Wednesday, August 5News That Matters

Month: २ वर्ष अगाडि

दमौटी दोस्रो ७ए साईड फुटबल प्रतियोगिताको फाईनलमा

दमौटी दोस्रो ७ए साईड फुटबल प्रतियोगिताको फाईनलमा

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, साउन १६ । बोक्सेमा जारी दोस्रो ७ए फुटबल प्रतियोगिताको फाईनलमा दमौटी फुटबल क्लब प्रवेश गरेको छ । बुधबार गंगा खेल मैदानमा भएको पहिलो सेमिफाईनल खेलमा शिशवारी फुटबल क्लबलाई २–३ गोलले हराउँदै दमौटी फुटबल क्लबले अन्तिम दुईमा स्थान बनाएको हो । दमौटीको लागी जर्सी नं ९ का प्रताब राई, जर्सि नं १७ का अन्जन हमाल र जर्सि नं ३ का रितेस तामाङ्ले १–१ गोल गरे । त्यस्तै शिशवारीको लागी जर्सि न ४ का निखिल कार्कि र जर्सी नं १० का बिश्वास राईले १–१ गोल गरे । यस खेलको म्यान अफ दि म्याच दमौटी फुटबल क्लबका अन्जन हमाल बने । उनले नगद रु. १ हजार सहित मेडल प्राप्त गरे । भोली हुने दोस्रो सेमिफाईनल खेलबाट फाईनल खेल्ने अर्को टोलीको टुङ्गो लाग्नेछ । यस प्रतियोगिताको वेजता टिमले नगद रु. ४० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । उपविजेता टिमले नगद रु. २० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प...
मेयर साम्पाङको एकलौटी निर्णयले धरानमा तरङ्ग : खानेपानी शुल्क वृद्धिको चौतर्फी विरोध

मेयर साम्पाङको एकलौटी निर्णयले धरानमा तरङ्ग : खानेपानी शुल्क वृद्धिको चौतर्फी विरोध

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १६ ।  धरान उपमहानगरपालिकाको खानेपानी बोर्डले खानेपानी जडान शुल्क र महसुलमा अत्यधिक वृद्धि गरेपछि स्थानीय राजनीतिक दलहरू र जनप्रतिनिधिहरू आन्दोलित बनेका छन्। पालिका प्रमुख हर्क साम्पाङ अध्यक्ष रहेको धरान खानेपानी व्यवस्थापन बोर्डले साउन १ देखि लागू हुने गरी यो वृद्धि गरेको हो। बोर्डले जारी गरेको सूचीअनुसार सबै शीर्षकको शुल्कमा वृद्धि भएको छ। खानेपानी जडान, होल चेञ्ज, नामसारी, मर्मत तथा चेकमा ९०० प्रतिशतसम्म महसुल वृद्धि भएको छ। उदाहरणका लागि, १ इन्चको पाइपको जडान शुल्क १५ हजार रुपैयाँबाट बढेर ५० हजार रुपैयाँ पुगेको छ। त्यस्तै, २ इन्चको पाइप जडान शुल्क ७५ हजार बढेर १ लाख रुपैयाँ पुगेको छ। होल चेन्ज दस्तुरमा पनि उल्लेखनीय वृद्धि गरिएको छ। १ इन्चको पाइपमा होल चेन्ज शुल्क ४ हजारबाट बढाएर १० हजार बनाइएको छ। नामसारी शुल्कमा पनि ठूलो वृद्धि गरिएको छ, जहाँ २ इन्चको नामसारीमा १९ ...
सेयर कारोबारमा नयाँ रेकर्ड: २१ अर्ब ९१ करोडको कारोबार

सेयर कारोबारमा नयाँ रेकर्ड: २१ अर्ब ९१ करोडको कारोबार

Breaking News 3, आर्थिक, समाचार
पूर्णपुष्टि, साउन १६ ।  बुधवार  सेयर बजारमा हालसम्मकै उच्च कारोबार रेकर्ड कायम भएको छ। यस दिन कुल २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यो रकम अघिल्लो उच्च रेकर्ड भन्दा करिब ३८ करोड रुपैयाँले बढी हो। यसअघि ३१ साउन २०७८ मा २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको उच्च कारोबार रेकर्ड बनेको थियो। त्यसको तीन वर्षपछि यो नयाँ रेकर्ड कायम भएको हो।बुधवार नेप्से परिसूचक ६४.२५ अंकले बढेर २७६०.९० अंकमा पुगेको छ। १९१ कम्पनीको सेयर मूल्य बढेको छ भने ४४ कम्पनीको घटेको र ७ कम्पनीको स्थिर रहेको छ। सबै क्षेत्रगत सूचकहरू सकारात्मक रहे। विशेषगरी होटल तथा पर्यटन समूहको सूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। १४ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। यी कम्पनीहरूमा युनाइटेड अजोड इन्स्योरेन्स, गोर्खाज फाइनान्स, श्रीइन्भेस्टमेन्ट फाइनान्स लगायत रहेका छन्। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, ...
प्रहरी सरुवालाई सामान्य रूपमा बुझ्न गृहमन्त्री लेखकको आग्रह

