उदयपुरमा बामगठबन्धन ४, कांग्रेस २ / प्रतिनिधिसभातर्फ कांग्रेसका डा. खड्का, र माकेका राई विजयी
पूर्णपुष्टि/उदयपुर, मंसीर २५ गते ।
निकै रोचक र चासोपूर्णढंगले हेरिएको उदयपुरको प्रतिनिधिसभा क्षेत्र नं. १ मा बामगठबन्धनको उम्मेदवार नेकपा एमालेकी मञ्जुकुमारी चौधरीलाई पछि पार्दै नेपाली कांग्रेसका उम्मदेवार डा. नारायण खड्का विजयी भएका छन् । सोमबार बिहान डा. खड्काले ५४८ मतले चौधरीलाई पछि पार्दै विजयी हुनुभएको हो । उहाँको मत ३३,१४२ हुदा चौधरीको ३२,५९४ मत प्राप्त गर्नुभयो ।
योसंगै २ प्रतिनिधिसभा र ४ प्रदेशसभा रहेको उदयपुरको प्रत्यक्षतर्फको १ लाख १७ हजार ४४० मतगणना सकिएको छ । अन्तिम मतपरिणामबाट बामगठबन्धनले एक महिलासहित ४ सिट र कांग्रेसले २ सिटमा विजय हाँसिल गरेको छ । प्रतिनिधिसभामा दुबैतर्फको १/१ सिटमा जीत हात परेको छ । प्रतिनिधिसभा २ तर्फ तीनै सिट बामगठबन्धनले जीतेको छ भने १ मा कांग्रेसले २ सीट र बामगठबन्धनले १ सिटमा चित्त बुझाउनु परेको छ ।
प्रतिनिधिसभा २ मा बामगठबन्धनतर्फका उम्मेदव...









