Saturday, July 4News That Matters

Author: पूर्णपुष्टि

आजदेखी एसईई सुरु, उदयपुरबाट ५ हजार ८८९ जना विद्यार्थी सहभागी

आजदेखी एसईई सुरु, उदयपुरबाट ५ हजार ८८९ जना विद्यार्थी सहभागी

Breaking News 1, Breaking News 2, Breaking News 3, शिक्षा
पूर्णपुष्टि, ७ फागुन । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशैभर सुरु भएको छ । बिहान आठ बजेदेखि सुरु भएको परीक्षा ११ बजेसम्म चल्ने छ । एसईईप परिक्षाका लागि उदयपुरबाट ५ हजार ८८९ जना विद्यार्थीहरु सहभागी भएका छन् । शिक्षा विकास तथा समन्वय ईकाई उदयपुरका अनुसार उदयपुरमा ३ हजार ५७ छात्रा र २ हजार ८३२ छात्र गरी जम्मा ५८८९ जना विद्याथीहरु सहभागी भएका हुन् । यी परिक्षार्थी विद्यार्थीहरुका लागि उदयपुरमा २७ ओटा परिक्षा केन्द्रहरु तोकिएका छन् । जसमा जिल्लाको ८ ओटै पालिकाहरुमा केन्द्रहरु तोकिएको शिक्षा विकास तथा समन्वय ईकाई उदयपुरकी प्राविधिक साहयक मैनाकला लिम्वुले जनाईन् । लिम्वुका अनुसार सबैभन्दा बढी ११ ओटा केन्द्र त्रियुगा नगरपालिकामा रहेको छ भने सबैभन्दा कम केन्द्र ताप्ली, लिम्चुङबुङ र रौतामाईमा १÷१ ओटा केन्दहरु रहेको छ । यता कटारी नगरपालिका र चौदण्डीगढी नगरपालिकामा ४÷४ ओटा केन्द्रहरु र...
उदयपुरका प्रमुख जिल्ला अधिकारी घिमिरेको सरुवा

उदयपुरका प्रमुख जिल्ला अधिकारी घिमिरेको सरुवा

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र ७ । जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरीप्रसाद घिमिरेको सरुवा भएको छ । गृहमन्त्री रमेश लेखकले चैत ६ गतेको मन्त्रिस्तरीय निर्णयद्वारा गृह मन्त्रालय अन्तर्गतका १३ जना सहसचिव सहित ७ प्रजिअको सरुवा गरेका हुन् । पर्वत जिल्लामा सरुवा भएका घिमिरेको स्थानमा प्रेमप्रसाद लुइँटेल नयाँ प्रजिअको रूपमा आउन लागेका छन् । लुइँटेल यसअघि केही वर्ष उदयपुरमा सहायक प्रजिअको रूपमा कार्यरत रहिसकेका छन्, जसले गर्दा उनलाई स्थानीय प्रशासन र जिल्लाको अवस्थाबारे राम्रो जानकारी रहेको छ । प्रजिअ घिमिरेले एक वर्षभन्दा बढी समय उदयपुरमा बिताए भने उनको कार्यकाल विवादरहित रहेको छ ।...
स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनकाे तेस्राे स्थानमा लिम्चुङबुङ सफल

स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनकाे तेस्राे स्थानमा लिम्चुङबुङ सफल

