Saturday, July 4News That Matters

Author: पूर्णपुष्टि

सप्तकोशीमा हामफालेर एक युवकले गरे आत्महत्या

सप्तकोशीमा हामफालेर एक युवकले गरे आत्महत्या

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २५ । सप्तकोशी नदीमा हामफालेर एक युवकले आइतबार बिहान आत्महत्या गरेका छन् । सुनसरी धरान १५ का ४५ वर्षीय दुर्गाप्रसाद कुरुङ बाङ्ग लिम्बूले बिहान ८ बजेतिर उदयपुर र सुनसरीको सीमामा रहेको कोशी पुलबाट हामफालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । स्थानीय सन्वीर राईका अनुसार लिम्बूले पुलको छेउमा आफ्नो स्कुटर र चप्पल छोडेर कोशीमा हामफालेका थिए । घटनाको प्रत्यक्षदर्शी स्थानीयहरूले तत्कालै प्रहरीलाई खबर गरेपछि खोजी कार्य सुरु गरिएको थियो । खबर पश्चात तत्काल खटिएको प्रहरी र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा केही घण्टाको खोजीपछि लिम्बूको शव बिहान १० बजे कोशी नदीबाट निकालिएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लिम्बूले किन आत्महत्या गरे भन्ने बारेमा अहिलेसम्म कुनै जानकारी खुल्न सकेको छैन । प्रहरीले घटनाबारे थप अनुसन...
पोखराबाट काठमाडौं फर्किंदै पूर्वराजा ज्ञानेन्द्र, सुरक्षा व्यवस्था कडा

पोखराबाट काठमाडौं फर्किंदै पूर्वराजा ज्ञानेन्द्र, सुरक्षा व्यवस्था कडा

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २५ । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा एक साता बिताएपछि आज दिउँसो काठमाडौं फर्किन लागेका छन् । उनको स्वागतका लागि राजावादी दल र समूहहरूले प्रदर्शन गर्ने तयारी गरेका छन् । यसलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई 'हाई अलर्ट'मा राखिएको छ । बिहानैदेखि काठमाडौंका संवेदनशील स्थानहरू जस्तै नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र मुख्य चोकहरूमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ । राजावादीहरू विभिन्न स्थानबाट जुलुस निकालेर विमानस्थलको गेट अगाडि भेला हुने योजना बनाएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी टेक तामाङले भिडभाड र जुलुस अनियन्त्रित हुनसक्ने विश्लेषण गरी आवश्यक सुरक्षा रणनीति तयार पारिएको जानकारी दिए । "जस्तो परिस्थिति आए पनि सामना गर्ने गरी रणनीति बनाएका छौं," उनले भने । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अ...
त्रियुगामा लगत्तै अर्को दुर्घटना, एकको मृत्यु

त्रियुगामा लगत्तै अर्को दुर्घटना, एकको मृत्यु

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २३ फागुन । त्रियुगा नगरपालिका वडा नं ९ राजावासमा आज शुक्रबार भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । करिब ५ बजेको समयमा मदन भण्डारी राजमार्ग मथाने टोल स्थित प्रदेश १–०५–००१ ह ०३१० न. को अटो बाटो काट्ने क्रममा सोही दिशावाट आउँदै गरेको प्रदेश १–०२–०४ प ५७४३ नं को मोटर साईकल ठोक्कीदा मोटर साईकल चालक मोरङ लेटाङ नगरपालिका ७ का वाराङ«ी बस्ने २६ बर्षिय अजय लिम्वुको मृत्यु भएको हो । प्रहरी स्रोतका अनुसार लिम्वुको छााती र पेटमा चोट लागेको थियो । उपचारको लार्गि तत्काल जिल्ला हस्पिटल उदयपुर पुराएकोमा ६ बजे लिम्वुको मृत्यु भएको हस्पिटलले घोषणा गरेको थियो । लिम्वुको शव जिल्ला हस्पिटल उदयपुरमै राखिएको छ । अटो चालक त्रियुगा नगरपालिका ७ बस्ने ३८ बर्षिय भुसेलाल दनुवार सहित मोटार साईकल र अटो जिल्ला प्रहरी कार्यालय उदयपरले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । बिहिबार बेलुका मात्रै गाईघा...
डिएमगेट दुर्घटना : १६ लाख क्षतिपूर्तिमा सहमति भएपछि परिवारले बुझे दिदिवहिनीको शव

