Saturday, July 4News That Matters

Author: पूर्णपुष्टि

स्थानीय आवाज लाई राष्ट्रिय स्तरमा गुन्जाउँछौ : बिनायो म्युजीक एकेडेमी

स्थानीय आवाज लाई राष्ट्रिय स्तरमा गुन्जाउँछौ : बिनायो म्युजीक एकेडेमी

Breaking News 1, Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, २० फागुन । तिन महिना अघि बेल्टार बजारमा संञ्चालनमा आएको बिनायो म्युजिक एकेडमीले स्थानीय प्रतिभालाई तिखार्दै राष्ट्रिय अवाज भर्ने उदेश्य राखेको छ । मंसिर ५ गते औपचारिक रुपमा संञ्चालनमा आएको यस बिनायो म्युजिक एकेडेमीले संङगित कक्षाका लागि आवश्यक सामाग्रीहरु सहित म्युजिक प्रशिक्षण गराईरहेको छ । संङगित प्रेमी वसाहा निवासी देविन वावु राईले संञ्चालनमा ल्याएको बिनायो म्युजिकमा स्थानीय स्वरहरुले सहभागी जनाईरहेको छ । केहि स्थानीय स्वरहरु राष्ट्रिय स्तरसम्म पनि पुगिसकेको छ । गायिका इन्द्रकला राई अहिले राष्ट्रिय कलकारको छवी बनाएकी सफल गायिका हुन् । उनि हाल द भ्वाईस अफ नेपाल सिजन ५ की प्रतिस्पर्धि पनि हुन । यीनै गायिका इन्द्रकला राईले पनि देविन राई सँग धेरै संङगित अनुभवहरु बटुलेकी छिन् । शव्द लेखन तथा कम्पोजर समेत रहेका देविन बावुले आफु सानैबाट संङगित प्रेमी भएको नाताले संगितमा इच्छाए...
गाईघाट मिनि महोत्सव : दुर्गेशले बिगारेको माहोल युवाहरुले सम्हाले

गाईघाट मिनि महोत्सव : दुर्गेशले बिगारेको माहोल युवाहरुले सम्हाले

Breaking News 1, Breaking News 2, Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, २० फागुन । पछिल्लो समय गायक दुर्गेश थापाको सांगितिक कार्यक्रमहरुमा सुरक्षा चुनौती बढेको छ । स्टेजमै नचाउने र उफार्ने दुर्गेशको प्रवृतिका कारण माहोल बिग्रिने गरेको छ । यहि समस्या गाईघाट मिनिमहोत्सवमा उत्पन्न भयो । माघ २७ गते देखी गाईघाट युवा समूहले आयोजना गरेको गाईघाट मिनि महोत्सवको अन्तिम कलकारको रुपमा थिए गायक दुर्गेश थापा । उनि महोत्सवको अन्तिम दिन सोमवार गाईघाट मिनि महोत्सवमा सहभागी थिए । दुर्गेशको प्रस्तुती हेर्न दर्शकहरुको बाक्लै भिँड थियो । आयोजक र प्रहरीलाई भिँड सम्हाल्न हम्मे परेको बेला गायक दुर्गेशले दर्शकलाई डोरी घेरा भित्रै बोलाएर नचाउन खोजेको आयोजकको आरोप छ । त्यसरी दर्शक उचालेपछि भिँड भाँडिएको र सुरक्षा चुनौती बढेको आयोजकले जनाए । दर्शकहरुलाई डोरीको घेरा भन्दा बाहिर राखेको आयोजकले एकाएक दुर्गेशले दर्शक अन्यन्त्रित बनाएको आरोप लगाए । माहोल बिग्रेपछि दर्शकलाई व...
नेपालमा एमसीसी परियोजना अन्योलमा, अहिलेसम्म १० अर्ब खर्च

नेपालमा एमसीसी परियोजना अन्योलमा, अहिलेसम्म १० अर्ब खर्च

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशसँगै नेपालमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना अन्योलमा परेको छ । एमसीसी परियोजनामा अहिलेसम्म १० अर्ब रुपैयाँ खर्च भइसकेको छ भने हाल भुक्तानी पूर्णरूपमा ठप्प भएको अवस्था छ । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालका अनुसार अहिलेसम्म सात करोड १७ लाख डलर खर्च भएकोमा नेपालका तर्फबाट दुई करोड ४९ लाख डलर र एमसीसीका तर्फबाट चार करोड ६७ लाख डलर योगदान रहेको छ । यो खर्च मध्य पुस (डिसेम्बर २०२४) सम्मको हो । २०७४ भदौ २९ मा नेपाल सरकार र एमसीसीबीच भएको सम्झौता २०७८ मा संसदबाट अनुमोदन भई २०८० भदौ १३ देखि कार्यान्वयनमा आएको थियो । एमसीए नेपालका अनुसार सम्झौता भएको करिब ६ वर्षको अवधिमा कार्यालय सञ्चालनमा दुवै पक्षको गरी करिब पाँच अर्ब ७६ करोड रुपैयाँ खर्च भएको छ । परामर्शमा उच्च खर्च २०७५/७६ देखि २०७९/८० सम्मका ...
भूमिबाहेक पाँच अध्यादेश पारित गर्न सरकार सहमत

