हानामी चितवनलाई ३–१ ले हराउँदै सातदोबाटो सेमिफाइनलमा
वीरसबाबु शाही / पूर्णपुष्टि
१६ कार्तिक २०८३, उदयपुर । प्रथम त्रियुगा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा सातदोबाटो युवा क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
सोमबार उदयपुरको गाइघाटस्थित थारुहट रंगशालामा भएको क्वार्टरफाइनल खेलमा हानामी फुटबल क्लब चितवनलाई ३–१ गोल अन्तरले पराजित गर्दै सातदोबाटो अन्तिम चारमा प्रवेश गरेको हो ।
खेलको पहिलो हाफमै दुई गोलको अग्रता बनाएको सातदोबाटोले दोस्रो हाफमा थप एक गोल गर्दै जित सुनिश्चित गर्यो । पहिलो हाफमा सातदोबाटोको आक्रामक खेलसामु दबाबमा परेको हानामीले दोस्रो हाफमा भने सुधारिएको प्रदर्शन गरेको थियो ।
दोस्रो हाफमा हानामीका जर्सी नम्बर १७ का सबिन लुङ्गेलीले एक गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर सातदोबाटोका रोहन कार्कीले लगत्तै गोल थपेपछि हानामीको पुनरागमन प्रयास सफल हुन सकेन । हानामीले गोलका केही राम्रा अवसर...