डिएमगेट दुर्घटना : १६ लाख क्षतिपूर्तिमा सहमति भएपछि परिवारले बुझे दिदिवहिनीको शव

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २३ फागुन । हिजो बेलुका ७ बजे बुलेरोको ठक्करले मृत्यु भएको दिदिवहिनीको शव परिवारले बुझेको छ । शुक्रबार प्रहरी कार्यालयमा आपसी सहमति पछि परिवारले शव बुझेको हो । परिवार पक्षको अनुसार १६ लाख क्षतिपूर्ति दिने भएपछि सहमतिमा आएको जनाए । परिवारले कक्कर दिने सवारी चालक उपर कडा सजायको माग सहित क्षतीपूर्तिको माग गरेका थिए । तर क्षतीपूर्तिमै सहमति भएर परिवारले शव बुझेको हो । प्र।नं। १ ०५ ००१ च ००९१ नम्बरको बोलेरो गाडिले बाटो घुम्ती काट्ने क्रममा अनियन्त्रित भै घरमा गएर ठोक्किएको थियो । हिम शिखर स्टिल फर्निचरको उक्त बोलेरो घरको भित्तामा ठोक्कीन पुगेका थिए । भित्ताामा पुगेका बोलेरोले पेटीमा बसी रहेका दुईजना बच्चाहरुलाई ठक्कर दिएको थियो ।...
गाईघाट हिमशिखर फर्निचरको गाडीले ठक्कर दिँदा एकै घरका दिदीबहिनीको मृत्यु

गाईघाट हिमशिखर फर्निचरको गाडीले ठक्कर दिँदा एकै घरका दिदीबहिनीको मृत्यु

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २२ फागुन । गाईघाटमा हिमशिखर फर्निचरको गाडीले ठक्कर दिँदा एकै परिवारका दिदीबहिनीको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा त्रियुगा नगरपालिका १२ डिएमगेट स्थित  सप्तरी जिल्ला राजविराज घरभै त्रिनपा ३ मा राजेन्द्र मैनालीको घरमा भाडागरी बस्दै आएका ललन दासको १२ बर्षिय देवीकुमारी दास र १४ बर्षिय अनुकुमारी दासको घटनास्थलमै मृत्यु भएको हो।  डिएमगेटबाट बसपार्क जाने भित्रि सडकमा प्र.नं. १ ०५ ००१ च ००९१ नम्बरको बोलेरो गाडिले बाटो घुम्ते काट्ने क्रममा अनियन्त्रित हुदा घरको पेटीमा बसी रहेका अवस्थामा ठक्कर दिएको थियो  । दुर्घटना पछि १४ बर्षिय अनुकुमारी दासलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुरमा पु¥याईए पछि मुत्यु भएको अस्पतालले घोषणा गरेको थियो । सवारी चालक त्रियुगा नगरपालिका ९ गैरुन बस्ने बर्ष १८ का निर्जल कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...
उदयपुर सिमेन्ट उद्योग संचालन गर्न लिईएको ऋणको दुरुपयोग

उदयपुर सिमेन्ट उद्योग संचालन गर्न लिईएको ऋणको दुरुपयोग

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २१ ।  उदयपुर सिमेन्ट उद्योग संचालनका लागी अर्थ मन्त्रालयबाट प्राप्त १६ करोड रुपैयाँ ऋणको गम्भीर दुरुपयोग गर्न थालिएको छ । तत्कालीन अध्यक्ष केशव बस्नेतले उद्योगको पुरानो मेसिन मर्मत र नयाँ मेसिनरी खरिदका लागि मिति २०८० माघ १६ गते ल्याएको ऋण उद्योग व्यवस्थापनले दुरुपयोग गर्न थालेको छ । उक्त ऋण रकम उद्योग सन्चालक समितिबाट निर्णय गराइ पुजीगत शिर्षकमा मेसिन मर्मत सुधारमा मात्र प्रयोग हुने सुनिश्चितता गरेर मात्र खर्च गर्नुपर्ने अर्थको सर्त बिपरित उद्योग ब्यबस्थापनले अन्य शिर्षकमा खर्च गरेर ऋण रकमको दुरुपयोग गर्न सुरु गरेको छ । केही दिनअघि मात्र एक स्थानीय आपूर्तिकर्तालाई ९० लाख ६० हजार रुपैयाँ भुक्तानी गरिएको छ । त्यस्तै, आपूर्तिकर्ताले सप्लाई गरेका सामग्रीहरू उद्योग गोदाममा थन्किएको कर्मचारीहरु बताउछन् । प्राप्त ऋणबाट बन्द उद्योग सन्चालन गर्नको साटो उद्योग ब्यबस्थापनले कमि...
उदयपुरको त्रियुगा नदीमा निर्माणाधीन देवधार पुलमा बजेट अभाव

