Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

डि.बि.राईको रचना र मीकबुङ राईको स्वरमा “ नेपालकी छोरी हुँ म” सार्वजानिक, भिडियो सहित ।

डि.बि.राईको रचना र मीकबुङ राईको स्वरमा “ नेपालकी छोरी हुँ म” सार्वजानिक, भिडियो सहित ।

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, १४ साउन । संगित प्रेमी डि.बि राईको अर्को रचना नेपालीकी छोरी हुँ म... सार्वजानिक भएको छ । राईकै शव्द रचना, रुद्र श्रेष्ठको संगित र मिकबुङ् राईको स्वरमा रहेको गित दुई दिन अघि मात्रै सार्वजानिक भएको हो । बालगायीका मीकबुङ समता स्कुलमा कक्षा ७ मा अध्यानरत विद्यार्थी हुन् । ११ बर्षको सानै उमेरमा गित गाउने कला भएकी मीकबुङले आफ्नो स्वरलाई पूर्वाञ्चल रेकर्डिङ स्टुडियोमा उत्कृष्ट प्रस्तुत गरेकी छिन् । डि.बि राईले केहि समय अघि मात्रै गुँरासै फुल्यो रौता पाखैमा नामक लोकदोहरी गित सार्वजानिक गरेका थिए । उक्त गितमा भ्वाईस अफ नेपालकी अन्तिम ४ की प्रतिस्पर्धी श्रेया राई र डि.बि राई आफैले स्वर दिएका थिए । हालै सार्वजानिक गित भने देश, भाषा, संस्कृति र भुमि सँग सम्बन्धि रहेको छ । डि.बि राई गित संगित सँग नजिक रहेर काम गर्दै आएका छन् । राई किरात कलकार संघका जिल्ला अध्यक्ष तथा त्रियुगा नगरपालिका...
कोशी प्रदेश सरकारका लागि सत्तागठबन्धनको तिन बिकल्पमा छलफल हुँदै

कोशी प्रदेश सरकारका लागि सत्तागठबन्धनको तिन बिकल्पमा छलफल हुँदै

Breaking News 1, समाचार
पूर्णपुष्टि, १४ साउन । कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रयासमा आज सत्ता गठबन्धनका नेताहरुको बैठक फेरी काठमाडौंमा बस्दै छ । बैठकमा कोशी प्रदेशका संसदीय दलका नेताहरुलाई पनि बोलाइएको छ । सत्ता गठबन्धनका नेताहरुले सकेसम्म गठबन्धन दलबाटै सरकार गठनको प्रयास जारी राखेका छन् । एमालेको सरकार रहेको उक्त प्रदेशमा माओवादी र जसपाले सरकार छाडेपनि अल्पमतमा परेको हिमत कुमार कार्कीले विश्वासको मत पाउन सकेन । बहुमत सहितको सरकारका लागि फेर प्रदेश प्रमुखले सरकार निर्माणका लागि आह्वान गरे । गठबन्धनको सरकार बनाउन सभामुख बावुराम गौतम समेतको हस्ताक्षरमा गठबन्धनबाट कांग्रेसका उद्धव थापा मुख्यमन्त्री नियुक्ती भएका थिए । तर सर्वोच्च अदालतले गौतमलाई पदमुक्त गरेसँगै गठबन्धन सरकार पनि समाप्त भयो । सत्ता गठबन्धन र एमाले दुवै पक्षसँग बहुमत (४७) प्रदेश सभा सदस्यको समर्थन० पुगेको छैन । यस्तो अवस्थामा सत्ता गठबन्धनबीच ...
दक्षिण कोरियामा पानीजहाज कम्पनीमा काम गर्नका लागि भाषा परीक्षा आवेदन दिन आह्वान

