Thursday, July 2News That Matters

Author: पूर्णपुष्टि

त्रियुगा १२ उपनिर्वाचनमा बजरङ्गी  दासले गराए स्वतन्त्र उम्मेदवारी दर्ता

त्रियुगा १२ उपनिर्वाचनमा बजरङ्गी दासले गराए स्वतन्त्र उम्मेदवारी दर्ता

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, २ मंसिर । त्रियुगा नगरपालिका १२ मा हुने मंसिर १६ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारले पनि मनोनयन दर्ता गराएको छ । एक मात्रै युवा उम्मेदवार बजरंङ्गी कुमार दासले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको हो । हाल सम्म स्वतन्त्रमा दासले मात्रै मनोनयन दर्ता गराएको छ । बाँकी सबै दलहरुले मनोनयन दर्ता गराएको हो । आईतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय १२ नं वडामा कांग्रेस, एमाले, माओवादी लगायत दलहरुले मनोनयन दर्ता गराएको छ ।...
उदयपुर उपनिर्वाचन : आज मनोनयन दर्ता गराउँदै उम्मेदवारहरु

उदयपुर उपनिर्वाचन : आज मनोनयन दर्ता गराउँदै उम्मेदवारहरु

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २ मंसिर यहि मंसिर १६ गते हुने उदयपुर उपनिर्वाचनको लागि आज मनोनयन दर्ता हुँदैछ । उदयपुरमा पनि दुई ठाउँ निर्वाचन हुने भएको छ । बेलका नगरपालिका ९ र त्रियुगा १२ गरी दुई ठाउँमा उपनिर्वाचन हुँदैछ । त्रियुगा १२ काँग्रेस, एमाले, मोवादी, रास्वपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्त लगायतका पार्टीहरुले उम्मेदवारी घोषणा गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दलगल सहित मनोनयनका लागि उम्मेदवार र पार्टी पंक्तिहरु तयारी अवस्थामा छ । बेलका ९ र त्रियुगा १२ का वडा अध्यक्ष दवै जनाको सवारी दुर्घटना मृत्यु भएपछि अध्यक्ष पद रिक्त अवस्थामा थियो । सोही पद पूर्ति गर्न उपनिर्वाचन गर्न लागिएको हो ।...
साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी अमिषा कार्की गृह जिल्ला उदयपुरमा सम्मानित

साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी अमिषा कार्की गृह जिल्ला उदयपुरमा सम्मानित

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक ३० । साफ महिला च्याम्पियनसिप २०२४ मा उत्कृष्ट प्रदर्शन गरेकी राष्ट्रिय महिला फुटबल खेलाडी अमिषा कार्की गृह जिल्ला उदयपुरमा सम्मानित भएकी छन् । त्रियुगा नगरपालिका वडा नं. ५ श्रीपुर निवासी कार्कीलाई शुक्रबार वडा कार्यालयले विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । वडा कार्यालयको सभा हलमा आयोजित कार्यक्रममा वडाध्यक्ष केदार थापाले कार्कीलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरे । साथै उनलाई नगद रु. १० हजार पनि प्रदान गरिएको छ। सम्मानपत्रमा ‘ऐतिहासिक योगदानको कदर स्वरूप तपाईंलाई हार्दिक सम्मान गर्न पाउँदा हामी निकै गौरवान्वित भएका छौं । अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उज्यालो पारेकोमा तपाईंलाई सम्मान गरिएको छ’ भनिएको छ । यसअघि बिहीबार त्रियुगा नगरपालिकाले पनि कार्कीलाई रु. ५० हजार नगद सहित सम्मान गर्दै नगर परिक्रमा गराएको थियो । वडाध्यक्ष थापाले कार्कीको प्रदर्शन...
त्रिनपा १२ उपनिर्वाचन : माओवादी केन्द्रको सम्पर्क कार्यालय स्थापनासँगै उम्मेदवार घोषणा

त्रिनपा १२ उपनिर्वाचन : माओवादी केन्द्रको सम्पर्क कार्यालय स्थापनासँगै उम्मेदवार घोषणा

