Wednesday, August 5News That Matters

Month: ११ महिना अगाडि

उदयपुरमा लागु औषाध सहित १ जना पक्राउ

उदयपुरमा लागु औषाध सहित १ जना पक्राउ

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १८ भदौ । उदयपुरमा एक व्यक्ति प्रतिवन्धित लागु औषाध सहित पक्राउ गरेको छ । त्रियुगा नगरपालिका वडा नं। १० बोक्से बस्ने अ. वर्ष ३३ को डेनिल बस्नेतलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । बस्नेतलाई प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले त्रियुगा न.पा. ०६ लालपत्ता बाट मिति १२ ः २० बजेतिर २०७ एम्पुल प्रतिबन्धित लागू औषध सहित पक्राउ गरेको हो । कदमाहाबाट गाईघाट तर्फ आउँदै गरेको सार्वजनिक सवारी साधन विङगर चेकजाँच गर्ने क्रममा झोला भित्र लुकाई छिपाई ल्याई रहेको प्रतिबन्धित लागू औषध फेनार्गन ६९ एम्पुल , डाईजेपाम ६९ एम्पुल र बुप्रिनोर्फिन ६९ एम्पुल गरी जम्मा २०७ एम्पुल प्रतिबन्धित लागू औषध बस्नेतको साथबाट बरामद गरिएको छ । निजलाई सम्मानीत उदयपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।...
उदयपुरको कटारीमा अनुदानको मल लुकाउने व्यपारी पक्राउ

उदयपुरको कटारीमा अनुदानको मल लुकाउने व्यपारी पक्राउ

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १८ भदौ । पकिसानलाई बितरण गर्नु पर्ने अनुदान बापतको मल लुकाउने एक व्यपारीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । सरकारले किसानलाई वितरण गर्न पठाएको २०० बोरा अनुदानको मल लुकाएर आफ्नो गोदाममा भण्डार गर्ने व्यापारी ब्यपारीलाई मंगलबार पक्राउ गरिएको हो । पक्राउ पर्नेमा उदयपुरको कटारीस्थित आशुतोष ट्रेडर्स एण्ड जनरल स्टोर्सका सञ्चालक दिलीप चौधरी छन् । धौधरीलाई पक्राउ गरेर मंगलबार मात्रै जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय कटारीका डीएसपी कमल बजगाईँले बताए । जिल्ला प्रशासन कार्यालय उदयपुरको बजार अनुगमन टोलीले १२ भदौमा अनुगनमन गर्दा चौधरीले सञ्चालन गरेको आशुतोष ट्रेडर्स एण्ड जेनरल स्टोर्सको गोदाममा अनुदानको मल फेला परेको थियो । अनुदानको मल अवैध तरिकाले लुकाएर राखेको पाइएपछि शिलबन्दी गरेर अनुसन्धान अघि बढाइएको थियो । उक्त म...
उदयपुरमा निजी विद्यालयहरुको बस र्याली

उदयपुरमा निजी विद्यालयहरुको बस र्याली

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुष्टि, १६ भदौ । बिस्तारै गैर नाफामुलक र सत प्रतिसत छात्राबृत्तिको व्यवस्था गर्नु पर्ने बुदा संसद बिद्ययकमा पास गर्ने निर्णय गरेपछि उदयपुरमा निजी विद्यालयहरुले वस र्याली गरेको छ । सोमवार उदयपुरको सदरमुकाम गाईघाट बजार लगायत बिभिन्न स्थानमा रहेका निजी विद्यालयहरुले वस र्याली निकालेको हो । गाईघाट स्थित त्रियुगा नगर भित्र रहेका निजी विद्यालयहरुले गाईघाट बजार परिक्रमा गरी ढिम्की मन्दीर, करमगाछी, बोक्से, गैरुन, राजावास, चुहाडे, जलजले, देउरी, बगाहा, मोतिगडा हुँदै गाईघाटकै पिपल चोकमा कोण सभा गरेका थिए । प्याव्पसन जिल्ला अध्यक्ष लक्षजंग ठकुरीले नेपाली शिक्षा गुणस्तरमा निजी विद्यालयहरुले ३४ प्रतिसत स्थान ओगटेको जनाए । गुनस्तर शिक्षामा मजबुद बनिरहेका निजी विद्यालयहरुलाई प्रोत्साहन गर्नुका सट्टा उल्टै हतोत्साहित गर्न खोजेको जनाए । नेपालको राजनितिक अवस्था र बिचौलियालाई दोष लगाउँदै निजी विद...
उदयपुरमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रध्यानध्यापक पक्राउ

उदयपुरमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रध्यानध्यापक पक्राउ

Breaking News 1
पूर्णपुष्टि, भदौ १६ । उदयपुरको बेलका नगरपालिका–२ कन्चनजंगा स्थित हिमशिखर सामुदायिक इईङ्लिस बोर्डिङ स्कुलका प्रध्यानध्यापकलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार बिहान १० बजेर ४५ मिनेटको समयमा शिवालय टोल बस्ने ४७ बर्षीय प्रध्यानध्यापक युवराज श्रेष्ठले सोही स्कुलमा अध्ययनरत एक १६ बर्षीया बालिकालाई कार्यालय कोठामा जबरजस्ती करणी गरेका थिए । पिडित बालिकाको भाउजुले आईतबार इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा प्रध्यानधयापक श्रेष्ठ विरुद्ध लिखित जाहेरी दरखास्त दिएपश्चात उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका श्रेष्ठलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको हिरासतमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
नेकपा (माओवाद केन्द्र) ले काेशी प्रदेशको नाम ” किरात -लिम्बुवान- काेचीला प्रदेश”  राख्ने

नेकपा (माओवाद केन्द्र) ले काेशी प्रदेशको नाम ” किरात -लिम्बुवान- काेचीला प्रदेश”  राख्ने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि/काठमाडाैं, भदाै १६ । लिम्बू राष्ट्रिय मुक्तिमोर्चा, नेपालकाे अध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य मुकसामहाङ मेन्याङबाे "मुकेश"ले  अब पार्टीले छिटै काेशी प्रदेशसभामा प्रदेशको पुनः नामाङ्कनका लागि फरक मत पेश गर्ने बताएका छन् । लिम्बुवान राष्ट्रिय मुक्तिमोर्चा, नेपाल दक्षिण काेरिया प्रवास समितिकाे हिजाे भएकाे प्रथम भेलालाई बिशेष सम्बाेधन गर्दै साे कुरा बताएका हुन् । माओवादी निकट लिम्बुवान, किराँती, काेच, धिमाल, सन्थाल, उराँव झागड लगायतका राष्ट्रिय माेर्चाहरूकाे सम्मेलनले ऐतिहासिक सभ्यता र पहिचानका आधारमा साझा नाम "किरात लिम्बुवान काेचीला प्रदेश" राख्ने निर्णय गरेको र उक्त कुरालाई पार्टीले स्वामित्व लिदै प्रदेश सभामा फरकमतका रूपमा दर्ज गर्ने निर्णय भएकाे उनले बताए । उनले भने - सम्बन्धमा पार्टीको केन्द्रीय पदाधिकारी वैठकमा निर्णय गरेर पठाउने पार्टिका अध्यक्ष प्...