Wednesday, August 5News That Matters

Month: २ वर्ष अगाडि

असुसको एआई ल्यापटप भिभोबुक एस १५ नेपाली बजारमा

असुसको एआई ल्यापटप भिभोबुक एस १५ नेपाली बजारमा

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १६ ।  असुसले नेपाली बजारमा आफ्नो नयाँ एआई ल्यापटप भिभोबुक एस १५ सार्वजनिक गरेको छ। नेपालका लागि असुसको आधिकारिक वितरक नागमणि इन्टरनेशनलले एक कार्यक्रममा यस ल्यापटपको औपचारिक सार्वजनिकीकरण गरेको हो। नागमणि इन्टरनेशनलका निर्देशक अमित सराफका अनुसार यो ल्यापटप १२ कोर भएको आर्ममा आधारित क्वालकमको स्न्याड्रयागन एक्स ईलाइट प्रोसेसरले सुसज्जित छ। यसमा क्वालकमको ओरेन सिपियु र हेक्जागन एनपीयू पनि समावेश छ। भिभोबुक एस १५ मा विन्डोज ११ अपरेटिङ सिस्टम, १६ जीबी र्‍याम (३२ जीबीसम्म बढाउन सकिने), र १ टिबी एसएसडी स्टोरेज रहेको छ। कम्पनीले यस ल्यापटपले १८ घण्टासम्म ब्याट्री ब्याकअप दिने दाबी गरेको छ। अन्य विशेषताहरूमा आरजीबी किबोर्ड, युएसबी, एचडीएमआई, वाईफाई ७, अडियो ज्याक, र माइक्रो एसडी कार्ड रिडर समावेश छन्। असुस भिभोबुक एस १५ को मूल्य रु. २,०९,९०० तोकिएको छ। यसमा २ वर्षको वारेन्टी र ...
काठमाडौंको बल्खु खोलामा एक जनाको शव फेला

काठमाडौंको बल्खु खोलामा एक जनाको शव फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १६ । काठमाडौंको बल्खु खोलामा एक जनाको शव फेला परेको छ। प्रहरीका अनुसार बुधबार बिहान बल्खु पुल मुनि अड्किएको अवस्थामा शव भेटिएको हो। मृतक बाँके घर भई सुकुम्बासी बस्तीमा बस्ने ४५ वर्षीय राम सरूप महतो रहेको पुष्टि भएको छ। प्रहरीले खोलामा आएको बाढीले बगाएर उनको मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ। काठमाडौं प्रहरीले शवको पहिचान गरे पनि घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।...
प्रधानमन्त्री सहित नेताहरूको यमपूजा गरेका खतिवडाको रिहाइको माग गर्दै सर्वोच्चमा रिट

प्रधानमन्त्री सहित नेताहरूको यमपूजा गरेका खतिवडाको रिहाइको माग गर्दै सर्वोच्चमा रिट

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १६ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको फोटो राखेर अनुष्ठान गरेको आरोपमा पक्राउ परेका धर्मगुरु पुष्कर खतिवडालाई गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ। खतिवडाको तर्फबाट अधिवक्ता आवास अधिकारीले मंगलबार सर्वोच्चमा निवेदन दर्ता गराएका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौँले साउन १४ गते खतिवडालाई नियन्त्रणमा लिएको थियो। प्रहरी वृत्त महाराजगन्जको टोलीले उनलाई सोमबार पक्राउ गरेको हो। उनलाई विद्युतीय अपराध अन्तर्गतको कसुरमा पक्राउ गरिएको बताइएको छ। खतिवडाले आफ्नो घरमा यज्ञ गर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा राखेका थिए। उनले प्रधानमन्त्री ओली लगायत नेताहरूको नाममा यमपूजा गर्दै होम हाल्ने तयारीसमेत गरेको आरोप छ। केही दिनअघि खतिवडाले फेसबुकमा भिडिओ राख्दै ‘देश खाल्डोमा हाल्ने नेताहरू छन्, उनीहरूको फोटोसहित राखेर यमराजको प...
कटारी नगरपालिकाको निःशुल्क एसईई तयारी कक्षासँगै अतिरिक्त शुल्क लिएर पढाउँदै कालिका मावि

कटारी नगरपालिकाको निःशुल्क एसईई तयारी कक्षासँगै अतिरिक्त शुल्क लिएर पढाउँदै कालिका मावि

