नयाँ वर्षमा नयाँ सरकार बन्न सक्ने प्रचण्डको संकेत
पूर्णपुष्टि, चैत्र ३१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षमा नयाँ सरकार गठन हुनसक्ने संकेत दिएका छन् । आफ्नो गृहजिल्ला चितवनमा पत्रकारहरूसँगको कुराकानीमा प्रचण्डले वर्तमान सरकार अगाडि बढ्न ‘सहज नभएको’ स्थिति देखिएको बताए ।
‘परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ । त्यसकारण कुनै पनि सम्भावना छ,’ प्रचण्डले भने। उनले वर्तमान सरकारप्रति जनआक्रोश बढेको र सरकारमा रहेका दलहरू पनि ‘झण्डै झण्डै सडकमा’ रहेको दाबी गरे ।
प्रचण्डले यसअघि एक टेलिभिजन अन्तर्वार्तामा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्नसक्ने संकेत गरेका थिए । तर यसबारे थप बोल्न पत्रकारहरूलाई अनुरोध गर्दै उनले केही नयाँ अनुभव र नयाँ घटनाक्रमका आधारमा आफूले यो कुरा गरेको बताए ।
ठूलो दलको नेतृत्वमा सरकार बन्दा नै सही हुने बताउँदै प्रचण्डले आफूल...









