Friday, July 3News That Matters

Author: पूर्णपुष्टि

त्रिवेणी मैनी मेलामा ५० करोड बढीको कारोबार

त्रिवेणी मैनी मेलामा ५० करोड बढीको कारोबार

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २२ । कटारी नगरपालिका-२ खोक्सामा माघे संक्रान्तिदेखि जारी ऐतिहासिक त्रिवेणी मैनी मेला २० दिनको औपचारिक कार्यक्रम सम्पन्न भएको छ । मेला व्यवस्थापनको जिम्मा पाएको चण्डीका सप्लायर्सका प्रतिनिधि सन्तबहादुर तामाङका अनुसार यस वर्षको मेलामा ५० करोड रुपैयाँ बढीको कारोबार भएको छ भने २० लाख भन्दा बढी दर्शकले मेला अवलोकन गरेका छन् । तीन खोलाको संगमस्थलमा लाग्ने यो मेलामा कोशी, वागमती, मधेस प्रदेश र भारतबाट समेत तीर्थालुहरु आएका थिए । तीनसय भन्दा बढी स्टल रहेको यस वर्षको मेलामा स्थानीय उत्पादनदेखि विभिन्न जातजातिका परम्परागत खानपान, भाँडावर्तन र लत्ताकपडाको किनमेल भएको थियो । परापूर्व कालदेखि लाग्दै आएको यो मेला पहाड र मधेस जोड्ने सेतुको रूपमा चिनिन्छ। विगतमा एक महिनासम्म लाग्ने यो मेला द्वन्द्वकालपछि १५ दिन र यस वर्ष २० दिन लागेको हो । कमला, तावा र ककरु खोलाको संगमस्थलमा स्नान गरी प...
चार पुरुषको एकै पटकको करणी बलात्कार : सर्वोच्च

चार पुरुषको एकै पटकको करणी बलात्कार : सर्वोच्च

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २१ । सर्वोच्च अदालतले एक महिलामाथि चार पुरुषले एकै पटक गरेको करणीलाई सामूहिक बलात्कार हुने व्याख्या गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र सारंगा सुवेदीको संयुक्त इजलासले राजु परियारविरुद्ध ‘स्वयम्भू ढ’ को मुद्दामा यस्तो फैसला सुनाएको हो । २०७५ वैशाख २९ गते काठमाडौंको स्वयम्भू गुम्बामाथिको जंगलमा राजु परियार, बनबहादुर सुनुवार, उर्गेन तमाङ र सुरेन्द्र नगरकोटीले एक महिलालाई सामूहिक बलात्कार गरेको अभियोगमा मुद्दा दायर भएको थियो । पीडितले दिएको किटानी जाहेरीमा चारै जनाले पालैपालो करणी गरेको उल्लेख थियो । आरोपीहरूले सहमतिमै यौन सम्बन्ध राखेको जिकिर गरे पनि अदालतले कुनै पनि महिलाले चार जना पुरुषलाई एकै समयमा पालैपालो करणीको सहमति दिन नसक्ने भन्दै त्यस्तो कार्य बलात्कार ठहर गरेको छ । फैसलामा प्रतिवादीहरूको मौकाको बयान, शारीरिक परीक्षण प्रतिवेदन र फोरेन्सिक जाँच प्रतिवेद...
एयरटेलको ६ अर्ब भुक्तानी विवादले देशभर इन्टरनेट अवरुद्ध

एयरटेलको ६ अर्ब भुक्तानी विवादले देशभर इन्टरनेट अवरुद्ध

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २१ । भारतीय कम्पनी एयरटेललाई तिर्नुपर्ने करिब ६ अर्ब रुपैयाँको इन्टरनेट ब्याण्डविथ शुल्क भुक्तानीमा सरकारले अवरोध गरेपछि आइतबार साँझ ८ बजेदेखि देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । वर्ल्डलिंक, सीजी, डिसहोम, सुबिसु र भायानेट लगायतका प्रमुख सेवा प्रदायकहरूको सेवा प्रभावित भएको इन्टरनेट सेवा प्रदायक संघ (आइएसपान) का अध्यक्ष सुधीर पराजुलीले जानकारी दिए । नेपालको कुल इन्टरनेट ब्याण्डविथको ७० प्रतिशत हिस्सा ओगट्ने एयरटेलले विगत दुई वर्षदेखि भुक्तानी नपाएको कारण पटक–पटक सेवा अवरुद्ध गर्ने गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मर्मत सम्भार शीर्षक अन्तर्गतको बेरुजु बक्यौता नतिरेको भन्दै विदेशी मुद्रा सटहीको सिफारिस रोकेको हो । इन्टरनेट सेवा प्रदायकहरूको भनाइमा मर्मत सम्भार दूरसञ्चार सेवा अन्तर्गत नपर्ने र यसमा रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष शुल्क लाग्न नसक्...
आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पुजा गरिदैँ

