Saturday, September 26News That Matters

Author: पूर्णपुष्टि

एमाले उदयपुरमा ५८१ मत खस्याे

एमाले उदयपुरमा ५८१ मत खस्याे

Breaking News 1, राजनीति, समाचार
उदयपुर, चैत १५ । नेकपा एमाले उदयपुरकाे नयाँ कमिटि निर्माणका लागि गएराती सम्पन्न चुनावमा ५८१ मत खसेकाे छ । कुल मतदाता प्रतिनिधि ६२४ थिए । मतगणना आज विहानैदेखि हुने भनिएकाेमा ९:०० बजेसम्म सुरु भएकाे छैन । अब छिट्टै सुरु हुने जनाईएकाे छ । अध्यक्षमा परमेश्वर घिमिरे र भागवत राउतबीच प्रतिष्पर्धा छ । अन्य तीन जना उम्मेदवारले फिर्ता लिएका हुन् । उपाध्यक्षमा भरतबहादुर थापा, दिलबहादुर तामाङ र कालुमान लामाकाे प्रतिष्पर्धा छ । सचिवमा सम्भु पौडेल, टेकबहादुर राउत र महेश रोका प्रतिष्पर्धामा छन् । त्यसैगरी खुल्ला उपसचिवमा हेमबहादुर खड्का, जीवनाथ दाहाल, मन्दिप राई, दुर्गानन्द चौधरी र धर्मबहादुर तामाङकाे  प्छरतिष्पर्धा छ भने महिला उपसचिवमा महेश्वरी राई, गीता खड्का र गंगा राई प्रतिष्पर्धामा छन् ।...
उदयपुरकाे दुर्घटनामा ईलामका युवाकाे मृत्यु

उदयपुरकाे दुर्घटनामा ईलामका युवाकाे मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २८ । मदनभण्डारी राजमार्ग अन्तरगत उदयपुरकाे नेपालटार-गाईघाट सडकखण्डकाे त्रियुगा नगरपालिका ७ कालिखाेला हाेक्सेमा आज विहान बस र माेटरसाईकलकाे ठक्करबाट एकजनाकाे मृत्यु भएकाे छ । ईलामबाट काठमाडाै जाँदै गरेकाे प्रदेश १ -०१ -०१६ प  ४६७ नम्बरकाे माेटरसाईकल र कटारीदेखि धरानतर्फ जाँदै गरेकाे  स १ ख ८१६ नम्बरकाे बसबीच ठक्कर खाँदा माेटरसाईकल चालक ईलामकाे सुर्याेदय नगरपालिका-११ का २३ वर्षिय प्रदित राईकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । दुर्घटनास्थलमा गम्भीर घाईते राईकाे उपचारकाे क्रममा उदयपुर अस्पतालमा मृत्यु भएकाे हाे । झापाली राईडर लेखिएकाे स्टिकर रहेकाे माेटरसाइकल पूर्ण क्षती भएकाे छ भने बसमा पनि क्षती पुगेकाे छ ।...
विहानै दुर्घटना, माेटरसाईकल चालक गम्भीर घाईते

विहानै दुर्घटना, माेटरसाईकल चालक गम्भीर घाईते

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २८ । कटारीबाट धरानतर्फ जाँदै गरेकाे बस र माेटरसाईकल आज विहान ठाेक्किएर दुर्घटना भएकाे छ ।प्रदेश १ -०१ -०१६प  ४६७ नम्बरकाे माेटरसाईकल र  स १ ख ८१६ नम्बरकाे बसबीच ठक्कर खाएकाे हाे । मदनभण्डारी राजमार्गकाे नेपालटार-गाईघाट सडकखण्डकाे त्रियुगा नगरपालिका ७ कालिखाेला हाेक्सेमा दुर्घटना भएकाे हाे । प्रत्यक्षदर्शीका अनुसार दुर्घटनामा माेटरसाईकल चालक गम्भीर घाईते भएका छन् । उनकाे नाम, ठेगाना खुलिसकेकाे छैन । घाईतेलाई उपचारका लागि हस्पिटल लगिदैछ । माेटरसाईकल र बसमा क्षति पुगेकाे छ । प्रहरीले घटनाकाे पुष्टि गरेकाे छ । बिस्तृत विवरण आउन भने बाँकी रहेकाे जनाएकाे छ ।    ...
१३ औं राष्ट्रपति रनिङ शिल्डको उपाधी कटारीलाई