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र ६ । सुशासनलाई सुदृढ गर्दै लिम्चुङबुङ गाउँपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन (लिजा) मा फड्को मारेको छ । पालिका जिल्लाको आठ स्थानीय तह मध्ये तेस्रो स्थानमा आएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मञ्त्रालयले फागुन अन्तिममा सार्बजनिक गरेको अन्तिम नतिजा अनुसार ८९.५ प्रतिशत अंकसहित तेस्रो भएको लिम्चुङबुङ विगत वर्षहरु भन्दा फड्को मारेको हो । प्रमुख प्रशासकीय अधिकृत ताराकिरण राईका अनुसार यो परिणामले पालिका टिम उत्साहित बनेको छ भने पालिकाबासीको सुशासनमा थप पहुँच बृद्धि भएको छ । विगतको अवस्थालाई छिचोल्न निकै मेहनत गरेको उहाँले बताउनुभयो । पालिकाले समयमै योजना सम्झौता, कार्यान्वयन र भुक्तानी तथा बेरुजु फस्यौट, समन्वय, सहकार्य, प्रभावकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउन राम्रो परिणाम आएको हो । जिलालाई संघीय सरकारलेृ दिने वित्तीय समानीकरण शिक्षकको बजेट निर्धारणम...
बसाहाको नारद आदर्शमा क्रान्तिकारी र नेवि संघको संयुक्त प्यानल बिजयी

बसाहाको नारद आदर्शमा क्रान्तिकारी र नेवि संघको संयुक्त प्यानल बिजयी

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ६ चैत्र । उदयपुरको वसाहा नारद आदर्शमा क्रान्तिकारी र नेवि संघको संयुक्त प्यानल बिजयी बनेको छ । चौदण्डीगढी–४ नारद आदर्श शिक्षा क्याम्पस बसाहामा मंगलबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा अध्यक्षमा क्रान्तिकारीका ज्ञान्दिल थुलुङ राईको संयुक्त प्यान विजयी भएको छ । राईले ८९ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका केवल तामाङले ७२ मतमात्र प्राप्त गरेका थिए भने १७ मतले थुलुङ राई विजयी भएका हुन् । त्यसैगरी अन्य पदाधिकारीमा सचिव पदमा गठबन्धन प्यानलकै लोकेश राउत, उपाध्यक्षमा रोज राई, कोषाध्यक्षमा सजिना राई, सदस्यमा सञ्जोग राई, प्रविन राई र मुस्कान विक निर्वाचित भएका छन् । निर्वाचनमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनगरी तीन विद्यार्थी संगठनको संयुक्त गठबन्धन रहेको थियो । कूल १ सय ८५ मतदाताम...
सशस्त्र प्रहरीकाे स्थापना दिवसमा त्रियुगा गणमा विशेष समाराेह

सशस्त्र प्रहरीकाे स्थापना दिवसमा त्रियुगा गणमा विशेष समाराेह

Breaking News 1, समाचार
पूर्णपुष्टि/उदयपुर, चैत्र ६ । उदयपुरकाे बाेक्से स्थित सशस्त्र प्रहरी वल, नेपाल ५ नम्बर गण हेडक्वाटर, त्रियुगाले आज आफ्नाे संस्थाकाे १८ ओैं स्थापना दिवसमा भब्य समाराेहकाे आयाेजना गरेकाे छ । सशस्त्र प्रहरी नायव महानिरिक्षक एवम् नं. १ वराहा बाहिनी, मुख्यालय सुनसरीका वाहिनिपती शम्भु सुवेदीकाे प्रमुख आतिथ्यमा समाराेह भएकाे हाे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा प्रमुखहरु, विभिन्न क्षेत्रमा विशिष्ट ब्यक्तिहरुकाे सहभागिता रहेकाे छ । नेपालमा जनआन्दाेलन ताका सशस्त्र प्रहरीकाे २०६३ चैत्र ६ गते स्थापना भएकाे थियाे । २०६६ माघ १५ गते त्रियुगामा गुल्म स्थापना भई २०७५ जेठ २७ गतेबाट गण भएकाे हाे । विशेष समाराेहमा सहिद स्मारिकामा पुष्पगुच्छा अर्पण, सहिद परिवार सम्मान, उत्कृष्ट कार्य पुरस्कार, विभिन्न खेल तथा ब्यवसायिक प्रतियाेगिता सर्वाेत्कृष्ट पुरस्कार वितरण लगायत कार्यक्रम रहेकाे गणपत...
उदयपुरको चौदण्डीमा आगोले ३ घर ध्वस्त, करडौँको क्षती

