Tuesday, November 10News That Matters

Month: ५ वर्ष अगाडि

स्कुलको सामान चोरी गरेको अभियोगमा दुई युवक पक्राउ

स्कुलको सामान चोरी गरेको अभियोगमा दुई युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष १४ सुनसरीको भोक्राहानर्सिङ गाउँपालिका–४ स्थित मोडल पव्लिक स्कूलको सामान चोरी गरेको अभियोगमा दुई युवक पक्राउ परेका छन् । । जिल्लाको भोक्राहानर्सिङ–५ का १८ वर्षीय प्रवेज आलम र २१ वर्षीय सुरज भुजेल स्कूलको समान चोरी गरेको अभियोगमा पक्राउ परेका हुन् । पव्लिक स्कुलको कोठाबाट कम्प्युटरको सीपीयु ३ थान, एलसिडी ३ थान ३, प्रोजेटर मिसिन १ थान र पानी तान्ने मोटर २ थान चोरी भएको थियो । चोरी भएको सुचना प्राप्तहुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा निजहरुको घर नजिकै रहेको परालको टालीमा लुकाई राखेको अवस्थामा उक्त समानहरु बरामद गरिएको हो । दुबै जनाले राती २ बजे हयाक्सो ब्लेडले स्कुलको ढोकाको चाभी काटी उक्त समानहरु चोरी गरका थिए । बरामद भएको समानसहित चोरीमा संलग्न दुबै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।...
पाँचथरमा एकै परिवारको तीन घर जलेर नष्ट हुँदा ५० लाख बराबरको क्षति

पाँचथरमा एकै परिवारको तीन घर जलेर नष्ट हुँदा ५० लाख बराबरको क्षति

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष १४ पाँचथरमा एकै परिवारको तीन घर जलेर नष्ट हुँदा ५० लाख बराबरको क्षति भएको छ । जिल्लाको फालेलुङ गाउँपालिका–३ ताङ्लेपामा आगलागी हुँदा तीनवटा घर जलेर नष्ट भएको हो । ताङ्लेपाका पूर्णबहादुर केरुङको भान्साघरबाट मंगलबार मध्यरातदेखि सुरु भएको आगलागी केरुङकै अन्य दुई घर फैलिएको थियो । काठ र टिनले बनेको भान्साघरमा लागेको आगो नियन्त्रण गर्न नपाउँदै अन्य घरमा सल्किँदा घरमा भएका सम्पूर्ण मालसामान, लत्ताकपडा, नगद तथा गरगहना जलेको जिल्ला प्रहरी कार्यालय पाँचथर जनाएको छ । आगलागी बिहान १० बजे मात्रै पूर्ण नियन्त्रणमा आएको थियो । आगलागीमा करिब ५० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ । आगलागीको कारण भने खुल्न नसकेको जनाईएको छ ।...
उदयपुरमा हराएका ८ थान मोवाईल सम्बन्धित धनीलाई हस्तान्तरण

उदयपुरमा हराएका ८ थान मोवाईल सम्बन्धित धनीलाई हस्तान्तरण

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष १४ उदयपुरको विभिन्न स्थानबाट हराएका आठ थान मोवाईल प्रहरीले खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तण गरिएको छ । विभिन्न समयमा सर्वसाधारणको चोरी भएका तथा आफैले भूलबस हराएका मोवाईलहरु आईएमई कोडको आधारमा खोजतलास गर्दा फेला परेपछि सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको हो । आफ्नो मोवाईल चोरी भएको र कतिपय आफैले हराएकाले खोजी गरिदिन विभिन्न व्यक्तिहरुबाट अनुरोधसहित निवेदन आएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमले बताउनुभयो । सोही निवेदनमा उल्लेख भएको मोवाईल नम्बर र आईएमई कोडको आधारमा जीपीएसमाध्यमबाट लोकेशन ट्रुयाक गरी मोवाईल पत्ता लगाइएको प्रहरीले जनाएको छ । प्रहरीले पछिल्लो समय भेटिएको आठ थान मोवाईलका प्रयोगकर्तालाई जिप्रका उदयपुरमा बोलाएर जिम्मा लगाएको हो । प्रहरीका अनुसार हराएका मोवाईलहरु कुनै भर्खरै हराएको र कुनै भने निकै लामोसमय अघि हराएकोसमेत फेल...
लागुऔषधसहित चार जना पक्राउ

