अदालत आदेशमा घर भत्काईयाे, चाैधरी परिवार बिचल्नी
पूर्णपुष्टि, असाेज १६ ।
अदालतकाे आदेशकाे आधारमा आज त्रियुगा नपा १३ असारीमा एक घर भत्काईएपछि अनारकुमारी चाैधरीकाे परिवार विचल्नी भएकाे छ । बस्दै आएकाे झुपडी घर डाेजर लगाई भत्काईएपछि चाैधरी परिवार विचल्नीमा परेकाे हाे । असारी बरुवाखाेला पुल छेउकाे घटना हाे याे ।
स्थानीय सुदर्शन भट्टराईकाे जग्गामा घर परेकाे प्रमाणकाे आधारमा उच्च अदालत विराटागरले घर हटाउन आदेश दिएकाे जग्गाधनी भट्टराईले बताए ।
घर अगाडिकाे ऐलानी जग्गामासमेत टहरा बनाउन छिमेकीहरु अबराेध भईदिएपछि चाैधरी परिवारले सडकमै पाल टाँगेर रात काट्ने बताएकाे छ ।
अगाडिकाे ऐलानी जग्गा आफ्नाे चासभाेग रहेकाे चाैधरीकाे दावी छ भने आसपासका छिमेकीहरुले बस्न दिएका छैनन् । परिवारमा एक बृद्ध, दुई बालबालिकासहित पाँचजना छन् ।
उक्त ऐलानी जग्गा नदि उकास रहेकाे र नगरपालिकाले सार्वजनिक जग्गाकाेरुपमा संरक्षण गर्न खाेजेपनि जबरजस्ती घरटहरा बन्ने क्रम रहेका...









