Monday, April 20News That Matters

Month: ४ वर्ष अगाडि

विरानगरबाट चाँदीका गहनासहित एक पक्राउ

विरानगरबाट चाँदीका गहनासहित एक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि,कार्तिक १५ प्रहरीले विराटनगरबाट चाँदीका बनाएका गरगहनासहित एक जनालाई नियन्त्रणमा लिएको छ । विराटनगर महानगरपालिका–१५ का ४५ वर्षीय बलराम सिंहलाई चाँदीका गहनासहित प्रहरीले नियन्त्रणमा लिएको हो । उनको साथबाट प्रहरीले दुई किलोग्रामजति चाँदीबाट बनाइएका औँठी, विभिन्न देवीदेवताका आकृति र सिक्काजस्तो देखिने वस्तुहरु बरामद गरेको छ । सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलका अनुसार सिंहलाई विराटनगर भन्सार कार्यालयको २ नम्बर ढाटबाट नियन्त्रणमा लिइएको हो । चाँदीबाट बनेका वस्तुलाई बेल्ट (पेटी)ले शरीरमा बाँधेर ल्याउँदै गर्दा उनलाई पक्राउ गरेर आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाइएको पौडेलले बताउनुभयो । उनका अनुसार बरामद भएको धातु चाँदी हो कि हैन भनेर थप प्रमाणित गर्नका लागि प्रक्रिया अघि बढाइएको छ ।...
अमेरिकामा पाईने अनौठो प्रजातिको रैथाने माछा मोरङको स्थानीय खोलामा फेला पर्यो

अमेरिकामा पाईने अनौठो प्रजातिको रैथाने माछा मोरङको स्थानीय खोलामा फेला पर्यो

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक १५ मोरङको एक खोलामा अचम्म खालको माछा फेला परेको छ । हाल सम्म सायदै खोलाहरुमा फेला नपरेको अनौठो प्रजातिको माछा मोरङ स्थित लोहन्द्रा खोलामा फेला परेको हो । धनपालथान गाउँपालिकाको दादरबेरियास्थित खोलामा अनौठो प्रजातिको माछा भेटिएपछि अचम्मित भएको छ । मोरङ डिभिजन वन कार्यालयका अधिकृत परमेश्वर पासवानका अनुसार अमेरिकाको रैथाने प्रजातिमा पर्ने यो माछा नेपालमा सहजै नपाईने बताए । कसरी यो माछा नेपालमा भेटियो भन्नेबारे अध्ययन थालिएको उनको भनाइ छ । उनले नयाँ प्रजातिको माछा मोरङमा पहिलो र नेपालमा भने दोस्रो पटक भेटिएको बताए । अमेरिकाको रैथाने माछा ‘सकरमाउथ क्याट फिस’ पहिलो पटक मोरङमा फेला परेको हो । वैज्ञानिक नाम ‘हाइपोस्टोमस प्लेस्कोटोमस’ रहेको यो माछा नेपालमा दोस्रो पटक फेला परेको पासवानले बताए । पहिलो पटक सन् २०१८ मे १२ मा धनुषाका हेमनारायण यादवको पोखरीमा भेटिएको थियो ...
कर छलेर ल्याएको औषधिसहित दुई चिनियाँ नागरिक पक्राउ

कर छलेर ल्याएको औषधिसहित दुई चिनियाँ नागरिक पक्राउ

समाचार
पूर्णपुष्टि, कार्तिक १५ कर छली गरेर ल्याएको औषधिसहित सङ्खुवासभाबाट दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । चीनको सिचुङ घर भइ हाल सङ्खुवासभामा रुद्राक्ष व्यापार गर्न आएका साङदोङ र उछिनग्लिन नाम गरेका दुई चिनियाँ नागरिकलाई भन्सार छलीको औषधिसहित प्रहरीले पक्राउ गरको हो । उहाँका अनुसार, खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा रहेको बुद्ध होटल एन्ड लजमा भन्सार राजस्व छली ल्याएको औषधिसहित उनीहरू पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । ‘पीबीओजी’ लेखेको कृषि बालीमा प्रयोग हुने औषधि लुकाइ राखेको भन्ने सूचना पाएपछि विमानस्थलका सुरक्षा गार्ड र सदरमुकाम खाँदबारीबाट खटिएको संयुक्त टोलीले लजमा छापा मारेको थियो । त्यो होटलको कोठा नं. ५०२ मा स्टोर गरी राखेको ३६ बोरा (आठ सय केजी) बराबरको ‘पीबीओजी’ औषधि भेटिएको प्रहरीले जनाएको छ । बरामद भएको औषधीसहित ती दुई चिनियाँ नागरिकलाई कारबाहीका ...
जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक १४ जंगली हात्तीवको आक्रमणबाट पर्सामा एक जनाको अकालमै मृत्यु भएको छ । जिल्लाको मकवानपुर मनहरी गाउँपालिका–५ बस्ने अन्दाजी ५५ वर्षीय सोमबहादुर राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । पर्साको पटेर्वासुगौली गाउँपालिका–१ शीतलपुरस्थित खोलाको बगरमा उनलाई हात्तीले आक्रमण गरेको थियो । कात्तिक १२ गते राति १२ बजे उनलाई जंगली हात्तीले आक्रमण गरे पनि प्रहरीले ढिलो सूचना पाएको थियो । घटनास्थल मुचुल्कापछि शव पोष्टमार्टमका लागि वीरगञ्ज स्थित नारायणी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।...
प्रदेश नं १ मा राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय

