Tuesday, July 7News That Matters

Month: ३ वर्ष अगाडि

लागुऔषाध ओसारपसार गर्ने एक महिलालाई फाँसीको सजाय

लागुऔषाध ओसारपसार गर्ने एक महिलालाई फाँसीको सजाय

Breaking News 1, समाचार
पूर्णपुष्टि, १२ साउन । सिङ्गापुरमा शुक्रबार एक ४५ वर्षीया महिलालाई फाँसी दिइएको छ । त्यहाँको नार्कोटिक्स ब्युरोले सन् २०१८ मा सरीदेवी बिन्ते जमानी नामकी महिलाबाट ३१ ग्राम हेरोइन बरामद भएको जनाएको छ । यस्तै, उनी १ किलो हेरोइन बेचेको आरोपमा दोषी ठहर भएकी थिइन् । यस मुद्दामा उनलाई मृत्युदण्डको सजाय सुनाइएको छ । ब्युरोले जमानीलाई सजाय दिन कानुनको पूर्ण पालना गरेको जनाएको छ । पछिल्लो २० वर्षमा पहिलो पटक सिङ्गापुरमा एक महिलालाई फाँसी दिइएको हो । यसअघि सन् २००४ मा ३६ वर्षीया हेयर ड्रेसरलाई लागू औषध तस्करीको आरोपमा फाँसी दिइएको थियो । हाल मानवअधिकार सङ्गठन एम्नेस्टी इन्टरनेशनलले सिङ्गापुरको यो कदमको कडा आलोचना गरेको छ । सङ्गठनले भनेको छ, ‘हामी मृत्युदण्ड हटाइसकेका देशलाई सिङ्गापुरमा यो सजायमा प्रतिबन्ध लगाउन हाम्रो मद्दत गर्न अपिल गर्छौँ ।’ सिङ्गापुरमा लागुऔषधको तस्करीलाई मृत्युदण्ड दिइन्छ ...
साइकलयात्रीमाथी मुक्का प्रहार गर्ने आयुषलाई १० वर्ष कैद र एक लाख जरिवाना माग सहित मुद्दा हाल्ने तयारी

साइकलयात्रीमाथी मुक्का प्रहार गर्ने आयुषलाई १० वर्ष कैद र एक लाख जरिवाना माग सहित मुद्दा हाल्ने तयारी

Breaking News 1, समाचार
पूर्णपुष्टि, १२ साउन । बिराटनगर स्थित साईकल एक मजदुरलाई मुक्का प्रहार गर्ने आयुष भेटवाललाई १० बर्ष कैद र एक लाख रुपयाँ जरिवाना सहित मुद्धा हाल्ने तयारी भएको छ । गलत दिशाबाट साइकल चलाएको निहुँमा मजदूरमाथि निर्घात कुटपिट गर्ने विराटनगरका आयुष भेटवाललाई १० वर्ष कैद र १ लाख जरिवाना गर्न माग गर्दै प्रहरीले सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन बुझाएको छ। विराटनगर महानगरपालिका ६ का २७ वर्षीय पवन साहलाई राति कारबाट उत्रिएर मुक्का हान्दै कुटपिट गर्ने विराटनगर ४ का १९ वर्षीय भेटवाललाई यस्तो सजाय हुनुपर्ने प्रहरीको ठहर छ। पक्राउ परेका भेटवाललाई मोरङ प्रहरीले मोरङ अदालतमा ज्यान मार्ने उद्योगमा म्याद थप गरी अनुसन्धान सुरू गरेको थियो। मोरङ प्रहरीले अनुसन्धान सकेपछि जिल्ला सरकारी वकिलको कार्यालयमा शुक्रबार अनुसन्धान प्रतिवेदन बुझाएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दि...
चित्लाङ जाँदै गरेको गाडी दुर्घटना, दुईको मृत्यु

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना, दुईको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, १२ साउन । थानकोटबाट चित्लाङ जाँदै गरेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली घर भएका २० वर्षीय नवराज ठोकर तामाङ र काभ्रे घर भएका ४५ वर्षका अनिल तामाङ रहेको प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक ९डिएसपी० नारायणप्रसाद अधिकारीले जानकारी दिए । थानकोटबाट चित्लाङ जाँदै गरेको वा १० च ३५४६ नम्बरको मारूती भ्यान पानीघाटनजिक भीरबाट खसेको थियो । गाडीमा पाँच जना सवार रहेकोमा ३ जनालाई सकुशल उद्धार गरिरएको डिएसपी अधिकारीले बताए । गाडी के कारणले दुर्घटना भएको हो भन्ने विषय खुलेको छैन। गाडी सडकबाट पाँच सय मिटर तल सडकमा खसेर क्षतविक्षत भएको छ। घटनास्थलमा पानीघाटमा रहेको सेनाको टोली समेत पुगेको छ ।  ...
कोशीमा नयाँ सरकार गठन गर्न आह्वान

