Thursday, April 30News That Matters

Author: पूर्णपुष्टि

नयाँ नेतृत्वको उदयपुर सांस्कृतिक प्रतिष्ठानले घुम्ति सांस्कृतिक अभियान गर्ने

नयाँ नेतृत्वको उदयपुर सांस्कृतिक प्रतिष्ठानले घुम्ति सांस्कृतिक अभियान गर्ने

मनोरञ्जन, समाचार
पूर्णपुष्टि/कात्तिक २८ गते । गाईघाट–सप्तक कला केन्द्र, उदयपुरको सोमबार गाईघाटमा सम्पन्न नवौं साधारणसभाले संस्थालाई उदयपुर सांस्कृतिक प्रतिष्ठान नेपालको नाम दिदै नयाँ कार्यसमिति चयन गरेको छ । जिल्लाको सांस्कृतिक क्षेत्रलाई बृहदरुपमा समेट्ने उद्देश्यका साथ उक्त नाम दिएको संस्थामा शैलेन्द्र खतिवडाको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति सर्बसहमत चयन भएको हो । समितिको प्रथम उपाध्यक्ष कुमारी मास्के, उपाध्यक्ष शसीचन्द्र राई, महासचिव विनोद श्रेष्ठ, सचिवहरु श्याम याक्तेन, भरतमनी दाहाल, कोषाध्यक्ष रमेशचन्द्र ढुंगाना, सहकोषाध्यक्षहरु नारायण दनुवार र सुपक बस्नेत रहेका छन् । त्यस्तै सदस्यहरुमा मिरा गुरागाई, बुद्धिमान तामाङ, रामनारायण चौधरी, मिरा विक, निसा पराजुली, ध्रुबप्रसाद छिमिरे, दिनेश लामा, शोभा तामाङ, संजिब राई (शिसिर), सुरेस चौधरी, नयन्द्र राई, टम्पसेर राई, रोसन राई रहेका छन् । अन्य तीनजना...
उम्मेदवारको घरमा कालोझण्डा

उम्मेदवारको घरमा कालोझण्डा

समाचार
पूर्णपुष्टि/कात्तिक २६ गते । उदयपुर-चुनावको विरोध जनाउदै नेपाल कम्युनिष्ट पार्टीले उदयपुरमा प्रतिनिधि तथा प्रदेश सभाका उम्मेदवारहरुको घरमा कालो झण्डा राखेको छ । नेकपा एमालेको तर्फबाट उदयपुर जिल्ला प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार मञ्जु चौधरी, सोही प्रतिनिधिसभा अन्तर्गतको प्रदेशसभा २ का नेपाली कांग्रेसका उम्मेदवार हिमाल कार्की, प्रतिनिधिसभा क्षेत्र नं. २ अन्तर्गत प्रदेशसभा १ का स्वतन्त्र उम्मेदवार नारायण बुर्जा मगर लगायतको घरमा कालो झण्डा राखेको हो । “दलाल संसदीय व्यवस्था मुर्दाबाद, कथित संघ र प्रदेश निर्बाचन खारेज गर” लेखिएको कालो कपडाको व्यानरलाई नै झण्डाको रुपमा झुण्ड्याएको छ । उम्मेदवारको घरमा आज विहान कालो झण्डा फेला परेकाले राती राखेको थियो । स्थानीय प्रशासनले कालो झण्डा हटाउने सुरक्षास्रोतले जनाएको छ ।...
छैठौं नारदमुनी गोल्ड कपको फाईनल/ब्वाईज युनियन काठमाडौंले उपाधी चुम्यो

