Monday, April 20News That Matters

Month: ४ वर्ष अगाडि

राई र उराउले हात पारे ‘मिस्टर एण्ड मिसेस प्रभिन्स वान’ को उपाधि

राई र उराउले हात पारे ‘मिस्टर एण्ड मिसेस प्रभिन्स वान’ को उपाधि

Breaking News 1
सुरेन्द्र भण्डारी पूर्णपुष्टि, कार्तिक १६ स्काई क्रिएटर्स इन्टरटेनडमेण्ट प्रा.लि.ले आयोजना गरेको ‘मिस्टर एण्ड मिसेस प्रभिन्स वान’अन्तरगतको तेस्रो संस्करणको उपाधि मुस्कान साम्पाङ राई र एलिषा उराउले हात पारेका छन् । ‘मेल’तर्फको उपाधि केर्खा निवासी राईले हात पारेका हुन् भने ‘फिमेल’ तर्फको उपाधि बिराटनगरकी उराउले जितेकी हुन् । प्रा.लि.ले ‘मिस्टर एण्ड मिसेस प्रभिन्स वान’ को तेस्रो संस्करण बिर्तामोडमा सम्पन्न गरेको थियो । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको प्रमुख आतिथ्य एवम् प्रालिका अध्यक्ष सन्दीप राजवंशीको अध्यक्षतामा भएको फाइनल प्रतियोगीताका विजेताले उपाधिसंगै ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा सहभागी विजेतालाई काठमाडौंका विभिन्न कलेजमा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने बताइएको छ । प्रतियोगिता अन्तरगत फष्ट रनरअप जस...
१५ कार्य समिति सहित प्रेस सेन्टर उदयपुर गठन

१५ कार्य समिति सहित प्रेस सेन्टर उदयपुर गठन

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक १६ प्रेस सेन्टर नेपाल उदयपुरमा १५ जना कार्यसमिति चयन भएको छ । सुपराज राईको अध्यक्षतामा १५ कार्यसमिति रहने गरी प्रेस सेन्टर नेपाल उदयपुर गठन भएको हो । मंगलबार ड्रिमल्याण्ड होटलको सभाहलमा भएको सेन्टरको ५ औँ अधिवेशनले समिति चयन गरेको छ । पार्टीका नेता मोहन खत्री लगायत नेताहरुको उपस्थितिमा अधिवेशन सम्पन्न गरिएको थियो । अधिवेशन बाट बन्द सत्रले समिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा अभिमन्यु लामिछाने, समावेशी उपाध्यक्षमा रुपा राई, सचिवमा होम वहादुर बस्नेत, सह–सचिव दिनेश राई, समावेसी सह–सचिव युवाराज कार्की, (सन्तोस) कोषाध्यक्षमा बिक्रम राई चयन भएको छ भने, सदस्यहरुमा चन्द्र राई, बिजय कार्की, विमल पराजुली, पुजा राजधामी, सुजना राई, सिताराम राउत, चेवाङ राई र सुवास राईडोने चयन भएको छ । यता केन्द्रीय प्रतिनिधिमा महेश्वर चाम्लीङ र प्रदेश प्रतिनिधिमा विदुर कटुवाल रहेका छन्...
प्रदेश नं १ को तेस्रो मुख्यमन्त्री राजेन्द्र राईले आज सपथ खाँदै

प्रदेश नं १ को तेस्रो मुख्यमन्त्री राजेन्द्र राईले आज सपथ खाँदै

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, कार्तिक १५ प्रदेश नं १ मा राजेन्द्र राई तेस्रो मुख्यमन्त्री बनेको छ । नेपालको राजनितिक असरका कारण नेतृत्व हेरफेरको क्रम चलिरहँदा राई प्रदेश नं १ को तेस्रो मुख्यमन्त्री बनेको हो । ५ बर्षको मुख्यमन्त्री कार्यकालको पहिलो मुख्यमन्त्री शेरधन राई बनेका थिए । पछि कम्युनिष्ट फुटेपछि देशैभर राजनिति स्थिरता छायो । यसैको प्रभावले फेरी दोस्रो मुख्यमन्त्रीको रुपमा भिम आचार्य नियुक्ती भए । उनि नियुक्ती भएको केहि हप्तामै अल्पमतमा परे । मुख्यमन्त्रीकै लागि एमालेमा बसेका आचार्यले अल्पमतमा परेपछि राजिनामा दिनु पर्यो । यता सरकार गठबन्धनको साहारामा चलिरहेको छ । सरकार संञ्चालनका लागि प्रदेश र केन्द्रमा मन्त्रि विस्तार तथा सत्ता साथगाँठको काम चलिरहेको छ । एमाले भित्र पार्टी फुट्को असरका कारण नेकपा एकिकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राई प्रदेश नं १ को तेस्रो मुख्यमन्त्रीको रुपमा प्रस्त...
नेकपा एसको त्रियुगा १२ वडा कमिटी गठन, ३५ अन्य पार्टी प्रवेश