प्रहरी सरुवालाई सामान्य रूपमा बुझ्न गृहमन्त्री लेखकको आग्रह

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, साउन १६ ।  गृहमन्त्री रमेश लेखकले प्रहरी सरुवालाई सामान्य प्रक्रियाको रूपमा बुझ्न आग्रह गरेका छन्। प्रतिनिधिसभाको बुधवार बसेको सुशासन समितिको बैठकमा केही सांसदले प्रहरी सरुवाबारे प्रश्न उठाएपछि गृहमन्त्री लेखकले यस्तो प्रतिक्रिया दिएका हुन्। गृहमन्त्री लेखकले भने, "कर्मचारी सरुवा हुन्छ, सरुवालाई सरुवाकै रूपमा बुझ्दा सहज हुन्छ। भर्खरै २०-२१ जना सचिवको सरुवा भएको छ। ९१ जना न्यायाधीशको सरुवा भएको छ।" साथै उनले प्रहरी संगठन र प्रशासनको दुरुपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरे। "कसैलाई जोगाउन वा नजोगाउन प्रहरी संगठन र प्रशासनको दुरुपयोग हुन दिने छैन," उनले थपे। यसअघि केही सांसदहरूले प्रहरी सरुवाबारे प्रश्न उठाएका थिए। गृहमन्त्री लेखकले यस्ता सरुवाहरूलाई सामान्य प्रशासनिक प्रक्रियाको रूपमा हेर्न र बुझ्न आग्रह गरेका छन्।...
नयाँ बसपार्कमा पार्किङ गरेको बसभित्र युवकको शव फेला

नयाँ बसपार्कमा पार्किङ गरेको बसभित्र युवकको शव फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १६ । काठमाडौंको नयाँ बसपार्कमा पार्किङ गरेर राखिएको एक बसभित्र एक युवकको शव फेला परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार मृतक सुनसरी इटहरी उपमहानगरपालिका–१३ का ३७ वर्षीय प्रल्लाद अधिकारी रहेका छन्। काठमाडौं महानगरपालिका–२६ स्थित नयाँ बसपार्कको ३ नम्बर गेट नजिक विगत २ महिनादेखि पार्किङ गरी राखिएको बा २ ख २३४४ नम्बरको बसभित्र उक्त शव फेला परेको हो। एसपी अधिकारीले घटनाको प्रकृति हेर्दा ४–५ दिनअघि नै मृत्यु भएको जस्तो देखिएको बताए। मृतक यातायात क्षेत्रमा काम गर्ने गरेको जानकारी पाइएको प्रहरीले जनाएको छ । प्रहरीले शवलाई पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
५० वर्षीय रेशम विकास केन्द्रको उत्पादन घट्दो

५० वर्षीय रेशम विकास केन्द्रको उत्पादन घट्दो

Breaking News 2, समाचार
पूर्णपुष्टि साउन १६ । करिब ५० वर्षअघि स्थापित काभ्रेपलाञ्चोकको खोपासीस्थित रेशम विकास केन्द्र हाल जेनतेन सञ्चालनमा रहेको छ। पनौती नगरपालिका–१२ मा रहेको यस केन्द्रका प्रशासनिक भवनहरू जीर्ण बन्दै गएका छन् र रेशम कीराको उत्पादन घट्दो क्रममा रहेको छ। विसं २०३२ सालमा स्थापना भएको यो केन्द्र हाल १२६ रोपनी क्षेत्रफलमा फैलिएको छ। सुरुमा रेशमखेती परियोजना महाशाखाको रूपमा रहेको यो संस्था अहिले रेशमखेती विकास केन्द्रमा रूपान्तरण भएको छ। केन्द्रमा १७ कर्मचारीको दरबन्दी भए पनि हाल १० जना मात्र कार्यरत छन्। पछिल्ला केही वर्षदेखि सरकारी बजेट कटौती र जनशक्ति अभावका कारण उत्पादन घट्दै गएको केन्द्र प्रमुख कृष्ण धितालले बताए। केन्द्रले हाल ३५ जातका रेशम कीराका माउको संरक्षण गरिरहेको छ, जुन जापान, चीन र कोरियाबाट ल्याइएका हुन्। यी माउहरूबाट नयाँ जात उत्पादन गर्ने काम भइरहेको छ र किसानहरूलाई विशेष गरी बा...
खोटाङका तीन अनाथ बालबालिकाको उद्धार गरी बाल सेवा आश्रममा पठाइयो

