Monday, April 20News That Matters

Month: ४ वर्ष अगाडि

उदयपुरमा पूर्व–पश्चिम बरुवा बसर्पाक आजदेखि सञ्चालन

उदयपुरमा पूर्व–पश्चिम बरुवा बसर्पाक आजदेखि सञ्चालन

Breaking News 1, समाचार
पूर्णपुष्टि, मंसिर १६ उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका–१३ अन्तर्गत रहेको बसपार्क मेयर बलदेव चौधरीले उद्घाटन गरेसंगै सञ्चालनमा आएको छ । पूर्वपश्चिम मदन भण्डारी राजमार्गमा बढ्ने सवारी चाँपलाई मध्यनजर गर्दै निर्माण भएको पूर्वपश्चिम बरुवा बसपार्क विहिबारबाट सञ्चालनमा आएको हो । काठमाडौंको रात्रीकालिन बस तथा जिल्लाको पहाडी क्षेत्रका सवारी साधनलाई लक्षित गरी बसपार्क सञ्चालन भएको हो । बसपार्क क्षेत्रलाई रिफ्रेस सेन्टरकै रुपमा विकास गरिने भएको छ । काठमाडौंसम्मका रात्रीकालिन बस दैनिक पाँचदेखि दशवटासम्म छन् । जिल्लाको विभिन्न ग्रामिण भेगका लागि दैनिक तीन दर्जनबढि सवारी साधन चल्ने गरेका छन् । सो ठाउँमा निर्माण गरिएका सटरहरु टिकट काउन्टरका लागि प्रयोग गरिनेछन् । अपुग भएको खण्डमा नगरपालिकाले टिकट घर निर्माण गर्ने मेयर चौधरीले बताउनुभयो । पार्किङस्थल, गाडीधुने ठाउँ, यात्रु प्रतिक्षालय, ...
लागुऔषध सहित २ युवक पक्राउ

लागुऔषध सहित २ युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर १६ मोरङ पथरीशनिश्चरे नगरपालिका १ बुद्ध चौकबाट लागु औषध सहित २ जनालाई प्रहरिले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पथरीशनिश्चरे २ का २० बर्षिय सल बहादुर गुरुङ र २० बर्षिय सागर गोसनी रहेका छन् । हिजो बेलुकी पौने ४ बजे ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा उनिहरुको साथबाट लागु औषध ट्रमाडोल १४८ ट्याब्लेट र स्पास्पेन १०९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय पथरीले थप अनुसन्धान गरिरहेको छ ।...
उदयपुरमा गाँजा सहित २ युवक पक्राउ

उदयपुरमा गाँजा सहित २ युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, मंसिर १६ उदयपुरको चौदण्डिगढी नगरपालिका–४ नमुना चौकबाट गाँजा सहित प्रहरिले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी सप्तकोशी नगरपालिका ९ कमलपुर का २९ बर्षिय जिबछ मण्डल र १९ बर्षिय रुपेश कुमार सरदार रहेका छन् । हिजो बेलुका साढे ४ बजे ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा स। ११ प ९७९ नम्बरको मोटरसाईकलमा सवार रहेका उनिहरुको साथबाट ६ सय ग्राम गाँजा बरामद गरेको हो । मोटरसाईकल सहित पक्राउ परेका दुबैजनालाई  ईलाका प्रहरी कार्यालय बेल्टारले थप अनुसन्धान गरिरहेको छ ।...
मालपोत कार्यालयका हाकिम र वडाका अमिन लाखौँको चेक र नगद लिँदालिँदै पक्राउ

मालपोत कार्यालयका हाकिम र वडाका अमिन लाखौँको चेक र नगद लिँदालिँदै पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, मंसिर १५ अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको टोलीले मालपोत कार्यालय चनौलीका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका–२० का अमिन वीरेन्द्रबहादुर कठायतलाई घूस लिँदै गर्दा पक्राउ गरेको छ । चितवन स्थित सेवाग्राहीबाट घूस लिँदै गर्दा मालपोत कार्यालयका प्रमुख पौडेल र वडा कार्यालयका अमिन कठायतलाई अख्तियारले पक्राउ गरेका हुन् । प्रमुख पौडेलका साथबाट अख्तियारको टोलीले १५ लाखको चेक र ५० हजार नगद बरामद गरेको छ । उनलाई कार्यालयभित्रै रहेको क्वाटरमा घूस लिँदै गर्दा पक्राउ गरिएको हो । प्रमुख पौडेलले १५ लाखको चेक घूस नभई आफूले लिनुपर्ने ठाँउबाट पाएको बताएका छन् । मालपोत अधिकृत र वडा कार्यालयका अमिनले भरतपुरका एक सेवाग्राहीसँग जग्गाको कित्ताकाट गरिदिने भन्दै घूस लिएका हुन् । करिब ३८ कट्ठा जग्गा आफ्नै बाबुबाट श्रीमती, छोरा र छोरीको नाममा अंशबन्डा गरिदिन भन्दै सेवाग्राही ...
आठ महिने बालकको डुबेर मृत्यु

