Monday, November 9News That Matters

Month: ५ वर्ष अगाडि

उदयपुरबाटै ई–पासपोर्ट सुविधा

उदयपुरबाटै ई–पासपोर्ट सुविधा

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष १५ उदयपुर जिल्लामै ई–पासपोर्ट (विद्युतीय राहदानी) को लागि निवेदन लिन थालिएको छ । ई–पासपोर्टका लागि जिल्ला प्रशासन कार्यालयबाट अनलाइन फारम भर्ने र कागजातहरू सिष्टममा अपलोड गर्न थालिएको हो । जिल्ला प्रशासन कार्यालय उदयपुरका कम्प्युटर अपरेटर सुनिल पोखरेलका अनुसार अपलोड गर्ने कागजातहरू चार सय किलो वाइटभन्दा कम साइजको हुनुपर्छ । यसका लागि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य चाहिन्छ । नयाँ प्रविधि भएकाले समय लाग्ने र आलोपालो मिलाउनु पर्ने भएकाले फारम भर्न जिल्ला प्रशासन आउदाँ समय लिएर आउन जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले बताउनुभयो । प्राप्त जानकारी अनुसार ई–पासपोर्टको लागि आवेदन पेश भएपछि १५ दिनभित्र बनेर आउँने पोखरेलले जानकारी दिनुभयो । के हो ई पासपोर्ट ? ई–पासपोर्ट अन्तर्राष्ट्रिय स्तरमा प्रचलनमा छ । अन्तर्राष्ट्रिय नागर...
प्रख्यात र्यापर ‘लाहुरे’ लागुऔषध मुद्दामा पक्राउ

प्रख्यात र्यापर ‘लाहुरे’ लागुऔषध मुद्दामा पक्राउ

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, पुष १५ ‘लाहुरे’ को नामबाट परिचित प्रख्यात र्यापर आशिष राना पक्राउ परका छन् । ‘लाहुरे’ लाई पोखराको न्युरोडबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई लागुऔषध मुद्दामा पक्राउ गरिएको हो । उनी हिजो बेलुकी पक्राउ परेका हुन् । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
चन्द्रागिरिमा ३० वर्षीय युवाको शव फेला

चन्द्रागिरिमा ३० वर्षीय युवाको शव फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष १५ चन्द्रगिरिमा एक ३० वर्षीय युवाको शव फेला परेको छ । काठमाडौंका चन्द्रागिरि नगरपालिका–४ स्थित चित्लाङ जाने सडकमा सुजन लामाको शव भेटिएको हो । प्रहरीकोे टोली र अपराध महाशाखाको टोली घटनास्थलमा पुगेको छ । शवको फोरेन्सिक जाँचका कारण चिकित्सकको टोली पनि घटनास्थल पुगेको प्रहरीले जनाएको छ ।...
१७ दिनदेखि बेपत्ता भएको एक बालकको शव फेला

१७ दिनदेखि बेपत्ता भएको एक बालकको शव फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष १५ १७ दिनदेखि बेपत्ता भएको एक जना १२ वर्षीय बालकको शव फेला परेको छ । पर्वतको मोदी गाउँपालिका–६ तिलाहारका सन्देश लामिछानेको मङ्गलबार साँझ फेला परेको हो । प्रहरीकाअनुसार मङ्सिर २४ गते दिउँसो घरबाट गोरु फुकाएर चराउन निस्किएका बालक सोही दिन बेलुका गोरु फर्किएको र उनी नफर्किएपछि गाउँलेहरूले खोजी सुरु गरेका थिए । फेला नपरेपछि डिमुवा प्रहरी कार्यालयमा २७ मङ्सिरमा खबर गरेका थिए । प्रहरीकाअनुसार सुस्त मनस्थिति र बोलीमा समस्या भएका कारण उनको उद्धार समयमा हुन नसकेको हो । जङ्गली जनावरले शरीरका विभिन्न अङ्ग खाएको अवस्थामा शव फेला पारेको प्रहरीले जनाएको छ । बालक रात्माटा र दराकको बीचमा पर्ने खोपी भन्ने स्थानमा मृत अवस्थामा फेला परेको हो । उनको मृत्युको यथार्थ विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।...
बाँकेको भेरी अस्पताल क्वाटरमा एकै परिवारको ४ जनाको मृत्यु, ३ जना घाईते, निसास्सिएर मृत्यु भएको प्रारम्भीक अनुमान

बाँकेको भेरी अस्पताल क्वाटरमा एकै परिवारको ४ जनाको मृत्यु, ३ जना घाईते, निसास्सिएर मृत्यु भएको प्रारम्भीक अनुमान

