Monday, April 20News That Matters

Month: ३ वर्ष अगाडि

राप्रपाको केन्द्रीय कार्यालय भत्काउने बालेनको योजना असफल

राप्रपाको केन्द्रीय कार्यालय भत्काउने बालेनको योजना असफल

Breaking News 1, समाचार
पूर्णपुष्टि, १५ साउन । काठमाण्डौँ माहानगरपालिकाको मेयर वालेन शाहाले भत्काउन लागेको राप्रपाको केन्द्रीय कार्यालय जोगिएको छ । नियम विपरित कार्यालय निर्माण भएको भन्दै मेयर बालेन शाह र काठमाडौँ महानगरपालिकाले उक्त कार्यालय भत्काउने योजना बनाएका थिए । त्यसका लागि महानगरपालिकाको टोली डोजरसहित कार्यालय नजिक पनि पुगेका थिए । तर राप्रपाका नेता कार्यकर्ताको अवरोध र शक्तिकेन्द्रसँग अध्यक्ष राजेन्द्र लिङ्देनको परामर्शपछि आज कार्यालय जोगिएको हो । यसअघि शुक्रबार महानगरपालिकाले हाइटेन्सन लाइनमुनि पार्टी कार्यालय रहेको भन्दै हटाउने उर्दी जारी गरेको थियो । सोमबारसम्म दिइएको समयमा राप्रपाले पार्टी कार्यालय नहटाएपछि महानगरले डोजर लगाएर हटाउने प्रयास गरेपनि विफल भएको हो । बिहानैदेखि राप्रपाको कार्यालय धुम्बाराही परिसरमा पार्टीका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो भने कार्यालय नजिक गाडीसमेत ते...
चौदण्डी १ मा राजनितिक पूर्वग्राहीले कर्मचारी हटाएको आरोप, तत्काल पुनर्बहाली गर्न माग

चौदण्डी १ मा राजनितिक पूर्वग्राहीले कर्मचारी हटाएको आरोप, तत्काल पुनर्बहाली गर्न माग

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, १५ साउन । उदयपुरको चौदण्डीगढी नगरपालिका १ वडा कार्यालयले लामो समय देखी काम गर्दे आएका एक कर्मचारीलाई निश्कासन गरेको छ । राजनीतिक पूर्वाग्रही ढंगले निष्कासन गरिएको कर्मचारीलाई पुनर्बहाली गर्न माग राख्दै वडाध्य सिताराम राईलाई आईतवार ध्यानाकर्षण पत्र बुझाईएको छ। वडाको स्वास्थ्य चौकीमा कार्यालय सहयोगीको रुपमा रहेका कर्मचारी डम्बरबहादुर नेपालीलाई बिना आधार कार्य क्षेत्रबाट हटाइएको भन्दै त्यहाँ कृयाशील दलहरु नेकपा माओवादी केन्द्रका मनिराम राई, नेपाली कांङ्ग्रेका वडा सभापती मिनबहादुर कोइराला र जनता समाजवादी पार्टीका जिल्ला सदस्य मौसम राईले वडाध्यक्ष राईलाई ध्यानाकर्षण पत्र बुझाएको हो । वर्षौदेखी काम गर्दै आएका स्थानीय कर्मचारीलाई बिना आधार बिना जानकारी निष्कासित गर्नु नेपाली माथी अन्याय भएको पूर्व वडाध्यक्ष रोहितमान तामाङले बताए । तर आफू मातहतका कर्मचारी निष्कासन भएको कुरा सुर...
बालेनको डोजर रोक्न राप्रपा कार्यकर्ताले तेर्साए पार्टी कार्यालय अगाडी गाडी