प्रदेश नं १ मा राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, कार्तिक १५ प्रदेश नं १ मा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने गठबन्धले निर्णय गरेको छ । हाल नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको संयुक्त सरकारमा गठबन्धन छ भने एमाले प्रमुख प्रतिपक्षी दल हुन् । नेपाली काँग्रेस संसदीय दलका सचेतक केदार कार्कीले आलोपालोको दाबी नेपाली काँग्रेसको आन्तरिक विषय भएको भन्दै वर्तमान मुख्यमन्त्री भिम आचार्यले विश्वासको मत गुमाएपछि बन्ने नयाँ सरकारको नेतृत्व राईले गर्ने बताए। यसअघि नेपाली काँग्रेसले मुख्यमन्त्रीमा आलोपालो हुनुपर्ने माग गरेपछि कात्तिक ७ गतेको लागि तय भएको हालका मुख्यमन्त्री आचार्यको विश्वासको मतमाथिको मतदान नै स्थगित भएको थियो। आचार्यको विश्वासको मत लिने प्रस्तावमाथि सोमबार मतदान हुने कार्यसूची छ। विश्वासको मतमाथि मतदान हुने अघिल्लो दिन आइतबार बसेको नेपाली कांग्...
उदयपुरको रौतामाईमा करेन्ट लागेर मगरको मृत्यु

उदयपुरको रौतामाईमा करेन्ट लागेर मगरको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक १५ उदयपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । रौतामाई गाउँपालिका ८ खमारेका ४१ बर्षिय डम्वर बहादुर मस्र्याग्री मगरको करेन्ट लागी मृत्यु भएको उदयपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) वेद प्रसाद गौतमका अनुसार घर नजिकैको बाँस काट्ने क्रममा अचानक मेन लाईनको विधुत तारमा टच भई करेन्ट लाग्दा घट्ना स्थलमै मगरको मृत्यु भएको जनाएको छ । करेन्ट लागेर मृत्यु भएको खबर प्रहरीमा आउन साथ सुकौरा बाट प्रहरी टोली घटना स्थल तर्फ गएर घटा स्थललाई सुरक्षित राख्ने र थप अनुसन्धान गर्ने काम भईरहेको डिएसपी गौतमले जनाए । मगरको लास पोष्टमार्टमका लागि जिल्ला हस्पिटल उदयपुर झारिएको छ ।...
खोटाङमा किराती राजा यलम्बर हाङको शालिक राख्न चिहान भत्काउँदा स्थानीयले गरे बिरोध

खोटाङमा किराती राजा यलम्बर हाङको शालिक राख्न चिहान भत्काउँदा स्थानीयले गरे बिरोध

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक १५ कराती राजा यलम्बर हाङको शालिक राख्न सयौँ चिहान भत्काईएको भन्दै स्थानीयले बिरोध जनाएको छ । करिब १४ करोडको लगानीमा निर्माण गर्न लागिएको शालिकका लागि सयौँ चिहानहरु भत्काउनु पर्ने भएपछि चिहान भत्काउने कार्य सुरु भएको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाको पञ्चरदोबाटोमा चिहान भत्काइएपछि स्थानीयले विरोध जनाएका हुन् । त्यहाँ यलम्बरको एक सय फिट अग्लो शालिक राखिँदैछ । विरोधकै कारण ७ कात्तिकदेखि शालिक तथा पार्क निर्माणको काम अगाडि बढ्न सकेको छैन ।२ कात्तिकमा शालिक तथा यलम्बर पार्क शिलान्यास गरिएको थियो । १५–२० वटा चिहान भत्काउने र कंकाल,अवशेष संकलन गरेर आत्मघर बनाएर राख्ने भनिए पनि एक सयभन्दा बढी चिहान भत्काइएको नवगठित भूमिपुत्र किरात उपभोक्ता समितिका डार्विन राईले बताए । चिहान भत्काइएपछि उपभोक्ता समितिमा आवद्ध स्थानीय विरोधमा उत्रिएका छन् । तर, बुईपाक...
राष्ट्रिय पहिचान बोकेको लालीगुराँस उदयपुरमा पाइन्छ, तर संरक्षणमा ध्यान कसैको गएन

राष्ट्रिय पहिचान बोकेको लालीगुराँस उदयपुरमा पाइन्छ, तर संरक्षणमा ध्यान कसैको गएन

Breaking News 1, पर्यटन, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, कात्तिक १५ । “ए ! वनपाखा रातै हुन्थ्यो, त्यो बेला त कम्ता रमाइलो हुन्थेन” विगतलाई सम्झदै रौतामाईकी स्थानीय मधुकुमारी राईले भन्नुभयो “आजभोली त औषधि जस्तै खोज्न पर्छ” । विगत दश वर्षयता लालीगुराँस मासिदै गइरहेको स्थानीयहरु बताउछन् । जिल्लाको प्रमुख धार्मीक एवम् पर्यटकीय स्थल रौता पोखरी क्षेत्रमा लालीगुराँस हेर्नकै लागि पनि मानिसहरु जाने गर्दथे । अहिले त्यो अवस्था छैन । चैत बैंशाखमा फुल्ने लालीगुराँसले उदयपुरमा संरक्षण नपाउदा मासिदै गएको छ । संरक्षणमा कसैको चाँसो नहुँदा राष्ट्रिय फुल लालीगुराँस उदयपुरमा मासिएको हो । राष्ट्रिय पहिचान बोकेको गुराँस उदयपुरमा पनि पाइन्छ भन्दा आफैमा गौरब लाग्ने र मन रमाउने कुरा त हो तर, संरक्षणमा कसैले ध्यान दिएका छैनन् । भएकाको संरक्षण नहुनु मात्र हैन, स्थानीयले दाउराका लागि काट्ने गरेपछि झनै मासिएको हो । रौतामाई गाउँपालिकाका पूर्व शिक्षक दुर्ग...