भूमिबाहेक पाँच अध्यादेश पारित गर्न सरकार सहमत

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २० । सत्ता गठबन्धनमा रहेका जसपा नेपाल र लोसपाको असहमतिका कारण भूमिसम्बन्धी अध्यादेश संसदबाट पारित नहुने भएको छ । तर, अन्य पाँच अध्यादेश भने संसदबाट पारित हुने भएका छन् । प्रतिनिधि सभाको २१ गते र राष्ट्रिय सभाको २२ गतेको बैठकबाट यी पाँच अध्यादेश पारित गर्ने तयारी गरिएको छ । अध्यादेशको आयु २७ दिन मात्र बाँकी रहेको अवस्थामा सरकारले भूमिसम्बन्धी अध्यादेश रोक्न सहमति जनाएको हो । सरकारले ल्याएका ६ वटा अध्यादेशमध्ये भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश गत २ माघमा जारी भएको थियो । त्यसअघि गत १४ पुसमा सहकारीसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश र २९ पुसमा थप चार अध्यादेश जारी गरिएका थिए । २९ पुसमा जारी भएका अध्यादेशहरूमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन), निजीकरण (पहिलो संशोधन) र आर्थिक तथ...
चौदण्डी १ को वडा भवन निर्माणमा विवाद, दान दिएको जग्गामै भवन बनाउन माग

चौदण्डी १ को वडा भवन निर्माणमा विवाद, दान दिएको जग्गामै भवन बनाउन माग

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, १९ फागुन । उदयपुरको चौदण्डीगढी नगरपालिका १ को वडा कार्यालय भवन निर्माणमा विवाद उत्पन्न भएको छ । नगरपालिकाले वडा भवन निर्माणको लागि बजेट विनियोजन गरेर निर्माण कम्पनी सँग सम्झौता गरी काम अघि बढाईसकेको अवस्थामा जग्गा दान गरेको स्थानमा भवन निर्माण नगरी अन्यत्र भवन बनाउन सुरु गरेको भन्दै विरोध उत्पन्न भएको हो । भवन निर्माणका लागि ३ महिनाको समय तोकेर काम अघि बढी सकेको अवस्था छ । तर वडा कार्यालय भवन निर्माण गर्नका लागि जग्गादाताले उपलब्ध गराएको जग्गामा भवन निर्माण नगरी चौदण्डीगढी दरवारको परिसरमा भवन निर्माण गरेको भन्दै पूर्व जनप्रतिनिधि, नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी लगायतका राजनितिक प्रतिनिधि र जग्गा दाताहरुले विरोध गरेको हो । उनिहरुले सोमवार जिल्ला प्रशासन कार्यालय उदयपुरमा ध्यानाकर्षण पत्र समेत बुझाएको छ । पूर्व वडाअध्यक्ष समेत रहेको रोहित तामाङको नेतृत्व...
प्रथम कोशी प्रदेश स्तरीय करातेमा उदयपुरका तीन खेलाडीले पदक जिते

प्रथम कोशी प्रदेश स्तरीय करातेमा उदयपुरका तीन खेलाडीले पदक जिते

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन १९ । कोशी प्रदेश खेलकुद महोत्सव २०८१ अन्तर्गत विराटनगरमा सम्पन्न प्रदेशस्तरीय कराँते प्रतियोगितामा उदयपुरको कटारी नगरपालिकाका तीन प्रतिभाशाली खेलाडीले पदक जित्न सफल भएका छन् । ‘खेल गति नै खेलाडीहरुको प्रगति हो’ भन्ने मूल नाराका साथ आयोजित यस प्रतियोगितामा कटारीको प्रगति डोजोका खेलाडीहरुले उदयपुरको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गर्दै पदक जितेका हुन् । प्रतियोगितामा शसिका आलेमगरले ५५ केजी तौल समूहमा स्वर्ण पदक हासिल गरिन् । त्यसैगरी, प्रनिश परियारले ६७ केजी तौल समूहमा रजत पदक र कमल तामाङले ४० केजी तौल समूहमा कास्य पदक जित्न सफल भए । प्रदेश खेलकुद विकास बोर्डद्वारा आयोजित यस प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका खेलाडीहरुले भाग लिएका थिए ।  ...
उदयपुरमा लागुऔषध सहित ३ युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित ३ युवक पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १९ । उदयपुरको चौदण्डिगढी नगरपालिकाको बेल्टार बजारबाट लागुऔषध सहित ३ युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डिगढी नगरपालिका ७ का १९ बर्षीय सागर बिक, २९ बर्षीय  संयोग राई र २१ बर्षीय निशान मगर रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी प्रबक्ता वरिष्ठ प्रहरी उपरीक्षक भिमबहादुर दाहालका अनुसार बिशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय बेलटारले आइतबार साझ ति युबाहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनिहरुको साथबाट १ सय २० एम्पुल प्रतिबन्धित लागूऔषध ट्रामाडोल र १०० ट्याब्लेट स्पास्पेन बरामद गरेको छ । पक्राउ परेका उनिहरु लागूऔषध सेबनकर्ता र कारोबारी भएको प्रहरीले जनाएको छ । उनिहरु विरुद्ध अनुसन्धान गरेर लागूऔषध मुद्दा चलाउने तयारी गरेको प्रहरीले जनाएको छ ।...
पाचौँ कटारी मेयर गोल्डकपको उपाधि च्याम्पियन ब्वाईज काठमाण्डौँलाई

