जनगणना सकिए लगतै जिल्ला जनगणना कार्यालय उदयपुरमा पुस्तिका बुझाउनेको घुँईचो (फोटो फिचरसहित )
पूर्णपुष्टि, मंसिर १४
राष्ट्रिय जनगणना २०७८ औपचारीक रुपमा सकिए लगतै जिल्ला जनगणना कार्यालय उदयपुरमा भरिएका पुस्तिका लगाएतका सामाग्री बुझाउनेको घुँईचोे लागेको छ । मुख्य गणना कार्य कार्तिक २५ देखि सुरु भएर मंसिर ९ गते सकिएको छ । १५ दिनको अवधिमा सुपरिवेक्षक र गणकले भरेका मुख्य प्रश्नावली, कन्ट्रोल फारम, सामुदायीक प्रश्नावली, अनुगमन फारम, मातृशिशु मृत्युदर फारम, कार्य सम्पन्नता फारम, नक्सा लगाएतका सामाग्री बुझाउनेको घुँईचोे लागेको हो ।
कार्यालयमा सामाग्री बुझाउने अन्मि समय भोली सम्म मात्र रहेको जिल्ला जनगणना कार्यालय उदयपुरका प्रमुख शिवनारायण महतोले बताउनुभयो । जिल्लाको तीन स्थान कटारी, चौदण्डीगढी र त्रियुगा नगरपालिकामा सामाग्री संकलन कार्य भईरहेको महतोले बताउनुभयो । सम्पूर्ण सामाग्री बुझाएका सुपरिवेक्षक र गणकहरुलाई प्रमाण पत्र प्रदान गरि विदाई गर्ने कार्य पनि भईरहेको उहाँले बताउनुभयो ।
...