लागुऔषधसहित चार जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष १४ झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट मंगलबार राती लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय झिलझीलेबाट खटिएको प्रहरी टोलीले मंगलवार राती साँढे ६ बजेको समयमा शिवसताक्षी नगरपालिका–११ बाट ३ जनालाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा स्थानीय २१ वर्षीय सौरभ कडरिया, २२ वर्षीय निशान न्यौपाने र याशोक गाउँपालिका–२ पाँचथर घर भई सोही स्थानमा बस्दै आएका २८ वर्षीय प्रकाश खड्का रहेका छन् । उनीहरुको साथबाट प्रहरीले ३ ग्राम ५०० मिलिग्राम लागुऔषध ब्राउनसुगर र नगद सात हजार बरामद गरेको छ । यसैगरी मोरङको बिराटनगर महानगरपालिका–६ बाट लागुऔषध ट्याब्लेटसहित एक जना पक्राउ परेको छ । मंगलबार राती ९ बजेको समयमा सिआर भि पोस्त केशलिया मार्गबाट खटिएको प्रहरी टोलीले धरान उप–महानगरपालिका–८ का ३८ वर्षीय अम्बर बहादुर गदाल...
तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनैको मृत्यु

तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनैको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष १४ झापामा तीन जना सवार मोटरसाइकलमा दुर्घटना हुँदा तीनै जनाको ज्यान गएको छ । जिल्लाको दमक नगरपालिका–२ भाङबारीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकै साथ तीन जनाको ज्यान गएको हो । प्र १–०२–०४३ प ६९२६ नम्बरको तीन जना सवार मोटरसाइकल गए राति आफैँ अनियन्त्रित भएर सडक छेउको रुखमा ठोक्किँदा एकैसाथ तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङ चिसापानी–४ का २३ वर्षीय अनिल विक, चितवन राप्ती– ४ का १९ वर्षीय किसन सेन्चुरी र ताप्लेजुङ भुइखोला–३ का १९ वर्षीय अनिल लामगादे रहेका छन् । तीनै जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताउनुभयो । मृतक सबै दमकको एक सुन पसलमा काम गर्दै आएका थिए । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक कार्कीले जानक...
रोटरी क्लबको नेतृत्वमा कविन श्रेष्ठ

रोटरी क्लबको नेतृत्वमा कविन श्रेष्ठ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष १४ रोटरी क्लब विराटनगरको अध्यक्षमा कविन श्रेष्ठ चयन भएका छन् । धनकुटाको हिलेमा सम्पन्न रोटरी क्लव विराटनगको भेलाले प्रथम उपाध्यक्षमा मनोजविक्रम शाह, सचिवमा शिवप्रसाद अधिकारी, सहसचिवमा प्रभु तोदी, कोषाध्यक्षमा नरेश राठी र सहकोषाध्यक्षमा पूजा सिंह चयन गरेको हो । यस्तै सदस्यता विस्तारमा कोपिला अग्रवाल, क्लब प्रशासकमा सरिता अग्रवाल सेवा परियोजनामा नन्दीप अग्रवाल, सार्वजनिक सम्पर्क अधिकारीमा विनिता धाडेवा, रोटरी कोषमा राजकुमार शर्मा, युवा सेवामा विनोद अग्रवाल प्रमुख (संयोजक) छन् । सचेतकमा प्रविण अग्रवाल, क्लब सम्पादकमा दिनेश गडतौला, सल्लाहकारमा बेनीगोपाल मुन्दडा, प्रशिक्षकमा बद्री कटुवाल, सूचना प्रविधि व्यवस्थापनमा इन्द्रकुमार पौडेल, वेव डिजाइनरमा हितेष झुनझुनवाला छन् । निर्वाचन समितिका प्रमुख आयुक्त बेनीगोपाल मुन्दडा र आयुक्तद्वय डा बिजु थपलिया र विनोद अग्रवालको टोलीले उ...
ट्रयाक्टरले किचि चालकको मृत्यु

ट्रयाक्टरले किचि चालकको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष १४ झापाको झापा गाउँपालिका–४ स्थित भित्रि सडक खण्डमा ट्रयाक्टरले किचि चालकको मृत्यू भएको छ । मृत्यु हुनेमा चालक झापा गाउँपालिका–४ का २२ बर्षिय सुनिल हेमरन रहेका छन् । मंगलबार दिउँसो २ बजे मे.१ त ४७०९ नम्वरको खाली ट्रयाक्टर आफै अनियन्त्रित भई खेतमा पल्टि दुर्घटना हुँदा चालकलाई ट्रयाक्टरको ईन्जिनले किच्दा निजको घटनास्थममै मृत्यू भएको हो । मृतकको शव पोष्टमार्टमको लागि मेची अस्पताल भद्रपुर पठाईएको प्रहरिले जनाएको छ । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको छ ।...
सुनसरी बाट पेस्तोल सहित २ जना पक्राउ

