Tuesday, July 7News That Matters

Month: ३ वर्ष अगाडि

रुसको साइबेरियामा पर्यटक बोकेको हेलिकप्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु, १० घाईते

रुसको साइबेरियामा पर्यटक बोकेको हेलिकप्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु, १० घाईते

Breaking News 3, समाचार, संसार
पूर्णपुष्टि, साउन १२ । रुसको साईबेरिया क्षेत्रमा एउटा हेलिकप्टर दुर्घटना भएको छ । बिहीबार पर्यटक बोकेको निजि कप्पनीको एमआई– ८ हेलिकप्टर दुर्घटनाहुँदा ४ जनाको मृत्यु भएको छ भने १० जना घाईते भएका छन् । रसियाको आपतकालीन मन्त्रालयको अल्ताई शाखा अनुसार दक्षिणी साइबेरियामा अवतरण गर्ने क्रममा आगो लागेको र बिजुलीको लाइनमा ठोक्किदाँ दुर्घटना भएको हो । जहाजमा १२ जना यात्रु र तीनजना चालक दलका सदस्य रहेको बताइएको छ तर आपतकालीन अवस्था मन्त्रालयले जहाजमा जम्मा १३ जना यात्रु रहेको जनाएको छ ।...
सेती नदीमा डुबेर एक बालक बेपत्ता

सेती नदीमा डुबेर एक बालक बेपत्ता

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १२ । सेती नदिमा डुबेर एक बालक बेपत्ता भएका छन् । बिहिवार पौडी खेल्ने क्रममा डुबेका सिलगढी नगरपालिका–३ तेलपारे बगरका ५ बर्षीय बालक सुशान्त साउँद बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मी जोशीका अनुसार उनीसँगै डुबेका चार वर्षीय बालक मिलन साउँदलाई उद्धार गरिएको छ । उनको डडेलधुरामा उपचार भईरहेको र बेपत्ता बालकाको खोजी भईरहेको प्रहरी निरिक्षक जोशीले जानकारी दिए । बालकको खोजीको लागी स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ ।...
अनुमति नलिई क्लिनिक सञ्चालन गर्ने ४ जना पक्राउ

अनुमति नलिई क्लिनिक सञ्चालन गर्ने ४ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १२ । धनगढीमा अनुमती नलिई क्लिनिक सञ्चालन गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार प्रदेशको सामाजिक विकास मन्त्रालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका–२ र ३ बाट प्रचलित कानुनबमोजिम लिनुपर्ने सञ्चालन अनुमतिबिना मेडिकल सञ्चालन गरिरहेका चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३ बस्ने एभरेष्ट मेडिकलका सञ्चालक ३० वर्षीय अमर चौधरी, मानवी हाम्रो मेडिकल फार्मेसीका सञ्चालन २५ वर्षीय नवीन धामी, वडा नम्बर ३ मै सञ्चालन गरिएको फारवेष्ट प्याथोलिजीका ३३ वर्षीय दिपक महरा र वडा नम्बर २ मा रहेको रेस्मी क्लिनिक फार्मेसीका ७३ वर्षीय गोरख बहादुर श्रेष्ठ रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले बताए । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको डिएसपी चन्दले बताए ।  ...
चार दिने भ्रमण सकेर आज स्वेदश फर्कदैँ प्रधानमन्त्री प्रचण्ड

चार दिने भ्रमण सकेर आज स्वेदश फर्कदैँ प्रधानमन्त्री प्रचण्ड

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, साउन १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) इटलीको ४ दिने भ्रमण सकेर आज स्वदेश फर्कदैँछन् । प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरी तिमिल्सिनाका अनुसार आज बिहान १० बजे कतार एअरलाइन्सको विमानमार्फत प्रधानमन्त्री सहितको भ्रमण टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछन् । युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड साउन ६ गते इटली प्रस्थान गरेका थिए । प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्नु भएको थियो । प्रधानमन्त्री प्रचण्ड र बङ्गलादेशी समकक्षी शेख हसिनाबीच रोममा द्विपक्षीय भेटवार्ता भएको थियो भने संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसबीच भेटवार्ता भएको थियो । बङ्गलादेशी समकक...
आज कोशी सहित पाचँ प्रदेशमा भारी वर्षाको सम्भावना

आज कोशी सहित पाचँ प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १२ । आज कोशी सहित पाचँ प्रदेशमा भारी बर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुका साथै भारतको ओडिसा र आन्ध्र प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको र दिउँसो कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको र राति कोशी, बागमती र गण्डकी प्रदेशका ए...
प्रहरीद्धारा झन्डै ९ हजार हातहतियार नष्ट

प्रहरीद्धारा झन्डै ९ हजार हातहतियार नष्ट

Breaking News 1, समाचार
पूर्णपुष्टि, ११ साउन । विभिन्न मिति र स्थानबाट जफत एवं बरामद भए झण्डै ९ हजार बराबरका हातहतियारहरूलाई बुधबार प्रहरीले नष्ट गरेको छ । प्रहरीका अनुसार कुल ८ हजार ८९६ वटा हतियार नष्ट गरेको हो। ६ हजार ७४ वटा भरुवा बन्दुक, १७७ वटा बाह्र बोर, विभिन्न प्रकारका १ हजार ७६ वटा पेस्तोल, २३२ वटा म्याग्नम, २९ वटा एयर गन नष्ट गरेको हो। त्यस्तै, २२९ सर्ट गन, ६२६ वटा थ्रीनटथ्री राइफल, ३३४ वटा रिभल्भर, १० वटा ग्यास गन, २५ वटा हर्नेट र नाम नखुलेको ८४ थान हतियार नष्ट गरिएको हो। काठमाडौं महानगरपालिका(११ स्थित नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन परिसरमा नष्ट गरिएको हो। हातहतियार, खरखजाना एवं विष्फोटक पदार्थ व्यवस्थापन निर्देशिका, २०६९ को दफा ८ ९३० बमोजिम नष्ट गरिएको प्रधान कार्यालयले जानकारी दिएको छ। हतियारमा रहेका फलामलाई पत्रु बनाइएको थियो। नष्ट गर्दा प्रधान कार्यालय कार्यविभागका एआइजी मि...
लघुवित्त पीडितसँग वार्ता गर्न अर्थ मन्त्रालयले बनायो समिति

