Sunday, September 27News That Matters

Author: पूर्णपुष्टि

प्रचण्डद्वारा सप्तरीमा जनयुद्धका प्रथम सहिदहरूको शालिक अनावरण हुँदै

प्रचण्डद्वारा सप्तरीमा जनयुद्धका प्रथम सहिदहरूको शालिक अनावरण हुँदै

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, भदौ २३ । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. २ रक्साहामा जनयुद्धका दुई प्रथम सहिदहरूको शालिक अनावरण हुने भएको छ। सोमबार दिउँसो ३ बजे पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले जनयुद्धका प्रथम सहिद कमरेड दुर्गाराज पौडेल (सुरज) र उपेन्द्र बहादुर कोइराला (अर्जुन) को शालिक अनावरण गर्ने कार्यक्रम रहेको छ। नेकपा माओवादी केन्द्र सुरुङ्गा नगरपालिका सप्तरीले यस कार्यक्रमको आयोजना गरेको छ।  ...
पहिलाे नेपाल टप सेफ अजुइहाङलाई बधाई तथा सम्मान

पहिलाे नेपाल टप सेफ अजुइहाङलाई बधाई तथा सम्मान

Breaking News 1, समाचार
पूर्णपुष्टि,साउन २३ । नेपालकाे पहिलाे फुड रियालिटी शाे सेफ नेपालकाे उपाधी विजेता अजुइहाङ राईलाई स्काइनेट टिभि परिवारले आज बधाई ज्ञापन गरेकाे छ । स्काइनेट टिभि टिम प्रमुख उत्तम राईले खादा लगाई बधाई ज्ञापनसहित सम्मान गर्नुभयाे । त्यसैगरी टिभिका प्रस्ताेता जगत लामा र क्यामेरा/भिडियाे ईडिटर सुक्र तामाङले सम्मान गर्नुभयाे । किराँती माैलिक तथा नेपाली खाना परिकारहरुकाे खाेज अनुसन्धानसहित प्रतियाेतामा भाग लिएका राईले विजेता भएपछि धेरैकाे माया, सम्मान र हाैसला पाएकाे बताउनुभयाे । आफ्नाे सिपलाई नेपालमै प्रयाेग गरेर देशकाे लागि केही गर्ने साेच रहेकाे राईकाे भनाई छ ।  ...
किरात राई यायोक्खाको ३७ औं स्थापना दिवस भव्यताका साथ सम्पन्न, याेगदान पुर्याउनेहरु सम्मानित

किरात राई यायोक्खाको ३७ औं स्थापना दिवस भव्यताका साथ सम्पन्न, याेगदान पुर्याउनेहरु सम्मानित

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन २३ । किरात राई यायोक्खाले आफ्नो ३७ औं स्थापना दिवस २०८१ साउन २२ गते कृष्टल व्याङ्क्वेट, मानभवन ललितपुरमा भव्यताका साथ मनायो । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाश मान सिंहकाे प्रमुख अतिथ्य, रक्षामन्त्रि मानबीर राईकाे विशेषआतिथ्यमा  विशिष्ट सम्मान तथा पुरस्कार वितरणसहित सम्पन्न भयाे । समारोहमा तीन जना विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएकाे थियाे । डा. पुरण राई, विश्व राई र प्रिति राईलाई विशिष्ट सम्मान प्रदान गरिएकाे थियाे । उहाँहरु क्रमश: आप्रवासी नेपाली कवितामा आलङकार विद्यान, प्रथम अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री र वेस्ट एसियन फुटबल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरी दोस्रो स्थान हासिल गरेकी खेलाडी हुन् । यसैगरी, टंकप्रसाद न्यौपानेलाई किराया नरजित राई सांस्कृतिक अनुसन्धान पुरस्कार प्रदान गरिएकाे थियाे । त्यसैगरी, कार्यक्रममा २७ वटा विभिन्न अक्षयकोषमार...

नाै जनालाई `वाभाेँछा ब्यक्तित्व सम्मान, साहित्यकार स्व. ईन्द्रबहादुर राईलाई मराेपरान्त सम्मान

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार ३१/धरान किरात राई चामलिङ वाभाेछा समाज/वंशावली निर्माण समितिले विभिन्न क्षेत्रमा रहेका नाैं जना वाभाेँछा ब्यक्तित्वहरुलाई शनिवार धरानमा सम्मान गरेकाे छ । तीन राजनीतिक ब्यक्तित्व, दुई पत्रकार र चारजना नेपाल सरकारका अधिकृतहरुलाई `वाभाेँछा ब्यक्तित्व सम्मान´ गरेकाे हाे । राजनीतिक ब्यक्तित्वत्रय बलदिप राई, सि.बि. राई (चन्द्रबहादुर राई/सिक्किम), विश्वराज राई सम्मानित भएका हुन् । पत्रकारिता क्षेत्रका  महेश्वर चामलिङ र भाेटराज राई  सम्मानित भए । नेपाल सरकारका अधिकृतहरु हरिनारायण राई, आशिष राई, तयामीअरुण राई र सर्मिला राईलाई पहिलाे पटक `वाभाेछा ब्यक्तित्व सम्मान´ प्रदान गरेकाे हाे । राजनीतिक ब्यक्तित्व ४८ वर्षिय बलदिप राष्ट्रिय जनमुक्ती पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष हुन् । ८८ वर्षिय  सि.बि.  सिक्किम विधान सभाका पूर्व पार्षद हुन...
झुप्राे चुहिएपछि त्रिपाल माग्न वडा कार्यालय पुगे चाैधरी

