Friday, July 3News That Matters

Author: पूर्णपुष्टि

चक्कु देखाएर १४ वर्षीया किशोरीमाथि बलात्कार

चक्कु देखाएर १४ वर्षीया किशोरीमाथि बलात्कार

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २७ । धनगढीमा एक नाबालिग किशोरीमाथि जबरजस्ती करणी भएको छ । बाजुराबाट अध्ययनका लागि धनगढी आएकी १४ वर्षीया किशोरीमाथि स्थानीय १८ वर्षीय युवकले बिहीबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कबिन्द्रसिंह बोहराका अनुसार विद्यालयबाट फर्किने क्रममा आरोपित युवकले चक्कु देखाउँदै किशोरीलाई ज्यान मार्ने धम्की दिएर आफ्नो घरमा लगी बलात्कार गरेका हुन् । कक्षा ७ मा अध्ययनरत ती किशोरीले शनिबार मात्र प्रहरीमा किटानी जाहेरी दिएकी छिन् । घटनापछि फरार रहेका आरोपित युवकको खोजी कार्य जारी रहेको डीएसपी बोहराले बताए । पीडित किशोरी बाजुराबाट अध्ययनका लागि धनगढीमा बस्दै आएकी थिइन् ।...
उदयपुरको बेलकामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, ११ महिला पाठेघर क्यान्सरको उच्च जोखिममा

उदयपुरको बेलकामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, ११ महिला पाठेघर क्यान्सरको उच्च जोखिममा

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २७ । बेलका नगरपालिकामा सञ्चालित निःशुल्क महिला स्वास्थ्य शिविरमा पाठेघर परीक्षण गराएका ११८ महिलामध्ये ११ जना पाठेघर क्यान्सरको उच्च जोखिममा रहेको पाइएको छ । महिला साना किसान कृषि सहकारी संस्था तपेश्वरीद्वारा आयोजित शिविरमा कुल ३०५ महिलाले स्वास्थ्य परीक्षण गराएका थिए । स्त्री रोग विशेषज्ञ डा. विद्या पोखरेल र जनरल सर्जन डा. प्रविण कुमार यादवले गरेको परीक्षणमा ४२ जना महिलाको पाठेघरको अवस्था अस्वस्थ देखिएको छ । उच्च जोखिममा रहेका ११ जना महिलालाई थप उपचारका लागि परामर्श दिइएको छ । यसैगरी ५ जना महिलालाई आङ खस्ने समस्याका लागि रिङ पेसरी लगाइएको छ । कार्यक्रम संयोजक राजीव बस्नेतका अनुसार ग्रामीण क्षेत्रका महिलाहरूमा हुने पाठेघर सम्बन्धी तथा गुप्त रोगहरूको पहिचान र उपचार गर्नु शिविरको मुख्य उद्देश्य रहेको थियो । शिविरमा ४५ जनाले निःशुल्क प्रयोगशाला परीक्षण र १४२ जनाले निःशुल...
नेकपा एस  युवा संघको त्रियुगा नगर अध्यक्षमा बेनी ठाकुर

नेकपा एस युवा संघको त्रियुगा नगर अध्यक्षमा बेनी ठाकुर

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, २५ माघ । नेकपा एकीकृत समाजवादी निकट युवा संघ त्रियुगा नगर अध्यक्षमा शुभ नारायण ठाकुर (बेनी) चयन भएको छ । ठाकुरको नेतृृत्वमा १५ सदस्य कमिटी चयन भएको छ । उपाध्यक्षमा कल्याण कार्की, सचिवमा राम शंकर साह रहेका छन् । यस्तै सदस्यहरुमा अमित राउत, हाफिज हुसेन, शुरेस राम, सन्दीप सहनी, सन्दीप सोनी, कंचन चौधरी, जित बहादुर दनुवार, अजय सहनी मलाह, बिवेक दर्जी, सतिष कुमार मन्डर र सावन चौधरी रहेका छन् । शनिवार पार्टीका केन्द्रीय सचिव वलदेव चौधरीको प्रमुख आथित्यमा समिति गठन भएको हो ।...
संञ्चारीका समुह उदयपुरको अध्यक्षमा गंगा राई