कोशीमा नयाँ सरकार गठन गर्न आह्वान

Breaking News 1
पूर्णपुष्टि, साउन १२ । कोशी प्रदेशमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख खापुङले आह्वान गरेका छन् । शुक्रबार प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमारले एक विज्ञप्ती निकाल्दै १६ गते अपरान्ह ५ बजे भित्र बहुमतका साथ मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रमुख खापुङले आह्वान गरेको जानकारी दिए । कोशी सरकार गठनविरुद्ध परेको मुद्धामा सर्वोच्चले बिहिबार मुख्यमन्त्री उद्धवथापाको नियुक्ति बदर गरी दिएको आदेशबमोजिम ‘नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलहरुको समर्थनको साथ बहुमत पु¥याई मुख्यमन्त्रीमा दाबी गर्न विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा भनिएको छ ‘सर्वोच्च अदालतको पूर्ण इजलासबाट भएको आदेशबमोजिम ‘जुन विन्दुबाट संविधानको प्रयोग र पालनामा त्रुटी भएको हो, सोही अवस्थाबाट संविधानसम्मत तवरले प्रक्रिया अगाडि बढाउन मनासिब देखिएको हुँदा २०८०–४–१७ भित्र कोशी प्रदेश सभामा...
मिटरब्याजी सम्बन्धी बन्यो कानुन, राष्ट्रपतिद्धारा बिधियक प्रमाणीकरण

मिटरब्याजी सम्बन्धी बन्यो कानुन, राष्ट्रपतिद्धारा बिधियक प्रमाणीकरण

Breaking News 1, समाचार
पूर्णपुष्टि, १२ साउन । नुचित लेनदेन ९मिटरब्याज० सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । दुवै सदनबाट पास भई प्रमाणीकरणका लागि शीतल निवास पुगेको विधेयक शुक्रबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनको रुप लिएको छ । राष्ट्रिय सभामा उत्पत्ति ९५ असार २०८० मा दर्ता० भएको यो विधेयक १५ असार २०८० मा पारित भएर राष्ट्रिय सभामा गएको थियो । ३१ असार २०८० मा प्रतिनिधिसभाले संशोधनसहित पारित गरेको विधेयकलाई १० साउनमा राष्ट्रिय सभाले सर्वसम्मत रुपमा स्वीकार गरेको थियो ।  ...
टिकटक बनाउने नाममा अश्लिल हर्कत, एक युवक पक्राउ

टिकटक बनाउने नाममा अश्लिल हर्कत, एक युवक पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, १२ साउन । धार्मिक स्थलमा अश्लील टिकटक भिडियो बनाउने कार्यमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जानकी मन्दिरको विवाह मण्डपभित्र अश्लील हर्कत देखाई टिकटक बनाउने कार्यमा संलग्न १८ वर्षका अनिरूद्र यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको हो । सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपश्चात् प्रहरीले धनुषा औरही गाउँपालिका ६ पोखरभिण्डाका ती युवकलाई पक्राउ गरेको हो । अनिरूद्रमाथि थप अनुसन्धान कार्य भइरहेको र टिकटकमा देखिएकी महिला र भिडियो खिच्ने व्यक्तिहरू समेतको खोज तलास भइरहेको धनुषा प्रहरीले जनाएको छ । सार्वजनिक भिडियोमा युवकले युवतीको संवेदनशील अंग समातेको देखिन्छ ।  ...
धरान घुम्न गएर आएका कटारीका एक ब्यक्तिमा डेँगु पुष्टि