दक्षिण कोरियामा पानीजहाज कम्पनीमा काम गर्नका लागि भाषा परीक्षा आवेदन दिन आह्वान

Breaking News 1, समाचार
पूर्णपुष्टि, १४ साउन । ईपीएस कोरिया शाखा ग्वार्कोले पानिजाहाज कम्पनीमा काम गर्ने अवसर रहेको भन्दै इच्छुकहरुलाई भाषाका लागि फर्म भर्न आह्वान गरेको छ । ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखाले आज सूचना प्रकाशित गरी भाषा परीक्षाको लागि आवेदन फारम भर्न आह्वान गरेको हो । आवेदकले अनलाइनबाट मात्र फारम भर्नुपर्ने छ । ती फारम दर्ता साउन २० गतेदेखि २४ गतेसम्म हुनेछ । भाषा परीक्षा हुने स्थान र समय भदौ ८ गते शुक्रबार प्रकाशित गरिने सूचनामा उल्लेख छ । भाषा परीक्षामा पास भएकाहरुले दोस्रो चरणमा सीप परीक्षा दिनुपर्ने छ । भाषा परीक्षा, सीप परीक्षण र स्वास्थ्य परीक्षणमा पास भएपछि मात्र रोजगार आवेदन फारम भर्न पाइने छ ।  ...
सेभेन ए साईड झरी च्यालेन्जको उपाधी ब्रोदर्सलाई

सेभेन ए साईड झरी च्यालेन्जको उपाधी ब्रोदर्सलाई

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि,साउन १३ । उदयपुरको त्रियुगा नगरपालीका वडा नम्बर–१० बोक्से खशि बजारमा आयोजित प्रथम सेभेन ए साईड ‘झरी च्यालेन्ज’को उपाधी ब्रोदर्सले हात पारेको छ । प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा नयाँबस्ती फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै ब्रोदर्स बिजयी बनेको हो । यता आयोजक टिम नयाँ नयाँ बस्तिले भने उपविजेतामै चित्त बुझाएका छन् । नयाँबस्ती फुटबल क्लबको आयोजनामा गत असारको २९ गते देखि सुरु भएको प्रतियोगिताको आज भएको फाईनल खेलमा ब्रोदर्सको लागि जर्सी नम्बर ४७ का सुदिप श्रेष्ठ र जर्सी नम्बर ५ का समेल राईले गोल गर्न सफल भएका थिए । प्रतियोगितामा नयाँबस्तीको लागि जर्सी नम्बर १८ का संजय भुजेलले टिमको लागि १ गोल गरी खाता खोलेका थिए । प्रतियोगिताका बिजयी ब्रोदर्सले ट्रफि नगद रु २५००० सहित प्रमाणपत्र र उपबिजेता नयाँबस्ती फुटबल क्लबले ट्रफि नगद रु १५००० सहित प्रमाणपत्र प्राप्त गरेका ...
११ नं वडाअध्यक्ष सुमन्त कोईरालाको चुनाव अघिको प्रतिबद्धता फ्ल्प, भिडियो बन्यो भाईरल

११ नं वडाअध्यक्ष सुमन्त कोईरालाको चुनाव अघिको प्रतिबद्धता फ्ल्प, भिडियो बन्यो भाईरल

Breaking News 1, समाचार
पूर्णपुष्टि, १३ साउन । त्रियुगा नगरपालिका ११ नं वडाअध्यक्ष सुमन्त कोईरालाको चुनाव अघिको एउटा भिडियो यतिवेला सामाजिक संञ्जालमा भाईरल बनेको छ । कोईरालाले चुनाव अघि जनतालाई दिएको प्रतिवद्धता एक बर्ष नाघी सक्दा पनि पुरा नगरे पछि उक्त भिडियो बाहिरिएको थियो । सोही भिडियो पछिल्लो समय सामाजिक संञ्जालमा भाईरल भैरहेको छ । कोईरालाले चुनाव अघि एक भिडियोमा गाईघाटको पिपलचोक देखी सिमलटार सम्म जाने बाटोलाई तत्कालै आवश्यक मर्मत र कालोपत्रे निर्माण गर्ने प्रतिवद्धताको संज्ञा जनताहरुलाई दिएका थिए । यो सडक निकै बर्ष अघि देखी अस्तव्यस्त पनि छ । सोही सडकको नाममा जनताहरुलाई अध्यक्ष कोईरालाले भोट माग्ने बाटो त बनाए तर सडक बनाएनन् । उक्त सडक भने अझै अलपत्र अवस्थामै छ । वडाअध्यक्ष आफैले भनेका छन् त्यो सडक धुलो र खाल्डोले क्षती ग्रस्त छ, यसले गर्दा जनताहरुलाई मार परेको अवस्था छ । त्यसका लागि मैले जिते भने १५ ...
रास्वपामा सहभागी हुने भनेको उम्मेदवार हुनु होईन् : रवी लामिछाने