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, साउन १६ । उदयपुरको कटारी नगरपालिकाले एसईईको ग्रेडवृद्धि परीक्षाका लागि निःशुल्क तयारी कक्षाको व्यवस्था गरेको भए पनि एक विद्यालयले विद्यार्थीहरूबाट अतिरिक्त शुल्क लिएको खुलासा भएको छ। कटारी नगरपालिकाले असार २३ मा सूचना जारी गरी सात विद्यालयमा निःशुल्क तयारी कक्षाको व्यवस्था गरेको थियो। नगरपालिकाले गणित, अंग्रेजी र विज्ञान विषयका शिक्षकहरूलाई पारिश्रमिक दिने गरी अतिरिक्त कक्षाको व्यवस्था गरेको थियो। तर, कटारी नगरपालिका वडा नम्बर १० स्थित जनता कालिका मावि सोरुङ्गले विद्यार्थीहरूबाट थप रकम लिएको पाइएको छ। वडाध्यक्ष क्षेत्रबहादुर खड्काले शिक्षकहरुले अतिरिक्त रकम लिएको सुन्नमा आएकाले यस विषयमा छलफल गरिने बताएका छन् । विद्यालयका प्रधानाध्यापक शंकर कुमार श्रेष्ठले रकम लिएको स्वीकार गर्दै उक्त रकम थप अतिरिक्त कक्षा पढाएवापत अभिभावक र विद्यार्थीहरूसँगको छलफलबाट लिएको बताएका छन् । ...
प्रचण्डद्वारा देशव्यापी जनसम्पर्क अभियानको घोषणा

प्रचण्डद्वारा देशव्यापी जनसम्पर्क अभियानको घोषणा

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २५ ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले देशव्यापी जनसम्पर्क अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्। मंगलबार सम्पन्न पदाधिकारी बैठकको समापन समारोहमा बोल्दै प्रचण्डले यो अभियानको उद्देश्य जनताको सुख-दुःख बुझ्न र उनीहरूको आवाज सुन्न रहेको बताए। प्रचण्डले जनतासँगको सम्बन्ध कडी टुटेको स्वीकार गर्दै, यस अभियानले पार्टी र जनताबीचको सम्बन्धलाई पुनः सुदृढ बनाउने विश्वास व्यक्त गरे। उनले भने, "म एकपटक देशैभरी जनतासँग एकाकार हुन, उनीहरूको सुखदुःख बुझ्न र कुरा सुन्न जाने इच्छा छ।" पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार प्रचण्डले यस अभियानबाट फर्किएपछि नयाँ विचारको संश्लेषण ल्याउने आशा व्यक्त गरेका छन्। सापकोटाले प्रचण्डको भनाइलाई उद्धृत गर्दै भने, "जनताको कुरा सुनेपछि अर्को तहको विचारको संश्लेषण आउँछ।"...
नेकपा माओवादी केन्द्र २०८४ को चुनाव एक्लै लड्ने

नेकपा माओवादी केन्द्र २०८४ को चुनाव एक्लै लड्ने

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, साउन १५ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आगामी २०८४ सालको चुनावमा एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ। शुक्रबारदेखि पाँच दिनसम्म पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले यो निर्णय गरेको हो। पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार यो निर्णयले पार्टीको विचार, राजनीतिक कार्यदिशा र दृष्टिकोणहरू प्रत्यक्ष रूपमा जनतासम्म पुर्याउन सहज हुने अपेक्षा गरिएको छ। उनले अघिल्ला चुनावी गठबन्धनहरूमा पार्टीको सिद्धान्त र विचार प्रचार गर्न कठिनाई भएको बताए। पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकारबाट बाहिरिनु परेको परिस्थितिलाई एक्लै चुनाव लड्ने तयारीको अवसरको रूपमा लिएको जनाए। यद्यपि, माओवादी केन्द्रले वामपन्थी सहकार्य र एकताको प्रयास जारी राख्ने बताएको छ। प्रवक्ता सापकोटाले देशभक्त र अग्रगामी शक्तिहरूको संयुक्त मोर्चा निर्माण गर्नुका साथ...
सर्जक देविन बाबु राईको “लिङ्दुङ्मा साईली” सार्वजानिक, भिडियो लिंक सहित

सर्जक देविन बाबु राईको “लिङ्दुङ्मा साईली” सार्वजानिक, भिडियो लिंक सहित

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, १५ साउन । गित सर्जक देविन बाबु (देविन्द्र राई) को लिङ्दुङ्मा साईली बोलको गित सार्वजानिक भएको छ । चौदण्डीगढी नगरपालिका ४ बसाहाका राईले चाम्लीङ राई समुदायहरुmलाई चित्रण गर्दै लिङ्दुङ्मा साईली सार्वजानिक गरेको हो । गायक परेश राई र गायीका इन्द्रकला राईको स्वरमा सजिएको गितमा मोडल विपना राई सँगै गायक स्वयम परेश राईले समेत अभिनय गरेको छ । उनिहरु सँगै तिमाल राईलाई पनि अभिनयमा देख्न सकिन्छ । देबिन बाबू राईको शब्द ,सङ्गीत रहेको गितमा सागर संसार राईको सङ्गित संयोजन तथा मास्टरिङ रहेको छ। गितलाई विशाल लिम्बूको रेकर्डिङ माहौल स्टुडियोमा रेकर्ड गरिएको छ । गितको शव्द संगित, कलकारको अभिनय र मुन्धुम पदमार्गले परिचित टेम्के मैयुङ क्षेत्रमा गरिएको छायांकनले दर्शकहरुलाई आकर्षित गर्छ । लेकमा बस्ने गोठाले र जिम्वालको छोरी सँग माया बसेको कथा यस गितको अभिनयमा देख्न सकिन्छ । https://youtu.be/hm6...
७ महिनाको गर्भवती अवस्थामा पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गरेको इजिप्टियन फेन्सरको खुलासा