संञ्चारीका समुह उदयपुरको अध्यक्षमा गंगा राई

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुष्टि, २५ माघ । संञ्चारीका समूह उदयपुरकी अध्यक्षमा गंगा राई चयन भएकी छिन् । राईको नेतृत्वमा १४ सदस्य समिति चयन भएको हो । शनिवार त्रियुगा नगरपालिकाको सभाहलमा भएको समिति गठनले गंगा राईलाई अध्यक्षमा सर्वसहमत गरेको हो । उपाध्यक्ष्मा उर्मिला दनुवार, सचिवमा जयन्ती तामाङ, सहसचिमा कविता राई, कोषाध्यक्षमा हिरा राई र सदस्यहरुमा अन्नता राई, चन्द्रकला ढकाल, करुणा कार्की, पुर्णा राई, आस्था ज्यु ठकुरी, देविका श्रेष्ठ, तारा मगर रहेकी छन् भने सल्लाहकारमा बन्दना दनुवार, रेवती पराजुली र सुमित्रा कोईराला छिन् ।...
साझा सेवा घर उदयपुरको  अक्षयकोष स्थपना अभियान उद्घाटन

साझा सेवा घर उदयपुरको अक्षयकोष स्थपना अभियान उद्घाटन

Breaking News 2, समाचार
सुनिल राई  पूर्णपुष्टि, माघ २६ । समाजमा जोखिममा परेका बालबालिका तथा वृद्धवृद्धाको सहयोगका लागि साझा सेवा घर उदयपुरले ५ करोड रुपयाँ बरावरको अक्षया कोष स्थपना अभियानको उद्घाटन शनिवार गरेको छ । । ‘सामाजिक संरक्षणको आधार, साझा सेवा घर’ भन्ने मूल नाराका साथ शनिबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा कोशी प्रदेशका उप–सभामुख सिर्जना दनुवारले अक्षयकोष स्थापना अभियानको उद्घाटन गरेकी हुन् । कार्यक्रममा बोल्दै उप–सभामुख दनुवारले दुई वर्षको छोटो अवधिमा जग्गा व्यवस्थापन, भवन निर्माण र अक्षयकोष स्थापना गर्नु संस्थाको ठूलो उपलब्धि भएको बताएकी हुन् । उनले संस्थाको अक्षयकोष निर्माणका लागि कोशी प्रदेश सरकारको तर्फबाट बजेट व्यवस्थापन गर्न पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् । साझा सेवा घर उदयपुरकी अध्यक्ष गीता खड्का कार्कीले संस्थाको उद्देश्य सुन्दर र पवित्र भएकाले सफल हुने विश्...
त्रिनपा १६ का वडावासीहरुलाई निशुल्क स्वास्थ्य सिविर

त्रिनपा १६ का वडावासीहरुलाई निशुल्क स्वास्थ्य सिविर

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, २५ माघ । त्रियुगा नगरपालिका वडा नं १६ ले वडावासीहरुलाई निशुल्क स्वास्थ्य सिविर प्रदान गरेको छ । शुक्रबार वडाले आयोजना गरेको सिविरमा १५९ जनाले प्रत्यक्ष फाईदा लिए । जस मध्ये १०८ जना महिला र ५१ जना पुरुषहरु रहेका छन् । वडा अध्यक्ष मानवाहादुर राईका अनुसार बिगत देखीनै वडामा निशुल्क स्वास्थ्य सिविर प्रदान गर्दै आएका थिए । यस्ता खाले सिविरहरुले स्थानीय स्तरमै वडावासीहरुलाई पत्यक्ष फाईदा पुग्ने पनि अध्यक्ष राईले जनाए । सिविरले महिला र जेष्ठ नागरिकहरुलाई बढी फाईदा पुगेको छ । वडाको आधारभूत स्वास्थ्य केन्द्रमा आयोजित सिविरमा सुगर, ब्लड, युरिन, दम लगायत जेनेरल ओपिडि सँगै भिडियो एक्सरे, इसिजी, ल्याव र निशुल्क औषधी समेत वितरण गरेको थियो । त्रियुगा नगर स्वास्थ्य शाखाको सहयोग र सोम लाईफ कियर एण्ड डाईगनोष्टिक प्रा.लिको प्राविधिक सहयोगमा सिविर संञ्चालन गरिएको थियो । वडा सचिव महेश खनालले स...
रास्वपा उदयपुरको सभापतिमा चित्र बहादुर कार्की

रास्वपा उदयपुरको सभापतिमा चित्र बहादुर कार्की

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, २५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयपुर सभापतिमा चित्र बहादुर कार्की चयन भएको छ । २०७९ साल फागुन १३ गते कोशी प्रदेश सदस्य बनेका कार्की लगतार जिल्ला संयोजक हुँदै सभापति बनेको हो । निर्वाचित कार्कीले कोशी प्रदेश समिति, प्रदेश विभागीय प्रमुख , उदयपुर जिल्लाका निर्वाचन क्षेत्र १ र २ समिति सँगै ८ वटै पालिका, पालिका विभागीय प्रमुख तथा सदस्यहरुलाई धन्यवाद समेत व्यक्त गरे । कार्कीले संगठनलाई थप मजबुत सशक्त बनाउने अभियान जारी राख्ने र राष्ट्रिय स्वतन्त्र पार्टी उदयपुरलाई जनतामय बनाउने प्रतिवद्धता समेत गरे । कार्की उल्टो मोटरसाईल यात्रिको रुपमा पनि परिचित छ ।...
इश्वर साम्पाङ बने उदयपुर ह्याङग्लाडिङ तथा प्याराग्लाईडिङ संघको अध्यक्ष