धरान घुम्न गएर आएका कटारीका एक ब्यक्तिमा डेँगु पुष्टि

Breaking News 1, समाचार
पूर्णपुष्टि, १२ साउन । कटारी÷कटारीमा पनि एक जनालाई डेंगु पुष्टी भएको छ । धरान घुम्न गएर आएका कटारी वडा नम्बर ८ का एकजना पुरुषमा डेङ्गी पुष्टि भएको कटारी अस्पत्तालका मेडिकल सुपरिडेण्टेड डाक्टर गौरब साहले बताए । डाक्टर साहका अनुसार कटारी आसपासमा भने अहिले संक्रमण नदेखिएपनि धरानबाट आएका युवामा संक्रमण पुष्टि भएको हो । धरान उपमहानगरपालिकामा भयावह रुपमा पैmलिएको डेङ्गीले दुई महिनामा ७ जनाको ज्यान गईसकेको छ । धरानका मेयर हर्क साम्पाङ्ग आपैm डेङ्गी नियन्त्रणका लागि फगिङ्ग तथा लामखुट्टे नष्ट गर्न मैदानमा निस्किनुभएको भएपनि हालसम्म नियन्त्रणमा आउन सकेको छैन् । पोथी लामखुट्टेको टोकाईबाट सर्ने डेङ्गीबाट वच्न बाहुले लुगा लगाउने , झुल लगाउने , लामखुट्टे उत्पादन हुने सफा पानी जम्ने ठाउँमा पानी जम्न नदिने हो भने यसबाट वच्न सकिने डा।साहले बताउनुभयो । नियमित एकसय डिग्रीभन्दा माथि ज्वरो आउने , आँखाक...
मध्य पहाडी लोकमार्गका निर्देशक पोखरेल बलत्कार आरोपमा पक्राउ

मध्य पहाडी लोकमार्गका निर्देशक पोखरेल बलत्कार आरोपमा पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, १२ साउन । मध्य पहाडी लोकमार्ग आयोजनाको आयोजना निर्देशकलाई प्रहरीले पक्राउ गरेको छ । इन्जिनियर हरि कुमार पोखरेललाई त्रिपुरेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारीले बताए । घरमा काम गर्ने किशोरीलाई पोखरेलले बलात्कार गरेको आरोप छ । किशोरीले कालीमाटी स्थित महिला तथा बालबालिका सेवा केन्द्रमा जाहेरी दिएकी थिएन । त्रिुपरेश्वर स्थित ब्लुक्रस अस्पतालबाट पक्राउ गरेर इन्जिनियर पोखरेलमाथि अनुसन्धान शुरु गरिएको डिएसपी अधिकारीले बताए । उनी संलग्न बलात्कार घटनाबारे सामाजिक सञ्जालमा पनि प्रश्न उठेको थियो ।...
मन्त्रीहरुलाई स्पष्टिकरणको मौका नदिई राजीनामा मागिहाल्ने संस्कार राम्रो होइन : प्रधानमन्त्री प्रचण्ड

मन्त्रीहरुलाई स्पष्टिकरणको मौका नदिई राजीनामा मागिहाल्ने संस्कार राम्रो होइन : प्रधानमन्त्री प्रचण्ड

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले स्पष्टिकरणको मौका नदिई प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार राम्रो नभएको बताएका छन् । इटालीबाट ४ दिने भ्रमण गरेर शुक्रबार स्वदेश फर्किएका प्रधानमन्त्रीले विमानस्थलमा पत्रकार सम्मेलन गर्दै सो कुरा बताएका हुन् । ‘राजनीतिक उद्देश्यको लागि प्रधानमन्त्रीको राजीनामा मागिहाल्ने, गृहमन्त्रीको राजीनामा मागिहाल्ने, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने जो संस्कार बस्न खोजेको छ, त्यो राम्रो होइन ‘प्रधानमन्त्रीले भने’ प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीलाई स्पष्टीकरण दिने मौकासमेत नदिई राजीनामा दिने भए देऊ नत्र सदन चल्न दिँदैनौं भनेर पहिल्यै घोषणा गर्ने यो राजनीतिक कल्चरले हामीलाई राम्रो ठाउँतिर लैजाँदैन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाहिरबाट सय किलो सुन बरामद भएपछि एमाले सांसदहरुले संसदमा गृहमन्त...
सप्तरीमा युवकको हत्या

सप्तरीमा युवकको हत्या

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १२ । सप्तरीमा एक युवकको हत्या भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १० इनर्वाका २१ वर्षीय तिर्कनारायण मण्डलको हत्या भएको छ । मण्डलको शव तिलाठी कोइलाडी गाउँपालिका ७ मनसापुर गाउँ नजिक हिलोमा फेला परेको सप्तरीका प्रहरी प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिए । उनका अनुसार अर्का युवक अजय मण्डल पनि घाईते अवस्थामा फेला परेका छन् । ‘घटनास्थलको प्रकृति हेर्दा युवकको हत्या नै भएको देखिन्छ । अर्का युवक घाइते छन् ‘प्रवक्ता सिंहले भने’ घटना कति बेलाको हो त्यो खुल्न सकेको छैन । आज बिहान ६ बजेतिर मण्डलको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको उनले बताए । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...