Thursday, April 30News That Matters

Author: पूर्णपुष्टि

कृषि क्षेत्र र किसानको सवाललाई प्राथमिकता दिन माग

कृषि क्षेत्र र किसानको सवाललाई प्राथमिकता दिन माग

समाचार
पूर्णपुष्टि/मंसीर ५ गते । उदयपुर-उदयपुरको कटारी नगरपालिकाका कृषकहरुले कृषि क्षेत्र र किसानहरुको सवाललाई प्राथमिकता दिन आग्रह गरेका छन् । नगर उपप्रमुख भीमकुमारी राउत कृषकहरुको सामुहिक हस्ताक्षरसहितको ज्ञापन पत्र बुझाउदै कृषकहरुले यस्तो आग्रह गरेका हुन् । राष्ट्रिय कृषक समुह महासंघ, नेपाल नगर कार्य समिति कटारीका अध्यक्ष भुवनराज गिरीको अगुवाईमा बुझाइएको ज्ञापनपत्रमा कृषि क्षेत्रमा नगरपाल्किामा प्राप्त भएको कृषि बजेट कृषि र किसानका लागि नै विनियोजन तथा कार्यान्वयन गर्न, प्रत्येक वडा स्तरमा कृषि भवन निर्माण गरी कृषि तथा पशु प्राविधिकबाट किसानहरुलाई प्राविधिक सेवा प्रदान गर्न, नगरपालिका क्षेत्रमा रहेको कृषि उपज संकलन केन्द्र पुनः संञ्चालनमा ल्याई कृषि बजारको रुपमा संञ्चालन गर्न माग गरिएको छ । त्यस्तै, नगर क्षेत्रमा संञ्चालन भई रकेको नेपाल सरकारको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियमेजना...
माओवादी मजदुरपार्टीका केन्द्रिय अध्यक्ष र विप्लब कार्यकर्ता पक्राउ

माओवादी मजदुरपार्टीका केन्द्रिय अध्यक्ष र विप्लब कार्यकर्ता पक्राउ

समाचार
पूर्णपुष्टि/मंसीर ५ गते । उदयपुर-माओवादी मजदुर पार्टीका केन्द्रिय जिल्ला अध्यक्ष हिमालसिंह राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । निर्बाचन बिरोधी गतिविधिमा संलग्न हुनसक्ने आशंकामा पक्राउ गरिएको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । सुनकोशी गाउँपालिका ५ घर भई त्रियुगा नगरपालिका ११ गाईघाट डेरागरी बस्ने ५० बर्षिय अध्यक्ष राईलाई डेराबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ । उनको डेरामा खानतलासीको क्रममा विभिन्न निर्बाचन विरोधी पम्प्लेट, लेटरप्याड, पुस्तक, डायरी लगायत बरामद भएको पनि प्रहरीले जनाएको छ । त्यसैगरी मंगलबारनै प्रहरीले एक बिप्लप कार्यकर्ता पक्राउ गरेको छ । नेपाल कम्यूनिष्ट पार्टी (विप्लप समुह) को जिल्ला सदस्य ३० बर्षिया जानुकामाया तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । त्रियुगा नगरपालिका ३ मोतिगडाकी तामाङलाई आप्mनै घरबाट विहान अनुसन्धानका लागि ...
निबन्धमा शिव प्रथम, निता दोस्रो, विनय तेस्रो

निबन्धमा शिव प्रथम, निता दोस्रो, विनय तेस्रो

समाचार
पूर्णपुष्टि/मंसीर ४ गते । गाईघाट–अन्तराष्ट्रिय बाल दिवसको अवसरमा सोमबार उदयपुरमा एक कार्यक्रमको आयोजना गरी निबन्ध प्रतियोगिताको पुरस्कार वितरण गरिएको छ । बालबालिकाहरुको उचित मुल्याङकन हौसाला र क्षमता बृद्धि विकासका निम्ति आयोजना गरेको निवन्ध प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो । बालमैत्रि शासन, बाल अधिकारको सम्मान भन्ने शिर्षकको निबन्ध प्रतियोगितामा बिभिन्न बिद्यालयका ३२ जना बिधार्थीहरुले भाग लिएका थिए । जसमा कालिखोला मावि कटारीका शिव पराजुली प्रथम, सो माविकै निता राई दोस्रो र त्रियुगा माविका बिनय थापा तेस्रो भएका थिए । पहिलो दोस्रो र तेस्रो सबैलाई नगद र प्रमाण पत्रको पुरस्कार बितरण गरिएको छ । बालअधिकार र उनीहरुको सम्मानका महत्वपुर्ण चार बिद्यालाई बिषेश सुचिमा राखि बालबालिकाहरुलाई आवश्यक रहेका क्षेत्रहरु बाँच्न पाउने अधिकार, ...
मोटरसाईकल दुर्घटनामा मृत्यु