पाचौँ कटारी मेयर गोल्डकपको उपाधि च्याम्पियन ब्वाईज काठमाण्डौँलाई

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन १८ । पाचौँ कटारी मेयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि च्याम्पियन ब्वाईज काठमाण्डौँले जितेको छ । शनिबार भएको फाईनल खेलमा शलहेस युवा क्लब सिरहलाई १ गोलको विरुद्ध २ गोल गर्दै काठमाण्डौँले उपाधि चुमेको हो । पहिलो हाफमा गोल रहित बराबरी खेलको दुबै टिमले दोस्रो हाफमा जर्सि नं. ५ का कुलदिप कार्कीले गोल गर्दै सिरहालाई आग्रता दिलाएका थिए । तर, उक्त आग्रता जोगाउन नसक्दा सिरहा उपाधि गुमाउन पुग्यो । जर्सी नं. २ का सन्तोष न्यौपानेले काठमाण्डौँका लागी पहिलो गोल गर्दै खेल बराबरमा ल्याए भने जर्सी नं. ८ का हेमन लिम्बुले काठमाण्डौँको लागीे दोस्रो गोल गरे । यस खेलको म्यान अफ द म्याच काठमाण्डौँका जर्सी नं. ८ का हेमन लिम्बु बने । उनले नगद रु. ३ हजारका साथमा ट्रफी , मेडल र प्रमाण प्राप्त गरे । उपाधि विजेता काठमाण्डौँले नगद रु. ३ लाख सहित ट्रफी , मेडल र प्रमाण पत्र प्राप्त गरेका छ भने उ...
न्यायालयप्रति जनताको विश्वास मर्न दिने छैन : प्रधान न्यायाधीश राउत

न्यायालयप्रति जनताको विश्वास मर्न दिने छैन : प्रधान न्यायाधीश राउत

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन १८ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले आफ्नो कार्यकालमा न्यायालयप्रति जनताको विश्वास मर्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्ला बार इकाई उदयपुरले शनिबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै प्रधान न्यायाधीश राउतले न्यायिक सुशासनका लागि दत्तचित्त भएर काम गर्ने बताएका हुन् । उनले भने, ‘अहिले आम मानिसको न्यायालयप्रति विश्वास टुटेको अवस्थामा जनताले न्यायको अनुभूति गर्ने गरी काम गर्नेछु। पवित्र उद्देश्य राखेर संकल्प गरौं भने न्यायालय सुधार हुन नसक्ने भन्ने कुरै हुँदैन ।’ त्यसका लागि न्यायाधीशलाई कानुन व्यवसायीहरूको साथ र सहयोग अपरिहार्य रहेको उनले बताए । प्रधान न्यायाधीश राउतले आठ वर्ष नाघेका ७२ वटा मुद्दा असार मसान्तसम्म शून्यमा झार्ने लक्ष्य राखेको जानकारी दिए । उनले २०८३ सम्ममा पाँच वर्ष नाघेका सबै मुद्दा र २०८५ सम्ममा दुई वर्ष नाघेका सबै मुद्...
समता स्कुल गाईघाटको ९ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

समता स्कुल गाईघाटको ९ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

Breaking News 1
पूर्णपुष्टि, १८ फागुन गाईघाट समता स्कुलले नवौँ बार्षिक उत्सव भव्यताका साथ सम्पन गरेको छ । समता एजुकेशन ट्रस काठमाडौद्वारा संचालित समता स्कुल गाइघाटले शनिवार मात्रै आफ्नो नवौँ बार्षिक उत्सव तथा अभिभावक भेला भव्यताका साथ सम्पन्न गरेको हो । त्रियुगा नगरपालिका ११ विशाल नगर टोलमा अवस्थित यस स्कुलले उत्साहजनक अभिभावक भेला गर्न सफल भएको छ । न्युन शुल्कमा गुनस्तरीय शिक्षा प्रदान गर्ने उदेश्य सहित स्थापना भएको समता स्कुल गाईघाटले हाल ८ कक्षा सम्मको पठनपाठन गराईरहेको छ । विद्यालयकी प्रध्यानाध्यापक लक्ष्मी राईका अनुसार आवश्यक कक्षाहरु थप्दै प्लसटु सम्मको अध्यापनलाई अघि बढाईने जनाईन् । अभिभावक, शिक्षक तथा विद्यार्थीहरुको उपस्थितिमा बार्षिक उत्सव सम्पन्न भएको हो । बार्षिक उत्सवको अवसरमा सांस्कृतिक कार्यक्रम सँगै खेलकुल र अन्य अतिरिक्त क्रियाकलापहरुमा सहभागी भई उत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई सम्म...