Tuesday, July 7News That Matters

Month: ३ वर्ष अगाडि

मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रियसभाबाट पुनः सर्वसम्मतिले पारित

मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रियसभाबाट पुनः सर्वसम्मतिले पारित

Breaking News 1, समाचार
पूर्णपुष्टि, ११ साउन । मिटर व्याज सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रिय सभाबाट पुनः स्वसहमतिले पारित भएको छ । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा प्रतिनिधि सभाले संशोधन सहित पारित गरेको विधेयक टेबल भएको थियो । प्रतिनिधि सभाले संसाधनसहित पारित गरी राष्ट्रिय सभामा पठाएको सो विधेयक पुन पारित गर्नका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सभामा प्रस्तुत गरेका थिए । त्यसअघि सभाले प्रतिनिधि सभाले गरेको संशोधन स्वीकार गरेको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो विधेयकमाथि प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो । विधेयक पारित भएसँगै अब राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि जानेछ । राष्ट्रिय सभाको बैठक साउन १...
ताप्ली गाउँपालिकाले ल्यायो कृषि एम्वुलेन्स, कृषकहरुको उत्पादन सहजै बजार सम्म पुराउन सकिने

ताप्ली गाउँपालिकाले ल्यायो कृषि एम्वुलेन्स, कृषकहरुको उत्पादन सहजै बजार सम्म पुराउन सकिने

Breaking News 1, समाचार
पूर्णपुष्टि, ११ साउन । उदयपुरको ताप्ली गाउँपालिकाले खरिद गरेको दुई ओटा कृषी एम्वुलेस पालिकामा ल्याईएको छ । कृषहरुले उत्पादन गरेको कृष सामाग्रीहरुलाई सहज र सरल तरिकाले बजार सम्म पुराउन यस कृषी एम्वुलेन्सले सहयोग गर्ने पालिकाले जनाएको छ । कृषी एम्वुलेस्बाट पालिकामा उत्पादन गर्ने कृषकहरुले सहज सुल्कमा बजार सम्म उत्पादन पुराउन सक्ने पालिकाको भनाई छ । कृषकले उत्पादन गर्दै आएका खाद्यन्न, फलफुल तथा तरकारीहरु अनेकौँ सवारीहरुमा हैरानी पूर्वक झार्नु पर्ने अवस्था अब हटेको पालिकाले जनाए । कृषकहरुलाई प्रोत्साहन गर्न र उनिहरुको उत्पादनमा सहज बनाई पालिकाभित्र कृषी क्षेत्रको विकास गर्न कृषि एम्वुलेन्स खरिद गरेको पालिका अध्यक्ष ढुँगराज बिकले जनाए । उनले उत्पादन मात्रै गरेर कृषिमा विकास नहुने त्यसका लागि सडकर र साधनको अत्यावश्यक रहेको भन्दै कृषकहरुको उत्पादन सहज सुल्कमा पालिकाले नै बजार सम्म पुराउने उ...
एनएमबि बैंकमा लुटपाट गरेको आरोपमा भारतिय नागरिक पक्राउ

एनएमबि बैंकमा लुटपाट गरेको आरोपमा भारतिय नागरिक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ११ । महोत्तरीको एनएमबि बैंकमा लुटपाट गरेको आरोपमा एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बैंक लुटपाट गरेको आरोपमा विहार राज्य मधुबनीका २० वर्षीय अजयकुमार साफीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । उनका अनुसार गत जेठ १६ गते महोत्तरी गाउँपालिका–२ स्थितमा रहेको एनआईबी बैंकबाट रु १५ लाख लुटपाट गरेको घटनामा साफी संलग्न थिए । बैंकमा छिरेको चार–पाँच जनाको एक नकाबधारी समुहले बैंकका कर्मचारी तथा सेवाग्राहीलाई कब्जामा लिएर लुटपाट गरेका थिए । बैंकबाट लुटपाट गरी नम्बर नखुलेको मोटरसाइकलमा फरार भएकामध्ये साफीलाई बुधबार साँझ महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित नेपाल भारत सीमा नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । लुटपाटमा संलग्न अन्य व्यक्तिहरुको पहिचान भईसकेको र चाँडै नै पक्राउ गरी सार्वजनिक गरिने प्रहरी...
आजको राष्ट्रिय सभा बैठकमा मिटरब्याजसम्बन्धी विधेयक टेबुल गरिने