बालेनको डोजर रोक्न राप्रपा कार्यकर्ताले तेर्साए पार्टी कार्यालय अगाडी गाडी

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन १५ । काठमाडौँ महानगरपालिकाले राप्रपाको धुम्बाराहीस्थित पार्टी कार्यालय हटाउने तयारी गरेसँगै सो पार्टीमा खैलाबैला मच्चिएको छ । महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा मापदण्ड मिचेर बनाइएको पार्टी कार्यालय हटाउन लागिएपछि सो पार्टीमा खैलाबैला मच्चिएको हो । महानगरपालिकाको टोली सोमबार डोजरसहित पार्टी कार्यालय भत्काउन जाने भएपछि कार्यकर्ताहरुले अवरोध गर्न थालेका छन् । डोजर जाने बाटोमा कार्यकर्ताले गाडी तेर्स्याएर अवरोध सुरु गरेका छन् । यस्तै पार्टी कार्यालय परिसरमा ठूलो सङ्ख्यामा नेता कार्यकर्ताको भीड लागेको छ । यस्तै महानगरपालिकाले भने तोकिएको समयमा कार्यालय नहटाइएकाले भत्काउन जाने लागिएको जनाएको छ । महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले महानगरको टोली डोजरसहित कार्यालय जान लागेको बताए । यसअघि शुक्रबार राप्रपाको पार्टी कार्यालय हटाउन तीन दिने अल्टिमेटम दिएको थ...
जग्गाको लागि महिलाको हत्या, चार पक्राउ

जग्गाको लागि महिलाको हत्या, चार पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, १५ साउन । कैलालीमा एक जना महिलाको हत्या गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । डेढ महिनादेखि घरबाट सम्पर्कबिहीन मन्जु रावलको शव आइतबार मात्रै फेला परेको छ । कैलालीको लम्कीचुहा नगरपालिका–४ भल्काकी ३३ वर्षीया मन्जुको अस्थिपञ्जर मोहन्याल गाउँपालिका–५ स्थित बाँसघारी सामुदायिक वनभित्र भेटिएको हो। प्रहरीले खोजतलास गर्दा सामुदायिक वनको सेतीखोर खोलाबाट अन्दाजी २ सय मिटर टाढा खोलामा मन्जुको शरीरको केही भाग कंकाल भएर छरिएको अवस्था फेला परेको हो। आफन्त र माइतीले शवको लुगाका आधारमा मन्जुको पहिचान गरी सनाखत गरेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए। डिएसपी चन्दका अनुसार मन्जुको हत्या आरोपमा ४० वर्षीया गोमा रावल, सोही ठाउँकी वर्षा रावल, २४ वर्षीय भरत रावल र अछामको पञ्चदेवल विनायक नगरपालिका –६ तोली बस्ने ३७ वर्षीया सरिता रावललाई प...
गाईघाटको मोर्डेन टेक्नीकल एण्ड बिजनेश ट्रेनिङ सेन्टरले पायो सम्बन्धन पत्र

गाईघाटको मोर्डेन टेक्नीकल एण्ड बिजनेश ट्रेनिङ सेन्टरले पायो सम्बन्धन पत्र

Breaking News 1, समाचार
पूर्णपुष्टि, ११ साउन । गाइृघाटमा रहेको मोर्डेन टेक्नीकल एण्ड बिजनेश टे«निङ सेन्टरले सम्बन्धन पत्र प्राप्त गरेको छ । २०७७ सालबाट संञ्चालनमा रहेको उक्त सेन्टरले ३ बर्षपछि (सिटिईभीटी) बाट सन्बन्धन पत्र प्राप्त गर्न सफल भएको हो । सम्बन्ध पत्र प्राप्त गरे सँगै यस सेन्टरलाई अब ४६० घण्टा टेलरिङ टे«निङका लागि बाटो खुलेको छ । सेन्टरकी प्रोपाईटर ज्ञानु प्रधानले सबै खाले प्रक्रिया पुराएर प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् तथा सम्बन्धन माहाशाखा (सिटीईभीटी) बाट पत्र प्राप्त गरेकी जनाईन् । त्यसका लागि प्रधानले संस्थालाई कम्पनी राजीस्टारको कार्यालय र कर कार्यालयमा भ्याटमा दर्ता गराईन । प्रधानका अनुसार सम्बन्धन पत्र रिक्सका बावजुत लिनु पर्ने अवस्था रहेको जनाईन् । प्रधानले सम्बन्ध पत्र आवश्यकता र योग्यताको आधारमा मात्रै प्राप्त गर्न सकिने समेत जनाईन् । सम्बन्धन पत्रका लागि मंसिरमा सूचना खु...
प्रमुख प्रशासकीय अधिकृतको अश्लिल भिडियोको प्रमाण मेटाउन हतार हतार क्वाटरमा रंगरोगन