छैठौं नारदमुनी गोल्ड कपको फाईनल/ब्वाईज युनियन काठमाडौंले उपाधी चुम्यो

समाचार
पूर्णपुष्टि/कात्तिक २५ गते । उदयपुर–चौदण्डीगडी नगरपालिका ४ बसाहा स्थित नारदमुनी रंगशालामा सन्चालन भएको छैठौं नारदमुनी गोल्डकपको शुक्रबार भएको फाईनल खेलमा ब्वाईज युनियन काठमाडौंले रुपन्देही ११ लाई ० को विरुद्ध २ गोलले पराजित गर्दै उपाधि चुमेको छ । उपाधि चुमेसंगै विजेता ब्वाईज युनियनले दुईलाख नगद पुरस्कारसहित शिल्ड र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता रुपन्देही ११ ले एकलाख नगद पुरस्कारसहित शिल्ड र प्रमाणपत्रमा चित्त बुझाउनु परेको छ । खेलको २४ औं मिनेटमा ब्वाईज युनियनका जर्सी नम्बर ७ का विदेशी खेलाडी अबाले पहिलो गोल गरेका थिए । ३६ औं मिनेटमा सोही टिमका जर्सी नम्बर ११ का आशिक थापाले विपक्षी खेलाडीका डी एरीयाको फललाई भरपुर सदुपयोग गर्दै पेनाल्टी सुटआउटलाई गोलमा परिणत गरे । ब्वाईज युनियन २ र रुपन्देही सुन्यमा टुंगिएको पहिलो हाफपछि कुनै पनि गोल हुन सकेन । निर्धारित ८० मिनेटको खेलमा र...
मानवअधिकार सुनिश्चितताका लागि आर्थिक पंक्ष वलियो आवश्यक

मानवअधिकार सुनिश्चितताका लागि आर्थिक पंक्ष वलियो आवश्यक

समाचार
पूर्णपुष्टि/कात्तिक २३ गते । गाईघाट–आर्थिक पंक्ष बलियो भएमात्र व्यक्तिका मानवअधिकार सुनिश्चित हुने एक कार्यक्रममा सहभागिहरुले बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय धनुषाले बिहीबार सदरमु्काम गाईघाटमा आयोजना गरेको उदयपुरमा मानवअधिकारको प्राथामिकता निर्धारण बिषयक अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले जवसम्म आर्थिक पंक्ष वलियो हुँदैन तबसम्म मानवअधिकारका सवालले प्राथमिकता नपाउने धारणा राखे । उनीहरुले व्यक्ति आर्थिक पंक्षमा समृद्ध नबन्दा अधिकारका लडाई हुने, हिंसाका घटना बढ्ने, वेराजगारका समस्या बढ्ने र उसले फुर्सदिलो समयमा नराम्रा कुराको पाठ लिने र सिक्ने गरेकोले आर्थिक समृद्धीको बाटोमा अगाडी बढ्नु पर्ने सुझाब दिए । सहभागिहरुले आयोगले आगामी दिनमा कामहरु गर्दा सबैभन्दा पहिला आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सवालमा काम गर्न सुझाब दिएका हुन् । त्यसैगरी...
राप्रपाका नगर उपाध्यक्ष बामपन्थीमा

राप्रपाका नगर उपाध्यक्ष बामपन्थीमा

समाचार
पूर्णपुष्टि/कात्तिक २३ गते । गाईघाट–राष्टिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का त्रियुगा नगर कमिटि उपाध्यक्ष किरण पाण्डेले बामपन्थी शक्तिको कार्यदिशालाई अंगिकार गरेका छन् । उनले राप्रपा (प्रजातान्त्रिक) को पद परित्याग गर्दै एमालेमा रहेको बिहिबार प्रेस विज्ञप्ती मार्फत जनाएका छन् । नयाँ संविधान कार्यन्वयनसंगै मुलुक प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा होमिएको अवस्थालाई मध्येनजर गर्दै आर्थिक समृद्धि, राष्ट र राष्टियता, वैज्ञानिक समाजवादको कार्यदिशा बोकेको पार्टी एमाले रहेको ठहरसहित त्यसैमा समर्पीत रहेको विज्ञप्तीमा जनाएका छन् । बामपन्थी शक्तिको अभियानलाई सार्थक बनाउन म र म जस्ता य’वाको जमात गोलबन्द हुन आवश्यक रहेकोले हिजो जे जस्तो अवस्थामा रहेपनि आजकै मितिदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को त्रियुगा नगर कमिटि उपाध्यक्ष पद परित्याग गरी बाममन्थी सुत्रकार नेकपा एमाल...
जड्याहा हाँकिमको कारण सेवाग्राही मार्कामा