आजको राष्ट्रिय सभा बैठकमा मिटरब्याजसम्बन्धी विधेयक टेबुल गरिने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, साउन ११ । आज बस्न लागेको सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभा बैठकमा मुलुकी संहिता केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० टेबुल गरिने भएको छ । राष्ट्रिय सभा बैठक बिहान ११ : १ बजेको लागी बोलाईएको छ । राष्ट्रियसभाका सचिव डा सुरेन्द्र आर्यालले राष्ट्रियसभाले पारित गरी सन्देशसहित प्रतिनिधिसभामा पठाएको उक्त विधेयक टेबुल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यो विद्यायक असार ३१ गते प्रतिनिधिसभाबाट पारित भईसकेको छ । तर, राष्ट्रियसभामा प्रवेश पाएको थिएन् । आज बस्न लागेको बैठकले सो विद्यायक अघि बढाउन लागिएको हो । अनुचित लेनदेनको कार्यलाई फौजदारी कसुर कायम गरी सजायको व्यवस्था गर्न र लेनदेनसम्बन्धी व्यवहारलाई व्यवस्थित र पारदर्शी बनाउने लक्ष्यसहित मिटरब्याजसम्बन्धी विधेयक ल्याइएको हो।...
आज कोशी सरकार विरुद्धको रिटमा आदेश आउन सक्ने

आज कोशी सरकार विरुद्धको रिटमा आदेश आउन सक्ने

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, साउन ११ । कोशी प्रदेश सरकार विरुद्ध परेको रिटमा आज अदेश आउन सक्ने सम्भावना रहेको छ । सर्वोच्चमा आज न्यायाधीशहरू इश्वरप्रसाद खतिवडा, ‍आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा सुनुवाई हुनेछ । हिजो बुधबार रटिमाथि पक्ष र विपक्षका दुबै वकिलहरुले बहस सकेपछि आजको लागी पेशी तोकिएको हो । आजको ईजलासले आदेशबारे पनि निर्णय गर्नेछ। कोशी प्रदेशमा एमाले नेतृत्व सरकार ढलेपछि नेपाली कांग्रेस संसदिय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । उनी गठबन्धनका दलसहित सभामुख बाबुराम गौतमको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । सभामुख गौतमको पनि हस्ताक्षरमा थापा मुख्यमन्त्री नियुक्त भएपछि असंवैधाकि रुपमा सरकार गठन गरेको भन्दै पूर्व मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सर्वोच्चमा मुद्धा दायर गरेका थिए । उनले दिएको रिट निवेदनमा असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त भए...
कांग्रेसले फेक एकाउन्ट बन्द गराएर टोल समितिसम्म आधिकारीक फेसबुक एकाउन्ट खोल्ने

कांग्रेसले फेक एकाउन्ट बन्द गराएर टोल समितिसम्म आधिकारीक फेसबुक एकाउन्ट खोल्ने

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, साउन ११ । नेपाली कांग्रेसले सामाजिक सञ्जालमा भएका फेक एकाउन्ट बन्द गराएर टोल समितिसम्म आधिकारीक फेसबुक एकाउन्ट खोल्ने भएको छ । बुधबार सकिएको केन्द्रीय समिति बैठकले केन्द्र देखी टोलसमिति सम्म “पार्टीको नाम, झण्डा, चुनाव चिन्ह” प्रयोग गरी फेसबुक लगाएतका सामाजिक सञ्जालमा आधिकारीक एकाउन्ट संचालन गर्ने निर्णय गरेको हो । साथै पार्टीको नाम, झण्डा र चुनाव चिन्हको दुरुपयोग गरी विभिन्न व्यक्तिहरुले संचालन गरेको फेक एकाउन्टलाई तत्काल बन्द गर्न सचेत गराएको छ । सामाजिक सञ्जालको सहि प्रयोगले पार्टी संगठन विस्तारमा पर्याप्त फाइदा हुने तर यसको दुरुपयोगले व्यक्ति, परिवार, समाज, दल, संगठन र राष्ट्रलाई समेत गम्भीर क्षति पुगेको, विभिन्न खाले अपराधका घटना घटेको यथार्थलाई पनि विर्सन सकिदैन ‘निर्णयमा भनिएको छ’ नेपाली कांग्रेसको विचार, सिद्धान्त, कार्यक्रमहरुलाई जनता बीच लिएर जान सामाजिक सञ्जाल...
घुस लिएको आरोपमा एक बरिष्ठ हबल्दार पक्राउ

घुस लिएको आरोपमा एक बरिष्ठ हबल्दार पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ११ । काठमाडौंको बुढानीलकण्ठ प्रहरी प्रभागमा कार्यरत एक बरिष्ठ हबल्दार पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बरिष्ठ हबल्दार विष्णु सिंहलाई सेवाग्राहीबाट घुस लिएको आरोपमा पक्राउ गरेको हो । सिंहलाई बुधबार बुढानीलकण्ठ नगरपालिका वडा नं. २ वासिकबाट पक्राउ गरीएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । उनका अनुसार बरिष्ठ हबल्दार सिंहले खोलाको ढल सरसफाइ तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापन गर्न सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राही घुस लिएका थिए । आयोगले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘सोही सूचनाको आधारमा टंगालबाट खटिएको अख्तियारको टोलीले सिंहलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा र उक्त रकमको स्रोत नखुलेको ६२ हजार ५१५ रुपैयाँसहित पक्राउ गरेको हो । पक्राउ परेका सिंहमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।...
डेँगुले धरानमा ७ जनाको मृत्यु