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पुजा गरिदैँ

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २१ । माघ शुक्ल पञ्चमीका अवसरमा आज देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विशेष पूजा–आराधना गरिँदैछ । चन्द्रमा जस्तै गौर वर्णकी, हातमा वीणा र पुस्तक लिएकी सरस्वती देवीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरी जस्ता नामले सम्बोधन गर्दछन् । साहित्यकार, कलाकार, शिक्षक र विद्यार्थीहरूले आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गरेका छन् । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने विश्वास गरिन्छ । काठमाडौं उपत्यकाका डिल्लीबजार, स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेले लगायत देशभरका सरस्वती मन्दिरहरूमा बिहानैदेखि भक्...
झापा दशौँ नारदमुनि थुलुङ स्मृति गोल्ड कपको फाइनलमा

झापा दशौँ नारदमुनि थुलुङ स्मृति गोल्ड कपको फाइनलमा

Breaking News 1, खेलकुद, समाचार
सुनिल राई, गाईघाट । पूर्णपुष्टि, माघ २० । झापा ११ फुटबल क्लब झापा दशौँ नारदमुनि थुलुङ स्मृति गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । आइतबार बसाहास्थित नारदमुनी थुलुङ स्मृति रङ्गशालामा भएको अन्तिम सेमिफाइनल खेलमा एभरेस्ट फुटबल क्लब सुनसरीलाई शून्यको विरुद्ध एक गोलले हराउँदै झापा ११ फुटबल क्लब झापा फाइनलमा प्रवेश गरेको हो । खेलको सुरुवाती ५ औँ मिनेटमा जर्सी नम्बर ९ का प्रदीप बुढाथोकीले गोल गर्दै झापालाई अग्रता दिलाएका थिए । उनको सोही गोल नै जितका लागि निर्णायक गोल बन्यो । यस खेलको म्यान अफ द म्याच झापाका जर्सी नम्बर ९ का प्रदिप बुढाथोकी बने । यस संस्करणको फाइनल खेल मङ्गलबार झापा ११ फुटबल क्लब झापाको विरुद्ध सलहेश युवा क्लब सप्तरी बीच हुनेछ । उपाधि विजेताले नगद रु. ५ लाख सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. २ लाख ५० हजार सहित ट्रफी मेडल र प्रमाणप...
३८ ओटा मानव खप्पर र १० थान नलीखुट्टा सहित एक जना पक्राउ

३८ ओटा मानव खप्पर र १० थान नलीखुट्टा सहित एक जना पक्राउ

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २० माघ । भारतबाट नेपाल ल्याउँदै गरेको मानव कंकालसहित एक जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । बिहान ७ बजेटर ४९ मिनेट जाँदा भारतबाट रिक्सामा हालेर नेपाल ल्याउँदै गरेका विराटनगर १७ का विनोद रायलाई मानव कंकालसहित प्रहरीले पक्राउ गरेको हो । सीमामा खटेका सशस्त्र प्रहरी नायब निरीक्षक प्रकाश दहालको नेतृत्वको टोलीले ३७ वर्षीय रायको साथबाट मानव खप्पर ३८ थान र नली खुट्टाको हड्डी १० थान बरामद गरेको हो । उनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  ...
फ्यानसँगको सेल्फीमा चुम्बन गरेपछि विवादमा उदित नारायण

