कविता वाचनसँगै मनाइयो महाकवि देवकोटाको ११८औँ जन्मजयन्ती
वीरसबाबु शाही, पूर्णपुष्टि
२२ कार्तिक २०८३, उदयपुर । त्रियुगा प्रज्ञा प्रतिष्ठानको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती विविध साहित्यिक कार्यक्रमसहित मनाइएको छ। नगर प्रज्ञा भवनमा आयोजित कार्यक्रममा जिल्लाका युवा तथा अग्रज साहित्यकारहरूले देवकोटाको साहित्यिक योगदानको स्मरण गर्दै कविता वाचन गरेका छन्।
नेपाली साहित्यमा महाकवि देवकोटाले पुर्याएको अतुलनीय योगदानको चर्चा गर्दै हरेक वर्ष कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन उहाँको जन्मजयन्ती मनाउने गरिन्छ। नेपालसहित भारतका विभिन्न भूभाग तथा नेपाली भाषीहरूको बसोबास रहेका क्षेत्रमा समेत यो दिवस मनाइन्छ।
कार्यक्रमबारे जानकारी दिँदै त्रियुगा प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव कौशल चेम्जोङले देवकोटाको साहित्यिक योगदानलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले कविता वाचन कार्यक्रम आयोजना गरिएको बताए।
कार्यक्रममा राम...