७ महिनाको गर्भवती अवस्थामा पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गरेको इजिप्टियन फेन्सरको खुलासा

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, साउन १५ । इजिप्टियन फेन्सर नाडा हाफिजले पेरिस ओलम्पिकमा ७ महिनाको गर्भवती अवस्थामा प्रतिस्पर्धा गरेको खुलासा गरेकी छन्। २६ वर्षीया हाफिजले महिला इन्डिभिडुअल साब्रेतर्फ पहिलो खेल जितेकी थिइन्, तर अन्तिम १६ मा पराजित भइन्। इन्स्टाग्राममा एक पोष्टमार्फत उनले आफ्नो गर्भावस्थाको बारेमा खुलासा गर्दै लेखिन्, ‘पोडियममा तपाईंका दुई जना खेलाडी देखिन सक्छन्, वास्तवमा त्यहाँ तीन जना थिए। म, मेरो प्रतिस्पर्धी र मेरो यो संसारमा आउन बाँकी रहेको सानो बच्चा।’ कायरोकी हाफिजले यो उनको लगातार तेस्रो ओलम्पिक सहभागिता भएको जानकारी दिइन्। उनले पहिलो खेलमा अमेरिकाकी एलिजाबेच तार्तताकोभ्स्कीलाई १५–१३ ले हराएकी थिइन्, तर अर्को खेलमा दक्षिण कोरियाकी जिओन ह्योङसँग १५–७ ले पराजित भइन्। हाफिजले यस पटकको ओलम्पिक अनुभव फरक रहेको बताउँदै भनिन्, ‘३ पटकको ओलम्पियन। तर यस पटक सानो ‘लिटिल ओलम्पियन’लाई बोकेर...
सरकार ढल्ने त के, ढलपल पनि हुँदैन : प्रधानमन्त्री ओली

सरकार ढल्ने त के, ढलपल पनि हुँदैन : प्रधानमन्त्री ओली

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, साउन १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिर रहने र यसको स्थायित्वबारे चिन्ता नगर्न आग्रह गरेका छन्। मंगलबार सचिवहरुलाई निर्देशन दिने क्रममा उनले भने, ‘यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन।’ प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र नेकपा एमालेले कर्तव्यबोध गरेर यो सरकार बनाएको बताए। उनले आफ्नो नेतृत्वमा सरकार २ वर्ष चल्ने र त्यसपछि शेरबहादुर देउवाको नेतृत्वमा जाने स्पष्ट पारे। ‘यो सरकार मेरो नेतृत्वमा २ वर्ष चल्ने हो। २ वर्ष पुग्नुभन्दा एक हप्ता अगाडि नै मैले राजीनामा गरिसकेको हुन्छु। गर्छ कि गर्दैन भन्ने कुनै दुविधा हुन्न,’ उनले भने। ‘यसपछि शेरबहादुरजीको नेतृत्वमा जाने हो।’  ...
तीन वर्षदेखि बेपत्ता सैनिक कलेजका विद्यार्थीको रहस्य कायमै

तीन वर्षदेखि बेपत्ता सैनिक कलेजका विद्यार्थीको रहस्य कायमै

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १५ । नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानको होस्टलबाट करिब तीन वर्षअघि बेपत्ता भएका विद्यार्थी राजेश शाही अहिलेसम्म फेला परेका छैनन्। सानोभर्याङस्थित संस्थानको होस्टलमा बसेर एमबीबीएस चौथो वर्षमा अध्ययनरत २३ वर्षीय शाही १७ भदौ २०७८ मा बेपत्ता भएका थिए। राजेशका बुबा दानबहादुर शाहीले छोराको खोजीका लागि जंगीअड्डा, नेपाल प्रहरीदेखि केन्द्रीय अनुसन्धान ब्यूरोसम्म गुहारेका छन्। उनले प्रहरी, जिल्ला प्रशासन कार्यालय काठमाडौं, राष्ट्रिय मानवअधिकार आयोगदेखि प्रधानमन्त्री, सभामुख र चारवटै दलका सचेतकसम्मलाई पटकपटक गुहार लगाएका छन्। तर अहिलेसम्म कुनै सफलता हात लागेको छैन। शाहीले आफूले १६ वर्ष जागिर खाएको नेपाली सेनामा कार्यरत उच्च अधिकृतहरुसँग छोराको खोजी गरिपाउँ भन्दा पाएको रुखो व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले पेन्सन र बैंकमा सुरक्षागार्डको काम गरेर आएको पैसा ज...