फ्यानसँगको सेल्फीमा चुम्बन गरेपछि विवादमा उदित नारायण

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २० ।  गायक उदित नारायणले एक कन्सर्टका क्रममा फ्यानहरूसँग लिएको सेल्फी र चुम्बन सामाजिक सञ्जालमा विवादको विषय बनेको छ । कार्यक्रममा उनले केही महिला प्रशंसकहरूसँग सेल्फी लिने क्रममा उनीहरूको गाला र ओठमा चुम्बन गरेको भिडियो भाइरल भएपछि चौतर्फी आलोचना भएको छ । घटनाक्रम अनुसार, कार्यक्रमका दौरान उदितले बाउन्सरहरूलाई फ्यानलाई स्टेज नजिक आउन दिन संकेत गरेका थिए । त्यसपछि एक युवती फ्यान स्टेज नजिक पुगेकी थिइन्, जहाँ उदितले घुँडा टेकेर सेल्फी लिए र त्यसपछि उनको ओठमा चुम्बन गरेका थिए । विवाद बढेपछि उदितले हिन्दुस्तान टाइम्ससँग कुराकानी गर्दै यसलाई 'प्रेमको अभिव्यक्ति' को रूपमा व्याख्या गरेका छन् । उनका अनुसार फ्यानहरू धेरै क्रेजी हुने र उनीहरूलाई भेट्ने मौका दिनुपर्ने बताए । "स्टेजमा गीत गाउँदा पागलपन हुन्छ । फ्यानले मलाई माया गर्छन्, मलाई पनि लाग्छ उनीहरू खुसी होस्," उनले भने । ...
दुर्घटनामा परि गाईघाट निवासी ३० वर्षीय मनिष रायमाझीको मृत्यु

दुर्घटनामा परि गाईघाट निवासी ३० वर्षीय मनिष रायमाझीको मृत्यु

Breaking News 1, Breaking News 2, Breaking News 3, Breaking News Video, समाचार
पूर्णपुष्टि १८ माघ । लाहानको ठाडी सडक खण्डमा स्कुटर दुर्घटना हुँदा उदयपुरको त्रियुगा नगरपालिका ११ गाईघाट बजार निवासी ३० वर्षीय मनिष रायमाझीको मृत्यु भएको छ। प्रदेश नम्बर १ ०५ ००२ प १५६३ नम्बरको स्कुटर कलबटमा ठोक्किँदा दुर्घटना भएको थियो। जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार दुर्घटनामा परी घाइते भएका युवकलाई उपचारको लागि लाहान तर्फ अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
सलहेश दशौँ नारदमुनी गोल्ड कपको फाईनलमा

सलहेश दशौँ नारदमुनी गोल्ड कपको फाईनलमा

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, माघ १९ । सलहेश युवा क्लब सप्तरी दशौँ स्वर्गीय नारदमुनी थुलुङ्ग स्मृती गोल्ड कप फुटबल प्रतियोगिताको फाईनलमा पुगेको छ । शनिबार बसाहास्थित नारदमुनी थुलुङ्ग स्मृती रंगशालामा भएको पहिलो सेमिफाईनल खेलमा बागमति युवा क्लव सर्लाहीलाई ० गोलको विरुद्ध २ गोल गर्दै सहलेस युवा क्लव सप्तरी फाईनलमा प्रवेश गरेको हो । खेलको ५० औँ मिनेटमा सलहेशका लागी जर्सी नं। १७ का मिलन राईले गोल गर्दै अग्रता दिलाएका थिए भने ७० औँ मिनेटमा राईले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । यस खेलको म्यान अफ द म्याच सलहेशका मिलन राई बने । भोली एभरेष्ट फुटबल क्लब सुनसरी र झापा ११ फुटबल क्लब बिच दोस्रो सेमिफाईनल खेल हुनेछ । उपाधि विजेताले नगद रु। ५ लाख सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु। २ लाख ५० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । गोल्डकप यही माघ २२ गते...
सलहेश दशौँ नारदमुनी गोल्ड कपको फाईनलमा

सलहेश दशौँ नारदमुनी गोल्ड कपको फाईनलमा

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, माघ १९ । सलहेश युवा क्लब सप्तरी दशौँ स्वर्गीय नारदमुनी थुलुङ्ग स्मृती गोल्ड कप फुटबल प्रतियोगिताको फाईनलमा पुगेको छ । शनिबार बसाहास्थित नारदमुनी थुलुङ्ग स्मृती रंगशालामा भएको पहिलो सेमिफाईनल खेलमा बागमति युवा क्लव सर्लाहीलाई ० गोलको विरुद्ध २ गोल गर्दै सहलेस युवा क्लव सप्तरी फाईनलमा प्रवेश गरेको हो । खेलको ५० औँ मिनेटमा सलहेशका लागी जर्सी नं। १७ का मिलन राईले गोल गर्दै अग्रता दिलाएका थिए भने ७० औँ मिनेटमा राईले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । यस खेलको म्यान अफ द म्याच सलहेशका मिलन राई बने । भोली एभरेष्ट फुटबल क्लब सुनसरी र झापा ११ फुटबल क्लब बिच दोस्रो सेमिफाईनल खेल हुनेछ । उपाधि विजेताले नगद रु। ५ लाख सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु। २ लाख ५० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । गोल्डकप यही माघ २२ गते...