खोटाङका तीन अनाथ बालबालिकाको उद्धार गरी बाल सेवा आश्रममा पठाइयो

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १६ । खोटाङ जिल्लालाई ‘सहयोगापेक्षी सडक मानवमुक्त’ बनाउने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय खोटाङले तीन अनाथ बालबालिकाको उद्धार गरी बाल सेवा आश्रम बिराटनगरमा पठाएको छ। उद्धार गरिएका बालबालिकाहरूमा रावा वेसी गाउँपालिका वडा नं. २, खार्पा डाँडागाउँ निवासी १० वर्षीया मन कुमारी नेपाली, ९ वर्षीया भुमिका नेपाली र ७ वर्षीय माधव नेपाली रहेका छन्। यी बालबालिकाहरूको लालनपालन गर्ने अभिभावक कोही नभएको र आर्थिक अवस्था अत्यन्तै नाजुक रहेको जानकारी प्राप्त भएपछि प्रहरीले उद्धार गरेको हो। जिल्ला प्रहरी कार्यालय खोटाङले साउन १५ गते बालबालिकाहरूलाई उनीहरूकै घरबाट उद्धार गरी कार्यालयमा ल्याएको थियो। प्रहरी कर्मचारीहरूको आर्थिक सहयोगमा बालबालिकाहरूका लागि लत्ताकपडा, जुत्ता, ज्याकेट, टिसर्ट र ट्राउजर खरिद गरिएको छ। साउन १६ गते बिहान ४स्३० बजे बा ३ ख २९५८ नम्बरको गाडीमार्फत प्रहरी...
उदयपुरका दुई युवकसहित ९ जना लागुऔषधसहित पक्राउ

उदयपुरका दुई युवकसहित ९ जना लागुऔषधसहित पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १६ । उदयपुरका दुई युवासहित ९ जनालाई प्रहरीले लागुऔषधसहित पक्राउ परेका छन्। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मोरङ, सुनसरी र उदयपुरको विभिन्न स्थानबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–११ का २४ वर्षीय रमेश देउजा र ३४ वर्षीय बिक्रम भन्ने पूर्णबहादुर परियार, बराहक्षेत्र नगरपालिका ८ शिवशक्ति चोक बस्ने २७ बर्षीया एलिसा महत्तो, मोरङ रतुवामाई नगरपालिका ६ बस्ने २० बर्षीय असिम माझी, रंगेली भई हाल सुन्दरहरैचा नगरपालीका ९ आदर्शचोक बस्ने १९ बर्षीय अभिषेक दमाई महतरा, १८ बर्षीय शुसान्त विश्वकर्मा, सोही स्थान ८ बस्ने मोहम्बद असलम, सुन्दरहरैचा नगरपालीका ९ बस्ने २७ बर्षीय जगत श्रेष्ठ, २३ बर्षीय दिलिप खवास रेहेको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ परेकाहरूबाट विभिन्न प्रकारका लागुऔषधहरू बरामद गरेको छ। पक्राउ परेका मध्येबाट ...
त्रियुगा उद्योग बाणिज्य संघद्धारा वाहिनिपति बैदवारलाई विधाई, गुरुङलाई स्वागत

त्रियुगा उद्योग बाणिज्य संघद्धारा वाहिनिपति बैदवारलाई विधाई, गुरुङलाई स्वागत

Breaking News 1
पूर्णपुष्टि, १६ साउन । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले १८ नं वाहिनि भुल्केको बाहिनिपति तथा सहायक रथि मनोज बैदवारलाई बिदाई गरेको छ । बैदवारको राष्ट्रपति कार्यालय भवन काठमाण्डौँमा सरुवा भएसँगै विद्याई गरिएको हो । बुधबार संघको भवनमा रमेश रसाईलीको अध्यक्षतामा बैदवारको भव्य विदाई गरियो । संघका पदाधिकारी तथा व्यवसायीहरुको उपस्थितिमा बैदवारको विदाई भएको हो । बैदवार २०८० साल साउन २६ गते १८ नं वाहिनि भुल्केमा जिम्मेवार सम्हाल्न आईपुगेका थिए ।यस्तै बैदवारको ठाउँमा नेतृत्व सम्हाल्न आएका गौरब गुरुङलाई १८ नं वाहिनि भुल्के उदयपुरमा भव्य स्वागद गरिएको छ । गुरुङलाई बैदवारको विदाई सँगै स्वागत गरिएको हो । गूरुङले अब १८ नं वाहिनिमा जिम्मेवारी सम्हाल्ने छ । विदाई भएको वैदवार र कार्यभार सम्हाल्न आएका गरुङलाई त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटका अध्यक्ष रमेश रसाईलीले मायाको चिनो र खादाले सम्मान स्वागत तथा...
कारको ठक्करबाट एक सैनिक जवानको मृत्यु

कारको ठक्करबाट एक सैनिक जवानको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १६ । भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कमा मंगलबार राति भएको सवारी दुर्घटनामा एक सैनिक जवानको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालका अनुसार, नेपाली सेनाको नम्बर २ विपद् व्यवस्थापन गण रसौलीमा कार्यरत २७ वर्षीय सिपाही निगम नेपाली सार्कीको मृत्यु भएको हो। उनी तनहुँ भानु नगरपालिका–१२ का स्थायी बासिन्दा थिए। दुर्घटनामा सोही गणमा कार्यरत बन्दीपुर गाउँपालिका–३ का २६ वर्षीय दिनेश थापा गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार बसपार्कबाट रामनगरतर्फ गइरहेको कारले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा परी घाइते भएका दुवै जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको थियो। उपचारकै क्रममा सैनिक जवान सार्कीको मृत्यु भएको हो।...