झुप्राे चुहिएपछि त्रिपाल माग्न वडा कार्यालय पुगे चाैधरी

Breaking News 1, समाचार
झुप्राे चुहिएपछि त्रिपाल माग्न वडा कार्यालय पुगे चाैधरीपूर्णपुष्टि, २७ असार/गाईघाट झुप्राे चुहिएर परिवार भिजेपछि त्रियुगा नगरपालिका ११ का उमाकान्त चाैधरी त्रिपाल माग्न वडा कार्यालय पुगेका छन् । झुप्राेकाे कमजाेर छानाे लगातारकाे बर्षातमा चुहिए पछि ओेतिनका लागि त्रिपाल माग्न गएकाे उनले बताए । उनलाई वडाध्यक्ष सुमन्त काेईरालाले एक थान त्रिपाल सहयाेग दिए । वडासम्म आएका चाैधरीलाई आफ्नाे कार्यकक्षमै बाेलाई वडाध्यक्ष काेईरालाले त्रिपाल हस्तान्तरण गरे । अहिले निम्न बर्गिय घर परिवार वर्षातकाे चपेटामा छन् । उनीहरुकाे अबस्था बुझेर यस्तै सहयाेग गर्न आवश्यक छ । कतिपय ज्याला मजदुरी गरेर छाक टार्नेहरु वर्षातले राेजिराेटीकाे अबस्थामा पसगेका छन् । स्थानीय सरकारले उनीहरुकाे लेखाजाेखा गरेर सहयाेग गर्नु आवश्यक छ ।...
त्रियुगा खोलामा बगेर महिलाकाे मृत्यु

त्रियुगा खोलामा बगेर महिलाकाे मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, २७ असार/उदयपुर उदयपुरकाे त्रियुगा नगरपालिका-६ जलजलेमा स्थानीय ६५ वर्षीया मिहला दुर्गा प्रधानकाे खाेलाले बगाएर आज मृत्यु भएकाे छ । साँझ करिब ५ बजे खेतबाट घर फर्किंदै गर्दा त्रियुगा तर्ने क्रममा बगाएर  मृत्यु भएकाे हाे । उनी करिव ७०० मिटर तल मृतअबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उदयपुरको गाइघाटमा बाढी कटान रोक्न यस्ताे उपाय

उदयपुरको गाइघाटमा बाढी कटान रोक्न यस्ताे उपाय

Breaking News 1, समाचार
उदयपुर,  असार २७ उदयपुरको सदरमुकाम गाइघाटमा रहेको ढिम्की बरुवाबाँध क्षेत्रमा भइरहेको कटान रोक्न विभिन्न निकायहरू संयुक्त रूपमा परिचालित भएका छन् । असार २५ गतेदेखि परेको भारी वर्षाका कारण बरुवा खोलामा आएको बाढीले ढिम्की क्षेत्रमा उच्च जोखिम सिर्जना गरेको थियो । स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नगरपालिका र स्थानीयबासीहरू मिलेर कटान रोक्ने प्रयास गरिरहेका छन् । कटान क्षेत्रमा तारजाली र बाँस प्रयोग गरी तत्काल रोकथामको काम भइरहेको छ । त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतका अनुसार, तत्कालीन उपायस्वरूप खोलाको धार परिवर्तन तथा कटानमा तारजाली भर्ने र बाँस राख्ने काम गरिएको छ । डोजर प्रयोग गरी खोला खनेर र त्यहाँको बालुवा थुपारेर खाेलाकाे बहाव धार परिवर्तन गरिएकाे छ । मेयर बस्नेतले यस क्षेत्रमा दीर्घकालीन र भरपर्दो बाँध निर्माणका लागि पहल हुने जानकारी दिए । यस घटनाको ...
उदयपुरमा भारी वर्षाले विश्व बैंक सहयोगको सडक निर्माण प्रभावित

उदयपुरमा भारी वर्षाले विश्व बैंक सहयोगको सडक निर्माण प्रभावित

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार २७ । गत असार २४ गतेदेखिको भारी वर्षाका कारण उदयपुरको त्रियुगा नगरपालिकामा विश्व बैंकको सहयोगमा निर्माणाधीन आधुनिक सडक परियोजना प्रभावित भएको छ। आशिष आशिर्वाद स्वामी नारायण जेभीका आयोजना साइड इन्चार्ज उमेश कुमार बुढाथोकीका अनुसार, वर्षाले गर्दा सडक निर्माण कार्य अवरुद्ध भएको छ। परियोजना अन्तर्गत विभिन्न छ स्थानमा विद्युतीकरण र नाली निर्माणको काम भइरहेको थियो । विद्युतीकरणतर्फ पोल गाड्ने र तार टाँग्ने काम चलिरहेको थियो, तर वर्षाले जमिन कमजोर बनाएपछि पोल गाड्न कठिनाइ भएको छ । त्यसैगरी, नाली निर्माणतर्फ सडकको दुवैतिर नाली बनाउने काम भइरहेको थियो, जुन नालीमा पानी जमेका कारण रोकिएको छ । यस अवरोधले स्थानीय मजदुरहरूको रोजगारीमा समेत असर परेको छ। साथै, पूर्व(पश्चिम बरुवा बसपार्कस्थित आयोजनाको क्याम्प डुबानमा परेको छ, जसले गर्दा निर्माण सामग्रीमा क्षति पुगेको र कर्मचारीहरूको बसो...