रास्वपामा सहभागी हुने भनेको उम्मेदवार हुनु होईन् : रवी लामिछाने

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, साउन १३ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले रास्वपामा सहभागी हुनु भनेको उम्मेदवार नभएको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । रास्वपामा सहभागी अहिले हुनु भनेको उम्मेदवार हुनु होईन्, उम्मेदवारको छनोट भएको छैन, यो कुरा सबैले स्पष्ट हुनु जरुरी रहेको लामिछानेले बताएका छन् । आफु नै मेयरको उम्मेदवार, वडा अध्यक्षको उम्मेदवार भन्ने गरेर दौडादौड गरेको कता कता आफुले  सुनेको पनि बताए । उम्मेदवारको लागी मात्र जोडिनेसँग धेरै लामो यात्रा नहुने समेत उनले बताए । राष्ट्रिय स्वतन्त्र पार्टी कुनै साधारण परिस्थितिमा जन्मेको होईन्, कसैलाई पोस्न पाल्न बनेको पार्टी होईन् ‘लामिछानेले भने’ नेपाली जनताले खोजेको नेतृत्व खोज्नका लागी मिसन २०८४ भनेको सहि नेतृत्व छान्न सकियो भने मात्रै सम्भव हुने हो । देशमा राम्रा नारा सबैले लग...
डेङ्गुको कारण कटारीका एक युवक सहित पाचँ जनाको मृत्यु

डेङ्गुको कारण कटारीका एक युवक सहित पाचँ जनाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १३ । डेङ्गु संक्रमणका कारण उदयपुरको कटारी नगरपालिकाका एक युवकसहित पाचँ जनाको मृत्यु भएको छ । पछिल्लो केही दिनयता डेङ्गु संकमणका कारण पाचँ जनाको मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले । हिप ज्वाइन्टको शल्यक्रिया पछि ज्वरो आएर जाँच गर्दा डेंगी पोजिटिभ देखिएको कटारी बस्ने २९ बर्षीय पुरुषको उपचारको क्रममा साउन १० गते मृत्यु भएको हो । त्यस्तै साउन ३ गते धरान–५ देउराली बस्ने ५३ वर्षीया महिला, साउन ७ गते धरान–१० बस्ने ५६ वर्षीय पुरुष, धरान–२ बस्ने ७७ वर्षीय वृद्ध, साउन ११ गते धरान ११ बस्ने १० वर्षीया बालिकाको डेङ्गु संक्रमणका कारण मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनिहरुको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा चुडामणि पोखरेल जानकारी दिए । उनका अनुसार प्रतिष्ठानको डेंगी अस्पतालमा हालसम्म भर्ना भएका ५४ जनामध्ये ३७ जना डिस्चार्ज भईसकेका...
साउन २४ गते भव्य रुपामा विश्व आदिवासी दिवस मनाईने, मुल समारोह समिति गठन

