Thursday, July 2News That Matters

Author: पूर्णपुष्टि

उदयपुर उपनिर्वाचन : रास्वपाबाट धुर्व र तेजमानको उम्मेदवारी

उदयपुर उपनिर्वाचन : रास्वपाबाट धुर्व र तेजमानको उम्मेदवारी

Breaking News 1, Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, २८ कार्तिक । त्रियुगा नगरपालिका वडा नं १२ र बेलका नगरपालिका वडा नं ९ मा आउँदो मंसिर १६ गते हुने वडा अध्यक्ष पदको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धुर्व प्रसाद पोखरेल र तेजमान विकलाई उम्मेदवारी बनाएको छ । व्यवसायी समेत रहेको पोखरेल त्रियुगा नगरपालिका वडा नं १२ का लागि उम्मेदावर हुन भने बिक बेलका ९ का लागि उम्मेदवार हुन् । आउँदो उपनिर्वाचनका लागि वडा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न उम्मेदावरी घोषणा गरेको हो । कांग्रेस, एमाले र माओवादीले पहिल्यै उम्मेदार टुँगाई सकेको छ । रास्वपा सँगै १२ नं वडाका उपनिर्वाचनमा ४ दलले उम्मेदवा तयार पारि सकेको छ । अन्य दलहरुले पनि उम्मेदवार उठाउने तयारी गरिरहेको छ । मनोनयन दर्ता मंसिर २ गते हुने भएको छ ।...
उदयपुर उपनिर्वाचन : प्रमुख तिन दलको उम्मेदवार तयार

उदयपुर उपनिर्वाचन : प्रमुख तिन दलको उम्मेदवार तयार

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, २८ कार्तिक । उदयपुरमा हुने उपनिर्वाचनका लागि तिन ठुला दलले उम्मेदवार तयार गरेको छ । नेपाली कांग्रेस, नेकपा एमाले र नेकापा माओवादीले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तयार गरेको हो । उदयपुरमा त्रियुगाको वडा नं १२ र बेलका नगरपालिकाको वडा नं ९ मा उपनिर्वाचन हुँदैछ । यी दुवै वडाका वडाअध्यक्षको दुर्घटनामा मृत्यु भएपछि अध्यक्ष पद रिक्त अवस्थामा थियो । त्रियुगाको १२ मा नेपाली कांग्रेसको तर्फबाट सञ्जीव काफ्ले उम्मेदवार बनेको छ भने एमालेबाट लक्ष्मी नारायण चौधरी र माओवादी बाट नविन राईलाई उम्मेदवार बनाईएको छ । यस्तै बेलका नगरको ९ नं वडामा कांग्रेसबाट नवराज बस्नेत, एमालेबाट मोहन खड्का र माओवादीबाट भरत घिमिरे उम्मेदवार छन् । यस बाहेक अन्य पार्टीहरुले भने उम्मेदवार टुँगाएको अवस्था छैन् । तिन ठुला दलले भने दुई ओटा वडाका लागि ६ जना उम्मेदवार तयार पारिसकेको अवस्था छ ।...
बैंग्लोरमा नेपाली दम्पतीमाथि १५ करोड लुटपाटको आरोप

बैंग्लोरमा नेपाली दम्पतीमाथि १५ करोड लुटपाटको आरोप

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक २५ ।  भारतको बैंग्लोरस्थित अरिहान्त ज्वेलर्सका सञ्चालक सुरेन्द्रकुमार जैनको घरबाट १५ करोड भारतीय रुपैयाँ बराबरको नगद र गहना लुटपाट भएको छ । जैनले तीन दिनअघि बैंग्लोर प्रहरीमा दिएको उजुरीमा आफ्नो घरको लकरबाट सामान चोरिएको र यसमा नेपाली कर्मचारी नवराज र उनकी श्रीमती संलग्न रहेको दाबी गरेका छन् । बैंग्लोरको पत्रिका डेकन हेराल्डका अनुसार नवराजले ६ महिनाअघिदेखि स्टोरमा काम गर्दै आएका थिए । बस्ने ठाउँ नभएपछि उनी र उनकी श्रीमतीलाई जैनले घरको बेसमेन्टमा रहेको सुरक्षा गार्डको कोठामा बस्न दिएका थिए । जैन परिवार धार्मिक कार्यका लागि गुजरात गएको मौका पारी नवराज दम्पतीले अन्य दुई जनाको सहयोगमा चोरी गरेको आरोप छ । प्रहरीले आरोपित दम्पती नेपाल भागिसकेको आशंका गरेको छ । उनीहरूको खोजीका लागि भारतीय प्रहरीको एक टोली नेपाल आएको बताइएको छ ।...
मानव तस्करी आरोपमा कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ