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक ३० । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १२ मा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले उम्मेदवार घोषणा तथा चुनाव प्रचार प्रसार सम्पर्क कार्यालय स्थापना गरेको छ ।शुक्रबार माओवादी केन्द्रले चुनाव प्रचार प्रसार सम्पर्क कार्यालय उद्धघाटन गरेसँगै वडा अध्यक्ष पदको लागी नविन राई लाई उम्मेदवार बनाएको हो । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि प्रचार प्रसारका लागि सम्पर्क कार्यालय र उम्मेदवारी घोषणा गरेको हो । पूर्व वडा अध्यक्ष चुडामणी काफ्लेको दुर्घटनामा मृत्यु भएपछि अध्यक्ष पद रिक्त अवस्थामा थियो । सम्पर्क कार्यालय उद्घाटन तथा उम्मेदवारी घोषणामा केन्द्रिय सदस्यदेखि कार्यकर्ता लगायत स्थानियको उपस्थिति रहेको थियो ।  ...
उदयपुरको रौतामाईमा ट्रयाक्टर दुर्घटना हुँदा १ को मृत्यु, २ घाईते

उदयपुरको रौतामाईमा ट्रयाक्टर दुर्घटना हुँदा १ को मृत्यु, २ घाईते

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक ३० । उदयपुरको रौतामाई गाउँपालिकामा बिहीबार राति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा रौतामाई गाउँपालिका वडा नं. १ डहरका ४० वर्षीय चक्रबहादुर तामाङ रहेका छन् । प्रहरीका अनुसार राति करिब ९ बजे लिम्चुङबुङबाट भुटारको डहरतर्फ जाँदै गरेको प्रदेश ०३–००१–त ८१९० नम्बरको ट्र्याक्टर गोगुन खोला नजिक अनियन्त्रित भई दुर्घटना हुँदा तामाङको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा १८ वर्षीया मनिषा तामाङ र २३ वर्षीय सुरेश तामाङ घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ । स्थानीय चक्र कार्कीका अनुसार उनिहरु डहर बजारमा लाग्ने एक राते मेला हेर्न जाँदै थिए । रातको समयमा खराब सडकको कारण दुर्घटना भएको बताइएको छ । ट्र्याक्टर चालक अमृत तामाङ दुर्घटनापछि फरार रहेका छन् । फरार चालकको खोजी कार्य जारी रहेको प्रहर...
रौतामाई र उदयपुरगढीमा ट्याक्टर दुर्घटना हुँदा २ को मृत्यु, ३ घाईते

रौतामाई र उदयपुरगढीमा ट्याक्टर दुर्घटना हुँदा २ को मृत्यु, ३ घाईते

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुष्टि, ३० कार्तिक । उदयपुरमा छुट्टा छुट्टै स्थानमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । शुक्रबार जिल्लाको उदयपुरगढी गाउँपालिकाको मांङसिन्टारमा दुर्घटना हुँदा चालक भोजपुर हतुवागढि गाउपालिका २ का निरज मगरको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ । उदयपुरगढिको २ नं वडा केर्सेबाट मालसामन बोकेर ताप्लि गाउपालिका तर्फ जादै गरेको प्र (१(०२(००२ त ९२१ नम्बरको ट्याक्टर बिहान ८।३० बजेको समयमा सडक देखि झन्डै १०० मिटर तल खसेको थियो । दुर्घटनामा परी सहचालक भने घाईते छन् । उनको कटारी अस्पतालमा उपचार भैरहेको छ । यस्तै रौतामाई गाउपालिकाको गोगुन खोलामा बिहिवार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । लिम्चुङबुङ देखि भुटारको डहर तर्फ आउदै गरेको प्रदेश नम्बर ०३(००१(त ८१९० नम्बरको ट्याक्टर आफै अनियंत्रित भै राति ९ बजे दुर्घटना हुँ...
मंसिर २ गते बिराटनगरमा पहिचान पक्षधहरुले आन्दोलन गर्ने

मंसिर २ गते बिराटनगरमा पहिचान पक्षधहरुले आन्दोलन गर्ने

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २९ कार्तिक । पहिचान पक्षधरहरुले बिराटनगरमा मंसिर २ गते आन्दोलन गर्ने भएको छ । प्रदेश नं १ पून ः नामाङ्कन संघर्ष समितिले कोशी नाम खारेजी सँगै पहिचानको आधारमा पून ः प्रदेशको नामाङ्कन हुनु पर्ने माग सहित आन्दोलन गर्ने भएको हो । संघर्ष समितिका संयोजक डकेन्द्र सिंह थेगिमले पहिचानवादीहरु उठिसकेको जनाए । मंसिर २ आन्दोलनलाई लक्षित गर्दै गाईघाटमा गरिएको अन्तरक्रियामा बोल्दै थेगिमले आन्दोलनका लागि पहिचान पक्षधरहरु एक भएर भैसको जनाए । आदिवासी जनजातिहरुको पहिचान र अधिकारमाथी सरकारले अन्याय गरेको भन्दै त्यसको लागि आफुहरु संघर्षमा उत्रिएको थेगिमको भनाई छ । मंसिर २ को आन्दोलन सँगै बिभिन्न चरणमा संघर्ष अघि बढाउने पनि थेगिमले जनाए । थेगिमले सरकारले गरेको अत्याचारका कारण आज पहिचान पक्षहरुले सडक र सदन खोजिरहेको जनाए । सरकारले आदिवासी जजातिहरुका पहिचान मेटाउन नखोजेको भए आज पहिचान पक्षधरहरु...
एकीकृत समाजवादीका नेता वलदेव चौधरीलाई मातृ शोक

