सार्वजनिक ऋण २७ खर्ब नाघ्यो, प्रतिव्यक्ति ९४ हजार
पूर्णपुष्टि÷गाईघाट, असोज १४ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको सार्वजनिक ऋण २७ खर्ब ४३ अर्ब ३७ करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार प्रतिव्यक्ति ऋणको भार ९४ हजार ६५ रुपैयाँ पुगेको छ ।
विगत ३५ वर्षमा सार्वजनिक ऋणमा उल्लेख्य वृद्धि भएको देखिन्छ । २०४७ सालमा प्रतिव्यक्ति सार्वजनिक ऋण मात्र २ हजार ८ सय ४२ रुपैयाँ थियो । त्यसबेला कुल सार्वजनिक ऋण ५१ अर्ब ४७ करोड ४० लाख मात्र थियो ।
२०८१ चैत मसान्तसम्ममा तिर्नुपर्ने कुल सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब २६ करोड पुगेको थियो । यसमा आन्तरिक ऋण १३ खर्ब १ अर्ब ९४ करोड र बाह्य ऋण १३ खर्ब ६५ अर्ब ३२ करोड रहेको छ । कुल गार्हस्थ्य उत्पादनको अनुपातमा हेर्दा भने सार्वजनिक ऋण ४३ दशमलव ९ प्रतिशत रहेको छ । यो २०४७ सालमा ४९ दशमलव ८ प्रतिशत थियो । यसरी ३५ वर्षको अवधिमा जीडीपीको अनुपातमा सार्वजनिक ऋण ६ दशम...









