चार पुरुषको एकै पटकको करणी बलात्कार : सर्वोच्च
पूर्णपुष्टि, माघ २१ । सर्वोच्च अदालतले एक महिलामाथि चार पुरुषले एकै पटक गरेको करणीलाई सामूहिक बलात्कार हुने व्याख्या गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र सारंगा सुवेदीको संयुक्त इजलासले राजु परियारविरुद्ध ‘स्वयम्भू ढ’ को मुद्दामा यस्तो फैसला सुनाएको हो ।
२०७५ वैशाख २९ गते काठमाडौंको स्वयम्भू गुम्बामाथिको जंगलमा राजु परियार, बनबहादुर सुनुवार, उर्गेन तमाङ र सुरेन्द्र नगरकोटीले एक महिलालाई सामूहिक बलात्कार गरेको अभियोगमा मुद्दा दायर भएको थियो । पीडितले दिएको किटानी जाहेरीमा चारै जनाले पालैपालो करणी गरेको उल्लेख थियो ।
आरोपीहरूले सहमतिमै यौन सम्बन्ध राखेको जिकिर गरे पनि अदालतले कुनै पनि महिलाले चार जना पुरुषलाई एकै समयमा पालैपालो करणीको सहमति दिन नसक्ने भन्दै त्यस्तो कार्य बलात्कार ठहर गरेको छ । फैसलामा प्रतिवादीहरूको मौकाको बयान, शारीरिक परीक्षण प्रतिवेदन र फोरेन्सिक जाँच प्रतिवेद...









