त्रियुगा नगरपालिकाले सुरु गर्यो एसएमएस सुचना प्रणाली
पूर्णपुष्टि, पुष १६
“त्रियुगा नगरपालिकाका सम्पूर्ण टोल विकास संस्थाहरुलाई मोवाईल एस.एम.एस. सेवामा हार्दिक स्वागत छ । यस मोवाईल एस.एम.एस. सेवा मार्फत नगरको सूचना र गतिविधीहरुलाई नियमित रुपमा नगरबासीलाई जानकारी गराईनेछ” यो सुचना उदयपुरको त्रियुगा नगरपालिकाले एसएमएस सूचनाको प्रणाली मार्फत टोलटोलमा पुराएको छ । नगरले एसएमएस सूचना प्रणालीको सुरुवात गर्दै जनताहरुलाई सहज र सरल हिसावले सूचनाको पूहँच पराउने भन्दै एसएमएस सूचना प्रणाली सुरु गरेको जनाएको छ ।
पालिकाका मेयर बलदेव चौधरीले शुक्रबार ल्यापटपमा एसएमएस सुचना प्रणालीमा क्लिक गर्दै सुरुवात गर्नुभयो । मेयरले क्लिक गरे लगत्तै ३७५ वटा टोल विकास संस्थाका अध्यक्षहरुको मोवाईलमा एसएमएस सुचना पुग्यो । मोवाईलमा यस्तो सुचना आए लगत्तै टोल विकास संस्था नविकरण गर्ने र कोभिड १९ विरुद्धको खोप लगाउनेबारे सुचनाहरु पनि आयो । टोल विकास संस्थाका अध्यक्षहरु ...