जड्याहा हाँकिमको कारण सेवाग्राही मार्कामा

समाचार
पूर्णपुष्टि/कात्तिक २३ गते । गाईघाट-एक जड्याहा कार्यालय प्रमुखका कारण उदयपुरका सेवाग्राहीहरुले दुःख पाइरहेको जनगुनासो आएको छ । यातायात व्यवस्था सेवा कार्यालय उदयपुरका निमित्त प्रमुख शिव तिम्सिनाले कार्यालय समयमै मादकपदार्थसेवन गरेर कार्यालयमा अनुपस्थित हुने, उपस्थित भएपनि काम नै नगरेपछि सेवाग्राहीहरुले दुःख पाइरहको गुनासो व्यापकरुपमा आएको हो । विहिबार पनि मादक पदार्थसेवन गरेर सेवाग्राहीकै अगाडी ठसठसी गनाउदै र खुट्टा लरखराउदै कार्यालय छिरेका निमित्त प्रमुख तिम्सिनाको कार्यकक्ष रहेको र कार्यकक्षमै मोवाईल छाडेका उनी कार्यालयको रेस्टरुपमा मस्त निदाइरहेको भेटिएको सेवाग्राहीहरुले बताए । विहान १० बजेनै विभिन्न काम लिएर गएका सेवाग्राहीहरु लामो समयसम्म नआएपछि कतिपय पर्किए भने कतिपय कुरेर बस्न बाध्य भएको सेवाग्राही रुवेन राईले बताए । कर्मचारी ऐन, नियम र आचारसंहिताकै खिल्ली उडाउदै पटक पटक ग...
धार्मीकस्थलको विकासले देश समृद्ध बन्ने

धार्मीकस्थलको विकासले देश समृद्ध बन्ने

समाचार
पूर्णपुष्टि, कात्तिक २० गते । गाईघाट - नेपाल तिर्थ प्रकास संघका केन्द्रिय अध्यक्ष १०८ स्वामी देवराज प्रपन्नाचार्यले नेपालमा प्रशस्तरुपमा रहेका पर्यटकीय तथा दर्शनीय धार्मीकस्थलहरुको संरक्षण, प्रवद्र्धन र विकास गर्नसके देश समृद्ध बन्ने बताएका छन् । संघको उदयपुर शाखा, अरुणा पुष्प बाटिकाले आगामी मंसीर ३ देखि १७ गतेसम्म गर्न लागेको तेस्रो वार्षिक उत्सव तथा श्रीमद्भागवत गीता ज्ञान सागर धनधन्याञ्चल महायज्ञको बारेमा जानकारी दिन सोमबार गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रपन्नाचार्यले सो कुरा बताएका हुन् । उनले नेपालका धार्मीक थलोहरुको संरक्षण गरेर प्रचार प्रसार गरेर विदेशी धार्मीक पर्यटकमार्फत प्रशस्त आयआर्जन भित्राउन सकिने बताए । उनले ३ करोड नेपालीको पैसा भारतमा गईरहेको यथार्थ कोट्याउदै १९ करोड भारतीयको पैसा अब नेपालमा भित्राउने गरी धार्मीकस्थलहरुको विकासमा जोड दिनुपर्ने बताए । उनले...
तेस्रो दिनमा ब्वाईज युनियनको जीत/नारदमुनी गोल्डकप

तेस्रो दिनमा ब्वाईज युनियनको जीत/नारदमुनी गोल्डकप

खेलकुद, समाचार
पूर्णपुष्टि, कात्तिक १९ गते । बसाहा- उदयपुरको चौदण्डीगडी नगरपालिका ४ बसाहामा आयोजित नारदमुनी गोल्डकप फुटबल प्रतियोगिताको सनिबार भएको खेलमा ब्वाईज युनियन काठमाडौंले सप्तरी ११ लाई १ को विरुद्ध ५ गोल गर्दै जीत हात पारेको छ । बसाहा क्लवको आयोजना तथा चौदण्डीगडी नगरपालिकाको संयोजनमा भइरहेको प्रतियोगिताको तेस्रो दिनको खेलको पहिलो हाफ १÷१ गोलको बराबरीमा टुंगिए पनि दोस्रो हाफमा एकलौटी रुपमा ब्वाईज युनियनले ४ गोल थपेर फराकिलो जीत गरेको हो । खेल सुरु भएको ३ मिनेटमै सप्तरीका सुशिल यादवले गोल गरेर पहिलो खाता खोलेका थिए । निकै लामो प्रयासपछि खेलको २५ औं मिनेटमा ब्वाईज युनियनका विदेशी खेलाडी मेडोले गोल फर्काई पहिलो हाफलाई बराबरीमा टुंग्याएका थिए । दोस्रो हाफपछिको खेलमा ५८ औं मिनेटमा ब्वाइज युनियनका सौजन राईले गोल गरेका थिए । ६१ औ मिनेटमा आशिस थापाले गोल गरेका थिए भने विदेशी खेलाडी नेडाले ६८...
उदयपुरमा १४ ले फिर्ता लिए, बाम गठबन्धनको बाघी समस्या समाधान