मानव तस्करी आरोपमा कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक २५ । कोशी प्रदेशका पूर्व आन्तरिक मामिला मन्त्री लिलाबल्लभ अधिकारीलाई मानव तस्करीको आरोपमा विराटनगरस्थित निवासबाट पक्राउ गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा पक्राउ गरिएका अधिकारीलाई दिउँसो एक बजे हवाईजहाजमार्फत काठमाडौं पठाउने तयारी रहेको कोशी प्रदेशका डिआईजी चन्द्रकुबेर खापुङले पुष्टि गरे । मन्त्रिपरिषदको स्वीकृतिबिना जापान गएका अधिकारीसँगै अन्य तीन जना पनि गएका थिए । जापानको अध्यागमनले उनीहरूलाई विमानस्थलबाटै फर्काइदिएको थियो । यस घटनापछि अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका थिए भने एमालेको कोशी प्रदेश कमिटीले उनलाई राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको छ ।...
मानव तस्करी आरोपमा पूर्वमन्त्री अधिकारी बयान दिन काठमाडौं जाँदै

मानव तस्करी आरोपमा पूर्वमन्त्री अधिकारी बयान दिन काठमाडौं जाँदै

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक २५ । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी मानव तस्करी आरोपमा बयान दिन आज काठमाडौं जाने भएका छन् । विराटनगरबाट दिउँसो १:५० बजेको उडानमार्फत उनी केन्द्रीय अपराध अनुसन्धान ब्युरो अन्तर्गतको मानव बेचबिखन ब्युरोमा स्वेच्छाले बयान दिन जान लागेका हुन् । अधिकारीमाथि गत कार्तिक १३ गते जापान जाने क्रममा तीन जना नेपालीलाई नक्कली कागजातसहित लगेको आरोप छ । यस घटनामा प्रहरीले खोटाङका दावा शेर्पा र जनक राई, रसुवाका कञ्चन देवकोटासहित नक्कली कागजात बनाउन सहयोग गर्ने धादिङका महेश पाण्डे, नुवाकोटका जुगल रिजाल र दोलखाका वीरबहादुर सुनुवार गरी ६ जनालाई पक्राउ गरिसकेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रमुख सचिव केदारनाथ शर्मा तथा मन्त्रालयका कर्मचारीहरूले जापान नजान दिएको सुझावको अवज्ञा गरी अधिकारी जापान गएका थिए ।...
फाल्गुनन्दको १४० औं जन्म जयन्ती मनाइँदै

फाल्गुनन्दको १४० औं जन्म जयन्ती मनाइँदै

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक २५ ।  किरात धर्मका प्रवर्तक तथा नेपालका १६औं राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४० औं जन्म जयन्ती विशेष कार्यक्रमहरूको आयोजना गरी मनाइँदैछ । विशेषगरी कोशी प्रदेशका पाँचथर, इलाम र ताप्लेजुङलगायतका जिल्लाहरूमा उनको जन्म जयन्ती भव्यरूपमा मनाइने गरिएको छ । वि.सं. १९४२ मा इलामको चुक्चिनाम्वामा जन्मिएका फाल्गुनन्दले वि.सं. १९८८ मा पाँचथरको सिलौटीमा सत्य धर्म मुचुल्का घोषणा गरी समाज सुधारको अभियान थालेका थिए । उनले छोरीहरूलाई समान शिक्षा र सम्पत्तिको हक, दाइजो प्रथाको अन्त्य र महिला सशक्तिकरणका लागि आवाज उठाएका थिए । २२ वर्षको उमेरमा भारतीय सेनामा भर्ती भएका फाल्गुनन्दले १३ वर्षको सैन्य सेवापछि समाज सुधारको कार्यमा समर्पित भए । धूमपान, मद्यपान, विलासिता र अन्धविश्वासविरुद्ध जीवनभर लड्ने उनको २००५ साल चैत २२ गते निधन भएको थियो । नेपाल सरकारले २०६६ सालमा उनलाई राष्ट्रिय व...
काङ्ग्रेसद्वारा उदयपुर उपनिर्वाचनमा उम्मेद्वार छनौट

काङ्ग्रेसद्वारा उदयपुर उपनिर्वाचनमा उम्मेद्वार छनौट

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
उदयपुर, कार्तिक २५ । नेपाली काङ्ग्रेसले उदयपुरको दुई वडा निर्वाचनमा उम्मेद्वार छनौट गरेको छ । आगामि मङ्सिर १६ गते उपनिर्वाचन हुने त्रियुगा नगरपालिका, वडा नं। १२ मा सञ्जिव काफ्ले र बेलमा नपा ( ९ मा नवराज बस्नेत छनौट भएका छन् । पार्टिको क्षेत्र नं। १, क्षेत्रिय कमिटिको कार्तिक २० गते बैठकबाट उम्मेद्वार छनौट निर्णय गरेको हो । दुबै वडाका निर्वाचित वडाध्यक्षहरुको निधन भएको हो । काफ्ले, विमारका कारण निधन भएका वडा नं। १२ वडाध्यक्ष चुडाराज काफ्लेका छोरो हुन् भने दुर्घटनामा निधन भएका बेनपा ९ का पदम खड्काको ठाउँमा नवराज उठ्दैछन् ।...
निर्वाचनमा कांग्रेस र एमालेकै प्रतिस्पर्धा हुनेवाला छ : शेखर कोईराला

