पूर्वाधार अभावमा घाँसे मैदानमा परिणत पोखरा लेखनाथ रंगशाला
पूर्णपुष्टि, साउन १५ । पोखरा लेखनाथ रंगशाला निर्माण सुरु भएको आठ वर्ष बितिसक्दा पनि पर्याप्त पूर्वाधारको अभावमा घाँसे मैदानमा परिणत भएको छ। फुटबल, भलिबल, करातेलगायत विभिन्न खेलका खेलाडीहरू अभ्यासका लागि त्यहाँ पुग्ने गरे पनि उचित सुविधाको अभावमा समस्या भोग्न बाध्य छन्।
बहुउद्देशीय कभर्ड हल अलपत्र परेको कारण इन्डोर खेलहरू पनि खुला मैदानमै गर्नुपर्ने बाध्यता रहेको छ। वर्षायाममा रंगशालाको ट्र्याक हिलाम्मे हुने हुँदा खेलाडीहरूले दौडन समेत पाउँदैनन्। आदर्श युवा क्लबका अध्यक्ष पदम गुरुङका अनुसार रंगशालामा बनेका संरचनाहरू अलपत्र परेका छन् र ट्र्याक मापदण्ड अनुसारको छैन। हाल ठूला खेल प्रतियोगिताहरू सञ्चालन गर्न सकिने अवस्था नरहेको उनले बताए।
पोखरा महानगरको खेलकुद विकास समितिका पदाधिकारीहरूले बजेट अभावले रंगशाला पूर्ण रूपमा बन्न नसकेको जनाएका छन्। आठ वर्षअघि सुरु गरिएको बहुउद्देश्यीय कभर्ड हल...