१३ औं राष्ट्रपति रनिङ शिल्डको उपाधी कटारीलाई

Breaking News 2, खेलकुद, समाचार
अभिमन्यु लामिछाने/कटारी, माघ २७ । बिहीबार देखि कटारीको त्रिवेणी माविमा सञ्चालन भएको १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । तिन दिनसम्म चलेको प्रतियोगितामा ३१ स्वर्ण २० रजत र २० काँस्य गरि कुल ७१ पदक जित्दै कटारी नगरपालिकाले यस वर्षको रनिङ शिल्डको उपाधि हात पारेको छ । जिल्लाका ८ पालिका मध्य प्रतियोगितामा ६ वटा पालिकाले स्वर्ण पदक सहित अन्य पदक हात पारेको छ भने १ पालिकाले स्वर्ण पदक प्राप्त गर्न सकेन। लिंचुङबुङ गाउँपालिका भने प्रतियोगीतामा सहभागी भएन। प्रतियोगिता स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ ३ दिन सम्म चलेको प्रतियोगितामा बिभिन्न कवड्डी महिला पुरुष ,कराते ,तेक्वान्डो, उसु, एथलेटिक्स ( महिला पुरुष ) दौड प्रतियोगीता अन्र्तगत १०० मि, २०० मि, ४०० मि, ८०० मि, १५०० मि,३००० मिटर, हाईजम्प, लङ्गजम्प, त्रिपल जम्प, ज्याभलिङ्ग थ्रो, सटपुट, १०० x ४...
कटारी ट्राफिक प्रहरीको सक्रियता: ३ दिन अघि हराएको मोटर साईकल फेलापारी धनीलाई बुझायो

कटारी ट्राफिक प्रहरीको सक्रियता: ३ दिन अघि हराएको मोटर साईकल फेलापारी धनीलाई बुझायो

Breaking News 1, समाचार
[contact-form][contact-field label="Name" type="name" required="true" /][contact-field label="Email" type="email" required="true" /][contact-field label="Website" type="url" /][contact-field label="Message" type="textarea" /][/contact-form] पूर्णपुष्टि, माघ २४ । ट्राफिक प्रहरी पोस्ट कटारीले हराएको एउटा मोटरसाइकलहरु फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ। कटारी ट्राफिकको सक्रियतामा प्रदेश २-०१-० ०१ प ४२५४ नम्बरको मोटर साईकल हराएको फेला पारी सवारीधनी लाई जिम्मा लगाएको छ । मोटरसाईकल हराएर पछि सवारी धनीले सूचना दिए सँगै कटारी ट्राफिकले तत्काल सवारी खोजी कार्य सुरु गरेको थियो। ३ दिन अघि हराएको मोटरसाईकल खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको ट्राफिक प्रहरी पोस्ट कटारीका इन्चार्ज मनोज श्रेष्ठले बताए। कटारी नगर पालिका -२ गराँस स्थित सवारी धनी रोशन थापा मगरको घर बाटनै हराएको मोट...
कटारीमा तामाङकाे शंकास्पद मृत्यु