निर्वाचनमा कांग्रेस र एमालेकै प्रतिस्पर्धा हुनेवाला छ : शेखर कोईराला

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, २४ कार्तिक । नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोईरालाले आगामी स्थानीय, प्रदेश र संघको निर्वाचनमा कांग्रेस र एमालेकै प्रतिस्पर्धा हुने जनाएको छ । उनले आफ्नै पार्टीको सहयोगमा एमालेको सरकार बनिरहेको हुँदा हाललाई राम्रो काम गरेर सरकार चलाउनको बिकल्प नरहेको जनाए । कोईरालाले सरकारले गरेको गलत गतिविधिलाई गलत भन्नु सक्नु पर्ने आमसभामा उपस्थित नेता तथा कार्यकर्ताहरुलाई आह्वान गरे । बिपिकोअनुयायी वा सिद्धान्तमा हिड्ने भए सरकार जो सुकैको होस गलतलाई गलत भन्न सक्नु पर्ने कोईरालाको अडान छ । उनले आफ्नो पाटी समेत सरकारमा भएको हुँदा सम्पूर्ण मन्त्री र नेताहरुलाई जनमुखी र नियमबद्ध काम गर्न अनुरोध गरे । यस अलवा सरकारलाई नियम विपरित काम गर्न छुट नभएको उनको भनाई छ । उनले सहकार्यको सरकारका कारण गलतलाई गलत भन्न कठिन भएको समेत जनाए । उनले गलतलाई गलत भन्नका निमित्तै यो लडाई चलिरहेको जनाए...
नेपाली कांग्रेसका बरिष्ठ नेता शेखर कोईराला आज गाईघाट आउने

नेपाली कांग्रेसका बरिष्ठ नेता शेखर कोईराला आज गाईघाट आउने

Breaking News 1, Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, २४ कार्तिक । नेपाली कांग्रेसका बरिष्ठ नेता शेखर कोईराला आज गाईघाट आउने भएको छ । गाईघाट बजारको बिपि चोक स्थित निर्माण गरिएको बिपिको शालिक अनावरण सँगै बृहत आमसभालाई सम्बोधन गर्न कोईराला गाईघाट आउने भएको हो । नेपाली कांग्रेस वडा कार्य समिति त्रियुगा नगरपालिका ११ को आयोजनामा कोईरालाले शालिक निर्माण सँगै आमसभालाई सम्बोधन गर्न गाईघाट आउने भएको हो ।...
जेष्ठ नागरिक र एकल महिलाहरुलाई न्यानो कपडाले सम्मान

जेष्ठ नागरिक र एकल महिलाहरुलाई न्यानो कपडाले सम्मान

Breaking News 1, समाचार
पूर्णपुष्टि, २३ कार्तिक । चिसो मौसम भित्रिएसँगै त्रियुगा नगरपालिका १ जोगिदहले जेष्ठ नागरिक र एकल महिलाहरुलाई न्यानो कपडाले सम्मान गरेको छ । बिहिबार वडा कार्यालयमा २० जना जेष्ठ नागरिक र १३ जना एकल महिला गरी ३३ जनालाई न्यानो कपडाले सम्मान गरेको हो । वडा अध्यक्ष मनोज चौधरीले चिसो बाट बचाउन जेष्ठ नागरिक र एकल महिलाहरुलाई न्यानो कपडा वितरण गरेको जनाए । कतिपय जेष्ठ नागरिकहरु परिवारबाट एक्लै बस्ने र कतिपयले उनिहरुलाई नहेर्ने हुँदा त्यसको अभिभावकको रुपमा वडा कार्यालय अघि सरेको जनाए । आर्थिक बर्ष २०८१÷०८२ को वडागत बजेट कार्यक्रम बाट न्यानो कपडा वितरण गरिएको अध्यक्ष चौधरीले जनाए । चौधरीले गत बर्ष छुटेकाहरुलाई यो बर्ष बितरण गरिएको र अब अर्को बर्ष यस बर्ष छुटेकाहरुलाई गरी पालैपालो न्यानो कपडा वितरण गर्दै आएको उनले बताए । यो कार्यक्रम वडाले २०७४ सालदेखीनै निरन्तर गर्दै आएको छ । उनिहरुलाई उमेर अनुसा...