उदयपुरको चौदण्डीमा आगोले ३ घर ध्वस्त, करडौँको क्षती

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पिूर्णपुष्टि, ५ चैत्र । उदयपुरको चौदण्डीगढी नगरपालिकामा मंगलबार तिन घर जलेर नष्ट भएको छ । नगरपालिकाको वडा नम्बर ७ कल्याण चोकमा लागेको भीषण आगोले ३ घर पूर्ण रुपमा जल्नुका साथै करडौँको क्षती पुगेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार स्थानीय सरन राईको घरमा विद्युत् सर्ट भै आगलागी हुँदा तीन घर जलेर नष्ट भएको हो । दिउसो अन्दाजी २ बजे तिर अचानक विद्युत् सर्ट भएर सरन राईको घरबाट सुरु भएको आगोले स्थानीय कालुमान राई र सर्वधन राईको समेत घर पूर्णरुपले जलेर नष्ट भएको छ । सिमेन्ट, काठ र टिनले बनेको दुई तले तीन वटा घर जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ । आगलागी बाट घर पूर्णतः जलेर नष्ट भएको छ भने घर भित्रका सर–सामान समेत निकाल्न नसकिएको स्थानीयले बताएका छन् । चौदण्डीगढी नगरपालिका, रौतामाई गाउँपालिका, सप्तरी जिल्ला स्थित कञ्चनरुप नगरपालिकाको दमकल,...
गाईघाटका दुई ठुला क्याम्पसमा हुन सकेन स्ववीयु निर्वाचन

गाईघाटका दुई ठुला क्याम्पसमा हुन सकेन स्ववीयु निर्वाचन

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ५ चैत्र । उदयपुरका दुई ठुला क्याम्पसमा यो वर्ष स्वविय निर्वाचन हुन सकेन । बिभिन्न कारणहरुको अवरोध देखाउँदै उदयपुरको पुराना र ऐतिहासिक क्याम्पस तथा कोशी प्रदेशकै उत्कृष्ट त्रियुगा जनता बहुमुखी क्याम्पस सँगै बरुवा क्याम्पसले यो बर्ष स्ववियु निर्वाचन गर्न नसकेको हो । त्रियुगा जनता बहुमुखी क्याम्पसका प्रमुख डा. कैलाश राईका अनुसार विद्यार्थी संगठनहरुले आआफ्नो कुरामा आपत्ति राखेपछि यो बर्ष चुनाव अन्योल बनेको जनाए । निर्वाचन नहुनको पहिलो कारण पछिल्लो समय ११ जना विद्यार्थीहरुको पुरा गागजात नभई लिएको भर्ना रहेको छ । फोटोको आधारमा मात्रै भर्ना गराएका विद्यार्थीहरुलाई निर्वाचनमा सहभागी नगराउने भन्दै बिभिन्न संगठनहरुले आपत्ति जनाएको थियो । त्रियुगा जनता बहुमुखी क्याम्पसका वर्तमान स्ववियु अध्यक्ष सरोज कार्कीका अनुसार टियुको नियम विपरिद भर्नाहरुका कारण निर्वाचनमा असर परेको जनाए । उनले ट...
ताप्लीको सबै वडाहरुमा पक्की भवन निर्माण