नेकपा एसको त्रियुगा १२ वडा कमिटी गठन, ३५ अन्य पार्टी प्रवेश

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक १६ नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको त्रियुगा नगरपालिका वडा नम्वर १२ को वडा कमिटी प्रथमलाल चौधरीको अध्यक्षतामा गठन भएको छ । आज गाईघाटमा आयोजित एक कार्यक्रममा ५१ सदस्यीय वडा कमिटी गठन भएको हो । वडा कमिटीको उपाध्यक्षमा शिबकुमार चौधरी, जोहरा खातून सचिव निर्मला मगर सह–सचिव बिमला बिक र कोषाध्यक्ष पदमा सुनिता भगत सर्वसम्मत रुपमा चयन भएका छन । कमिटीमा करिब ६१ प्रतिशत महिलाहरुको प्रतिनिधित्व रहेको छ । कमिटीका सबैलाई एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य बलदेव चौधरीले शपथ ग्रहण गराउनु भएको थियो । सोही कार्यक्रममा एमाले र काँग्रेस परित्याग गरी आउने ३५ जनालाई पोलिटब्यूरो सदस्य चौधरीले स्वागत गर्दै सदस्यता प्रदान गर्नु भएको छ । कार्यक्रममा नेपालको कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी धारलाई पछ्याउँदै ओली एमालेले कम्युनिष्टको बदनाम गरेको धारणा व्यक्त गर्दै चौधरीले एकीकृत समाज...
आज बिहान भएको ट्रक दुर्घटनामा परी चालकको मृत्यु, सह–चालक घाइते

आज बिहान भएको ट्रक दुर्घटनामा परी चालकको मृत्यु, सह–चालक घाइते

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक १६ तेह्रथुममा आज बिहान भएको ट्रक दुर्घटनामा परी चालकको ज्यान गएको छ, भने सह–चालक घाइते भएका छन् । जिल्लाको फेदाप गाउँपालिका–२ भित्री सडक खण्डमा ओसीडाँडा देखी सदरमकुकाम म्याङलुङ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख २७७० नम्बरको ट्रक आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना भएको थियो । ट्रक चालक काभ्रेपलान्चोकका २७ वर्षीय रोहित अधिकारी र सह–चालक २४ वर्षीय सुदिप राई घाईते भएका थिए । घाईतेहरुलाई उपचारको लागी जिल्ला अस्पताल म्याङलुङ पठाईएकोमा उपचारको क्रममा चालक अधिकारीको ज्यान गएको तथा सह–चालकको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
मोटरसाईकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु

मोटरसाईकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक १६ गएराति रौतताहटमा भएको मोटरसाईकल दुर्घटनामा एक प्रहरी जवानको ज्यान गएको छ । ज्यान जानेमा सर्लाहीको धनकौल वैरिया घर भई दुर्गा भगवती गाउँपालिका बडहराका प्रहरी चौकीमा कार्यरत ३३ बर्षिय रामनिवास यादव रहेको छ । बागमती नदीको पुलमा सोमवार राति सवा ८ बजे मोटरसाइकल दुर्घटना भएको थियो । गढी माई नगरपालिकाको धरमपुरस्थित बागमती नदीको पुलमा ठोक्किएर प्रहरी जवान यादवको मृत्यु भएको रौताहट प्रहरीले जनाएको छ ।...
त्रियुगा उद्योग बाणिज्य संघको अधिवेशन पुष ३ गते हुने, अधिवेशनले नै चुनावको मिति तोक्ने

त्रियुगा उद्योग बाणिज्य संघको अधिवेशन पुष ३ गते हुने, अधिवेशनले नै चुनावको मिति तोक्ने