प्रमुख प्रशासकीय अधिकृतको अश्लिल भिडियोको प्रमाण मेटाउन हतार हतार क्वाटरमा रंगरोगन

Breaking News 1, समाचार
पूर्णपुष्टि, १४ साउन । झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले आफ्नो अश्लिल भिडियोको प्रमाण मेटाउन हतारमा आफु वस्ने क्वाटरमा रंगरोगन गर्न लगाएको छ । सरकारी क्वाटरमा महिलासँगको अश्लिल गतिविधि गरेको भिडियो बाहिरिएपछि प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले क्वाटरको रङरोगन गर्न लगाएका हुन् । मदिराको नशामा एक महिलासँग अश्लिल गतिविधि गर्दै गरेको भिडियो टिकटकमा सार्वजनिक भएपछि निरौलाले क्वार्टरमा आइतबार बिहानै रङरोगन गर्न लगाएका बुझिएको छ । भिडियोका कारण उनी विवादमा तानिएका छन् । दमक नगरपालिकाले घटनाको छानबिन गर्ने तयारी गरेको छ । छानबिन हुँदा फस्ने डरले उनले प्रमाण नष्ट गर्नका लागि क्वार्टरको बेडरुमको रंग परिवर्तन गरेको श्रोतले दाबी गरेको छ । टिकटक भिडियो लाइभमा देखिएको हरियो रंग बदलेर उनले कोठामा पहेँलो रंग लगाएका छन् । उक्त कोठामा देखिएको एसीले भिडियो सार्वजनिक भएको क...
उदयपुरको सिवाई(बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र

उदयपुरको सिवाई(बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र

Breaking News 1, समाचार
पूर्णपुष्टि, १४ साउन । भौतिक पूर्वधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई उदयपुरको जनप्रतिनिधिहरुले चौदण्डीमा भत्किएको सिवाई पुल निर्माण गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ । जिल्लाको चौदण्डीगढी (५ स्थित सिवाई(बेल्हा जोड्‍ने भाँचिएको पुलको निर्माण सम्पन्न गर्न माग गर्दै संघिय सांसद डा. नारायण खड्का, प्रदेश सांसद राजन किराती लगायत उदयपुरका जनप्रतिनिधिहरुको टोलीले मन्त्रालयमा ज्ञापन पत्र बुझाएको हो । उक्त टोलीले स्थानीय जनप्रतिनिध, कांग्रेस, एमाले, माओवादी, समाजवादी, चौदण्डी नगरपालिकाका सबै वडाअध्यक्षसहित स्थानीय सरोकारवालाहरूको समेत हस्ताक्षर संकलन गरी मन्त्रालयलाई ध्यानाकर्षण गराएको छ । उक्त ज्ञापनपत्र बुझ्‍दै मन्त्री ज्वालाले चौदण्डीगढी नगरपालिका वडा नम्बर(५ मा सिवाई( बेल्हा जोड्ने पुल एक वर्षभित्र निर्माण सम्पन्न गर्ने आवश्वासन दिए । उनले भने, ‘ चौदण्डीगढी (५ का सबै जनप्रतिनिधि,...
सारुक ताम्राकारको मोबाइलमा फेला पर्यो ‘सुसाइड नोट’

सारुक ताम्राकारको मोबाइलमा फेला पर्यो ‘सुसाइड नोट’