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष १५ बाँकेमा अस्पतालमा निसास्सीएर एकै परिवारको ४ जनाको ज्यान गएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ । अन्य तीन जनाको उपचार भइरहेको छ । मृत्यु हुनेमा कालीकोटको खाडाचक्र घर भएका धनप्रसाद भट्टराई, धनप्रसादकी आमा कोकिला भट्टराई, दिदी नन्दकली र उनका तीन महीनाको छोरा इप्सन भट्टराईको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । परिवारका सातै जना सदस्य अस्पताल परिसरमै रहेको क्वाटरको एउटा कोठामा सुतेका थिए । आज बिहान अबेरसम्म पनि ढोका नखुलेपछि प्रहरीको टोली पुगेर ढोका खोल्दा सबै बेहोस अवस्थामा भेटिएका थिए । त्यसपछि उनीहरुलाई अस्पतालमा उपचार गर्न लगिएको थियो । उपचारको क्रममा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । धनप्रसादकी श्रीमती सुशीला, ३ वर्षीय छोरा विवश र...
लिम्चुङबुङको ढुकुरथुममा १ करोड ४८ लाख बराबरको सिचाई आयोजना सम्पन्न

लिम्चुङबुङको ढुकुरथुममा १ करोड ४८ लाख बराबरको सिचाई आयोजना सम्पन्न

Breaking News 2, लिम्चुङबुङ डायरी, समाचार
पूर्णपुष्टि, पुष १५ उदयपुरको पहाडी पालिका लिम्चुङबुङ गाउँपालिकामा ठुलो लगानीमा सिँचाई आयोजना सम्पन्न भएको छ । वडा नं। ५ ढुकुरथुम जाँतेमा सिचाई आयोजनाको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । आयोजनाको सम्पूर्ण काम सम्पन्न भएपछि उद्घाटन कार्यक्रम सम्पन्न गरेको हो । योजना निर्माणका लागि २०७१ सालमा सिचाई डिभिजन कार्यालय उदयपुरबाट पहिलो किस्ता १ लाख ९० हजार बजेट बिनियोजन भएपछि २०७१ साल चैत १५ गतेदेखि ढुकुरथुम सिचाई योजनाको काम विधिगत रुपमा अघि बढेको थियो । ढुकुरथुमका युवा नेता तथा स्थानीय प्रविन राईले कामको थालनी भएपछि सिचाई डिभिजन कार्यालय उदयपुरले क्रमागत रुपमा रकम बिनियोजन गर्दै १ करोड ३४ लाख रुपैया विनियोजन गरेको र जनश्रमदान वापत १४ लाख ७४ हजार सहयोग प्राप्त भएको बताए ।’ उनले सोहि अन्तरर्गत, कूल लागत १ करोड ४८ लाख ७४ हजार रुपैयाले योजना सम्पन्न भएको जानकारी दिए ।सिचाई योजना सफल भएसँग...
आज गुरुङहरुको तमु ल्होसार धुमधाम मनाईँदै

आज गुरुङहरुको तमु ल्होसार धुमधाम मनाईँदै

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, पुष १५ आज गुरुङ जातिहरुको बिषेश चाँड तमु ल्होसार धुमधामका साथ मनाईदैछ । नेपालमा बिभिन्न जातजातिहरु मध्ये गुरुङ जातिहरुले आफ्नो संस्कार संस्कृति र पहिचानलाई बचाउन यो चाँडलाई बिषेश गरी मनाउँदै आएको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् । ल्होसार विशेषगरी तीन किसिमका हुन्छन् । तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्वो ल्होसार । तमु ल्होसार गुरुङ समुदायले प्रत्येक वर्ष पुस १५ का दिन मनाउने गर्छन् भने सोनाम ल्होसार तामाङ समुदाय र ग्याल्वो ल्होसार हिमाली जनजातिले आ(आफ्नो तिथि(मिति अनुसार मनाउने गर्छन् । समग्रमा ल्होसारको अर्थ नयाँ वर्षको आरम्भ भन्ने नै हो । चक्रीय रूपमा विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीको प्रतीक स्वरूप रहने गर्दछ । जसलाई तमु भाषा...
सुनचाँदी ब्यवसायीहरु साधारणसभाको पक्षमा, विनात्रास, स्वतन्त्रपुर्बक काम गर्ने अधिकारका लागि एकजुट

सुनचाँदी ब्यवसायीहरु साधारणसभाको पक्षमा, विनात्रास, स्वतन्त्रपुर्बक काम गर्ने अधिकारका लागि एकजुट