उदयपुरको त्रियुगा नदीमा निर्माणाधीन देवधार पुलमा बजेट अभाव

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २१ । उदयपुरको चौदण्डीगढी नगरपालिकामा निर्माणाधीन मोटरेवल पुलको काम बजेट अभावका कारण ढिलो भइरहेको छ । चौदण्डीगढी नगरपालिका वडा नम्बर ९ र १० का हडिया क्षेत्रका स्थानीयवासीलाई बर्षाको समयमा ठूलो यातायात समस्या भइरहेको छ । मदनभण्डारी राजमार्गसँग हडियालाई जोड्ने हडिया–देवधार स्थित त्रियुगा नदीमा निर्माणाधीन मोटरेवल पुल २०७९ सालमा सुर्य एण्ड सन्स प्रा.लि. धरानसँग भ्याट सहित ४० करोड ३४ लाख ८८ हजार ८ सय रुपैयाँमा डिजाइन एन्ड बिल्ड प्रविधिमा पुल निर्माण सम्झौता गरिएको थियो । सम्झौता अनुसार २०८३ साल जेष्ठ महिनासम्म पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । पुल ६ पिलर सहित ५ स्पानको हुनेछ । हालसम्म पुल निर्माणको केवल ३५ प्रतिशत मात्र सम्पन्न भएको पुल सेक्टर धरानका डि.इ. दीपक झाले जानकारी दिए । निर्माण कम्पनीले अहिलेसम्म ७ करोड ७० लाखको बिल पेश गरे पनि केवल ३ करोड ७१ ...
उदयपुरमा प्रहरीद्धारा ८५ किलो प्रतिबन्धित मुङ्ग्री माछा नष्ट

उदयपुरमा प्रहरीद्धारा ८५ किलो प्रतिबन्धित मुङ्ग्री माछा नष्ट

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २० । उदयपुरमा विङ्गर गाडीबाट बरामद भएको वेवारिसे अन्दाजी ८५ किलोग्राम प्रतिबन्धित मुङ्ग्री जातको माछा प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी प्रहरी कार्यालय उदयपुरका अनुसार आईतबार राती साढेँ ८ बजेको समयमा त्रियुगा नगरपालिका वडा नं ६ जलजले स्थित चेक पोष्टमा प्रहरीले सवारी साधन चेकजाँच गर्ने क्रममा लहानबाट गाईघाट तर्फ आउँदै गरेको ना.१ ज. ७४३९ नं. को विङ्गर गाडीमा वेवारिसे अवस्थामा रहेको प्रतिबन्धित मुङ्ग्री माछा बरामद गरेको हो । बरामद गरिएको मुङग्री माछा मंगलबार जिल्ला प्रशासन कार्यालका प्रतिनिधि, भेटेरिनरी अस्पताल पशु विज्ञ सेवा केन्द्रका प्रतिनिधि र स्थानीय मानिसको उपस्थितिमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।  ...
एकै डोरीमा झुन्डिए विवाहित जोडी

एकै डोरीमा झुन्डिए विवाहित जोडी

Breaking News 1
पूर्णपुष्टि, फागुन २० । मोरङको पथरीशनिश्चरे नगरपालिकामा आज बिहान एक जोडी एउटै डोरीमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोला किनारको पिठारीको रुखमा २४ वर्षीय अजय टुडू र झापाको गौरीगञ्ज गाउँपालिका–२ की जुबामुनी हस्ता एकै डोरीमा पासो लगाएको अवस्थामा मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख नारायण चिमरियाका अनुसार, मृतक दुवै विवाहित थिए । जुबामुनीका पति वैदेशिक रोजगारीमा विदेशमा रहेको र उनको एक वर्षको छोरा रहेको प्रहरीले जनाएको छ । त्यसैगरी अजयका पनि दुई छोराछोरी रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार अजयले जुबामुनीलाई आइतबार राति आफ्नै घरमा लगेका थिए । सोमबार बिहान उनीहरू घरबाट हिँडेका र मंगलबार बिहान रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । प्रहरीले प्रारम्भिक अनुसन्धानमा प्रेम सम्बन्धका कारण उत्पन्न समस्याले दु...
ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई बर्खास्त गर्ने प्रक्रिया अघि बढाउँदै

ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई बर्खास्त गर्ने प्रक्रिया अघि बढाउँदै

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २० । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यसम्पादन मूल्याङ्कनमा शून्य अंक दिई बर्खास्त गर्ने प्रक्रिया सुरु गरेको छ । घिसिङले भदौ मसान्तभित्र बुझाउनुपर्ने आर्थिक वर्षको वित्तीय विवरण समयमा नबुझाएको आधारमा यो कदम चालिएको छ । उनले पुस अन्तिममा मात्र कार्यसम्पादन विवरण मन्त्रालयमा पेश गरेका थिए । मन्त्रालयका सचिव सुरेश आचार्यका अनुसार, कार्यसम्पादन करारमा ५० प्रतिशतभन्दा कम अंक प्राप्त गरेमा बर्खास्त गर्न सकिने व्यवस्था छ । तर, घिसिङले आफ्नो प्रतिवेदनमा ९८-९९ अंकको दाबी गरेका थिए । मन्त्रालयका सहसचिव जीबछ मण्डलको संयोजकत्वमा रहेको समितिले भने समय गुज्रिएर आएको प्रतिवेदनलाई मूल्याङ्कन नगरी शून्य अंक दिएको थियो । २०७७ साउनमा दोस्रो कार्यकालका लागि नियुक्त भएका घिसिङको कार्यकाल आगामी साउनमा सकिँदैछ । मन्त्रि...