Breaking News 1, समाचार
पूर्णपुष्टि, १४ साउन । केही समय अघि मृत फेला परेका अभिनेता सारुक ताम्राकारको मोबाइलमा ‘सुसाइड नोट’ भेटिएको छ । ताम्राकारको मोबाइल परीक्षण गर्दा उक्त नोट फेला परेको प्रहरीले जनाएको छ । ताम्राकारको मोबाइल परीक्षणका लागि प्रहरी प्रधान कार्यालय स्थित डिजिटल फरेन्सिक ल्याबमा पठाएको थियो । ‘फरेन्सिक ल्याबबाट रिपोर्ट आएको छ’ ‘ल्याबको रिपोर्टको आधारमा थप अनुसन्धान गर्दैछौँ।’ जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले भने,। राति ११ बजे खानेपानीको पाइपमा झुुन्डिएको अवस्थामा उनी भेटिएका थिए । विवाहमा गएर फर्केका परिवारका सदस्यहरूले ढोका खोल्न आग्रह गर्दा ढोका नखुलेपछि करिब ३ घण्टापछि स्थानीयको सहयोगमा परिवारका सदस्यहरू भित्र पसे । घरभित्र सारुक मृत देखेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा पुग्दा उनको मोबाइलमा गीत बजिरहेको थियो । घटनास्थलमा पुगेका एक जना प्...
बार्सिलोनासँग रियल पराजित

बार्सिलोनासँग रियल पराजित

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, साउन १४ । प्रिसिजन टुर अन्तर्गत दुई स्पेनिस क्लबबिच भएको खेलमा रियल मड्रिडमाथि बार्सिलोनाले जित निकालेको छ । सकर च्यामपियनसिप टुर अन्तर्गत अमेरिकाको टेक्सासमा आइतबार विहान भएको खेलमा बार्सिलोनाले रियल मड्रिडलाई ३–० ले पराजित गरेको छ । खेलको १४ औं मिनेटमा उसमान डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई आग्रता दिलाएका थिए । त्यसपछि खेलको १९ औं मिनेटमा रियलले बराबरी गर्ने अवसर पाएको पाएको थियो । भिनियस जुनियले प्रहार गरेको पेनाल्टी पोष्टमा ठोक्किएर फर्कियो । त्यसपछि पनि रियलले धेरै गोल गर्ने अवसर पाएको थियो । तर, गोल गर्न नसकेपछि ८५ औं मिनेटमा फर्मिन लोपेजले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । दोस्रो हाफको इन्जुरी टाईमको पहिलो मिनेट नबित्दै फेरान टोरेशले गोल गर्दै बार्सिलोनालाई उत्कृष्ट जित दिलाए ।...
अमेरीकाको सियटलमा भुकम्प जानेगरी टेलर स्वीफ्टको कन्सर्ट

अमेरीकाको सियटलमा भुकम्प जानेगरी टेलर स्वीफ्टको कन्सर्ट

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, १४ साउन । विश्व प्रख्यात गायीका टेलर स्वीफ्टको कन्सर्टले अमेरिकाको सियाटल सहरमा सानो भूकम्प नै गएको खुलेको छ । भूगर्भविद् ज्याकी काप्लान–औरब्याचका अनुसार कन्सर्ट दौरानको क्रममा २.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ । गत जुलाई २२ र २३ मा एरास टूरको दौरान लुमेन फिल्डमा आयोजित कन्सर्टका दौरान यो तथ्यांक रेकर्ड गरिएको थियो । स्वीफ्टले करिब १ लाख ४४ हजार फ्यानका अगाडि प्रस्तुति दिएकी थिइन् । भुकम्पका कारण स्वीफ्टको साउन्ड सिस्टम वा दर्शकहरुको कारणले गएको हुनसक्ने उनले बताइन् । स्वीफ्टको कन्सर्टले यसअघि सियाटल सीहक र न्यु ओर्लियन्सबीचको खेलमा अमेरिकन फुटबल फ्यानहरुले सिर्जना गरेको भूकम्पको रेकर्ड पनि तोडेका छन् । त्यतिबेला मार्सन लिन्चले टचडाउन गर्दा समर्थकहरु उर्फेर २ म्याग्निच्युडको भूकम्प सिर्जना गरेका थिए । सांगीतिक कन्सर्टहरुमा यसअघि पनि भूकम्प सिर्जना हुने गरेका छ...