कटारीमा तामाङकाे शंकास्पद मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २३ । उदयपुरकाे कटारी नगरपालिका -२ गराँस नजिकै अधिकारीटाेलमा स्थानिय ३९ वर्षिय युवराज तामाङकाे शब आज फेला परेकाेछ । टाउँकाेमा गहिराे र ठुलाे चाेट छ । स्थानीयका अनुसार तामाङकाे शंकास्पद मृत्य छ । हत्या गरि त्यहा फालिएकाे आशंका छ । स्थानीयका अनुसार शबकाे टाउकाे फुटेकाे ठुलाे चाेट छ त शब भएकाे ठाउँ र आसपासमा रगत छैन । चप्पल पैताला मै रहेकाे र घाेप्टाे अबस्थामा शब फेला परेकाे थियाे । प्रहरिले घटना संकास्पद  रहेकाे भन्दै अनुसन्धान बढाएकाे छ । केही संकास्पद मानिस पक्राउ गरि साेधपुछ थालेकाे छ । स्थानियले गाँजा तस्कर समुहबाट हत्या भएकाे हुनसक्ने आशंकासमेत गरेका छन् । तामाङकाे शब पाेष्टमार्टम गरि परिवारलाई जिम्मा दिएकाे जनाईएकाे छ ।...
कटारीमा टिवान रग्वी फुटबल प्रतियाेगिता सम्पन्न, त्रिवेणी मावि र सरस्वती मावि प्रथम

कटारीमा टिवान रग्वी फुटबल प्रतियाेगिता सम्पन्न, त्रिवेणी मावि र सरस्वती मावि प्रथम

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ १४ । उदयपुरकाे कटारीमा सम्पन्न प्रथम अन्तर विद्यालय नगरपालिका स्तरीय छात्र, छात्रा 'टीवान रग्बी' प्रतियोगितामा छात्रतर्फ त्रिवेणी माध्यामिक विद्यालय र छात्रातर्फ सरस्वती मा.वि. हडैया प्रथम बनेका छन् । छात्रतर्फ मरुवा विद्यालय र छात्रातर्फ जनता मावि गुराँसे दाेस्राे भएका छन् । नेपाल रग्बी संघ कोशी प्रदेशको आयोजना र कटारी नगरपालिकाको सहयोगमा प्रतियोगिता सम्पन्न भएको हाे । संघका अध्यक्ष विनोद कटुवाल (दिवश) का अनुसार प्रतियोगितामा छात्र तर्फ आठ र छात्रा तर्फ सात विद्यालय टिम प्रतिष्पर्धामा उत्रिएका थिए । प्रतियाेगितामा त्रिवेणी माविका सुमन विक छात्र तर्फकाे उत्कृष्ट खेलाडी घाेषित भए भने छात्रातर्फकी जनता मावि गुराँसेकी शुसिला सुनुवार उत्कृष्ठ घोषित भईन । उदयमान खेलाडीमा जनमुखी मावि वसेरीका भावना मगर घोषित भईन् । प्रथम हुनेले नगद १० हजार,  ट्रफी, मेडल र प्रमाणपत्र गरे । दो...
समाजकाे शिविरमा तीनसयले मृगाैला परिक्षण गराए

समाजकाे शिविरमा तीनसयले मृगाैला परिक्षण गराए

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ १३ । उदयपुर समाज काठमाडाैंले उदयपुरकाे त्रियुगा नगरपालिका ३ भुल्के स्थित सामुदायिक सर्पदंश उपचार केन्द्रमा सञ्चालन भएकाे दुईदिने मृगाैला परिक्षण शिविरमा ३०० जनाले सेवा लिन पाए । आर्क ईन्टरनेशनल मृगाैला केन्द्रका डा. अर्पण सम्शेर राणाकाे नेतृत्वकाे चिकित्सक टाेलीले  परिक्षणसंगै ओैषधिसमेत वितरण गरेका थिए । उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेकाे प्रमुख आतिथ्य तथा नेपाली सेनाकाे १८ नं. वाहिनिपति मनाेज वैदवारकाे विशेष आतिथ्यामा उद्घाटन भएकाे शिविरमा समाजकी केन्द्रिय सदस्य समृद्धि राणाकाे संयाेजन तथा ब्यवस्थापन रहेकाे थियाे । वडा नं. ३ का अध्याक्ष तिलक कटुवालले कार्यक्रम प्रभावकारी रहेकाे प्रतिकृया थिए । समाजका उपाध्यक्ष सन्दिप बस्नेत र महासचिव वसन्त कटवाल सक्रियपूर्वक शिविरमा खटेमा थिए । शिविरलाई त्रियुगा नगरपालिका र सर्पदंश उपचार केन्द्रकाे सहयाेग रह्याे । ...
ताप्लीमा माघे सकराती कार्यक्रम भब्य सम्पन्न

