Thursday, July 2News That Matters

Author: पूर्णपुष्टि

उदाउँदो सुर्यलाई अर्घ दिएर छैठको बिदा

उदाउँदो सुर्यलाई अर्घ दिएर छैठको बिदा

Breaking News 1, Breaking News 2, Breaking News 3, बिचार
पूर्णपुष्टि, २३ कार्तिक । गाईघाटमा उदाउँदो सुर्यलाई अर्घ दिएर छैठको विदाई गरिएको छ । शुक्रबार त्रिगायुगा नदी लगायतका विभिन्न नदिहरुमा भक्तजनहरुले उदाउँदो सुर्यलाई फलफुल, दुध, र जल चढाएर अर्घ दिईएको थियो ।  त्रियुगा नदीमा सबैभन्दा बढी भक्तजनहरूको उपस्थित रहेको थियो । ब्रतालु र भक्तालु बाहेक पनि छैठ अनुगमन गर्न त्रियुगा नदीमा हजारौं मानिसहरूको उपस्थित रहेको थियो । त्रियुगा छैठ पूजा त्रियुगा समितिका अध्यक्ष चन्दन शाहले सफलतापूर्वक छैठ पर्व सम्पन्न भएको जनाए । त्रियुगा बाहेक फारसेट खोला र बरुवा खोलाम समेत छैठको लागि भक्तालुहरूलाई ब्यबस्थापन गरिएको थियो । बिहिबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर छैठ सुरुवात गरिएको थियो ।...
गाईघाटमा छैठ पुजाको तयारी अन्तिम चरणमा, आजै घाट बाँडिने

गाईघाटमा छैठ पुजाको तयारी अन्तिम चरणमा, आजै घाट बाँडिने

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक २१ । उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नदीमा छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको छ । त्रियुगा नगरपालिका छैठ पूजा समितिका अध्यक्ष चन्दन शाहका अनुसार भोलिदेखि सुरु हुने पर्वको करिब ९० प्रतिशत काम तयारी सम्पन्न भइसकेको छ । नदी किनारमा जान मुख्य प्रवेशद्वार निर्माण, झिलिमिली बत्ती, र दुवै तर्फ घाट निर्माण भैसकेको शाहले जनाए । स्टेज र पुलको काम पनि सम्पन्न हुन लागेको छ । बिहिबार दिउँसो देखि संञ्चालन हुने छैठ पुजा भोली १२ बजे सम्म सबै कामको फिनिसिङ हुने जनाए । नदि वारपार गर्न सहजताका लागि दुईवटा बाँसको पुल निर्माण सम्पन्न भएको र एउटा पुल निर्माणाधीन रहेको छ । साथै व्रतालुहरूको बसाइका लागि नदि किनारमा बाँसको टहरा निर्माणको काम तीव्र गतिमा भइरहेको छ । भक्तालुहरुलाई आजै घाट बाड्ने तयारी रहेको पनि समितिले जनाएको छ ।...
कोशी प्रदेशका मन्त्री अधिकारीद्वारा राजीनामा

कोशी प्रदेशका मन्त्री अधिकारीद्वारा राजीनामा

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक २१ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले राजिनामा दिएका छन् । मन्त्री अधिकारीले आज मुख्यमन्त्री हिक्मत कुमार कार्की समक्ष राजीनामा बुझाएका हुन् । मन्त्रिपरिषद्को स्वीकृति नलिई जापान भ्रमणमा गएको विषयमा विवाद भएपछि उनले नैतिकताका आधारमा पदबाट राजीनामा दिएको बताइएको छ । यसअघि उनको जापान भ्रमणको विषयले प्रदेश सरकारमा विवाद सिर्जना भएको थियो ।...
कोशी प्रदेशका आन्तरिक मामिलामन्त्री अधिकारीले राजीनामा दिदैँ