डेँगुले धरानमा ७ जनाको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, १० साउन । धरानमा डेँगुको संक्रमण ५८ प्रतिशतले फैलिएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख उमेश मेहताकाअनुसार ३ हजार ५ सय ३२ जना डेंगु परीक्षण गर्दा २ हजार ६६ जनामा डेङगु सङ्क्रमण देखिएको छ । यो कुल सङ्ख्या मध्ये ५८ प्रतिशत हो । जेठ महिना देखि धरानमा डेंगु फैलिएको थियो । उपमहानगरपालिकाले डेंगी नियन्त्रणका लागि भन्दै सर्च एण्ड डिस्ट्रोयलाई नै प्रभावकारी उपायाको रुपमा लिएर काम अगाडि बढाइरहेको दावी गरेको छ । धरानका प्रमुख हर्क साम्पाङ, उपप्रमुख आइन्द्र विक्रम बेघा, स्वास्थ्यकर्मीसहितको टोलीले धरानको ११, १५ र १६ नम्बर वडामा खोज र नष्ट गर ‘सर्च एण्ड डिस्ट्रोए’ अभियान चलाएको छ । धरानको ११, १५, १७ र १८ नम्बर वडा बढी प्रभावित देखिएको छ ।...
घाईते अवस्थामा फेला परेको लोपन्मुख पंक्षी (मलाहा हुचिल) बन कार्यायमा बुझाईयो

घाईते अवस्थामा फेला परेको लोपन्मुख पंक्षी (मलाहा हुचिल) बन कार्यायमा बुझाईयो

Breaking News 1, समाचार
पूर्णपुष्टि, १० साउन । उदयपुरमा लोपन्मुख पंक्षी (मलाहा हुचिल) अवस्थामा फेला परेको छ । चौदण्डीगढी नगरपालिका ७ गोरेटोलाइनमा उक्त हुचिल बुधबार घाईते अवस्थामा फेला परेको हो । घाईते अवस्थामा रहेका लाटोकोसेरा प्रजातिको संरक्षित पंक्षी हुचिललाई स्थानीयहरुले उद्धार गरी डिभिजन वन कार्यालय गाईघाटमा बुझाइएको हो । वसन्तपञ्चमी सामुदायिक वन उपभोक्ता समितिका सह–सचिव सुनिल राईले उक्त पंक्षीलाई संरक्षण सुरक्षाका लागि वन कार्यालयमा बुझाईएको जनाए । अवैध ढङ्गले बिक्रीवितरण हुने गरेको उक्त पंक्षी बिक्री गर्न सक्ने भएको हुदा संरक्षित गर्न वन कार्यालयलाइ बुझाउन उचित रहेको राईले जनाए । मलाहा हुचिलको प्राकृतिक वासस्थान नै जङ्गल हो । करिब ६० वर्ष आयु हुने मलाहा हुचिलको तौल तीन केजीभन्दा बढी हुँदा खुट्टाका नङ्ग्राले सिसा काट्न सक्ने र पाँच केजी तौल नाघेपछि यसलाई छुँदा करेन्ट लाग्ने शोधकर्ताहरु बताउँछन् । लाटक...
पत्रकारलाई ज्यान मार्ने धम्कि बिरुद्ध पत्रकार महासंघ कोशीको गम्भिर ध्यानाकर्षण

पत्रकारलाई ज्यान मार्ने धम्कि बिरुद्ध पत्रकार महासंघ कोशीको गम्भिर ध्यानाकर्षण

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १० । नेपाल पत्रकार महासंघ सुनसरीका कार्यसमिति सदस्य रहेका पत्रकार सुविन विश्वकर्मालाई ज्यान मार्ने धम्कि दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल महासंघ कोशी प्रदेश समितिका महासचिव विवेक गौतमले बुधबार निकालेको विज्ञप्तीमा ‘सुनसरीको बराहक्षेत्र नगरपालिकाका प्रमुखको विषयमा हाम्रोशब्द डटकममा लेखिएको समाचारको विषयमा लिएर नगरप्रमुख रमेश कार्कीको सचिबालयमा कार्यरत सुरज क्षेत्री र रोहित बस्नेतले मिति २०८० साउन ९ गते साँझ ७ बजेतिर घरमै गएर ‘हातखुट्टा भाचिदिन्छु’ भन्दै धम्की दिएको जनाएको छ । सो घटना बाहिर आएपछि पुनः पत्रकार विश्वकर्मालाई तरुण दलमा आबद्ध भविन चाम्लिङ राईले ९८६७८२२२७३ नम्बरको मोबाइलबाट फोन गरी ‘जहाँ भेट्छु, त्यहि पड्काइदिन्छु’ भन्दै आक्रमणको धम्की दिएको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा भनिएको छ ‘समचारको विषयम...