ताप्लीमा माघे सकराती कार्यक्रम भब्य सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २ । ताप्ली गाउँपालिका, उदयपुरकाे सहयाेग तथा नेपाल मगर संघ ताप्लीकाे आयाेजनामा माघे सकराती, मगर माैलिक सांस्कृतीक कार्यक्रम ताप्ली-३ निगालबासमा भब्यरुपले सम्पन्न भयाे । मगर संस्कृती र कलाकाे जगेर्ना गर्ने, भाषा, भेषभुषाकाे संरक्षण, सम्बर्धन गर्ने उद्देश्यले कार्यक्रम आयाेजना गरिएकाे हाे । कार्यक्रममा राष्ट्रिय कलाकार शिव थापामगरले हुर्रा गीतमा नचाएका थिए साथै हुर्रा नाच तथा सांस्कृतिक गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि पालिका उपाध्यक्ष धना मगरले कार्यक्रमलाई सम्बाेधन गर्दै मगर समुदाय सांस्कृतिक क्षेत्रसंगै शिक्षा क्षेत्रमा पनि अगाडि बढ्नु पर्ने बताउनुभयाे । यसका लागि पालिकाकाे सहयाेग रहेकाे बताउनुभयाे । पालिकाले मगर जाती मात्र नभई सबै जातजातिकाे भाषा, संस्कार, संस्कृती जगेर्ना र शिक्षा, स्वास्थ्य पहुचमा जाेड दिदै आएकाे बताउनुभयाे । विशेष अतिथि ...
शुद्धिकरण बारे पर्चासहित पत्रकार महासंघ उदयपुरमा मध्येरातमा ताला

शुद्धिकरण बारे पर्चासहित पत्रकार महासंघ उदयपुरमा मध्येरातमा ताला

Breaking News 1, समाचार
पूर्णपुष्टि, असाेज २७ । पत्रकार महासंघ शाखा उदयपुरमा गएराती अज्ञातढंगले ताला लगाएकाे छ । तालासंगै पर्चा राखिएकाे छ । पर्चामा लेखिएकाे छ -"सदस्यता शुद्धिकरण संशाेधन गर, गैरपत्रकार र आसेपासेलाई पत्रकार बनाउन पाईदैन" तालाबन्दीमा महासंघभित्र बसेका पत्रकार बुद्धि चामलिङ्ग थुनिएका छन् । पत्रकार राई महासंघ कार्यसमिति सदस्य हुन् । अघिल्लाे दिन पत्रकार महासंघ केन्द्रले सदस्यता सुद्धिकरणकाे नाम सार्वजनिक गरेकाे थियाे । पत्रकार राई विहान बाहिर निस्कन खाेज्दा ताला लगाएकाे थाहा पाएका थिए । आफू सुतेकाे बेला मध्यरातमा ताला लगाएकाे हुनसक्ने पत्रकार राईकाे भनाई छ । महासंघ शाखा अध्यक्ष भरत खड्काले घटनाले अराजकता र असुरक्षा देखाएकाे बताए । "जाे काेहीले गरेकाे हाेस् याे अराजकताकाे पराकाष्ठा हाे, यसकाे घाेर निन्दा गर्छाै।" अध्यक्ष खड्काले भने "अनुसन्धान गरि कारवाहीकाे दायरामा ल्याउनेछाैं ।" महासंघ शाखाले...