कोशी प्रदेशका आन्तरिक मामिलामन्त्री अधिकारीले राजीनामा दिदैँ

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक २१ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले मन्त्रिपरिषद्को स्वीकृति नलिई जापान भ्रमणमा गएको विवादपछि राजीनामा दिने भएका छन् । उनले नैतिकताका आधारमा राजीनामा दिन लागेको जनाइएको छ । मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलका अनुसार अधिकारीले आज पत्रकार सम्मेलन गरी औपचारिक रूपमा राजीनामाको घोषणा गर्ने कार्यक्रम रहेको छ ।...
१० महिनामा नौ लाख ४० हजार विदेशी पर्यटक नेपाल भित्रिए

१० महिनामा नौ लाख ४० हजार विदेशी पर्यटक नेपाल भित्रिए

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक २० ।  सन् २०२४ को १० महिनामा नौ लाख ४० हजार सात सय ३२ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार अक्टोबरमा मात्रै एक लाख २४ हजार तीन सय ९३ पर्यटक आएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.४ प्रतिशतले बढी हो। कोभिड-१९ पूर्वको तुलनामा पर्यटक आगमनमा ९२.९६ प्रतिशत पुनरुत्थान भएको बोर्डले जनाएको छ । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार अक्टोबरको सुरुमा भएको अविरल वर्षाका कारण आशातित पर्यटक नआए पनि समग्र आगमन सन्तोषजनक रहेको छ । पछिल्ला महिनाहरूमा भारत र चीनबाट आउने पर्यटकको संख्यामा गिरावट आएको छ । अक्टोबरमा भारतबाट १६ हजार तीन सय १३ र चीनबाट ७ हजार ७ सय ५० पर्यटक आएका छन् । तर अमेरिकी पर्यटकको संख्या भने १२.८८ प्रतिशतले बढेर १६ हजार २३ पुगेको छ । सन् २०२४ को पहिलो १० महिनामध्ये मार्चमा सबैभन्दा बढी एक लाख २८ हजार एक सय ६७ र जु...
रास्वपाका सभापति लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति

रास्वपाका सभापति लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक २० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । कार्तिक १५ गतेदेखि गणना हुनेगरी अदालतले प्रहरीलाई अनुसन्धानका लागि यो थप समय दिएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । यो मंगलबार गरिएको म्याद थप लामिछानेको लागि तेस्रो पटकको हो। यसअघि पहिलो पटक ६ दिन र दोस्रो पटक ७ दिनको म्याद थप गरिएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले म्याद थपको माग गरेको थियो । लामिछानेलाई कार्तिक २ गते प्रहरीले काठमाण्डौँबाट पक्राउ गरेको थियो । सहकारी ठगीको अभियोग लागेका लामिछानेमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।...
कोशी प्रदेशमा दशैं–तिहारमा सवारी दुर्घटनामा परी ३७ जनाको मृत्यु

कोशी प्रदेशमा दशैं–तिहारमा सवारी दुर्घटनामा परी ३७ जनाको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक २० । कोशी प्रदेशमा दशैं-तिहारको अवधिमा भएका सवारी दुर्घटनामा ३७ जनाको ज्यान गएको छ । घटस्थापनादेखि भाइटीकासम्मको अवधिमा भएका ५८२ दुर्घटनामा एक बालकसहित २९ पुरुष, २ बालिका र ८ महिलाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ । प्रदेशका १४ जिल्लामध्ये झापामा सर्वाधिक १३ जनाको मृत्यु भएको छ भने मोरङमा ८ र सुनसरीमा ७ जनाको ज्यान गएको छ । यस अवधिमा ९६१ जना घाइते भएका छन् । दुर्घटनाको संख्या हेर्दा मोरङमा सबैभन्दा बढी २१६, झापामा १६५ र सुनसरीमा १४६ वटा दुर्घटना भएका छन् । कुल दुर्घटनामध्ये ५१३ वटा मोटरसाइकल दुर्घटना रहेका छन्। सोमबार मात्रै २८ स्थानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।...
त्रिनपा १६ मा भलिवल प्रतियोगिता सँगै ७ विद्यालयलाई खेलकुद सामग्री वितरण