साउन २४ गते भव्य रुपामा विश्व आदिवासी दिवस मनाईने, मुल समारोह समिति गठन

Breaking News 1, समाचार
पूर्णपुष्टि, १३ साउन । नेपाल आदिवासी जनजाति माहासंघको आयोजनामा साउन २४ गते भव्य रुपमा आदिवासी दिवस मनाईने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले साउन २४ (९ अगष्ट) मा २९ औं विश्व आदिवासी दिवस भव्यरुपमा मनाउने तयारी गरेको हो । हरेक वर्ष विश्वव्यापी रुपमा मनाइँदै आएको यो दिवस यस वर्ष पनि नेफिनले विविध कार्यक्रम गरी मनाउने तयारी गरेको हो । महासंघले साताव्यापीरुपमा विविध कार्यक्रम गरी दिवस मनाउने तयारी गरेको छ । जसअन्तर्गत महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । त्यस्तै महासंघले विभिन्न उपसमितिहरू समेत गठन गरेको छ । जसअन्तर्गत नेफिनका बरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीको संयोजकत्वमा हल तथा मञ्च व्यवस्थापन उपसमिति, उपाध्यक्ष लाकुपा ढोक्प्या शेर्पाको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, उपमहासचिव रामकृष्ण ब्लोन तामाङको संयोजकत्वमा झाँकी र्‍याली...
रौताको अतिथि सदनमा होटल संञ्चालन नगर्न स्थानीयको अनुरोध

रौताको अतिथि सदनमा होटल संञ्चालन नगर्न स्थानीयको अनुरोध

Breaking News 1, समाचार
पूर्णपुष्टि, १३ साउन । उदयपुरको रौतामाई गाउँपालिका ६ रौता चिसापानी स्थित निर्माण भएको अतिथि सदन भवनमा होटल संञ्चालन नगर्न स्थानीयले अनुरोध गरेको छ । पालिकाले पर्यटकीय तथा धार्मिक क्षेत्रभित्र निर्माण भएको अतिथि सदनमा होटल सञ्चालन गर्ने निर्णय गर्ने बितिकै स्थानीयहरु बिरोधमा उत्रिएको हो । स्थानीय युवा सुरेन राईका अनुसार पालिकाको आन्तरिक आयस्रोतको लागि अन्य थुप्रै सम्भावनाहरु छन् । स्थानीय आयस्रोतको नाममा पबित्र धार्मिक स्थललाई अपपबित्र बनाउन मिल्दैन ।” यसरी आगन्तुक अतिथि प्रयोजनको लागि निर्माण भएको भवनलाई होटलमा परिणत गर्दा ससाना होटल व्यवसायहरुसमेत धरासायी हुने अवस्थामा रहेको स्थानीय राईले बताए । यसै विषयमा पालिका उपाध्यक्ष भुपेन्द्रबहादुर थापाले होटल सञ्चालन नै भनेर निर्णय नभएको बताए । उनले भने, “अथिती गृह सञ्चालन गर्ने हो । त्यसमा पालिकाले बनाएको कार्य विधि अनुसार राजस्व उठाउ...
कोशी प्रदेश सरकारका लागि सभामुखलाई राजीनामा गराउने सहमति नजिक कांग्रेस (माओवादी

कोशी प्रदेश सरकारका लागि सभामुखलाई राजीनामा गराउने सहमति नजिक कांग्रेस (माओवादी

Breaking News 1, समाचार
पूर्णपुष्टि, १३ साउन । नेपाली कांग्रेस र माओवादी केन्द्र कोशीका सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर निकास खोज्न सहमति नजिक पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान दुई दलका नेताबीच छलफल भएको थियो । ‘कोशीका सभामुख गौतमलाई राजीनामा गर्न लगाएर नयाँ सरकार बनाउनु नै उत्तम विकल्प हुनेमा दुई दल सहमति नजिक पुगेका छन् । सभामुखले राजीनामा गरेर सरकार बनाउने कुरामा छलफल भएको छ । राजीनामा गराएर नै ४७ पुर्‍याउनु पर्छ भन्ने भएको छ,’ बालुवाटार स्रोतले जानकारी दियो । सभामुखलाई राजीनामा गराएपछि मुख्यमन्त्री कसलाई बनाउने विषयमा बारेमा भने छलफलले निष्कर्ष निकाल्न सकेन । कांग्रेसका उद्धव थापालाई नै मुख्यमन्त्री बनाउने कि नयाँ व्यक्ति अघि सार्ने कुरामा सहमति बन्न सकेको छैन । ‘उद्धव थापालाई नै बनाउने कि अर्को व्यक्ति बनाउने टुंगो लाग्न सकेन,’ बालुवाटार स्रोतले भन्यो । मुख्यमन्त्री...