अग्रता जोगाउन नसक्दा घरेलु टोली गाइघाट एफसी गोल्डकपबाट बाहिरियाे
घरेलु मैदानमा समर्थकको उत्साहजनक साथ पाएको गाइघाट एफसीले पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा प्रथम त्रियुगा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपबाट बाहिरिएको छ ।
आजदेखि उदयपुरको थरुहट रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सहलेस एफसीले गाइघाट एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको इन्जुरी समयमा गाइघाट एफसीका जर्सी नम्बर ९ का खेलाडी अर्जुन रानामगरले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाएका थिए । पेनाल्टी क्षेत्रभित्र प्राप्त पासलाई सदुपयोग गर्दै रानाले गोल गरेका थिए ।
पहिलो हाफमा अग्रता बनाएको गाइघाटले दोस्रो हाफमा भने त्यसलाई कायम राख्न सकेन । खेलको ७१औँ मिनेटमा सहलेस एफसीका जर्सी नम्बर १७ का विज्ञान खड्काले हेडरमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याए ।
बराबरी गोल गरेको केही समयपछि नै सहलेसका जर्सी नम्बर १३...