त्रिनपा १६ मा भलिवल प्रतियोगिता सँगै ७ विद्यालयलाई खेलकुद सामग्री वितरण

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १७ कार्तिक । त्रियुगा नगरपालिका १६ जाल्पा चिलाउनेमा वडा स्तरीय भलिवल प्रतियोगिता सँगै खेलकुद सामाग्रि वितरण गरिएको छ । युवा तथा खेलकुद लक्षित कार्यक्रम अन्तर्गत वडाको आ.व.२०८१÷०८२ को स्वीकृत वडागत बजेटबाट प्रतियोगिता र सामाग्री वितरण गरिएको हो । वडा कार्यालयको आर्थिक सहयोगमा तिहारको र छैठको अवसर पारेर वडा युवा तथा खेलकुद विकास समितिको आयोजनामा शुक्रबार एक दिवशिय वडास्तरीय भलिवल प्रतियोगिता र वडाभित्रका विद्यालयहरुलाई खेलकुद सामग्री वितरण कार्यक्रम गरिएको वडा अध्यक्ष मान वहादुर राईले जनाए । प्रतियोगितामा वडाभित्रका जम्मा ११ ओटा खेलाडी टिमहरु दर्ता भएको थिए । जसमा प्रतियोगिताको उपाधि सुनौलो टोल विकास संस्था सुकौरा भए । सिरुवानी टोल विकास संस्था दोस्रो र लालिगुँरास टोल विकास संस्था आहाले तेस्रो भने । बिजेता पहिलो दोस्रो र तेस्रोले क्रमश : १० हजार ७ हजार र ५ हजार नगद सहित प्रम...
उदयपुरमा गाडीको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

उदयपुरमा गाडीको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक १६ ।  उदयपुरको चौदण्डिगढी नगरपालिकामा शुक्रबार सवारी दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत बेल्टार बजार नजिकै रहेको द्वार खोला पुल नजिकको मोडमा भएको दुर्घटनामा चौदण्डिगढी नगरपालिका-२ का तिलक राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चपागाईले जानकारी दिए । बेल्टारबाट गाईघाटतर्फ जाँदै गरेको मोटरसाइकललाई काठमाडौंबाट पूर्वतर्फ आउँदै गरेको हुन्डाई गाडीले ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक राईको शव नगर अस्पताल बेल्टारमा राखिएको छ । दुर्घटनामा संलग्न सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी चपागाईले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
उदयपुरमा दोस्रो चौदण्डीगढी प्रदेश स्तरिय ब्याडमिनटन प्रतियोगिता हुने

उदयपुरमा दोस्रो चौदण्डीगढी प्रदेश स्तरिय ब्याडमिनटन प्रतियोगिता हुने

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक १५ । उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टारमा दोस्रो चौदण्डीगढी प्रदेश स्तरिय ब्याडमिनटन प्रतियोगिता हुने भएको छ । बिहिबार आयोजक बेल्टार ब्याडमिनटन क्लबले पत्रकार सम्मेलन गर्दै आगामी मंसिर ७, ८ र ९ गते प्रतियोगिता संचालन गरिने जनाएको छ । आयोजकका अनुसार प्रदेश नं. १ स्तरीय मेन्स डबल्स उपाधि विजेतालाई ३५ हजार, उपविजेतालाई २० हजार र तेस्रो पुरस्कार १५ हजार रहेको छ भने भेट्रान्स तर्फ प्रथम पुरस्कार प्रथमलाई २५ दोस्रोलाई १५ र तेस्रोलाई १० हजार रहेको आयोजकले जनाएको छ । त्यस्तै मेन्स मिक्स डबल तर्फ भने प्रथम पुरस्कार २० हजार, दोस्रो १२ र तेस्रो ८ हजार रहेको छ । त्यस्तै उदयपुर जिल्ला स्तरिय मेन्स डवल्स तर्फ प्रथमलाई ३० हजार दोस्रोलाई १२ र तेस्रोलाई ८ हजार रहेको छ ।...