मोटरसाईकल दुर्घटनामा मृत्यु

समाचार
पूर्णपुष्टि/मंसीर ४ गते । गाईघाट–समगरमाथा राजमार्ग अन्तर्गत जलजले–गाईघाट सडकखण्डको बगाहामा सवारी दुर्घटना हुँदा एकयुवाको मृत्यु भएको छ । उदयपुरको जलजलेबाट गाईघाटतर्फ आउदै गरेको स ७ प ७२४० नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको स १ ह १४८५ नम्बरको टेम्पो त्रियुगा नगरपालिका ४ बगाहामा एकआपसमा ठक्कर खाँदा मोटरसाईकल चालक त्रियुगा नगरपालिका १० अस्पतालचौकका २७ बर्षिय सुमन मगरको मृत्यु भएको हो । दुर्घटनामा सख्त घाइते मगरको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।...
श्रीमद् भागवत पुराण सुरु

श्रीमद् भागवत पुराण सुरु

समाचार
पूर्णपुष्टि/मंसीर ४ गते । बगाहा–नेपाल तीर्थ प्रकास संघ उदयपुरको तेस्रो वार्षिक उत्सवको अवसरमा आइतबारदे िश्रीमद्ध भागवत ज्ञान सागर धनधान्याञ्चल महायज्ञ सुरु भएको छ । त्रियुगा नगरपालिकाको वडा नं. ४ र ५ बगाहामा आइतबारदेखि सुरु महायज्ञको एक समारोहकाबीच त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले उद्घाटन गर्नुभयो । वेदन्ताचार्य सुश्री शुभद्रा नेपालले कथा वाचन गर्नुहुने पुराण आगामी मंसीर १७ गतेसम्म सञ्चालन हुने जनाइएको छ । दैनिक भजनकृतनसहित सञ्चालन हुने पुराणबाट संकलित रकमले संघले निर्माण गर्न लागेको नेपालकै नमुना तीर्थ संग्राहलय निर्माणमा खर्च गरिने केन्द्रिय सदस्य निगमकुमार कोइरालाले जानकारी दिए । जिल्लामा रहेका तीर्थ स्थलहरुलाई प्रचारमा ल्याएर उदयपुरमा तीर्थ स्थलको विकास गर्दै धार्मीक पर्यटन प्रवद्र्धनका उदेश्य संघको रहेको छ ।...
वाभोछा समाजको पिकनिकमा, पन्ध्रौं वर्ष पुरानो चिनजानले खुसीयाली

वाभोछा समाजको पिकनिकमा, पन्ध्रौं वर्ष पुरानो चिनजानले खुसीयाली

समाचार
भोटराज राई/उदयपुर पूर्णपुष्टि/मंसीर २ गते आफ्ना बंशीयारी दाजुभाइ तथा छोरीचेलीहरुसंग चिनजान गर्ने उद्देश्यका साथ चामलिङ राई वभोछा समाज, बेल्टारले शनिबार पिकनिक कार्यक्रम सम्पन्न गरेको छ । समाजसेवी एवम् वाभोछा समाजका अगुवा बलधन राईका अनुसार बेल्टार र आसपासका क्षेत्रमा बसोबास गर्ने वाभोछाहरु समेटिएर कार्यक्रमको आयोजना गरिएको हो । सप्तकोशीको चतरापुलको पिकनिक स्पोर्टमा आयोजित कार्यक्रममा छोरीचेलीहरुलाईसमेत विशेष परिचयको लागि निम्त्याईएको थियो । चौदण्डीगडी नगरपालिकाको बेल्टार र बेलका नगरपालिकाको सुफाडे, रामपुरठोक्शीला लगायतका दाजुभाइ तथा छोरीचेलीको जमघट भएको थियो । वाभोछा समाज उदयपुर जिल्ला अध्यक्ष प्रकाश राईको विशेष उपस्थिति रहेको कार्यक्रममा दश÷पन्ध्र बर्ष पुरानो चिनजानका दाजुभाइ तथा छोरीचेलीबीच भेटघाट र चिनजान हुदा खुसी छाएको सहभागिहरुले बताए । हावी आधुनिक संस्कारका कारण आप्...
प्रचण्डलाई पुत्रशोक, प्रधानमन्त्रीद्वारा शोक व्यक्त

प्रचण्डलाई पुत्रशोक, प्रधानमन्त्रीद्वारा शोक व्यक्त

समाचार
पूर्णपुष्टि/मंसीर ३ गते । काठमाडौं–पूर्वप्रधानमन्त्री एबम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डलाई) आइतबार पुत्र शोक परेको छ । प्रचण्डपुत्र प्रकाश दाहालको हृदयघातका कारण मृत्यु भएको जनाइएको छ । तीनदिनयता अस्वस्थ रहेका उनी चुनावी प्रचारमा नगईकन आरामका लागि घरमै थिए । शनिबार राति लाजिम्पाटस्थित निवासमै सुतेका उनलाई आइतबार विहान सुतेको ठाउँमा अचेत अवस्थामा देखिएपछि नर्भिक अस्पताल पुर्याईएको थियो । पारिवारिक स्रोतका अनुसार सुतेकै ठाउँमा प्रकाशको मृत्यु भएको जानकारी प्राप्त भए पनि अस्पतालले उनको मृत्युको कारणबारे औपचारिक जानकारी दिन बाँकी छ । पारिवारिक स्रोतका अनुसार शनिबार राति ८ बजेतिर प्रकाशले आफूलाई हल्का ज्वरो आइरहेको बताएका थिए । चुनाव लागेका कारण पत्नी विना पनि कञ्चनपुरतिरै थिइन् । घरमा आमा सीता दाहाल र भाञ्जीहरुमात्रै थिए । प्रकाशको मृत्युको खबर लगत्तै चुन...
सन्देशको “समर्पित” सार्बजनिक

