नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ शाखा उदयपुरको घुर्मीमा खुल्दै
पूर्णपुष्टि, भाद्र ३० । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले उदयपुरको घुर्मीमा नयाँ शाखा खोल्ने भएको छ। भदौ १६ गते सोमबारदेखि सञ्चालनमा आउने यो शाखा दुर्गम क्षेत्रका जनतालाई लक्षित गरी खोलिएको हो।
उदयपुरको कटारी नगरपालिकामा पर्ने यस शाखाबाट लिम्पटार, हर्देनी, सोरुङ्गछविसे, मयांखु र लेखानी गरी पाँच वडाका २० हजारभन्दा बढी सर्वसाधारणले प्रत्यक्ष लाभ लिन सक्नेछन्। साथै, उदयपुरका अतिरिक्त सिन्धुली, ओखलढुंगा, सोलुखुम्बु र खोटाङका जनताले पनि यस शाखाबाट अत्याधुनिक वित्तीय सेवा पाउने अवसर पाउनेछन्।
बैंकका अनुसार, यस शाखाले ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाका चार वडा, सिन्धुलीको फिक्कल गाउँपालिकाका तीन वडा र खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका केही क्षेत्रलाई समेट्ने योजना बनाएको छ।
यस अघि कुनै पनि बैंकको शाखा नभएको घुर्मी बजारमा यो शाखा खुलेपछि तीन जिल्ला ( खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको नाका...