आठ महिने बालकको डुबेर मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर १५ संखुवासभा मकालु गाँउपालिका–५ चौलाखर्क स्थितमा ८ महिनाको बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा हर्क बहादुर तामाङको ८ महिनाको छोरा सक्षम तामाङ रहेका छन् । हिजो दिउँसो पौने ३ बजे घर नजिकैको माछा पोखरीमा डुबेर घाईते भएका बालकलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र नुम लगिएकोमा उपचारको क्रममा पौने ५ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
लागूऔषध सहित युवक पक्राउ

लागूऔषध सहित युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर १५ मोरङको विराटनगर महानगरपालिका १५ स्थितबाट लागूऔषध सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका १५ का २१ बर्षीय बिशाल खड्का रहेका छन् । आज बिहान साढे ७ बजे लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लुपिजेसिक २० एम्पुल, डाईजाल्याब १० एम्पुल, एभिल २० एम्पुल, फेनारगन १० एम्पुल , डाईजोपाम १० एम्पुल, नाईट्रोसन ३० ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका खड्काको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।...
भरुवा बन्दुक सहित १ जना पक्राउ

भरुवा बन्दुक सहित १ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर १५ संखुवासभा पाँचखपन नगरपालिका५ खमारे स्थित ५६ बर्षिय राम बहादुर राईलाई भरुवा बन्दुक सहित पक्राउ गरिएको छ । हिजो बिहान ११ बजे जिल्ला प्रहरी कार्यालयले बिशेष सुचनाको आधारमा राईको घरमा खानतलासि गर्दा गोठमा परालले छोपि लुकाई राखेको अवस्थामा १ थान भरुवा बन्दुक फेला परेको हो । पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले थप अनुसन्धान गरिरहेको छ ।...
५५ हजार राशिका साथ खोटाङको खोटेहाङ गाउँपालिका सावाकटहरे अन्तर वडा स्तरी भलिवल प्रतियोगिता आजबाट सुरु

५५ हजार राशिका साथ खोटाङको खोटेहाङ गाउँपालिका सावाकटहरे अन्तर वडा स्तरी भलिवल प्रतियोगिता आजबाट सुरु

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, मंसिर १५ खोटाङको खोटेहाङ गाउँपालिका स्थित सावाकटहरे अन्तर वडा स्तरीय भलिवल प्रतियोगिता आजबाट हुँदैछ । खोटेहाङ गाउँपालिका वडा नं ३ सावाकटहरे खोटाङको मुख्य प्रायोजन र युवा तथा खेलकुद विकास समितिको आयोजनामा दोस्रो सावाकटहरे अन्तर वडा स्तरीय भलिवल प्रतियोगिता आज बाट सुरु भएको आयोजकले जनाएको छ । गाउँपालिका प्रमुख प्रदिप राईले खेलको औपचारिक उद्घाटन गर्ने भएको छ । आयोजक सहित करिब १० टिमले खेलमा सहभागी जनाउने कार्यक्रम संयोजक आभिष राईले जानकारी दिए । खेलको भव्य तयारीका साथ बुधबार बाट प्रतियोगिता भएको राईले बताए । खेल आज बाट सुरु भई १८ गते सम्म हुने भएको छ । प्रतियोगितामा प्रथम हुनेले रु ५५ हजार नगद अन्य पुरस्कारहरु समेत पाउने छ ।...
मेरुदण्ड भाँचिएर थला परेका राईको आर्थिक अभावमा उपचार हुन सकेन, आर्थिकको लागि सहयोगको अपिल

मेरुदण्ड भाँचिएर थला परेका राईको आर्थिक अभावमा उपचार हुन सकेन, आर्थिकको लागि सहयोगको अपिल

Breaking News 1, समाचार
पूर्णपुष्टि, मंसिर १५ उदयपुर जिल्ला,रौतामाई ग़ाउपालिका वार्डन ३ लाफागाउँका मणि कुमारी राईको परिवारले आर्थिक सहयोगको अपिल गरेको छ । ब्लड प्रेसर हाईका कारण घरको माथिल्लो तलाबाट खसेर मुरुदण्ड बाँचिएका राईको आर्थिक अभावकै कारण उपचार हुन सकिरहेको छैन् । राई परिवारले सबै सामु सहयोगगको अपेक्षा गर्दै उपचारमा ठेवा पुराईदिन अनुरोध गरेको छ । ४३ बर्षिया राईको ३ छोराछोरी छन् । आफ्नो त्यो अवस्थाका कारण छोराछोरीहरुको पढाई पालन पोसनमा समेत ठुलो असर परेको छ । गत बार्षको पौष ८ मा लडेर थलिएको राईको आर्थिक समस्याले समयमै उपचार हुन नसक्दा झनै जटिल अवस्था बन्दै गएपछि परिवारले सहयोगको अपिल गरेको हो । राईले पुरै मेरुदण्ड ढाँड गुमाएको छ । उनि हिड्डुल गर्न र अन्य सामान्य कामहरु समेत गर्न सक्दैनन् । परिवारको अनुसार उनी अहिले नर्कको जिवन विदाई रहेको जनाएको छ । उनिलाई पहिले झै सामान्य अवस्थामा ल्याई छोराछोर...