ताप्लीको सबै वडाहरुमा पक्की भवन निर्माण

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ५ चैत्र । उदयपुरको पहाडी पालिकाको रुपमा रहेका ताप्ली गाउँपालिकाले सबै वडाहरुमा गुणस्तरीय पक्की वडा कार्यालय भवन निर्माण गरेको छ । ५ ओटा वडाहरु रहेका पालिकामा सबै वडाका लागि व्यवस्थित पक्की कार्यालय भवन निर्माण भैसकेको छ । पालिका अध्यक्ष ढुँगराज बिश्वकर्माका अनुसार भवन निर्माण भैसकेपनि औपचारिक रुपमा संञ्चालन भने भैसकेको छैन । पालिकाको १ नं वडा नुनथला, २ नं वडा लेख गाउँ, ३ नं वडा इनामे, ४ नं वडा ठानागाउँ र ५ नं वडा रुपटारमा वडाको लागि भवन निर्माण भैसकेको अध्यक्ष विश्वकर्माले जनाए । पालिकाको आफ्नै लगानीमा सबै वडाहरुमा भवन निर्माण भएपछि काम गर्न सहज हुने जनाईएको छ । हाल पुरानो भवनहरुमा काम कार्य भैरहेको भएपनि व्यवस्थित रुपमा गुणस्तरीय कार्यालय अभावले काम सेवा असहज भैरहेको अवस्था छ । वडा कार्यालयमा सेवाग्राहीहरुलाई दिईने सेवाको लागि आवश्यकीय भवनले कामलाई थप सहज र व्यवस्थित बनाउने ...
उदयपुरमा सिरिन्ज घोप्दै गरेका तिन युवा पक्राउ

उदयपुरमा सिरिन्ज घोप्दै गरेका तिन युवा पक्राउ

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ५ चैत्र । उदयपुरमा लागुऔषध प्रयोगका लागि सिरिन्ज खोप्दा खोप्दै तिन युवालाई प्रहरीले पक्राउ गरेको छ । चौदण्डीगढी–४ का स्थानीय ३१ वर्षीय वासु थापा मगरको घरबाट आईतवार इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी निरीक्षक बबिन राईको टोलिले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा घरधनी थापा मगरसहित सोही ठेगानाका ४० वर्षीय लोकेन्द्रराज भण्डारी र अन्दाजी २५ वर्षीय सागर थापा मगर रहेका छन् । सो घरमा खानतलासी गर्दा प्रयोग भइसकेको एम्फुल ७ थान र प्रयोग नभएको टेपले बेरेको एम्फुल सेट ९ थान त्यसैगरी प्रयोग भइसकेको सिरिन्ज ११ थान र प्रयोग नभएको सिरिन्ज ४ थानगरी १५ थान सिरिन्ज फेला परेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक बबिन राईले जनाएका छन् । पक्राउ परेका तीनै जनालाई ५ दिनको म्याद थपगरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
स्थानीय तह कार्य मुल्याङकनमा लिम्चुङबुङ तेस्रो स्थानमा उक्लियो

स्थानीय तह कार्य मुल्याङकनमा लिम्चुङबुङ तेस्रो स्थानमा उक्लियो

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुष्टि, ४ चैत्र । स्थानीय तह स्वमूल्यांकन प्रणाली (लिजा) मा उदयपुरको लिम्चुङबुङ गाउँपालिका उदयपुरको ८ पालिका मध्ये जिल्लाको तेस्रो स्थानमा उक्लिएको छ । ‘स्थानीयतह सँस्थागत क्षमता स्वमूल्याङ्कनको आधारमा लिम्चुङबुङले पहिलेको तुलनामा राम्रो अंक पाए सँगै यो बर्ष कार्य क्षमतामा प्रगति गरेको हो । गत आर्थिकवर्ष ०८०–८१ मा ६९.५ प्रतिशत ल्याएको लिमचुङबुङले चालुवर्ष ८९.५ प्रतिशत पुु¥याएर अन्यको दाँजोमा सर्वाधिक प्रगति गरेको छ । गतवर्ष कम अङ्क पाएको यस पालिकाले जनताको कुरा र सुझाव मनन गर्दै शुसासनमा प्राथामिकता दिएको थियो । पछिल्लो बर्ष पालिकाले प्रगतिमय काम गर्दै अंक बढाएको हो । सङ्घीय सरकारले दिने वित्तीय समानीकरण शीर्षकको बजेट निर्धारणमा प्रमुख सूचक मानिने लिजामा कम प्रतिशत ल्याउदा गाउँपालिकालाई घाटा हुने गरेको छ । ‘विगत वर्षहरुको लिजामा लिमचुङबुङ निकै पछि परेकै हो, तर अघिल्लो वर्षको नत...