सुर्खेतको बताउने संस्थाबाट उदयपुरका सयौं कुखुरापालक कृषक ठगिए
पूर्णपुष्टि सम्बाददाता
उदयपुर, साउन १९ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका – ५ र ६ वडाका कुखुरापालक कृषकहरु प्रलोभनमा परेर लाखौं रुपैयाँ ठगीमा परेका छन् । पीडित कृषकहरूका अनुसार सुर्खेतको वीरेन्द्रनगर–१२ ठेगाना बताउने मनकामना एग्रीकल्चर डेभलपमेन्ट नामक संस्थाले प्रलोभनमा पारेर ठगी गरेको हो । गत असारमा गाउँमा पुगेर सुधारिएको कुखुराको खोर र २० वटा कुखुराका चल्ला उपलब्ध गराउने भन्दै कृषकहरुबाट रकम लिएर ठगी गरेको हो । यसरी ठगिनेमा दुईवटा वडाका एकसय भन्दा बढि कृषकहरु रहेका छन् ।
पिडित कृषक कलावती चौधरीका अनुसार सुरुमा प्रत्येक कृषकबाट पाँचसय रुपैया लिएर रसिद काटेको र करिब एक सातापछि २० वटा कुखुराका चल्ला वितरण गरेको थियो । त्यसपछि दुई हप्ताभित्र सुधारिएको कुखुराको खोर किन्न भन्दै छ हजारका दरले रकम लिएर बेपत्ता भएको हो । दिलासा पाण्डे नामको क्युआर कोडबाटसमेत उनीहरुले पैसा दिएको पिडित रञ्जिता चौधर...


