ थापाले जनाए । त्यस्तै श्री नमुना माध्यामिक विद्यालयको ६२ औँ वार्षिक उत्सव ...
६ महिनामा उदयपुरबाट ६ हजार बढी वैदेशिक रोजगारीमा

६ महिनामा उदयपुरबाट ६ हजार बढी वैदेशिक रोजगारीमा

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन ९ । उदयपुरको त्रियुगा नगरपालिकामा वैदेशिक रोजगारीको अवस्था चिन्ताजनक रहेको एक अध्ययनले देखाएको छ । बिहिबार नगरपालिकाको सभाहलमा आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा सार्वजनिक गरिएको तथ्यांक अनुसार नगरपालिकाको कुल २५,६२३ घरधुरीमध्ये करिब एक चौथाई अर्थात् ६,२८५ घरधुरीका युवाहरू वैदेशिक रोजगारमा गएका छन् । त्रियुगा नगरपालिकाद्वारा संचालित सुरक्षित आप्रवासन (सामी) को तथ्यांक अनुसार वैदेशिक रोजगारमा गएका युवाहरूमध्ये १,४८६ जना स्वदेश फर्किसकेका छन् भने ४,७९९ जना अझै विदेशमै कार्यरत छन् । विदेश गएका युवाहरूको मुख्य गन्तव्य मलेसिया र खाडी मुलुकहरू रहेका छन् । विशेषगरी साउदी अरब, संयुक्त अरब इमिरेट्स र कतारमा उल्लेख्य संख्यामा त्रियुगाका युवाहरू रोजगारीमा छन् । चिन्ताजनक पक्ष के छ भने विदेशमा कार्यरत ४,७९९ युवामध्ये मात्र ८९९ जनाले सीप सिकेर गएका छन् । सीपको अभावमा अधिका...