Monday, April 20News That Matters

मेडिकल व्यवसायी दुर्गा प्रसाईं विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ

पूर्णपुष्टि, असोज ६ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि आईतबार प्रहरीले भक्तपुरबाट प्रसाईंलाई नियन्त्रणमा लिएको हो।

साइबर ब्यूरोका डीआईजी नवीन्द अर्यालका अनुसार, साइबर ब्यूरोबाट खटिएको टोली र भक्तपुर प्रहरीको संयुक्त प्रयासमा प्रसाईंलाई पक्राउ गरिएको हो। प्रहरी टोली मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित प्रसाईंको घरमा पुगेको थियो।

घरको गेट नखोलेपछि प्रहरीले कम्पाउण्ड नाघेर भित्र प्रवेश गरी प्रसाईंलाई नियन्त्रणमा लिएको बताइएको छ। नेपाल प्रहरीको साइबर ब्यूरोमा उनीविरुद्ध जाहेरी परेपछि जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।