सुनसरी बाट पेस्तोल सहित २ जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष १४ सुनसरीको कोशी गाउँपालिका(१ स्थितबाट पेस्तोल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका साढे ४ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा सुनसरीको कोशी गाउँपालिका(१ स्थित बि।एस। होटलबाट भारत बिहार अररिया, बासमटियाका ३५ बर्षिय बिधानन्द राम र २४ बर्षिय हासिम अंसारीलाई २ थान पेस्तोल सहित पक्राउ गरिएको हो । होटलको कोठामा बसिरहेको अवस्थामा कोठा खानतलासी गर्दा निजहरुले ओछ्यानमा लुकाई राखेको अवस्थामा पेस्तोल २ थान, म्याग्जिन ४ थान, 7.65 mm को गोली ३ राउण्ड बरामद गरिएको हो । निजहरुबाट मोबाइल १ थान, BR50 K  0149   नम्वरको मोटरसाईकल र भारतिय २ हजार रुपैया समेत बरामद भएको छ । पेस्तोल सहित पक्राउ परेका दुवै जनाको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।...
चौदण्डीगढी १ नं वडाको सबै वस्तीहरुमा बत्ति पुराउन २ करोड ५७ लाख बजेट बिनियोजन

चौदण्डीगढी १ नं वडाको सबै वस्तीहरुमा बत्ति पुराउन २ करोड ५७ लाख बजेट बिनियोजन

Breaking News 2
पूर्णपुष्टि, पुष १२ चौदण्डीगढी नगरपालिकाको १ नं वडामा रहेको अधुर बत्तिको काम अब चाँडै सबै सम्पन्न हुने भएको छ । वडा भित्र पर्ने ११ ओटा भन्दा बढी गाउँवस्तिहरुमा अब तत्कालै बत्ति पुग्ने गरी बजेट बिनियोजन भएको स्थानीय जिवन राईले जानकारी दिए । राईका अनुसार नेपाल सरकारको परराष्ट्र मन्त्री डा. नारायण खड्का, चौदण्डीगढी नगरपालिका प्रमुख खगेन्द्र राई र १ नं वडा अध्यक्ष रोहित मान तामाङको पल प्रयासमा बजेट बिनियोजन भएको जनाएको छ । उनिहरुले बत्तिको अधुरो कामलाई पूर्णता दिन र आवश्यक सामाग्री तथा निर्माण गर्न नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत प्राधिकरणलाई अनुरोध गरेका थिए । अनुरोधको क्रममा वडाले आवश्यक पर्ने सम्पूर्ण सामाग्रीहरु र बत्तिको नयाँ काम थालनिका लागि प्राधिकरणलाई टिप्पणी तथा आदेश पठाएका थिए । वडाको केहि वस्तीहरुमा मात्रै हाल बत्ति पुगेको अवस्थामा अब भने सबै वस्तीहरुमा बत्तिको...
का.वा. अध्यक्ष रसाईलीको पक्षमा आयो उच्च अदालतको फैसला, कार्कीको रिट खारेज

का.वा. अध्यक्ष रसाईलीको पक्षमा आयो उच्च अदालतको फैसला, कार्कीको रिट खारेज

Breaking News 1, समाचार
पूर्णपुष्टि (उदयपुर), पुस १३ । उच्च अदालत विराटनगरले त्रियुगा उद्योग वाणिज्य संघ, गाईघाटसंग सम्बन्धीत मुद्दामा कार्यवाहक अध्यक्ष रमेश रसाईलीको पक्षमा फैसला दिएको छ । रसाईली संघको विधान अनुसार कार्यवाहक अध्यक्ष भएको र त्यसलाई प्रशासन कार्यालयले नै स्विकार गरिसकेको प्रमाणको आधारमा संघको विधान बमोजिम काम कारवाही अगाडी बढाउन मिल्नेगरी छिनोफानो दिएको हो । पछिल्लो समय जिल्ला प्रशासन कार्यालय उदयपुरले संघको बैंक खाता रोक्का गर्नुका साथै संस्था खारेजसम्म हुनसक्ने भन्दै सुचना जारी गरेको थियो । उच्च अदालतका न्यायधीशद्वय कृष्णकमल अधिकारी र तेजनारायण सिंह राईको संयुक्त इजालसले रिट मुद्दाको सुनुवाई पछि फैसला गर्दै प्रशासनलाई बैंक खाता नरोक्न र सुचना कार्यन्वयन नगर्न आदेश भएको छ । संघको विधान बमोजिम कार्यवाहक अध्यक्षको नेतृत्वमा चल्दै गरेको संघलाई निस्कृय पार्नेगरी प्रशासनले कदम चालेपछि सोको विरुद्...