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक १६ त्रियुगा उद्योग बाणिज्य संघले यहि पुष ३ गते साधारण सभा तथा अधिवेशन गर्ने जनाएको छ । संघका कार्यबाहक अध्यक्ष रमेश रसाईलीले मंसिर ५ गते सम्म सदस्यता नविकरण र पुष ३ गते साधारण सभा तथा अधिवेशन गर्ने जनाएको छ । संघको अधिवेशन तथा साधारण सभा सँगै त्यहि अधिवेशनले नै चुनावको मिति तोक्ने अध्यक्ष रसाईलीले बताए । लामो समय सम्म विवादमा रहेको संघले हालै मात्र कार्यबाहक अध्यक्ष पाएपछि संघको काम कार्वाही अघि सारिएको छ । पुर्व अध्यक्ष गजेन्द्र भगतले समयमै साधारण सभा तथा अधिवेशन गर्न नसक्दा चुनावको प्रक्रिया अगाडी बढ्न सकेको थिएन् । भगतको कामलाई विरोध जनाउँदै बहुमतको कार्यसमितिले अध्यक्ष भगतलाई कार्वाही समेत गरी कार्यवाहक अध्यक्ष रसाईलीले संघको कार्यविधिविधानलाई अगाडी बढाए । अध्यक्ष रसाईलीले अब तत्कालै संघको चुनावका लागि साधारण सभा तथा अधिवेशन गर्न लागिएको जनाए । संघमा...
नियात्रा मिरिक-दार्जिलिङ्ग संक्षिप्त यात्रा : सघनअनुभूति

नियात्रा मिरिक-दार्जिलिङ्ग संक्षिप्त यात्रा : सघनअनुभूति

Breaking News 1, बिचार
पुण्य कार्की मेरा निम्ति त्यहाँको झील र जंगल प्रकृतिका अद्भूत सिर्जना थिए । धुपी सल्लाको घारीमा पसेर केहीक्षण ध्यानमग्न बनेँ । आनन्दको अर्कै दुनियाँमा हराएँ । धुपी सल्लाको निश्चल शान्तिले म भित्र पनि शान्ति र ध्यानको वीज रोपिदियो । लाग्यो घन्टौ त्यहि जंगलमा हराऔँ । घण्टौँ तपस्यामा लीन रहूँ । तर, मलाई त्यसको लागि अवकाश थिएन । साथी पछयाउनुको वाध्यता र हतारो थियो । यहाँबाट दार्जिलिङ्ग साठी किलोमिटर दूर छ । यहाँका मनरम र कलात्मक चियावगान सुन्तलावगैँचा, हरियाली वनपर्वत, तलाउ र पोखरी जतिघुमेर पनि म अघाएको थिइनँ । मिरिक लेकनामको प्राकृतिक तालमा नौकाविहार चलिरहेको छ । धुपी–वृक्ष वनको वीचभागमा अवस्थित यस तलाउको वरिपरि साढे तीनकिलोमिटर घेराबन्दी छ । जहाँ तरहतरहका घोडाहरु तैनाथ छन् घोडसवार गर्नेका लागि । हामीले हिँडेरै आनन्द लियौँ । त्यहाँको रमिते डाँडाबाट नयनाभिरामहिमशृङखलाको दृश्य देखिँदो रहेछ । द...
स्रोत नखुलेको साढे ८ लाखसहित तीन जना पक्राउ

स्रोत नखुलेको साढे ८ लाखसहित तीन जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक १५ स्रोत नखुलेको साढे आठ लाख रुपैयाँसहित कैलालीबाट तीन जना पक्रांउ परेको छ । धनगढी बसपार्कमा रहेको होटल अमन प्लाजाबाट ८ लाख ६९ हजार रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बझाङको मष्टा गाउँपालिका–१ कोटदेबलका २२ वर्षीय मुकेश खड्का,१८ वर्षीय किरण खड्का र २४ वर्षीय नारायण खड्कालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई विशेष सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनीहरूको साथबाट तीन हजार दुई सय भारतीय रूपैयाँ, ३४ ग्राम ३६० मिलिग्राम सुनका गरगहना र ७३७ ग्राम ७८० मिलिग्राम बराबरका चाँदीका विभिन्न गरगहन पनि बरामद गरिएको प्रहरीले जनाएको छ । नगद र गरगहनासहित पक्राउ परेका उनीहरूलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको प्रहरीले जनाए...
भाइटीकाको उत्तम साइत सार्वजनीक

भाइटीकाको उत्तम साइत सार्वजनीक

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक १५ यही आउन लागेको कार्तिक २० गते पर्न गएको भाइटीकाको उत्तम साइत सार्वजनीक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटको रहेको छ । विकास समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले यस वर्षको भाइटीकाको साइत यही कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा रहेको जानकारी दिनुभएको छ ।...