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि (उदयपुर), पुस १४ । उदयपुर सुन चाँदी ब्यवसायी संघले व्यवसायीहरुलाई विना त्रास, स्वतन्त्रपूर्वक काम गर्ने वातावरणको माग गरेको छ । संघले आज सुन चाँदी ब्यवसाय सम्बन्धी बर्तमान अवस्था अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै यस्तो माग गरेको हो । ब्यवसायीहरुले संघको केन्द्रिय सह कोषाध्यक्षसमेत रहेका त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका कार्यवाहक अध्यक्ष रमेश रसाईलीको सुनचाँदी पसल रुजल ज्वेलर्समा एक्कासी छापा हानेको घटनालाई अर्थपूर्ण ढंगले हेरिएको बताएका छन् । संघको गरिमा तथा तमाम् ब्यापारी, ब्यवसायी हितमा रहेर लडिरहेका रसाईलीकै पसलमा एक्कासी छापा मारिनुले पूर्वाग्रही ढंगले उजुरी गरिएको आरोप उनीहरुको छ । राजस्व अनुसन्धान कार्यालय इटहरीले अनुसन्धान जो कोहीलाई गर्नु पाउनु स्वभाविक भएपनि रसाईली कै पसललाई मात्र टार्गेट गरिनु अहिलेको अवस्थामा शंकास्पद अवस्थामा हेरिएको उनीहरुले बताए । यसले ...
अब उदयपुरको सबै पालिकाहरुमा बजार निरीक्षण अधिकृत राखिने

अब उदयपुरको सबै पालिकाहरुमा बजार निरीक्षण अधिकृत राखिने

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष १४ अब उदयपुरको प्रत्यक आठ ओटै पालिकाहरुमा बजार निरीक्षण अधिकृत राखिने भएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरका साहायक जिल्ला प्रमुख अधिकारी विनोद कुमार पोखरेलले बजार गुनस्तर तथा चुस्त दुरुस्त पार्न जिल्लाको आठ ओटै पालिकाहरुमा बजार निरीक्षण अधिकृत राखिने जनाएको छ । उपभोक्ता हितमा सहायक प्रमुख जिल्ला अधिकारी मात्र निरीक्षण अधिकृत रहेको उदयपुरको अवस्थामा अव, भने थप आठै पालिकामा निरीक्षण अधिकृत थप हुने पोखरेलले जनाए । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजन रहनेगरी जिल्लाको चार नगरपालिका र चार गाउँपालिका गरी आठै पालिकामा बजार निरीक्षण अधिकृत राख्ने भएको हो । निमित्त प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलका अनुसार सबै पालिकामा बजार अनुगमन प्रभावकारी होस् भन्ने हेतुले निरीक्षण अधिकृतहरु थप्न लागिएको हो । नेपालको संविधान २०७२ को धारा ४४ ले प्रत्येक उपभोक्तालाई गुणस्तरीय बस्त तथ...
सहकारी संस्था तथा पसलहरुमा चोरी गर्दै हिँड्ने एक गिरोह पक्राउ

सहकारी संस्था तथा पसलहरुमा चोरी गर्दै हिँड्ने एक गिरोह पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष १४ सहकारी संस्था तथा पसलहरुमा चोरी गर्दै हिँड्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । रातको समयमा चोरी गर्दै हिँड्ने पाँच जना र चोरी गरिएका सामान खरिद गर्ने अर्का एक जनालाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । महाशाखाका अनुसार रातको समयमा सहकारी संस्था तथा पसलहरूमा चोरी गर्दै हिँड्ने गिरोहका रोशन उप्रेती, राम पुनित महतो, राम बाघदास, राजु गुप्ता भन्ने राम विश्वास महतो, अशोक कुमार महतो र कवाडी पसल सञ्चालक शत्रुधन प्रसाद जयसवाल पक्राउ परेका छन् । उनीहरुलाई चोरीको सामान सहित पक्राउ गरिएको महाशाखाले जनाएको छ । गत मंसिर ११ गते थानकोटस्थित विशाल प्लाष्टोक्याव ई. प्रालिबाट राती साढे १२ देखि २ बजेको समयमा पाइप बनाउन प्रयोग हुने तामा र पित्तलबाट बनेको साइजर तथा तामाको तार समेत गरी १८ लाख ७६ हजार ४ सय बराबरको धनमाल चोरी गरेको घटनाको अनुसन्धानका क्रममा उनीहरु पक्राउ परेका हुन्...