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थ मन्त्रालयले बनायो समिति

Breaking News 1, समाचार
पूर्णपुष्टि, ११ साउन । अर्थ मन्त्रालयले काठमाडौंमा आन्दोलनरत ‘लघुवित्त पीडित समिति’सँग वार्ता गर्न समिति गठन गरेको छ । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख सहसचिव भुपाल बरालको संयोजकत्वमा वार्ता समिति गठन गरेको मन्त्रालयका प्रवक्ता धनिराम शर्माले जानकारी दिए । अर्थ मन्त्रीस्तरको निर्णयबाट गठन भएको वार्ता समितिमा गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा नेपाल राष्ट्र बैंकका प्रतिनिधि पनि सदस्य रहनेछन् । सो समितिलाई लघुवित्त पीडित समितिसँग वार्ता तथा छलफल गरी समाधानको सिफारिस गर्ने कार्यादेश दिइएको प्रवक्ता शर्माले जानकारी दिए । ‘नेपाल राष्ट्र बैंकले पनि छुट्टै डेस्क राखेर लघुवित्त पीडितको समस्या समाधानको प्रयास गरिरहेको छ । अहिले पनि काठमाडौंमा आन्दोलन जारी नै भएकाले वार्ता मार्फत् पनि समाधानको पहल गर्न समिति गठन भएक...
मुसहर समुदायबाट  एसईई पास गर्ने हिमाल सदालाई कटारी नगरले निशुल्क पढाउने

मुसहर समुदायबाट एसईई पास गर्ने हिमाल सदालाई कटारी नगरले निशुल्क पढाउने

Breaking News 1, समाचार
पूर्णपुष्टि, ११ साउन । कटारी नगरपालिका भित्रका सदा मुसहर समुदायबाट यस वर्षको एसईईमा उत्तीर्ण हुन सफल एकमात्र विद्यार्थी हिमाल सदा (मुसहर) लाई कटारी नगरपालिकाले निशुल्क अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ । कटारी ५ का श्याम सदा मुसहरको छोरा हिमालले भोर्ले माविबाट सिप्लस ल्याएर एसईई उत्तीर्ण गरेका हुन् । हिमाललाई कटारी नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ तथा उपमेयर गिता खड्काले वधाईका साथै त्रिवेणी माविमा निशुल्क कक्षा ११ मा अध्ययन गर्ने छात्रवृत्ती प्रदान गरेका हुन् । सवै पढाई निशुल्क साथै आवश्यक पोशाकहरु समेत सहयोग गर्ने प्रतिवद्धता मेयर श्रेष्ठले जनाउनुभएको छ ।  ...
कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, अर्को सरकार गठन प्रक्रियाको लागि आदेश

कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, अर्को सरकार गठन प्रक्रियाको लागि आदेश

Breaking News 1, समाचार
पूर्णपुष्टि, ११ साउन । सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश दिएको हो । २१ असारमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री पदमा दाबी गर्दा सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेका थिए । सोही समर्थनका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए । तर नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले तटस्थ भूमिकामा रहेका सभामुखको समर्थनबाट सरकार बन्नु गैरकानुनी भन्दै सर्वोच्च अदालतमा रिट दिएका थिए । उनले थापाको नियुक्ति बदर गरी संविधानको धारा १६८ ९३० अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न पर...
आन्दोलनरत लघुवित्तका ऋणीहरुलाई गुनासो टिपाउन राष्ट्र बैंकको अनुरोध

आन्दोलनरत लघुवित्तका ऋणीहरुलाई गुनासो टिपाउन राष्ट्र बैंकको अनुरोध

Breaking News 2, समाचार
पूर्णपुष्टि, ११ साउन । लघुवित्तबाट ऋण लिएकाहरू आफू ुपीडितु भएको बताउँदै आन्दोलनमा होमिएका बेला नेपाल राष्ट्र बैंकले आफ्नो गुनासो टिपाउन ऋणीहरुलाई आग्रह गरेको छ । एक सूचना जारी गर्दै राष्ट्र बैंकले नियमबाहिर गई कुनै पनि लघुवित्त संस्थाले काम गरेको पाइए कारबाही गर्ने प्रतिवद्धता पनि जनाएको छ । ‘लघुवित्त वित्तीय संस्थाले राष्ट्र बैंकले जारी गरेका निर्देशनको पालना नगरेको, तोकेभन्दा बढी ब्याजदर वा अन्य शुल्क लिएको, गैरकानुनी ढंगमा सम्पत्ति लिलामी गरेको, उद्यम व्यवसाय गर्न असहयोग गरेको लगायत अन्य जुनसुकै गुनासो भएमा टोल फ्रि नम्बर १८१०५००००२२ मार्फत गुनासो दर्ता गर्न सकिनेछ’ राष्ट्र बैंकले भनेको छ ।  ...