Thursday, August 6News That Matters

Month: १ वर्ष अगाडि

कोशी प्रदेशमा बाढीले क्षति गरेको सडकबारे एमाले सचिव भट्टराईले गराए सरकारलाई ध्यानाकर्षण

कोशी प्रदेशमा बाढीले क्षति गरेको सडकबारे एमाले सचिव भट्टराईले गराए सरकारलाई ध्यानाकर्षण

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख १७ । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले गएराति परेको अविरल वर्षाका कारण कोशी लोकमार्गलगायत पूर्वी नेपालका मुख्य सडकहरूमा भएको व्यापक क्षतिलाई लिएर सरकारको ध्यानाकर्षण गराएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत सचिव भट्टराईले भनेका छन्, ‘गत रातिको अविरल वर्षासँगै आएको बाढीले कोशी लोकमार्ग, तमोर, कोरिडोरलगायत विभिन्न स्थानमा सडकमा क्षतिका कारण यातायातमा समस्या भएको छ । तत्काल वैकल्पिक मार्ग निर्माण गरी यातायात सुचारु गर्न र क्षति भएका सडकको पुनर्निर्माण गर्न सरकारको ध्यानाकर्षण गर्दछु ।’...
कोशी प्रदेशमा मनसुनको प्रभाव : उदयपुर सहित चार जिल्लाको ७ स्थानमा सडक अवरुद्ध

कोशी प्रदेशमा मनसुनको प्रभाव : उदयपुर सहित चार जिल्लाको ७ स्थानमा सडक अवरुद्ध

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख १७ । बिहीबार राति नेपालको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरेको छ । मनसुनले कोशी प्रदेशमा फैलिएसँगै २४ घण्टा नबित्दै पूर्वी नेपालका विभिन्न जिल्लाहरूमा बाढी र पहिरोले व्यापक क्षति पुर्‍याएको छ । मनसुनी वर्षाको कारण धनकुटा, सुनसरी, इलाम र उदयपुरका मुख्य सडक खण्डहरू अवरुद्ध भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार निरन्तरको वर्षाका कारण आएको बाढी र नदी कटानले यातायात व्यवस्थालाई ठप्प पारेको छ । इलामको माई नगरपालिका वडा नम्बर ७ मा महमाई देखि लारुम्बा जोड्ने पक्की सडक खण्डमा ठूलो पहिरो खसेको छ । पहिरोले सडकको एक भाग पूर्ण रूपमा बन्द गरेको छ भने अर्को भाग एकतर्फी सञ्चालनमा रहेको छ । धनकुटामा सबैभन्दा बढी क्षति भएको छ । साँगुरीगढी गाउँपालिका वडा नम्बर ६ स्थित नमस्ते झरना छेउमा ठूलो पहिरो झर्दा कोशी लोकमार्ग एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेको छ । यो सडक खण्ड दैनिक ...
जिल्ला स्तरिय त्रियुगा मेयर कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

जिल्ला स्तरिय त्रियुगा मेयर कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, १७ । गणतन्त्र दिवसको अवसरमा जिल्ला ब्याडमिन्टन संघ उदयपुरले आयोजना गरेको जिल्ला स्तरीय त्रियुगा मेयर कप ब्याडमिन्टन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ । त्रियुगा नगरपालिका वडा नं. १० बोक्से स्थित जिल्ला ब्याटमिनटन संघको कवर्ड हलमा दुई दिन सम्म संचालन गरिएको प्रतियोगिताको उद्घाटन प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईडेलले गर्नुभएको थियो । जिल्ला स्तरीय खेलको पुरुष डबल ए डिभिजनमा सुशिल तिमसिना र सुनिल चौधरीको जोडीले प्रथम स्थान हासिल गरेको छ । मोतिराम राई र बादल खतिवडाको जोडीले दोस्रो स्थान पाएको छ भने तेस्रो स्थानमा हिमाल श्रेस्ठ र मिन बहादुर खड्काको जोडी र बल बहादुर कार्की र जेनिस मगरको जोडी रहेको छ । त्यस्तै पूरुष डबल बि डिभिजनमा निर बहादुर राई र ईसान पुलामि मगरको जोडीले प्रथम स्थान हासिल गरेको छ । बिमल गौतम र सन्जय खड्काको जोडीले दोस्रो स्थान पाएको छ भने तेस्रो स्...
२५ सयको श्रम बिमाले १३ लाख मृत्यु दावी भुक्तानी