इश्वर साम्पाङ बने उदयपुर ह्याङग्लाडिङ तथा प्याराग्लाईडिङ संघको अध्यक्ष

Breaking News 1, Breaking News 2, Breaking News 3
पूर्णपुष्टि, २५ माघ । होटल व्यसायी तथा पर्यटन व्यवसायी इश्वरमान साम्पाङ राई उदयपुर ह्याङग्लाडिङ तथा प्याराग्लाईडिङ संघको अध्यक्षमा चयन भएको छ । राईको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्य समिति गठन भएको हो । नेपाल प्याराग्लाईडिङ तथा ह्याङग्लाईडिङ सङ्घका केन्द्रीय अध्यक्ष भूपाल राई तथा केन्द्रीय सदस्य महेन्द्र राईको उपस्थितिमा शुक्रबार गाईघाटमा आयोजित ‘जिल्ला समिति घोषणा कार्यक्रम’मा साम्पाङ नेतृत्वमा समिति चयन गरिएको थियो । निर्वाचन समिति संयोजक जिवनी बान्तवाले नवगठित जिल्ला समितिको घोषणा गरिन् । जिल्लामा कार्यरत प्याराग्लाईडिङ व्यवसायीहरुको बिहीबार सम्पन्न भेलाले नयाँ कार्यसमिति चयन गरेको बान्तवाले जानकारी दिइन् । सर्वसम्मत गठित समितिको उपाध्यक्षमा सुजन राई, सचिवमा जितेन्द्र राई, सहसचिवमा शिला राई, कोषाध्यक्षमा सुनिता रेग्मी राई चयन भएको निर्वाचन समितिले जनाएको छ । सदस्यमा भुपाल राउ...
साझा सेवा घर उदयपुरले गरेको तिन महत्वपूर्ण काम

साझा सेवा घर उदयपुरले गरेको तिन महत्वपूर्ण काम

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २४ माघ । साझा सेवा घर उदयपुरले तिन ओटा महत्वपूर्ण काम गरेको छ । टेवा नेपालको आर्थिक सहयोगमा पन्चबर्षिय रणनीतिक योजना निर्माण कार्यशाला, प्रशासनिक तथा लेखा ब्यबस्थापन तालिम, संस्थाका सदस्य हरुका लागि संस्थागत बिकास तथा नेत्त्रित्व बिकास तालिम जस्ता महत्वपूर्ण काम गरेको हो । संस्थाकी अध्यक्ष गिता खड्काले मंसिर २५ र २५ गते पन्चबर्षिय रणनीतिक योजना निर्माण कार्यशाला कार्यक्रम, पुष १२, १३ र १४ गते प्रशासनिक तथा लेखा ब्यबस्थापन तालिम र माघ १६ र १७ गते संस्थाका सदस्य हरुका लागि संस्थागत बिकास तथा नेत्त्रित्व बिकास तालिम लिईएको हो ।...
भ्रष्टाचार छानबिन रोकिएको प्रचण्डको आरोप

भ्रष्टाचार छानबिन रोकिएको प्रचण्डको आरोप

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २४ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो नेतृत्वको सरकारले सुरु गरेका भ्रष्टाचारका विभिन्न काण्डको छानबिन अवरुद्ध पारिएको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रचण्डले वर्तमान सरकार भ्रष्टाचारका मुद्दाहरूलाई मिलाउन र जोगाउन लागिपरेको बताए । "प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममै ढुक्कले भनिरहनुभएको छ, प्रचण्ड र रवि वाला सरकारले हामीलाई थुन्न खोजेपछि यो सरकार बनाउन पर्‍यो," उनले भने । प्रचण्डका अनुसार उनको नेतृत्वको सरकार ढलेसँगै त्रिभुवन विश्वविद्यालयको जग्गा, ललिता निवास प्रकरणको विस्तृत अनुसन्धान, भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन र सरकारी जग्गा अतिक्रमणको अनुसन्धान रोकिएको छ । यही कारण कांग्रेस र एमाले गठबन्धनप्रति जनताको मोहभंग सुरु भएको उनको दाबी छ । उनले स्पिनिङ मिलको आइपिओमा नक्कली अडिटक...