सन्देशको “समर्पित” सार्बजनिक

मनोरञ्जन
पूर्णपुष्टि/मंसीर २ गते । काठमाडौं–शनिबार राजधानीमा एक एल्बम सार्वजनिक भएको छ । इलामे गीतकार सन्देश सोङमेन राईको डेब्यु एल्बम ‘समर्पित’ सार्बजनिक भएको हो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा गायक गणेश रसिक, गायक तथा संगीतकार भुवन सुप्तिहाङ राई, मोडल दिक्पाल कार्की लगायतले एल्बम सार्वजनिक गरे । भुवन सुप्तिहाङ राई, आलोकश्री, चित्रलाल शर्मा र किरण माइकलको संगीत र कुमार कान्छा, राजेशपायल राई, रामकृष्ण ढकाल, सत्यकला राई, नरेन्द्र प्यासी, मल्लिका कार्की, जगदीश समाल, भुवन सुप्तिहाङ राई र मिङ्मा शेर्पाको स्वर रहेको सो एल्बमलाई गीतकार सन्देशले झापाको बिर्तामोडमा सडक दुर्घटनामा ज्यान गुमाएका आफ्ना दाजु प्रति समर्पित गरेका छन् । कार्यक्रममा सदस्य सचिव रसिकले पछिल्लो समयमा संगीत क्षेत्रमा युवापुस्ताको आगमन सुखद बनिरहेको बताए । उनले सन्देशले राम्रा शब्द संगीत पारखील...
गाउँ विकासका लागि सामुहिक जग्गादान

गाउँ विकासका लागि सामुहिक जग्गादान

समाचार
पूर्णपुष्टि/मंसीर १ गते । उदयपुर–रौतामाई गाउँपालिकालाई भौतिक संरचना निर्माण गरी सरकारी कामकाजका लागि व्यवस्थित बनाउनका लागि स्थानीयले जग्गादान गरेका छन् । गाउँपालिकाको केन्द्र भुट्टारमा स्थानीय १६ जनाले रोपनीको ३ देखि ५ लाख पर्ने जग्गा संयुक्तरुपमा १० रोपनी ९ आना जग्गादान गरेको गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए । जग्गादाताहरु विष्णुकुमारी मल्ल ठकुरी, हेमबहादुर रास्कोटी, प्रेमकुमारी ज्यू ठकुरी, बन्नताकुमारी रास्कोटी, मेघबहादुर ज्यू ठकुरी, पवित्रा कुमारी शाही, बालकुमारी रास्कोटी, तेजबहादुर शाही, मिथुला मल्ल, पवित्रा ठकुरी, हरीकुमार ज्यू ठकुरी, खड्गकुमारी दाहाल, गायत्रा दाहाल, प्रकाश ज्यू ठकुरी, विकास ज्यू ठकुरी, सनकुमारी मल्ल र पष्पबहादुर शाहीले जग्गादान गरेका हुन् । उनीहरुले शुक्रबार सदरमुकाम गाईघाट स्थित जिल्ला मालपोत कार्यालयमै पुगेर गाउँपालिकाको नाममा जग्गादान पास गरि...
चुरे तराई कार्यक्रम राम्रो तर, पर्याप्त नभएको गुनासो

चुरे तराई कार्यक्रम राम्रो तर, पर्याप्त नभएको गुनासो

समाचार
पूर्णपुष्टि/कात्तिक २८ गते । उदयपुर–राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रमले धेरै फाईदा पुर्याएको उपभोक्ताहरुले बताएका छन् । जिल्ला वन कार्यालय उदयपुरद्वारा आयोजित तथा सुशासनका हिमायती ( जि क्यू ) ले संयोजन गरिएको सार्वजनिक सुनुवाईमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम विकास समितिद्धारा उदयपुरमा सञ्चालन गरिएको कार्यक्रमहरुले फाईदा पुर्याएको उपभोक्ताहरुले बताएका हुन् । उक्त कार्यक्रमले विशेष गरी बन संरक्षण, खोलानदि, कुवा संरक्षणका जनचेतना जगाएपछि भुक्षयमा कमी, भेलबाढी पहिरोको समस्यामा कमी आएको उपभोक्ताहरुले बताए । चुरे क्षेत्रमा भएका बोटविरुवाको संरक्षण तथा खाली ठाउँमा बृक्षरोपण गरिएकाले हरियाली थपिनुका साथै माटो बलियो भएको बताए । तरपनि उदयपुरमा पर्याप्त कार्यक्रम भने नभएको उपभोक्ताहरुको गुनासो छ । उनीहरुले बोटविरुवाको संरक्षणमा भने चरिचरण चुनौती रहेको पनि बताएका छन्...