२५ सयको श्रम बिमाले १३ लाख मृत्यु दावी भुक्तानी

Breaking News 1, Breaking News 2, Breaking News 3, आर्थिक, समाचार
पूर्णपुष्टि, १६ जेष्ठ । एसियन लाईफ गाईघाट शाखाले बैदेशिक रोजगार श्रम विमा अन्तरर्गत मृतककी परिवारलाई १३ लाख मृत्यु दावी भुक्तानी प्रदान गरिएको छ । उदयपुरको लिम्चुङबुङ गाउँपालिका २ निवासी स्व. शर्मिला मगरकी आमा नैना कुमारी मगरलाई एसियन लाईफ गाईघाट शाखाले बुधबार कार्यालयमै बोलाएर मृत्यु दावी भुक्तानी प्रदान गरेको हो । गाईघाट शाखाकी प्रवन्धक मेनुका खत्रीका अनुसार स्व. शर्मिलाले २०८०÷०२­÷२१ गते बैदेशिक रोजगारको श्रम बिमा गरेका थिए । १० लाख बरावरको विमा गरेका मगरको बैदेशिक रोजगारको क्रममा साईप्रसमा बिरामी भई नेपाल आएर उपचार गराउने क्रममा २०८१÷१२÷०३ गतेका दिन मृत्यु भएको थियो । स्व. मगरकी आमा नैन कलालाई किरिया खर्च सहित १३ लाख बराबरको चेक हस्तान्तरण गरिएको छ । उनले श्रम विमाको लागि २५ सय बुझाएका थिए ।...
उदयपुरमा प्रतिबन्धित औषधि सहित ४ जना पक्राउ

उदयपुरमा प्रतिबन्धित औषधि सहित ४ जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख १६ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ६ स्थित प्रहरी चौकी लालपत्ताले नियमित चेकजाँचका क्रममा प्रतिबन्धित औषधि सहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूमा त्रियुगा नगरपालिका–१० बोक्सेका ४० वर्षीय अटो चालक पदम बहादुर परियार, ४६ वर्षीय कैलाश मग्राती, २६ वर्षीय मनोज मग्राती र २८ वर्षीया अरुना थापा मगर रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार साथबाट स्पास्मो २ चक्की र गाँजा ५० ग्राम बरामद गरिएको हो । प्रदेश १–०५–००१ ह ०३४१ नम्बरको अटोमा सवार भएर आउँदै गरेका उनिहरुलाई प्रहरी चौकी लालपत्ताबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको प्रहरीले जनाएको छ ।...
उदयपुरमा ११ सय केजी बढी गाँजा सहित २ महिला पक्राउ

उदयपुरमा ११ सय केजी बढी गाँजा सहित २ महिला पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख १६ । उदयपुरमा ११ सय केजी बढी लागुऔषध गाँजा सहित २ महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका वडा नं. १ रानीटार बस्ने अन्दाजी ४१ बर्षीया रत्न माया श्रेष्ठ र अन्दाजी ४२ बर्षीय कमला श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बिहिबार जिप्रका र ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले रत्न माया श्रेष्ठको घर खनतलासी गर्द ३५ ओटा बोरामा रहेको ११४३.२७५ के.जी प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको हो । ठुलो परिणामको गाँजा बरामद भएसँगै घरधनी रत्नमाया श्रेष्ठ र कमला श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
छैठौं वडा कपको उपाधि राई टाेललाई

छैठौं वडा कपको उपाधि राई टाेललाई

Breaking News 2, खेलकुद, समाचार
सुनिल राई, गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ४ बगाहामा सम्पन्न छैठौं वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि राईटाेलले जितेको छ । बिहिबार बगाहाको खेलमैदानमा भएको फाईनल खेलमा आयोजक बगाहा युवा समूहलाई ० गोलको विरुद्ध २ गोल गर्दै राईटाेलले उपाधि चुमेको हो । खेलको सुरुवाती ५ औँ मिनेटमा जर्सी नम्बर ११ का अबिनव राईले गोल गर्दै राई टाेललाई अग्रता दिलाएका थिए भने खेलको अन्तिम औँ मिनेटमा जर्सी नम्बर ९ का (कप्तान) लाेकिन राईले राई टोलका लागि दोस्रो गोल गरे । उपाधि विजेता राइटोलले नगद रु. २५ हजार सहित ट्रफी र मेडल प्राप्त गरे भने उपविजेता बगाहा युवा समूहले नगद रु १५ हजार सहित ट्रफी र मेडलमा चित्त बुझायो ।यस खेलको म्यान अफ द म्याच राई टोलका जर्सी नम्बर ११ का अबिनव राई बने । त्यस्तै बगाहा युवा समूहका जर्सी नम्बर ७ का विप्लव कटुवाल प्रतियोगिता भर ५ गोल गर्दै उच्च गोलकर्ता बन्न सफल ...
सरकारले ल्यायो आगामी बर्षका लागि १९ खर्ब ६४ अर्ब बजेट