उदयपुरमा १४ ले फिर्ता लिए, बाम गठबन्धनको बाघी समस्या समाधान

समाचार
पूर्णपुष्टि, कात्तिक १९ गते । उदयपुर-प्रतिनिधि तथा प्रदेश सभाका लागि दोस्रोचरणमा मंसीर २१ हुने निर्बाचनका लागि उदयपुरमा मनोनयन दर्ता गराएका ६२ जना मध्ये १४ जनाले विभिन्न कारण देखाउदै आइतबार मनोनयन फिर्ता गराएका छन् । मूख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त जानकारी अनुसार ४ स्वतन्त्रसहित १४ जनाले मनोनयन दर्ता फिर्ता लिएका हुन् । दलको तर्फबाट मनोनयन गरेका ठूला नेताहरुसमेत फिर्तामा परेका छन् । पार्टीकै सिफारिसमा प्रतिनिधिसभा क्षेत्र नं. २ मा मनोनयन दर्ता गराएका नेकपा एमालेका पोलिट ब्यूरो सदस्य जगन्नाथ खतिवडाले उम्मेदवारी फिर्ता लिएका छन् । उनले स्वइच्छाले फिर्ता लिएको जनाए पनि बाम गठबन्धनबीचको सहमतीय वातावरणलाई असर पुग्न नदिन फिर्ता लिएको पार्टी स्रोतले जनाएको छ । सोही पदका लागि स्वतन्त्रबाट बाघी उम्मेदवारी दिएका नेकपा माओवादी उदयपुर संयोजक विनोद कटुवालले पनि फिर्ता लिएका छन् । खतिव...
पेनाल्टी सुटआउटबाट चर्च ब्वाईजको जीत

पेनाल्टी सुटआउटबाट चर्च ब्वाईजको जीत

खेलकुद, समाचार
पूर्णपुष्टि, कात्तिक १८ गते । बसाहा-उदयपुरको चौदण्डीगडी नगरपालिका ४ बसाहामा आयोजित नारदमुनी गोल्डकप फुटबल प्रतियोगिताको सनिबार भएको खेलमा चर्च ब्वाईज युनाइटेड काठमाडौंले दमक एफसी झापालाई टाईवेकरमा २ को विरुद्ध ४ गोल गर्दै जीत हात पारेको छ । बसाहा क्लवको आयोजना तथा चौदण्डीगडी नगरपालिकाको संयोजनमा भइरहेको प्रतियोगिताको दोस्रो दिन निर्धारित समायमा खेल बराबरी १÷१ गोलमा टुंगिएको थियो । खेलको १६ औं मिनेटमा झापाका प्रविन राईले गोल गरेका थिए । भने खेलको अन्तिम समयमा चर्च ब्वाईजका जङ्बु शेर्पाले १ गोल फर्काएपछि खेल वराबरीमा टुंगिएको थियो । बराबरीमा खेल टुंगिएपछि जीतको छिनोफानो गर्न भएको पेनाल्टी सुटआउटमा चर्च ब्वाईजको तर्फबाट ४ र दमक एफसीको तर्फबाट २ गोल भएको थियो । पेनाल्टी सुटआउटमा चर्च ब्वईजको तर्फबाट बर्षात गुरुङ, जङ्बु शेर्पा, बिसाल गुरुङ र मेसिया एकबुलाले गोल गरेका थिए भने झापाको ...