एकीकृत समाजवादीका नेता वलदेव चौधरीलाई मातृ शोक

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, २९ कार्तिक । एकीकृत समाजवादी पार्टीका केन्द्रीय सचिव तथा त्रियुगा नगरपालिकाका पूर्व मेयर बलदेव चौधरीलाई मातृ शोक परेको छ । नेता चौधरीको ममतामय माता घुरन वती चौधरीको ८३ बर्षको उमेरमा बिराटनगर स्थित गोल्डेन हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । चौधरीलाई निमोनिया र दमको बिरामी रहेको परिवारले जनाएको छ । गएराति ८ बजे उपचार गर्दागर्दै उनको मृत्यु भएको थियो ।...
त्रियुगा १२ उपनिर्वाचन : एकीकृत समाजवादीले पनि तोक्यो उम्मेदवार

त्रियुगा १२ उपनिर्वाचन : एकीकृत समाजवादीले पनि तोक्यो उम्मेदवार

Breaking News 1, Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, २८ कार्तिक । त्रियुगा नगरपालिका १२ नं वडामा वडा अध्यक्षका लागि नेकपा एसले पनि उम्मेदवारी घोषणा गरेको छ । नेकपा एसले वडा अध्यक्षका लागि पार्टी त्रियुगा नगर कमिटीका सदस्य निर्मला चौधरीलाई उम्मेदवारी घोषणा गरेको हो । पाटीका केन्द्रीय सचिव बलदेव चौधरीको उपस्थितिमा उम्मेदवारी घोषणा गरिएको छ । उदयपुरमा त्रियुगा १२ र बेलका ९ गरी दुई ठाउँमा उपनिर्वाचनको तयारी भैरहेको छ । मंसिर २ गते मनोनयन दर्ताको काम रहेको छ भने १६ गते उपनिर्वाचन हुँदैछ । त्रियुगा १२ र बेलका ९ का दुवै वडा अध्यक्षको दुर्घटनामा मृत्यु भएका थिए । जस कारण दुवै वडामा अध्यक्ष पद रिक्त छ ।...
गाईघाटमा सरोकारवालाहरु सित सूचनाको हक सम्बन्धि जिल्ला स्तरीय अन्तरक्रिया

गाईघाटमा सरोकारवालाहरु सित सूचनाको हक सम्बन्धि जिल्ला स्तरीय अन्तरक्रिया

Breaking News 1, समाचार
पूर्णपुष्टि, २८ कार्तिक । बुधबार गाईघाटमा उदयपुरका सरोकारवाला निकायहरु सित सूचनाको हक सम्बन्धि एक दिने अन्तरक्रिया तथा छलफल गरिएको छ । राष्ट्रिय सूचना आयोगकको आयोजनामा जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुख तथा सूचना अधिकारी तोकिएका व्यक्ति, सुरक्षा निकाय, गैरसरकारी संस्था, संञ्चारकर्मी, सूचना अभियान्ता लगायत सूचना सँग आबद्ध ब्यक्तित्वहरुको उपस्थितिमा अन्तरक्रिया गरेको हो । कार्यक्रममा आयोगले आफ्नो काम, नियम, कार्यविधि, प्रगति र चुनौति लगायतको बिषयमा धारणा तथा प्रस्तुती राखेका थिए । त्यस धारणा र प्रस्तुती माथी उपस्थितिहरुले प्रश्न गरेका थिए । यस अवस्थामा सूचना हक सम्बन्धि कतिपय कुराहरु राम्रो हुँदै गएपनि कतिपय अवस्थाहरु भने सूचना लुकाउने, दुख दिने, माथिल्लो निकाय सम्म अनुमति लिनु पर्ने र कतिपय निकायहरुले सूचना दिनु पर्ने अधिकारी समेत नराख्ने र काम गर्दा नागरिकहरुलाई दिनु पर्ने सूच...