सरकारले ल्यायो आगामी बर्षका लागि १९ खर्ब ६४ अर्ब बजेट

Breaking News 1, Breaking News 2, Breaking News 3, आर्थिक, समाचार
पूर्णपुष्टि, १५ जेष्ठ । सरकारले आगामी बर्षका लागि बजेट प्रस्तुत गरेको छ । बिहिबार संसदमा अर्थ मन्त्री बिष्णु प्रसाद पौडेलले आगमी बर्षका लागि १९ खर्ब ६४ अर्ब बजेट प्रस्तुत गरेको हो । पछिल्ला वर्षहरूमा राजस्व वृद्धिदर निरन्तर ह्रास आइरहेको बेलामा राजस्व बाँडफाँट बाहेक १३ खर्ब १० अर्ब रूपैयाँको राजस्वको आधार देखाएर १९ खर्ब ६४ अर्बको बजेट अर्थमन्त्री पौडेलले प्रस्तुत गरेका हुन् ।...
गणतन्त्र दिवस : अपाङ्गता भएका व्यक्तिहरुलाई पारा खेलकुद

गणतन्त्र दिवस : अपाङ्गता भएका व्यक्तिहरुलाई पारा खेलकुद

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख १५ । उदयपुरको त्रियुगा नगरपालिकामा गणतन्त्र दिवसको अवसरमा अपाङ्गताहरुको लागी नगर स्तरीय पारा खेलकुद प्रतियोगिता गराईएको छ । बिहिबार ‘खेलकुद स्वस्थ्यको लागी, खेलाडी राष्ट्रको लागी’ भन्ने मुल नाराका साथ गणतन्त्र दिवस जिल्ला स्तरीय मुल समारोह समितिको आयोजना तथा त्रियुगा नगर खेलकुद विकास समितिको समन्यवयमा एक दिने पारा खेलकुद प्रतियोगिता गरिएको हो । त्रियुगा नगरपालिकाको भवनमा खेलाईएको पारा खेलकुदमा अपाङ्गता भएकाहरुलाई म्युजिकल चियर र बल पास गरी दुई वटा खेल खेलाईएको थियो । हिड्न सक्ने आपाङ्गता भएकाहरुलाई म्युजिकल चियर खेल खेलाईएको थियो भने हिड्न सक्ने र नसक्ने दुबै किसिमका अपाङ्गता भएकाहरुलाई बल पास खेल खेलाईएको हो । म्युजिकल चियर खेलमा वडा नं. ६ की भेष कुमारी थापा प्रथम भईन् भने वडां. ३ कि देवी गिरी दोस्रो र वडा नं. ११ कि विनिता खत्री तेस्रो भईन् । त्यस्तै बल पास खेल...
गणतन्त्रको अवसरमा उदयपुरमा ब्याडमिन्टन प्रतियोगिता

गणतन्त्रको अवसरमा उदयपुरमा ब्याडमिन्टन प्रतियोगिता

Breaking News 1, Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, १५ जेष्ठ । जिल्ला व्याड्मिन्टन संघ उदयपुरले गणतन्त्र दिवसको अवसर पारी ब्याडमिन्ट प्रतियोगिता गराएको छ । बिहिबार १८ औँ गणतन्त्रको अवसरमा बोक्से कवड हल स्थित जिल्ला स्तरीय त्रियुगा मेयर कप ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको हो । उक्त प्रतियोगिताको उद्घाटन जिल्ला प्रमुख अधिकारी प्रेम प्रसाद लुईडेलले गर्नुभयो । प्रतियोगितामा जिल्लाको बिभिन्न पालिकाहरुबाट खेलाडीहरु उपस्थित रहेको छ । संघका अध्यक्ष कालिदास राईले प्रतियोगिताले खेलाडीहरुको सुमधुर सम्बन्ध कायम राख्नुका साथै जिल्लामा ब्याडमिन्टनको क्रेज बढाउने जनाए ।...